- Girish Pokhrel
नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको ६६ औं महासभाको अध्यक्षका लागि उम्मेदवार बनाइएका कुलचन्द्र गौतम पराजित हुनुमा नेपालको कूटनीतिक असक्षमता पहिलो कारण हो । यसमा नेपालको वा गौतमको महत्वाकांक्षाको ऐना चुरचुर भएर फुटेको छ । किन पराजित हुनुभयो यसको उत्तर सामान्य छ । द्वन्द्वले जकडिएको नेपालमा जुन मुलुकको सरकारले आफ्नै देशमा राजनीतिक शान्ति र स्थायित्व दिन सकेको छैन त्यस्तो मुलुकले अन्तर्राष्ट्रिय पद ताक्नु सरासर गल्ती थियो । आफ्नो मुलुकभित्र राजनीतिक दलहरुले शान्ति र संविधान बनाउने काम नसकेको मुलुकले राजनीतिक तवरबाटै अन्तर्राष्ट्रिय कूटनीतिक राजनीतिमा हात हाल्नुको कुनै अर्थ थिएन । गौतमलाई नेपालका केही आफूलाई बुद्धिजीवी भनाउने सीमित वर्गहरुको बलमा तत्कालिन प्रधानमन्त्री माधव नेपालको सरकारले गौतमको विगतको युनिसेफको जागिरलाई देखाउँदै त्यहाँ जवरजस्ती पठाएको मात्र हो । अनि गौतमको व्यक्तिगत महत्वाकांक्षाले उत्तिकै काम गरेको
छ । सरकारले उनलाई उक्त पदका उम्मेद्वारका लागि पठाउनुअघि अहिलेसम्म उक्त पदमा पुगेका व्यक्तिको पृष्ठभूमी हेर्नु पथ्र्यो । मुलुकमा संविधान बन्यो, निर्वाचित सरकारले मुलुक हाँक्न थाल्यो र राष्ट्रपति डा. रामवरण यादवले आफ्नो उचाई कायम राखे भने उनी तयार हुनसक्छन्, त्यस्तो ओहदाका लागि । यो धेरै परको कुरा हो । अर्को सपना नदेखि हालौं ।
हो, त्यो उचाईमा पुगेका नेपाली कम छन् । तर गौतम आफ्नो व्यक्तिगत बलबुतामा जसरी युनिसेफको माथिल्लो तहसम्म पुग्न सफल हुनुभएको थियो, त्यसैका आधारमा राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व हुन्छ भन्ने ठान्नु निर्थक प्रयास सिवाय अरु केही थिएन । उनी युनिसेफको कार्यकारी निर्देशकमा गएपछि नेपालले गौरव गर्यो । स्वभाविक हो । अमेरिकी विदेशमन्त्री कोलिन पावेल जाँदा नेपालका परराष्ट्रमन्त्री रामशरण महत (पीएचडी)ले गौतमलाई संघको महासचिव बनाउन जोड गरिदिन एउटा गोप्यपत्र समेत हात लगाएका थिए । गौतमलाई राष्ट्रपति बनाउनै प्रसंग पनि नेपाली राजनीतिमा नउठेका होइनन् । गौतमको उचाईमा नेपाल बढी फुर्केको हो । यो केटाकेटीले मिर्ठाई पाएजस्तो भयो ।
गौतम गैरआवासिय नेपालीको संस्थामा नेतृत्व दिन लायक हुन् । गौतम के का लागि योग्य होलान् ? उनको यो गौरवशाली ओहदालाई कसरी सदुपयोग गर्न सकिन्छ । यो मन्थनको विषय हुनसक्छ । हतारमा निर्णय गरिहाल्नु अपरिपक्व ठहर्छ । केहि गरिहाल्दा पनि ’नपाउनेले केरा पायो, बोक्रासँगै खायो’ हुने अवस्था आउँछ । यो परिणामपछि गौतम के का लागि ’फिट’ होलान् ? उत्तर छैन । कस्तो जवाफ दिन नै नसकिने परिस्थिति आयो । उनलाई केहि न कामको बनाइएको छ ।
कतार जस्तो आर्थिक सम्पन्न देशसँग त्यो पनि अरवीयन मुलुकहरुसँगको प्रतिस्पर्धामा गराउनु नै नेपाल सरकारको गल्ती थियो । यसले आउने दिनमा अझ बढी नेपालका लागि अरवीयन मुलुकहरुले हेर्ने दृष्टिकोण साँघुरो घेराभित्र पर्न नसक्ला भन्न सकिदैन । त्यसको प्रत्यक्ष असर कतारमा नेपालको लागि रेमिट्यान्स पठाइरहेका लाखौं नेपालीलाई नपर्ला भन्ने सकिदैन ।
पहिले आफू मुलुकभित्र बलियो होउ त्यसपछि अन्य क्षेत्रमा हात हाल्नु मुलुकबासीकै लागि हितकर ठहर्छ । अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा आफ्नो उम्मेदवारलाई उठाउनु भनेको सामाजिक संजालमार्फत् प्रशान्त तामाङ वा अनुराधा कोइरालालाई एसएमएस वा नेटबाट भोट दिएर जिताउनु जस्तो होइन भन्ने नेपाल सरकार र नेपाली बुद्धिजीवीहरुले बुझ्नु जरुरी छ । यो गल्तीले अरु पटकका लागि समेत शिक्षा लिनु नेपालका लागि श्रेयष्कर देखिन्छ ।
अनि प्रजातान्त्रिक पद्दतिको समेत अनुशरण नगरिएको अवस्थामा अप्रजान्त्रिक सरकारको प्रतिनिधित्व गर्दै नेपालको एउटा तथाकथित बुद्धिजीवी वर्गको जोडबलमा गौतमलाई जसरी त्यहाँ उभ्याउने काम मात्र गरिएको थियो ।-

I have no idea about this writer but I am not agreeing with his views. This article has no clue and realistic thoughts. He wrote the article in negative way, I think every incident has negative and positive effects. The writer has to think in positive manner. I have a lot of arguments about the article, I can discuss about it, if needed.
ReplyDeleteshusil