"गिरिजाप्रसाद कोइराला जसका कारण आज काङ्ग्रेस, प्रजातन्त्र, जनता र देशले इतिहासकै सर्वाधिक सङ्कटपूर्ण अवस्थाबाट गुज्रनुपरेको छ"
(लेखक नेपाली काङ्रेस का युबा नेता र सम्पन्न काङ्रेस महाधिबेसनमा केन्द्रिय सदस्यका उमेदवार पनि हुनुहुन्थ्यो, यो लेखकको बिचार हो नेपाल मदर डट कमको होइन ! हामी हरेक बिचार लाई स्वतन्त्र ढंगले राख्न दिन्छौँ, बरिस्ठ पत्रकार समेत रहेका काङ्रेस युबा नेता को यो लेख हामीले पठनिय ठानेर जस्ताको तस्तै प्रकाशन गरेका छौं - सम्पादक )
त्याग र निष्ठाका प्रतिमूर्ति सन्तनेता कृष्णप्रसाद भट्टराईले देहत्याग गर्नुभएको तेस्रो साता हुँदै गर्दा काङ्ग्रेसका तात्कालिक सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको पनि वर्ष दिन पूरा भएको छ । आदरणीय किशुनजीको देहावसानमा उत्पन्न शोकको पीडा नओभाउँदै गिरिजाप्रसादको वारि्षक पुण्यतिथि आइपुगेको यस घडीमा किशुनजीसँगै कोइरालाको पनि स्मरण गर्नु सान्दरि्भक ठानिएको छ । नातामा जननायक बीपी कोइरालाका सहोदर भाइ गिरिजाप्रसाद कोइराला एक राजनीतिक संस्कारयुक्त क्रियाशील व्यक्ति हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइराला वृद्ध शरीर लिएर प्रजातान्त्रिक आन्दोलनको मैदानमा उत्रिनुलाई चाहिँ कसैले पनि सामान्य रूपमा लिएका छैनन् । राजाको निरङ्कुशताविरुद्धको आन्दोलनलाई नेतृत्व प्रदान गरेर कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो गुन लगाउनुभएको छ, नेपाली जनताले उहाँको यस्तो योगदानको शायद सदा स्मरण गरिरहने छन् । सफा कपडा,
त्याग र निष्ठाका प्रतिमूर्ति सन्तनेता कृष्णप्रसाद भट्टराईले देहत्याग गर्नुभएको तेस्रो साता हुँदै गर्दा काङ्ग्रेसका तात्कालिक सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको पनि वर्ष दिन पूरा भएको छ । आदरणीय किशुनजीको देहावसानमा उत्पन्न शोकको पीडा नओभाउँदै गिरिजाप्रसादको वारि्षक पुण्यतिथि आइपुगेको यस घडीमा किशुनजीसँगै कोइरालाको पनि स्मरण गर्नु सान्दरि्भक ठानिएको छ । नातामा जननायक बीपी कोइरालाका सहोदर भाइ गिरिजाप्रसाद कोइराला एक राजनीतिक संस्कारयुक्त क्रियाशील व्यक्ति हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइराला वृद्ध शरीर लिएर प्रजातान्त्रिक आन्दोलनको मैदानमा उत्रिनुलाई चाहिँ कसैले पनि सामान्य रूपमा लिएका छैनन् । राजाको निरङ्कुशताविरुद्धको आन्दोलनलाई नेतृत्व प्रदान गरेर कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो गुन लगाउनुभएको छ, नेपाली जनताले उहाँको यस्तो योगदानको शायद सदा स्मरण गरिरहने छन् । सफा कपडा,
सुकिलो अनुहार र उचाइदार व्यक्तित्व कोइरालाका बाह्य पहिचान हुन् । आफ्नो जीवनकालमा आफ्नो विशिष्टता र प्रभाव दर्शाउने जुन सफलता उहाँलाई प्राप्त भयो त्यस्तो मौका विरलै राजनीतिकर्मीहरूलाई प्राप्त हुने गर्दछ । तर, उहाँका पोसाक सफा थिए, उहाँ अग्लो हुनुहुन्थ्यो, चाहेको कुरा पूरा गरिछाड्नुहुन्थ्यो र उहाँले सुजाता कोइरालाजस्ती ‘सुपुत्री’ पैदा गर्नुभएको थियो भन्नेजस्ता कुराहरूको मात्र आधारमा गिरिजाप्रसादको मूल्याङ्कन गर्ने या स्मरण गर्ने गरियो भने नेपालको राजनीतिक इतिहास, प्रजातान्त्रिक आन्दोलन र स्वयम् स्वर्गीय कोइरालामाथि पनि न्याय हुनेछैन । त्यर्सथ गिरिजाप्रसाद कोइरालालाई उहाँको सक्कली अवतार र भूमिकामा स्मरण गर्नु न्यायोचित हुन सक्दछ ।
गिरिजाप्रसाद कोइराला एक क्रियाशील र दृढनिश्चयी राजनीतिकर्मी हुनुहुन्थ्यो । आफूलाई इच्छा लागेको काम गरिछाड्ने अद्वितीय दृढता उहाँमा थियो, साध्य पूरा गर्न जुनसुकै साधन अपनाउन पनि नहिचकिचाउनुहुने कोइराला राजनीतिमा बेइमानीको पनि महत्त्वपूर्ण स्थान हुनसक्छ भन्ने विश्वासअनुरूप काम गर्नुहुन्थ्यो । नियत र उद्देश्य भद्र र शालीन नभए पनि उहाँको बाह्य प्रस्तुति सदा शालीन र भद्र देखिन्थ्यो, उहाँ आत्मकेन्द्रित हुनुहुन्थ्यो, उहाँ पद, प्रतिष्ठा र शक्तिमा विश्वास गर्नुहुन्थ्यो, उहाँ द्रव्यमोही र परिवार तथा नाता-कुटुम्बप्रेमी हुनुहुन्थ्यो । गिरिजाप्रसाद ‘बे्रन’बाट भन्दा मन-भावनाबाट निर्देशित हुनुहुन्थ्यो, मानिसलाई समय र आवश्यकताअनुरूप उपयोग गर्न सक्ने विशिष्ट क्षमता उहाँमा थियो । जीवनको आखिरीतिर कोइराला अरू कसैबाट चरम उपयोग हुनुभयो- यो बेग्लै सत्य हो । उहाँको सक्रियकालखण्डमा पात्रहरूलाई उपयोग या दुरुपयोग गर्न सक्ने विलक्षण प्रतिभा कोइरालाले दर्शाउनुभएको हो ।
महानायक बीपी कोइरालाको भाइ नहुनुभएको भए गिरिजाप्रसाद कोइराला आफ्नै क्षमता, योग्यता र परिश्रमले कुन स्तरको नेता बन्न सक्नुहुन्थ्यो होला भन्ने जिज्ञाशा समकालीन नेपाली समाजले प्रकट-अप्रकट रूपमा राख्दै आएको छ । गिरिजाप्रसादको जीवनकालमा पनि यसप्रकारको जिज्ञाशा राखिन्थ्यो र उहाँको मृत्युपछि पनि यस्तै जिज्ञाशा जीवित छ । गिरिजाप्रसाद कोइराला सदा सक्रिय-क्रियाशील र केही न केही प्राप्तिका लागि निरन्तर प्रयत्नशील नेताका रूपमा देखिनुभयो, तर समग्र जीवन-यात्रालाई नियाल्दा ‘सधैं हिँडिरहेको तर कहीँ पनि नपुगेको यात्री’का रूपमा कोइरालालाई बुझन सकिन्छ । यद्यपि काङ्ग्रेसलाई मध्यमार्गी धारबाट वामपन्थी धारमा पुर्याउन सक्नुलाई चाहिँ कोइरालाको जीवनकालको परिणामदायी भूमिका भन्नैपर्छ । स्थापनाकालदेखि नै दक्षिणपन्थी र वामपन्थीबीचको मध्यमार्गी भूमिकामा आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्दै आएको काङ्ग्रेसलाई कोइरालाले वाम मार्गमा अवतरण गराउनुभयो । यसो गर्दा बीपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्त, दर्शन र मूल्य-मान्यताको विघटन या विस्थापन हुनसक्छ भन्नेतर्फ उहाँले हेक्का राख्नुभएन । बाटो बदलेपछि काङ्ग्रेसको गन्तव्य र भविष्य के-कस्तो हुनसक्छ भन्नेमा पनि कोइरालाको ध्यान पुगेन । वामपन्थी कार्यकर्ताको हैसियतले राजनीतिमा प्रविष्ट हुनुभएका कोइरालाले लामो समय खाँटी प्रजातन्त्रवादीका रूपमा आफूलाई सक्रिय गराए पनि अन्ततः मृत्युपूर्वको केही काल वामपन्थी भूमिकामै उहाँ केन्द्रित रहनुभयो । बीपी कोइरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक विचार विस्थापनका निम्ति पञ्च र कम्युनिस्टहरूले दशकौंदेखि अनेकौँ प्रयत्न गरेर पनि उनीहरू सफल हुन सकेका थिएनन् । पञ्च र कम्युनिस्टहरूको दशकौँदेखिको असफल प्रयासलाई रातारात सफल तुल्याउने ‘ऐतिहासिक’ कार्य गिरिजाप्रसाद कोइरालाले सहजै सम्पन्न गरिदिनुभयो । यतिबेला नेपाली राजनीतिको मूलधारमा बीपी विचारको क्रियाशील उपस्थिति शून्यबराबर छ । बीपीको अजेय विचार ढलेझैं भएको छ, ढाल्ने अभियानको अगुवाइ बीपीका आफ्नै कान्छा भाइ गिरिजाप्रसादले गर्नुभएको सत्य स्वीकार गर्न हामी सबै बाध्य छौँ । नेपाली लोकतन्त्रलाई राजाको हातबाट जोगाउन सके पनि कम्युनिस्टहरूबाट सुरक्षित तुल्याउनचाहिँ मुस्किल पर्न सक्ने बीपीले उतिबेलै देखिसक्नुभएको थियो । तर, कुनै समय ‘माले, मसाले र मण्डले एकै हुन्’ भन्ने रटान दिएर नथाक्नुहुने कोइरालाले ‘माले, मसाले र मण्डले’बीचमा के अन्तर देख्नुभएछ कुन्नि, एउटासँगको नाता पूरै तोडेर अर्कोतिर लहस्सिनुभयो । गिरिजाप्रसाद प्रजातन्त्र सुरक्षित तुल्याउन गणतन्त्र स्थापनाको पक्षमा जानुभएको थियो या आफूलाई मुलुकको प्रथम राष्ट्रपति बनाउन ? प्रजातन्त्रको स्थायी सुरक्षाका निम्ति गणतन्त्र स्थापना गरिएको हो भने त्यो यसकारण गलत प्रमाणित भइसकेको छ कि प्रजातन्त्र विगतमा भन्दा अहिले सङ्कटग्रस्त बनेको छ । गिरिजाप्रसादको बुइ चढेर सिंहदरबारसम्मको यात्रा तय गर्नेहरूकै कारण लोकतन्त्रको भविष्य असुरक्षित हुन पुगेको छ । तर, नेपाली जनता गिरिजाप्रसादले लोकतन्त्रको सुदूर रक्षाका निम्ति गणतन्त्रको पक्षमा आफूलाई उभ्याएको विश्वास गर्दैनन् । उहाँको प्रथम राष्ट्रपति बन्ने चाहनाले बीपी विचारलाई विस्थापन गरेको, लोकतन्त्रलाई स्थायी सङ्कटको भुमरीमा पुर्याएको, काङ्ग्रेस पार्टीको भविष्य अन्योलग्रस्त तुल्याएको र वाम राजनीतिलाई सुदृढ बनाएको आमलोकतन्त्रवादीहरूको विश्वास छ । कोइरालाको यस्तो भूमिकाको माओवादीहरूले सर्वाधिक उच्च मूल्याङ्कन गर्दै उहाँलाई ठूलो सम्मान दिनुपर्ने हो, तर कोइरालालाई उच्च सम्मान दिएर आफूहरू होचो देखिन कम्युनिस्ट नेताहरू चाहँदैनन् र उनीहरूको प्रकृतिअनुसार यो स्वाभाविक पनि छ ।
माओवादीको पद प्रलोभनमा परेर गिरिजाप्रसाद कोइरालाले संविधानसभाजस्तो महत्त्वपूर्ण निर्वाचनमा काङ्ग्रेस र प्रजातन्त्र पक्षको प्रचारमा जान अस्वीकार गर्नुभयो । आइदिद फर्मुलाको वशमा पर्नुभएका कोइरालाले काङ्ग्रेस पार्टीको सभापति पद नछोडीकन संविधानसभा चुनावको ठीक अघि घोषणा गर्नुभयो, ‘म कुनै दलविशेषको मात्र नेता होइन, त्यसैले कुनै दलविशेषको चुनाव प्रचारमा मैले जान मिल्दैन ।’ माओवादी प्रोत्साहनमा यसरी बोलिरहँदा उहाँले पार्टी सभापतिको पद त्याग गर्ने न्यूनतम नैतिकताको प्रदर्शन गर्ने आँट गर्नुभएन ।
आफ्नै पार्टीका केही होनहार नेता तथा कार्यकर्तालाई उनीहरूको इमानदार एवम् कर्तव्यनिष्ठ छवि च्यूत गराउन गिरिजाप्रसाद कोइरालाले निर्वाह गर्नुभएको भूमिका पनि स्मरणलायक छ । पञ्चायत अन्त्यपछिको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रनिर्माणको जग जसरी राख्न सक्नुपर्दथ्यो, त्यो त गर्न सक्नुभएन नै बरु पार्टीका लोकप्रिय नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा आफ्नो इमानदार कार्यकर्ताहरूप्रतिको जनआस्था ध्वस्त बनाउन उहाँ आफैं अग्रसर रहनुभयो । कोइरालाले आफ्नो परिवारबाहिरबाट योग्य उत्तराधिकारी विकास गर्ने तत्परता कहिल्यै लिनुभएन । बीपीले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता महान् र त्यागी व्यक्तित्वलाई उत्तराधिकारीका रूपमा विकास गर्नुभएका कारण काङ्ग्रेस र प्रजातन्त्रको पक्षमा जनमत सिर्जना गर्न सहज भएको थियो भन्नेतर्फ पनि गिरिजाप्रसादको ध्यान पुगेन । मातहतका नेता तथा कार्यकर्तालाई अनुचित किसिमबाट नगद सङ्कलन गर्न लगाउने तुच्छ कार्य कोइरालाबाट नभएको भए उहाँ स्वयम्को प्रतिष्ठामा आँच नआउने मात्र होइन, युवा पुस्तामा ‘एक से एक’ प्रभावकारी व्यक्तिहरू जनतामाझ स्थापित हुने पनि निश्चितप्रायः थियो । गिरिजाप्रसादको कार्यशैलीका कारण उहाँको मन्त्रिमण्डलमा रहेर काम गर्नेहरूमध्ये अधिकांशको छवि आज भ्रष्टाचारीका रूपमा स्थापित छ । गिरिजाप्रसादको अत्यन्त निकट भएर पनि सुशील कोइरालाले आफ्नो छवि कसरी जोगाउन सक्नुभएको हो यसलाई चाहिँ आर्श्चर्यजनक मँन्न सकिन्छ ।
गिरिजाप्रसाद कोइरालाले आफ्नो राजनीतिक जीवनमा निर्वाह गर्नुभएको भूमिका या योगदानको विसद् मूल्याङ्कन यो सङ्क्षिप्त लेखमा सम्भव हुन सक्दैन । तर, लोकतन्त्रलाई कम्युनिस्टहरूबाट जोगाउनुपर्छ भन्ने मान्यतामा सचेततापूर्वक अडिग बीपी कोइरालालाई पनि ठीक र कम्युनिस्टका हातमा देश सुम्पन निर्णायक आधारभूमि प्रदान गर्ने गिरिजाप्रसाद कोइरालालाई पनि ठीक भन्नु कदापि उचित होइन । दुई नितान्त विपरीत भूमिकाका व्यक्तिहरू दुवैलाई ठीक मान्नु भनेको ज्यान लिने र ज्यान दिने दुवै बराबर हुन् भन्नुजत्तिकै हो । बीपीलाई महान् र ठीक मान्ने हो भने गिरिजाप्रसादलाई असाधारण एवम् महानतम् व्यक्तिका रूपमा स्वीकार गर्न सकिँदैन । एक कालखण्डमा बीपी ठीक थिए, अर्को कालखण्डमा गिरिजाप्रसाद सही निस्किए भन्नेहरूमा अवसरवादको चरम दुर्गन्ध पाइन्छ । वैचारिक अडान होइन शक्ति र स्वार्थमुखी सोचको प्राधान्य त्यस्ता व्यक्तिहरूमा रहेको यथार्थलाई बुझन सक्नुपर्छ । समग्रमा गिरिजाप्रसादको भूमिकाले नेपाली कम्युनिस्ट आन्दोलनलाई ‘महान्’ एवम् विशिष्ट योगदान पुर्याएको तथ्य जो-जसले वर्तमानमा स्वीकार गर्न हिचकिचाए पनि इतिहासले उहाँको मूल्याङ्कन सोही रूपमा गर्ने विश्वासका आधारहरू बलवान छन् । काङ्ग्रेसलाई पुरानै अवस्थामा पुर्याएर मात्र मर्ने कसम जुन २०५२ सालतिर टेकुस्थित पार्टी कार्यालयमा गिरिजाप्रसादले खानुभएको थियो, त्यसबेला कार्यकर्ताहरूले २०४८ पछिको अवस्थामा काङ्ग्रेसलाई पुर्याइने बुझेका थिए । उहाँले आफ्नो वचन पूरा गरेरै धर्ती छाड्नुभयो, तर २०४८ को होइन २०४६ सालअघिको भन्दा जोखिमपूर्ण अवस्थामा पार्टी र प्रजातन्त्रलाई पुर्याएर । कालगतिले अलिक चाँडो निधन भएको हुँदा गिरिजाप्रसादले चीनका च्याङ्काइसेकको नियति भोग्दै देश छोडेर भाग्ने अवस्था व्यहोर्नुपरेन, तर रसियाका केरेन्स्कीको नियति भने उहाँले पनि आफ्नै जीवनकालमा भोग्नुभएको हो । यद्यपि केरेन्स्की गिरिजाप्रसादझैं लेनिनहरूको प्रलोभनमा फसेका थिएनन्, उनीहरूबाट देश र लोकतन्त्र जोगाउन खोज्दाखोज्दै उनले पराजय व्यहोर्नुपरेको थियो । कोइरालाले भने दिवंगत हुनुअघि नै नियोजित रूपमा कम्युनिस्ट आन्दोलनको जग मजबुत तुल्याइसक्नुभएको थियो । जसका कारण आज काङ्ग्रेस, प्रजातन्त्र, जनता र देशले इतिहासकै सर्वाधिक सङ्कटपूर्ण अवस्थाबाट गुज्रनुपरेको छ । यर्सथ गिरिजाप्रसाद इन्डोनेसियाको सुकार्नोझैं माओवादी नभएर पनि माओवादी आन्दोलनलाई सहयोग पुर्याउने नेताका रूपमा उदाहरणीय बन्नुभएको छ ।
Very nice, neat and clean article. I believe It gives well understanding to every Nepali that how an individual can ruin the country for the shake of their own interest.just want to be castle of king Prachanda could be the another Girija. As i believe this is right time for every Nepali to think seriously.
ReplyDeleteBeing a regular reader of Nepal mother dot com, I would encourage writer and blogger to keep posting such type of article as an advocate for matribhumi.
jaya maatribhumi
Markande
Girija bhandaa thulo nepal ko asakchhyam neta aru kohi chhaina jasakaa karan desh barbaad bhayeko ma kasaiko duimat chhaina.
ReplyDelete- Shushila kaphle, Japan
Dev Prakash TripathiJi yo hahurle jun ABsharbaadi,Pakhandapan ,Priminister Post ko Lagi afno Party ko Sansthapak Shree Shworgiye Krishna Prasad Bhattarai lai bado thulo Sadyentra garera uhako Rajnitik Bhabishye nai andha kar ma parne neta ho Girija Prashad Koirala.
ReplyDeleteGirijale Maobadi sanga milera 12 Bude Sahamati garekok karan yo hoko Maobadi ko bui chadhera PM ya Prssident Post afnai naam ma parnalai gareko kutil chal ho.
malai Gp Koirala naam ko naat baad ani kripa baad bata otprot bhayeko ani Nepal ra Nepali pratiko heetma kunai ramro kaam garna nasakeko ashachham netako parema aru sabda lekhera aru sabda haru kharcha garna chahanna.
Journalists ra Media haru nai hun Jyanmara,attanka kari ani jangali netaharulai raat raat mahanayek banayera abir jatra garaune.Desh andha kar bata ujyalo tara lagauna ra bhrasta harulai ajibaan karawas ani sushasan ko lagi ti patru ganhaune neta haruprati dhawa bolne aat garna nasakeko le Nepalese Journalism pani Patru ,ganhaune haru sanga Sati gayeko kuro abagat ma yo mero Sano ra nitanta afnai Comment bata sabai bandhu haru lai abagat garauna chahanchhu. Jay Nepal