नेपालमा टाउको जोडिएका जुम्ल्याहा गंगा जमुना जन्मिएका थिए र उनीहरुलाई सिंगापुरमा शल्यक्रिया गरेर छुट्टाइएको थियो । टाउको जोडिएका जुम्ल्याहा विश्वका अरु देशमा पनि जन्मिएका छन् तर ब्राजिलमा भने अनौठो जुम्ल्याहा जन्मिएका छन् । जुम्ल्याहाका दुइवटा टाउका छुटि्टएका भएपनि अरु सरीर भने जोडिएकेा छ । चिकित्सकहरुले यस्तो जुम्ल्याहा जन्मिएको घटना निकै दुर्लभ रहेको बताएका छन् । गर्भमा रहेका जुम्ल्याहाभन्दा एक जनाको वृद्धिविकाशमा गडबडी आएपछि यस्तो हुने चिकित्सकहरुको भनाइ छ । मुटु लगायत अरु मह्त्वपूर्ण भित्री अंगहरुसमेत एक-एक वटा मात्र भएकाले ती बच्चालाई सर्जरी गरेर छुट्टाउन नसकिने अवस्था रहेको चिकित्सकहरु बताउँछन् । ती बच्चाको नाम जेसस र इमानुयल राखिएको छ । उत्तरी पारा राज्यको अस्पतालमा जन्मिएको बच्चाको तौल साढे ४ किलो छ । सरीरका टाउको बाहेक
अरु अंग एउटामात्र भएकाले बच्चालाई सामान्य अवस्थामा ल्याउन एउटा टाउको सर्जरी गरेर फाल्नुपर्ने अवस्था छ । तर दुबैवटा टाउकाले उत्तिकै सक्रियतापूर्वक काम गरिरहेकाले कुन टाउको फाल्दा उपयुक्त होला भन्ने अन्योलमा डाक्टरहरु परेका छन् । डाइसिफालिक पारापागस भनिने यस्तो अवस्था निकै दुर्लभ अवस्था हो । यसअघि सन् १९९० मा अमेरिकामा पनि यस्तै बच्चा जन्मिएको थियो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक