-बबिता बस्नेत
प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्छ । त्यहाँ उहाँले नेपालको सरकारप्रमुखको रूपमा महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्नुहुनेछ । जुन पोसाक युरोपेली र अमेरिकी मुलुकका प्रतिनिधिहरूको शरीरमा पनि हुनेछ । छिमेकी मुलुक भारतका प्रधानमन्त्रीदेखि अन्य विभिन्न मुलुकका सरकारप्रमुखहरूले आफ्नै राष्ट्रिय पोसाक लगाएका हुनेछन् । प्रत्येक वर्ष हुने संयुक्त राष्ट्रसङ्घको महासभा यस्तो थलो हो जहाँ विभिन्न देशका प्रतिनिधि आफ्नो व्यक्तिगत होइन राष्ट्रिय पहिचान झल्काउने पोसाक लगाएर प्रस्तुत हुन्छन् । महासभाका बेला विश्वका थरीथरी राष्ट्रिय पोसाकको प्रदर्शनीस्थलझैं लाग्छ राष्ट्रसङ्घ परिसर । औपचारिक कार्यक्रमका लागि देशको राष्ट्रिय पोसाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ माओवादी राजनीतिको मूलप्रवाहमा आएपछि यसप्रकारका गौरवलाई मेटाउँदै हरेक कुरालाई ‘राष्ट्रिय’का ठाउँमा ‘जातीय’ बनाउने कोसिस गरियो । राष्ट्रिय पहिचानका ठाउँमा जातीय पहिचानलाई महत्त्व दिँदै गर्दा माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुरामहरूको आफ्नै पहिचान भने न हाँसको चाल न बकुल्लाको हुने अवस्थामा पुगेको छ । केही मधेसी समुदायले राष्ट्रिय पोसाक, भाषाजस्ता कुराहरूको पहिलेदेखि नै विरोध गर्दै आएका हुन् । उपराष्ट्रपतिजस्तो पदमा पुग्दासम्म परमानन्द झाले राष्ट्रिय पोसाक लाउँदिनँ, नेपाली भाषा बोल्दिनँ भन्नु नेपालीपनप्रतिको घृणाको चरम रूप थियो । अहिले तिनै समूहका केही मधेसीले राष्ट्रिय पोसाकको बारेमा प्रश्न उठाए भनेर सरकारले सबैका पोसाकलाई ‘राष्ट्रिय’ माँन्ने भनी हास्यास्पद निर्णय गरेको छ । हामीकहाँ जातीय संस्कृति र मूल्य-मान्यता झल्कने पोसाकहरू धेरै छन्, आदिवासी, जनजाति, जनजातिभित्र पनि फरक-फरक जातिका फरक-फरक पोसाकहरू छन् । आफ्नो छुट्टै भाषा र पोसाक नहुने भनेको त क्षेत्री, ब्राह्मण र दलितहरू मात्र हुन् । डा. बाबुराम भट्टराईले लगाउने गर्नुभएको सर्ट, पाइन्ट, कोट जातीय र सांस्कृतिक दुवै हिसाबले बाहुनको पोसाक होइन । उहाँहरूले जातीय पहिचानका आधारमा सबै जातका पोसाकलाई राष्ट्रिय पोसाक भनेर गाईजात्राको झलक दिने घोषणा त गर्नु भो तर त्यसभित्र आफ्नै पहिचान भने कतै पनि नदेखिने निश्चित छ ।
यसबीचमा राष्ट्रिय पोसाकको रूपमा दौरा-सुरुवालको जति चर्चा भयो सारी-चोलोको भएन । दौरा-सुरुवालको त्यति धेरै विरोध गर्ने मधेसी समुदाय सारीको मामिलामा चुप रह्यो, किनभने मधेसका महिला सारी-चोलो संस्कृतिबाट बाहिर आउन् भन्ने कल्पना पनि गरिएको छैन । मधेसका महिलाले सर्ट, पाइन्ट, कोट लगाएको परिकल्पना कुनै नेताले गर्न सक्ने देखिँदैन । माओवादी महिलाले सारी-चोलोलाई राष्ट्रिय पोसाक मान्दैनौँ भनेर जुन रूपमा सर्ट-पाइन्टलाई अपनाए मधेसी महिलाको सवालमा त्यो अवस्था छैन । सभासद् हुन् या मन्त्री या गृहणी सारीभन्दा बाहिर जान मिल्ने नदेखिएपछि सारीले दौरा-सुरुवालको जस्तो चर्चा नपाएको हो । छिमेकी मुलुकमा महिलाले सारी नै लगाउने चलनले पनि प्रभाव पारेको हुन सक्छ । यसको अर्को कारण राष्ट्रिय पोसाक भनेको औपचारिक समारोहमा लाउने कुरा हो जुन सार्वजनिक व्यक्तित्वहरूले लगाउने गर्छन् । राष्ट्रिय पहिचान र महिलाबीचको सम्बन्धलाई लिएर त्यत्रो चर्चा गरिराख्न आवश्यक नठानिएको पनि हुन सक्छ ।
हिसिला यमी अहिले यो मुलुककी प्रथम महिला हुनुहुन्छ । आजसम्म उहाँ जे-जे हुनुभो आफ्नै कारणले हुनुभो । इन्जिनियर, माओवादी नेतृ, सभासद्, मन्त्री जे-जे हुनुभो त्यसमा उहाँको मिहिनेत र योगदानको इतिहास जोडिएको छ । तर, हिसिला यमी यो देशको प्रमथ महिला -फस्र्टलेडी) हुनुमा डा. बाबुराम भट्टराईसँग विवाह हुनुबाहेक अर्को संयोग छैन । प्रधानमन्त्रीकी पत्नी भएकै कारण उहाँ ‘प्रथम महिला’ हुनुभएको हो । सारीलाई राष्ट्रिय पोसाक नमानेर कोट-पाइन्टमा आफ्ना प्रधानमन्त्री पतिसँग प्रथम महिलाको हैसियतले अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा समावेश हुने उहाँ नै पहिलो नेपाली महिला पनि हो । यसअघि प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बाहिर जाँदा उहाँकी पत्नी सीताले सारी नै लगाउनुभएको थियो । मन्त्री हुँदा पनि हिसिला यमीले कहिल्यै राष्ट्रिय पोसाक लगाउनुभएको थिएन । तर, केही समययता भने यदाकदा हाकु पटासी -नेवारी समुदायले लगाउने पोसाक) लगाएको देखिएको छ । जुन पोसाक सारीजस्तै भए पनि आफ्नो जातीय पहिचान झल्काउने खालको भएकाले लगाएको हुनुपर्छ । अप्ठ्यारो कुरा कहाँ छ भने प्रथम महिलाका रूपमा उहाँ श्रीमती बाबुराम भट्टराई हो, भट्टराई भनेको बाहुन हो र हाकु-पटासीले बाहुन समुदायसँग कुनै सरोकार राख्दैन । झिना-मसिनाजस्ता लाग्ने यी यस्ता ‘कम्प्िलकेटेट’ कुरा हुन् जसले सम्बन्धित ठाउँमा ठूलो प्रभाव पारिरहेको हुन्छ । महिलाका सवालमा मात्र होइन पुरुषका सवालमा पनि यो कुरा लागू हुन्छ, यदि यो मुलुकमा भोलि प्रधानमन्त्री या राष्ट्रपति महिला भए तिनका पतिले प्रधानमन्त्रीका श्रीमान्का रूपमा औपचारिक समारोहहरूमा सहभागी हुँदा राष्ट्रिय पोसाक लाउने कि नलाउने – आफू जुन जातको छ त्यही जातको लुगा लगाउने कि – हिजोआज अन्तरजातीय विवाह सामान्य भइसक्यो, यस्तो अवस्थामा श्रीमतीपट्टकिो जातको लगाउने कि आफ्नै लगाउने – यसप्रकारका समस्या भोलि नआउलान् भन्न सकिन्न । कुनै जातजातिसँग सम्बन्धित जातीय सङ्गठनको प्रमुख या पदाधिकारी हुनु र राष्ट्रिय जिम्मेवारी प्राप्त गर्नु फरक-फरक कुरा हुन् । राष्ट्रिय जिम्मेवारी पाएको व्यक्तिले आफ्नो देशको पहिचान झल्किने पोसाक लगाउनुमा गौरव गर्नुपर्छ न कि हीनताबोध । अहिले जसरी सबै जातिका पोसाक राष्ट्रिय भनिएको छ यो दर्ीघकालसम्मका लागि हुने कुरा होइन । यसले मुलुकमा जातीय सद्भावनालाई होइन भावनालाई मात्रै बढाउने कामभन्दा अरू गर्दैन । उदाहरणका लागि सभामुख सुवास नेम्वाङ औपचारिक समारोहहरूमा सधैं राष्ट्रिय पोसाक लगाउनुहुन्छ, सबैलाई आफ्नो जस्तो लाग्छ । अब अहिलेको कुराअनुसार उहाँले सभामुखका रूपमा लिम्बू पोसाक लगाउनुभयो भने उहाँ लिम्बूको मात्रै आफ्नो मान्छे बन्नुहुन्छ अरू जातिको होइन । उहाँ नेपालको सभामुख हो लिम्बूको होइन र उहाँ लिम्बू भएका कारणले सभामुख हुनुभएको पनि होइन । त्यसैले साम्प्रदायिक भावना भड्किनबाट रोक्नका लागि पनि ‘सबै जातिका पोसाक राष्ट्रिय’ भन्ने कुरा फिर्ता लिएर एउटै राष्ट्रिय पोसाक निर्धारण गरिनुपर्छ । मुलुकलाई दर्ीघकालीन प्रभाव पार्ने कुरामा निर्णय गर्दा हचुवाको भरमा गर्न मिल्दैन । ‘सबै जातिका पोसाक’को कुरा गर्दा क्षेत्री, बाहुन र दलितको पोसाक के हो भन्ने विषयमा पनि छलफल र बहस हुनु आवश्यक छ । -घटना र विचार
नेपाल राष्ट्रको गौरवमय पहिचानको प्रतिक :दौरा सुरवाल
नेपालमा इस्वी सम्बत २००६ को लोकतान्त्रीक आन्दोलनको सफलता पश्चात देश संक्रमणकालको चपेटामा अनेकन कुरासँग सामना गर्दै गुज्रीराखेको आवस्था छ | सोहि आन्दोलन पश्चात सबैभन्दा धेरै विवादमा आयो राष्ट्रियता। राष्ट्रिय पोशाक, राष्ट्रिय चिन्ह एवं राष्ट्रिय झन्डा सबै विवादमा आए। विरोधीहरुको तर्क छ कि ति राष्ट्रियता झल्काउने सामाग्रिहरुले सामन्तवादको प्रतिनिधित्व गर्छन र परिवर्तन र अग्रगमनको साथ नया नेपाल बनाउनका लागि ति सबै पुराना बस्तुको परिबर्तन आवषेक छ | सोहि कुतर्क संगै माओबादी नित्रितोको नया सरकारले केहि समय अगाडी दौरा सुरवाललाई राष्ट्रिय पोशाकबाट हटाउने निर्णय गरेको छ |
दौरा सुरुवाललाई खशहरुको पोशाकको रुपमा परिभाषा गरिंदै आएको छ। तर, यो बाहुन-छेत्रीहरुको मात्र पोशाक हैन। इतिहासविद् हरुका अनुसार दौरा सुरुवालको इतिहास सयूं वर्ष पुरानो छ। मल्लकाल अगाडिवाटै यो पोशाक प्रचलनमा थियो। खस राजाहरु मात्र हैन, मल्ल राजाहरुले समेत दौरा सुरुवाल लगाउंदै आएका थिए। प्रारम्भमा दौरा सुरुवालमाथी इष्टकोट प्रयोग गरिन्थ्यो। यसैलाई राष्ट्रिय पोशाकको रुपमा प्रयोग हुन्थ्यो। जंगबहादुर राणा बेलायत भ्रमणवाट फर्किएर आएपछी उनले इष्टकोट माथी कोट लगाउन थाले। पछि दौरा सुरुवालमा कोट पनि थपियो। नेपालमा मात्रै नभएर भारतको दार्जलिंग र सिक्किममा समेत नेपालीको पहिचानको आन्दोलनको प्रतिनित्व पुरुषहरुको दौरा सुरुवाल अनी महिलाको चौबन्दी चोली र फरियाले गरेको छ। यि पोशाक प्रयोग गर्नेहरु तामागं, राई, लिम्बु, शेर्पाहरु सहित अधिकांश जनजातीहरु छन्। तेसैले यस पोशाकले सामन्तवादको प्रतिनिधित्व गर्छन भन्नु निरर्थक हो |
माओवादीले दश बर्षे युद्ध संगै रगतले नेपाली भूमि सिँचेर, नेपालीहरू वीच जात, क्षेत्र र विद्वेषको बिउ रोपे र सोहि क्रमको निरन्तरता स्वोरुप सयौं बर्ष देखि नेपाल राष्ट्रको गौरवमय पहिचानको प्रतिक, राष्ट्रिय पोशाकलाई खारेज गरि उसले जनभावनाको अवमुल्यन मात्र गरेको छैन्, नेपाली पनलाई र नेपाली मनलाई छुरा धसेको छ र एउटा गम्भीर ऐतिहासिक भूल गरेको छ | उनीहरुको कुतर्क छ कि यो एक जातीको मात्र प्रतिनिधित्व गर्ने पोशाक हो र एसले जातिय विविधतालाई अंगाल्न सक्दैन । तर सयूं जातजाती र भेषभुषा भएको राष्ट्रमा के सबै भेषभुषालाई राष्ट्र पोशाक बनाउन सम्भव छ? अन्तर्राष्ट्रिय समुदायबीच नेपाललाई प्रतिनिधित्व गर्दा आफ्नो देशको पहिचान, परिचय र चिनारी दिने प्रतिक एउटा राष्ट्रिय पोसाक चाहिंदैन ? नेपालबाट प्रतिनिधित्व गर्ने जो कोहिले पनि राष्ट्रियता झल्काउने प्रतिक प्रयोग गर्नु र त्यसको जगेर्ना गर्नु एउटा स्वाभिमानी नागरिकको राष्ट्रप्रति उत्तरदायीत्तो हुन आउँछ | तेसैले, हालको संक्रमणकालिन अबस्थामा सबै जाति, भाषा, धर्म र संस्कृतिका पोशाकलाई समान सम्मान गर्दै परापूर्वकालदेखी नेपाल र नेपालीको प्रतिनिधिको रुपमा प्रयोगमा आएको दौरा सुरुवाल लाई नै देशको पहिचान, परिचय र चिनारी दिने प्रतिक मान्नुपर्छ|
नेपालको अन्तरिम संबिधान अनुसार "बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रूपमा नेपाल राष्ट्र हो" | दौरा सुरुवाल भन्ने पोषाक कुनै जातिको प्रतिनिधित्वो गर्ने पोषाक हैन यो त हामी सबै नेपालीलाई एकताको सूत्रमा आबद गर्ने एउटा माध्यम हो | यो हामी नेपालीहरु र नेपाल राष्ट्रको पहिचान हो | नेपालको राष्ट्रियता सँग जोडिएको यो सम्बेदनशील निर्णय गर्न भन्दा पहिला एउटा सामान्य बहस सम्म पनि नचलाइ हँचुवाको भरमा परिवर्तन र अग्रगमनको नाममा राष्ट्रिय पोशाक दौरासुरुवाल हटाउने सरकारी निर्णय गलत छ | राष्ट्रको गौरवमय पहिचानको प्रतिक दौरा सुरुवाल हटाउने गलत सरकारी निर्णय बिरुद्ध सबै हातेमालो गरौ, नेपाली भएर जिउ फुटेर होइन जुटेर राष्ट्रियता बच्चाउ | जय नेपाल !
Nice Article Kandel ji !!!
ReplyDeleteनयाँ नेपालको नाममा नेपाली भाषा, नेपाली भेष अनि नेपाली संस्कृतीमाथि भारतीय डोमिनेसन राख्न र अन्तत नेपाललाई सांस्कृतिक, भाषिक रुपमा भारतको उपनिवेश बनाउने षडयन्त्र हुन सक्छ । जनताको छोरो र जनताका लागि लडेको भन्दै १३ हजार नेपाली बबुरा नागरिकको हत्या गर्ने एक राजनीतिक दलका नेताको क्रान्तिकारी पूँजीवाद तर्फो झुकाइ हो...
ahile P.M baburam tyahi vayako bela ma yo daura surbal nepal ko rastiya posak hunu parchha vanera america ma hunu vayaka sampurna nepali harule dabad dinu parchha. bhattarai ko tyo galat ninaya ultauna dabab dine abasar ho yo.
ReplyDelete