लोग्ने स्वास्नी भेट हुन गाह्रो छ, दु:ख पिँडा असाध्यै सारो छ
यु एस् आइयाछ, काला, गोरा, भैयाले अराउँछन् हाम्ले मानियाछ !
ट्वाइलेट सफा गर भन्छन भैयाले त्यो नि मानियाछ .....!
नेपालबाट सबैले सोच्छन अमेरिका स्वर्ग नै होला, तर सोंचे जस्तो छैन अमेरिका हामी नेपालीका लागि, ध्यान दिएर यो गीत सुन्नुस त, यहाँ यथार्थता राख्ने प्रयास गरिएकोछ । हिजो मात्र बाल्टिमोरमा एक जना नेपाली भाई को शब फेलापरेको समाचारले आज दिन भर अत्यन्त खल्लो भयो, अनी सम्झे २ बर्ष अगाडि नेपाली हरुको सम्मेलनमा अमेरिकाको बोस्टनमा मैले गाएको गीत, जुन अमेरिकामा बस्ने नेपालीको यथार्थ पिँडा हो, कथा हो, बाँकी भिडियोमा ! भिडियो भन्दा तल मैले आजै लेखेको एउटा समसामयिक कबिता पनि छ है तपाईंका लागि हेर्न नभुल्नुहोला
भिडियो साथी अनिल पाण्डेले खिच्नुभएको हो, तर भिडियोको क्वालिटी एकदम कमसल छ, रंगिन लाइट, दर्शकहरुको ठुलो हुटिङ र तालीले अझै बढी डिस्टर्भ भएको छ, त्यसको लागि माफ गर्नुहोला है हामीलाई !
मेरो त्यो “एक बर्ष” आउने भएन !
- रामप्रसाद खनाल
"शान्तीबादी" पार्टी माओवादीबाट
बिना कारण अपहरणमा परी
झण्डै मारिएको म !
यु एन देखी इयू लगायतका
सारा मानबाधिकारबादीहरुको पहलमा
अपहरण मुक्त त भएँ
तैपनी छोडेनन धम्काउन "शान्तिबादीहरु" !
जिउ ज्यानकै ठर ठेगाना नभएपछी
बिबश भएर नेपाल छाडेको म
बाध्यताले परदेशी बन्न पुगेँ
चार बर्ष अंघि रुंदै नेपाल छोड्दा
सोँचेको थिएँ
एक बर्षमा कसो शान्ती बहाल नहोला ?
अनी फर्किउंला स्वदेश
बस्दिन बिदेश
तर,
तर मेरो त्यो एक बर्ष आउंदै आएन
चार / पाँच बर्ष बित्दा पनि
मेरो एक बर्षले चालै पाएन
सम्झौतै सम्झौताका रास
थाहा छैन हाम्री शान्तिको
कहां छ बास !?
कला र सँस्क्रितिको लागि
लोक गीत र दोहोरी गीतको लागि
केही गर्नुनै मेरो अपराध साबित भएछ
दुई दशक लामो पत्रकारिता मार्फत
जनताका आँखा खोल्नु गलत भएछ
"शान्तिबादीहरु" लाई लागेछ
लोक गीत र दोहोरीमा मैले बिक्रिती ल्याएँ
उनिहरुका “क्रान्तिकारी गीतहरु” धमिल्याएँ
उनी “शान्तिबादीहरु”का कुरालाई
मेरो पत्रकारितामा राम्रो भन्न सकिन
बास, बास
त्यहा भन्दा ठुलो गल्ती मैले के नै गर्नु पर्यो ?!
"शान्तीबादीहरु" आजकल सिंहदरबारमा छन
त्यती मात्र होइन “लुम्बिनी” तिर लागेका छन
घर जग्गा खोसिएर रुंदै हिंडेका जनता जस्तै
म पनि बिदेशमा रोइरहेको छु
मन का दु:ख र पिंडाहरु
आँशुले धोइरहेको छु !
हेरेको थिएँ शक्तिखोरको प्रचण्डको भिडियो
उनको शान्ती र संबिधानको फेहरिस्त
देख्दैछु अहिले त्यही "शान्तीपथ"
सुन्दैछु नयाँ नेपाल र संबिधानका गफ
फेरी ६०१ को म्याद थप !
मेरा हरेक दिन र रातहरु
यसै भन्दै र छट्पटाउँदै बित्दै छन !
मुस्ताङ गाडीका अगाडि र पछाडि
टोयोटा र पजेरोहरुका लाँबा लस्कर
हिसिला माताका करामत
बाबुरामका माफी सिफारिसहरु
प्रचन्डका घर जग्गा फिर्ता हरु
बैद्यका घर जग्गा कब्जाहरु
मन्त्रीहरुका भ्रस्टाचारका कहानीहरु
बाबुरामको बिद्वता र निर्णयहरु
स्कुले बालकका सुटकेशमा लाशहरु
यस्तै यस्तैका बिचमा
शुशिल दाई र शेरबहादुरका जुहारीहरु
झलनाथ र केपी माधबका जुहारीहरु
बिदेशमै इज्जत लुटिएर रोइरहेका बुहारीहरु
यस्तो देख्दा मलाई लाग्छ
चार बर्ष अघी मैले नेपाल छाड्दाको

khanal ji sarai runa man lagne kabita lekhnu bhaye cha tapai lai matra hoina yesto pida dherai hami nepali le haru le pani bhogera aye ka chau
ReplyDelete