माओवादीसित प्रधानमन्त्री झलनाथ खनालले गरेको ७ बुँदे गोप्य सम्झौता र त्यसपछिको सहमतिलाई खनाल पक्षधरविरोधीले चलखेल गर्ने मौकाका रूपमा लिएको छ । आज एमाले मुख्यालय बल्खुमा शीर्ष नेताहरूबीच बसेको बैठकले माओवादीलाई गृहमन्त्रालय दिनेबारेमा प्रधानमन्त्री खनालको तीव्र आलोचना गरेको छ । अधिकांश सदस्यहरूले सहमतिका विरूद्धमा बोल्दै गृहमन्त्रालय माओवादीलाई दिने भए पार्टी अध्यक्षलाई नै कारवाही गर्ने धम्की दिएपछि खनालले बाध्य भएर माओवादीसित वार्ता गर्नका लागि पूर्वप्रम माधवकुमार नेपाल, पूर्व गृहमन्त्री केपी ओली, पूर्व जलश्रोत मन्त्री ईश्वर पोखरेलसहितको नयाँ कार्य दल बनाई छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीले गृहमन्त्रालय माओवादीलाई दिने भएपछि एमालेकै भातृ संगठन युथ फोर्सका अध्यक्ष महेश बस्नेतले विरोध गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । यसरी चौतर्फी रूपमा आफूलाई आक्रमणको तारो बनाइएपछि माओवादीसँगको गृहमन्त्रालय दिने सहमतिमाथि छलफल गर्न कार्यदल बनाउन खनाल बाध्य भएका हुन् । राजनीतिक अङ्कगणितका आधारमा ओली पक्षले खनाल पक्षलाई धूलो चटाएको रूपमा हेरिँदैछ । - Cartoon by Rabindra Manandhar/nepalipatra
20110217
राजनीतिक अङ्कगणितका आधारमा ओली पक्षले खनाल पक्षलाई धूलो चटाए !, गृहमन्त्रालय माओवादीलाई दिने भए झलनाथलाई नै कारवाही
माओवादीसित प्रधानमन्त्री झलनाथ खनालले गरेको ७ बुँदे गोप्य सम्झौता र त्यसपछिको सहमतिलाई खनाल पक्षधरविरोधीले चलखेल गर्ने मौकाका रूपमा लिएको छ । आज एमाले मुख्यालय बल्खुमा शीर्ष नेताहरूबीच बसेको बैठकले माओवादीलाई गृहमन्त्रालय दिनेबारेमा प्रधानमन्त्री खनालको तीव्र आलोचना गरेको छ । अधिकांश सदस्यहरूले सहमतिका विरूद्धमा बोल्दै गृहमन्त्रालय माओवादीलाई दिने भए पार्टी अध्यक्षलाई नै कारवाही गर्ने धम्की दिएपछि खनालले बाध्य भएर माओवादीसित वार्ता गर्नका लागि पूर्वप्रम माधवकुमार नेपाल, पूर्व गृहमन्त्री केपी ओली, पूर्व जलश्रोत मन्त्री ईश्वर पोखरेलसहितको नयाँ कार्य दल बनाई छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीले गृहमन्त्रालय माओवादीलाई दिने भएपछि एमालेकै भातृ संगठन युथ फोर्सका अध्यक्ष महेश बस्नेतले विरोध गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । यसरी चौतर्फी रूपमा आफूलाई आक्रमणको तारो बनाइएपछि माओवादीसँगको गृहमन्त्रालय दिने सहमतिमाथि छलफल गर्न कार्यदल बनाउन खनाल बाध्य भएका हुन् । राजनीतिक अङ्कगणितका आधारमा ओली पक्षले खनाल पक्षलाई धूलो चटाएको रूपमा हेरिँदैछ । - Cartoon by Rabindra Manandhar/nepalipatra
1 comment:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
ए झलनाथ, कांग्रेस साग मिलेर सरकार बनाउ, तेसो गरे तिम्ले कांग्रेस, नेपाल का सबै पार्टी हरु र इन्डिया, अमेरिका, युरोप चाइना सबै को समर्थन र मान्यता पाउछौ ; माओबादी लाइ च्याप्यौ भने फगत माओबादी, त्यो पनि प्रचण्ड पक्ष्य मात्र पाउछौ, तेस्पछी तिम्लाई सारा पार्टी हरु, अन्तर रास्ट्रीय शक्ति हरु ले सदा लखेट्ने छन्.,बेलै मा बुद्धि पुर्याउ
ReplyDelete