पूर्व राजा ज्ञानेन्द्र शाहले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाका छोरीज्वाईं रुबेल चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका एक मात्र पुत्र पारस शाहलाई 'मुद्दा किनारा नलागेसम्म काठमाडौं नआउन' निर्देशन दिएका छन् । र्सवाेच्च अदालतका रजिस्ट्रार श्रीप्रसाद पण्डितको नेतृत्वमा कानुन व्यवसायीहरूको टोलीले पारसलाई मुटुको...
समस्या भएको भन्दै बुधबार नै उपचारका लागि हाजिरी जमानामा छुटाउने पहल गरिरहेको जानकारी पाएपछि पर्ूवराजा ज्ञानेन्द्रले त्यस्तो निर्देशन दिएका हुन् । पर्ूवराजा ज्ञानेन्द्रले टेलिफोनमार्फ पारसलाई निर्देशन दिएको पारसका कानुनी सहयोगी शिव पाण्डेले जानकारी दिए । ज्ञानेन्द्रले मुद्दा किनारा नलागी काठमाडौं र्फकंदा भागेको आरोप लाग्ने भन्दै 'फेस' गर्न सुझाएको पनि पाण्डेले बताए । पर्ूवराजा ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै पाण्डेले भने, 'जे गर्छन् नेपाली जनताले गर्छन् । यो राजनीतिक मुद्दा हो । त्यसैले मुद्दाबाट पछि नहट्नु । घटनाबारे नेपाली जनतालाई सविस्तार जानकारी दिनर्ुपर्छ ।' स्रोतका अनुसार र्सार्वजनिक अपराधमा मुद्दा चलाइएका पर्ूवयुवराज पारस सुरुमा हाजिरी जमानामा छुट्न राजी भएका थिए । तर, बाबु ज्ञानेन्द्रको टेलिफोन निर्देशनपछि उनी पछि हटेका थिए । हाजिरी जमानामा छुट्न पारसले नमानेपछि कानुन व्यवसायीको टोली उनको मुटुसम्बन्धी समस्या समाधान भएको भन्दै फर्किएको थियो । पाण्डेका अनुसार पर्ूवराजा ज्ञानेन्द्र उपचार वा अन्य बहानामा पारस काठमाडौं र्फकेको हर्ेने पक्षमा छैनन् । मुद्दा किनाराका लागि पुनः चितवन आउनुपर्ने भएकाले पनि ज्ञानेन्द्रले मुद्दाको किनारा लगाउन जोड दिइरहेका हुन् ।
बंगलादेशी नागरिक चौधरीमाथि गोली हानेको अभियोगमा मंगलबार पोखराको फूलबारी रिसोर्टबाट पक्राउ परेका पारसलाई चितवनको भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा राखिएको छ । त्यहाँ उनीमाथि बयान लिने काम मंगलबार र बुधबार जारी रहयो । जिल्ला प्रशासन कार्यालय चितवनले उनको मुद्दाबारे अनुसन्धान गर्न बुधबार प्रहरीलाई थप तीन दिनको समय दिएको छ ।
प्रहरीले चार दिनको म्याद मागे पनि प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले तीन दिनको म्याद दिएका थिए । थपिएको म्यादभित्र प्रहरीले मुद्दा दर्ता गरिसक्नर्ुपर्छ ।
स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार पारसलाई धरौटीमा वा शुद्ध तारिखमा छाड्ने तयारी गरिरहेको छ । यसको सम्पर्ूण्ा तयारी पनि पूरा भइसकेको छ ।
छाड्ने निश्चित भएपछि पारस बिहीबार जिल्ला प्रशासन कार्यालय जाने र त्यहाँबाट र्फकंदा उनले तत्कालीन पारस बसपार्क -हालको साझा बसपार्क) मा र्समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रहरीले सुरुमा चौधरीसँग सुजातानिवास मण्डिखाटारमा बयान लिएको थियो । त्यसपछि केही समय महानगरीय प्रहरी वृत्त महाराजगन्जअर्न्तर्गतको मण्डिखाटार बिटमा लगी बयान लिएको थियो । त्यहाँ सिर्जना अधिकारीको रोहवरमा उनलाई कागज गरेर छाडिएको थियो ।
प्रहरीले घटनास्थल चितवन भएकाले त्यहाँ लैजानका लागि बुधबार बिहानदेखि नै प्रयास गरेको थियो । उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाताकी छोरीज्वाईं बंगलादेशी नागरिक चौधरीले त्यहाँ जान मानेनन् । त्यसपछि बाध्य भएर प्रहरीले सुजातानिवासमै उनको बयान लिएको थियो ।
चौधरीलाई गोली हानेको अभियोग लागेका पर्ूवयुवराज पारसलाई पक्राउ गरी चितवन ल्याइए पनि उनलाई त्यहाँ लैजान नेपाल प्रहरीले सकेन । पारसलाई पोखराको फूलबारी रिसोर्टबाट मंगलबार पक्राउ गरी चितवन ल्याइएको थियो ।
टाइगर टप्स लजमा चौधरीमाथि गोली चलाएको आरोपमा प्रहरीले मंगलबार रातिदेखि नै पारससँग बयान लिइरहेको छ । बुधबार बिहानको बयानमा पारसले प्रतिपक्षी -चौधरी) लाई पनि झकिाउन आग्रह गरेका थिए । चौधरीलाई ल्याउने प्रहरी जानकारीपछि पारस आफै भरतपुरस्थित प्रहरी तालिम केन्द्रबाट जिल्ला प्रशासन कार्यालय चितवन जान खोजेका थिए । उच्च प्रहरी स्रोतका अनुसार तालिम केन्द्र बाहिर उनका सयौं र्समर्थकको भीड जम्मा भएकाले सुरक्षाको कारण देखाउँदै त्यहाँ जानबाट रोकिएको थियो ।
काठमाडौंमै उनीसँग बयान लिएको घटनाले प्रहरी पनि विवादमा तानिएको छ । यसप्रति प्रहरी प्रधान कार्यालयका उच्चपदस्थ अधिकारीले पनि असन्तुष्टि जाहेर गरेका छन् । नाम उल्लेख गर्न नचाहने एक उच्चपदस्थ प्रहरी अधिकृतले भने, 'उनलाई बयानका लागि घटना क्षेत्र चितवन नै लैजानु पर्थ्याे, नमानेको खण्डमा चितवनका प्रहरी बोलाएर बयान लिइनुपर्थ्याे । तर, काठमाडौंका प्रहरीले बयान लिनु कुनै पनि हालतमा राम्रो मानिन्न । पारसलाई पक्राउ गरेर कानुनको दायरामा ल्याउन खोजेको प्रहरी प्रशासन चौधरीको हकमा भने नराम्ररी चुक्यो, बंगलादेशी नागरिक चौधरीले नेपालको कानुन मान्न नखोजेको देखियो ।'
स्रोतका अनुसार नेपाल प्रहरीले दबाब थेग्न नसकेकाले चौधरीलाई चितवन नलगिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनाल भने यस मामिलामा पन्छिए । खनालले राजधानीसँग भने, 'कसलाई कहाँ लैजाने र कसको के मुद्दा भन्ने बारेमा प्रहरीलाई अधिकार भएकाले त्यसलाई गृह मन्त्रालयले हस्तक्षेप गर्न मिल्दैन ।'
चौधरीलाई चितवन नलगिएको विषयमा सो घटनाको छानबिन गर्न प्रहरी नायव महनिरीक्षक गंगाप्रसाद पाण्डेको संयोजकत्वमा गठित छानबिन टोलीले असन्तुष्टि जनाएको छ । सो टोली चितवन बसेर घटनाको अनुसन्धान गरिरहेको छ ।
टोलीका एक सदस्यले असन्तुष्टि जनाउँदै भने, 'मुद्दा जहाँ चलेको हो, त्यहीँ ल्याउनर्ुपर्छ । नल्याएकामा हाम्रो असन्तुष्टि छ । यसबाट घटनाको वास्तविकता नआउने डर पनि बढेको छ ।'
स्रोतका अनुसार घटनास्थलमा गोली प्रहारको प्रमाण खुल्ने कुनै सामग्री फेला परेको छैन । टोलीले टाइगर टप्सका होटल मालिक, कर्मचारी र सबै विषयवस्तुका बारेमा मुचुल्का तयार पारेको थियो । समितिले बुधबार बेलुका पनि शाहसँग सोधपुछ गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका उपाध्यक्ष तथा पर्ूवमन्त्री हेमबहादुर मल्लले पर्ूवयुवराज पारस शाहलाई यथाशीघ्र रिहाइ नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबारदेखि जनकपुरमा सुरु भएको पार्टर्ीीे जिल्ला कमिटी अधिवेशनको उद्घाटनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता मल्लले शाहकोशीघ्र रिहाइको माग गरे । एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरूले दिनदहाडै आधुनिक हतियार लिएर घुमिराख्दा पनि तिनको तर्फ सरकारको कुनै ध्यान नगएको तर आफ्नो सुरक्षाको लागि शाहले एउटा कटुवा राख्दैमा उनलाई झूटो कुराहरूमा फसाइ हातहतियार तथा खरखजाना मुद्दामा फसाउन खोज्नुले सरकार पर्ूवाग्रही रहेको स्पष्ट भएको छ ।
यता पार्टर्ीीत्र अनुशासन नभएका कारण केन्द्रीय निर्देश्ानअनुसार आफूहरूले नयाँ कार्य समितिको चयन गर्न लागेको पनि उनले स्पष्ट पारेका छन् । राप्रपा नेपालको जिल्ला अधिवेशन जिल्ला कार्य समिति धनुषाले नै बहिष्कार गरेको छ । पार्टर्ीी जिल्ला अध्यक्ष देवनन्दन गोइतको नेतृत्वमा रहेका कार्यसमितिका ६ जना पदाधिकारी र ६ जना क्षेत्रीय पादाधिकारीहरूसहित करिब तीन दर्जन गाउँ एकाइ कमिटीका कार्यकर्ताहरूले अधिवेशन बहिष्कार गरेका हुन् । पार्टर्ीी केन्द्रीय उपाध्यक्ष हेमबहादुर मल्ल र केन्द्रीय सदस्य रवीन्द्र चक्रवर्तीले जिल्लामा आएर पार्टर्ीीत्र समन्वय कायम गराउनुभन्दा विवादलाई चर्काएको आरोपसमेत लगाइएको छ ।

निराश हुँदै पारस चढे हेलिकोप्टर
हत्या गरेको अभियोग प्रमाणित भई अदालतद्वारा पक्राउ आदेश जारी भएका एक माओवादी सभासद्लाई पक्राउ गर्न नसके पनि सरकारले हवाई फायर गरेको आरोपमा पूर्वयुवराज पारसलाई नियन्त्रणमा लिई बयान लिने 'साहसिक' कार्य गरेको छ। यसअघि प्रचण्ड थैव, रामहरि श्रेष्ठ र छवि कार्कीलगायतका व्यक्तिहरूको हत्यारालाई कारवाही गर्न नसक्ने सरकारले पूर्वयुवराजमाथि कारवाहीको प्रक्रिया जसरी अगाडि बढाएको छ, त्यसले सम्पूर्ण देशवासीहरूलाई चकित तुल्याएकोछ। शक्तिहीन भइसकेका पूर्वयुवराजलाई पोखरास्थित फूलबारी होटलमा बसिरहेको अवस्थामा प्रहरी नियन्त्रणमा लिई मंगलबार अपराह्न हेलिकोप्टरबाट चितवन पुर्यालइएको छ। गृह मन्त्रालयबाट पूर्वयुवराजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाउन निर्र्देशन भएपछि मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्कर कार्कीको नेतृत्वमा एक टोली पारस बस्नुभएको फूलबारी होटलमा पुगेको थियो। तर, उहाँले आफ्नो वकिल उपस्थित भएपछि मात्र बयान दिने अडान लिएर बस्नुभएका कारण प्रहरीले त्यहाँ बयान लिन सकेन। लामो प्रतीक्षापछि अपराह्न हेलिकोप्टरमार्फत पूर्वयुवराजलाई प्रहरीले चितवन पुर्यालएको थियो। उहाँलाई लिएर प्रहरीको अञ्चल प्रमुख केशव अधिकारी हेलिकोप्टरमा चितवनसम्म जानुभएको थियो। चितवन प्रस्थान हुनुअघि पूर्वयुवराजका समर्थकहरू फूलबारी होटल परिसरमा जम्मा भएका थिए। उनीहरूले प्रदर्शनको तयारी गरेपछि प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरबितर गरेको थियो। पारसको गिरफ्तारीलाई लिएर चितवन र पोखरामा विरोध प्रदर्शनसमेत भएको बुझिएको छ। पूर्वयुवराज बस्नुभएको होटल फूलबारीमा प्रहरी प्रवेश गरेपछि उहाँ केही निरास र दुःखी बन्नुभएको थियो। एसपी पुष्कर कार्कीले आफूहरू माथिको आदेशबमोजिम नियन्त्रणमा लिन आएको बताउनुभएपछि पारसले आफूबाट कुनै गल्ती नभएको बताउँदै बयान दिन र चितवन जान अस्वीकार गर्नुभएको थियो। लामो समयसम्म एसपी पुष्कर र परास शाह बाहिर ननिस्कनुभएपछि प्रहरीको अञ्चल प्रमुख केशव अधिकारी होटलमा प्रवेश गर्नुभएको थियो। अधिकारीले आफू गिरफ्तार गर्न आएको बताउनुहुँदा पारसले चितवन जान अस्वीकार गर्नुभएको थियो। घरी कोठामा ओहोरदोहोर गर्ने र पटकपटक बाथरुम जाने गर्नुभएका पूर्वयुवराजलाई अधिकारीले कुनै पनि हालतमा चितवन जानैपर्ने बताउनुभएपछि उहाँले आफू गाडीमा जान नसक्ने स्थितिमा रहेको जानकारी गराउनुभएको थियो। त्यसपछि होटलमा फिस्टेल एयरको हेलिकोप्टर अवतरण गराइयो। हेलिकोप्टर पुगेपछि पनि उहाँले प्रमुख जिल्ला अधिकारी र प्रहरी होटलमै आएर बयान लिइदिन आग्रह गर्नुभएको थियो। तर, एसएसपी अधिकारीले ढिला भएमा हेलिकोप्टर उड्न नसक्ने र आफूले राति गाडीमै भए पनि चितवन पुर्याथउनैपर्ने जानकारी गराउनुभएपछि चार घन्टापश्चात् पूर्वयुवराज बडो गह्रौं मनले हेलिकोप्टर पार्किङ गरिएको ठाउँतर्फ जान तयार हुनुभएको थियो। पूर्वयुवराजमाथि उपप्रधामन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी (बंगलादेशी नागरिक) माथि गोली प्रहार गर्न खोजेको आरोप लागेको छ। उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ चौधरीमाथि भएको घटनालाई लिएर नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालाले पूर्वयुवराज पारसमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको थियो। कोइरालाको जोडदार माग भएपछि पहिले आवश्यक छानबिन गरेर मात्र कारबाही प्रक्रिया अघि बढाउने पक्षमा रहेको सरकार मंगलबार अचानक तातेको र छानबिनको रिपोर्ट नआउँदै प्रहरी नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको थियो। मंगलबार साँझ पूर्वयुवराजलाई चितवनस्थित प्रहरी तालिम केन्द्रमा राखिएको छ। उहाँको बयान बुधबार (आज) सुरु हुने बताइएको छ। उहाँको बयान वकिलको सहयोगमा हुने पनि बुझिएको छ। पारसलाई प्रहरीले नियन्त्रणमा लिएपछि मुलुकमा ठूलो कम्पन पैदा भएको छ। पूर्वराजपरिवारका समर्थकहरूले यस घटनालाई सरकारको पूर्वाग्रहपूर्ण कार्य भएको ठानेका छन्। उनीहरूले दिनप्रतिदिन 'लोकप्रिय' हुँदै गएको पूर्वराजपरिवारको साख गिराउन षड्यन्त्र रचिएको आरोप पनि लगाएका छन्। सरकारले भने देशमा कानुनी राजको आभास दिलाउन पारसलाई प्रहरी नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको दाबी गरेको छ। सरकारको कदमलाई जनस्तरले बडो अभिरुचिपूर्वक हेरेको छ। जसरी पारसमाथि सरकार जाइलाग्यो त्यसैगरी हिंसात्मक गतिविधिमा संलग्न अन्यलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले कति साहश गर्न सक्छ जनताको चासोको विषय बनेको छ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक