20101223

पारसको राष्ट्रियता, रामचन्द्रको 'डेमोक्रेसी', एमालेको राष्ट्रिय सहमति र प्रचण्ड  वैद्य मिलन !
- राजेन्द्र थापा
अघिल्लो साता जनताका लागि एक किसिमबाट मनोरञ्जक तथा आफैंले आफनो पेटमा काउकुती लगाएर, मर्ुछा परेर हाँस्ने केही घटनाहरू भए । वास्तवमै रुनुपर्ने दिनहरू आउँदैछन् भन्ने प्रमाणहरू यिनै घटनाहरूले दिइरहे पनि जनमानसले हालका घटनाहरूलाई जति मनोरञ्जक रूपमा लिइरहेका छन्, अन्य देशमा अस्वभाविक लागे पनि यस देशका जनताको स्वभावलाई बुझ्दा यो स्वभाविक नै माने हुन्छ । घटनाहरू त थुप्रै भएका छन् । माओवादीमा प्रचण्ड र वैद्य मिलनले जनव्रि्रोहको बाटो चौडा पार्नु र आफ्नै...
देशभित्रका अनगिन्ती शत्रुहरू छाडेर अभिन्न छिमेकीलाई शत्रु तोक्नु तथा मध्यमार्गी सोच भएका बाबुरामजस्ता व्यक्तित्व पनि माओवादीमा भएका कारण प्राप्त जनर्समर्थनलाई दाउमा लाउनुजस्ता आफ्नै पयरमा बन्चरो हान्ने अजीव घटनाहरू समेत भए । एमालेले राष्ट्रिय सहमतिको बाटो छाडेर बहुमतीय प्रणालीमा आउन तयार हुँदा माओवादीले अझै झलनाथलाई नै प्रधानमन्त्री बनाउन साढे पाँच महिनाअघि दिएको ब्ल्यांक चेक क्यास गर्न सक्ने स्पष्ट भयो । र, यता एमालेले रामचन्द्रले प्रस्ताव फिर्ता लिन नमाने भोटिङबाट हराइदिने दलीय फैसला गर्नु तर उता एमालेकै नेता प्रधानमन्त्रीले अन्य दलका नेतासँग बैठकमा रामचन्द्रलाई भोट दिएर जिताउने माग गरेर, एमाले पनि अब दलभन्दा निजी मःमः पसल हुँदै गरेको सन्देश दिई हँसाए । अर्का बलिया दल मधेसी दुवै फोरमहरूले अर्को पटक फेरि टुक्रेर अर्को फोरम हुन पाउने अवसरसमेत भेट्दै गरेको खबर पनि चल्यो ।
सेना, प्रहरी, निजामतीलगायत सकल निकायका अधिकारीहरूसँगै कुम जोरेर, दल र नेताहरूले ढोकामा न्यायाधीशहरूलाई अब लाइन लगाउने अवसर पाउने महाअभियोगको महाकार्यहरूको उद्घाटन तथा यूएनको चिन्ताको व्यापकता, महामहिम सूदको वापसीको हल्ला, सरकारहरूको जोड्दार विदेश भ्रमणका लहर पनि गत साता चलेका थिए । पहिले नै मान्छे विशेषलाई प्रधानमन्त्री दिने सहमति गरेर हस् हजूर नभनेसम्म नयाँ प्रधानमन्त्री दिनका लागि आवश्यक सदन नखोल्ने कामचलाउ सरकारको अडानको विरोध गर्ने स्वयं कांग्रेस तथा एमालेका बाँकी नेताहरू नै माओवादीले सरकार दिन ल्याएको अधिवेशनलाई असफल गराउने प्रण गर्नु जति आर्श्चर्य हो, त्योभन्दा बढी आर्श्चर्य हामी नै सदन डाक्ने तयारीमा रहेका बेला यो डाकिएको अधिवेशनलाई मार्नुपर्छ भन्ने सरकारी अभिव्यक्तिले पनि जनतामा आर्श्चर्य पैदा गरेको छ ।
यी अन्य दलका खबरबाहेक चर्चित खबर पर्ूवराजावादी कांग्रेस तथा वर्तमानमै राजावादी राप्रपा नेपालहरूले जनतालाई पस्के । यसका कारक बने पारस र रुबेलबीचको शायंकालीन खटपट । दर्ुइ शक्तिका प्रतीक दर्ुइ उन्मादित ऊर्जाशील युवाहरूबीच शायंकालमा जब पिउने र पिलाउनेको लटपट हुन्छ, तब हुने खटपटलाई साधारणतया त्यहीँ भट्टीमै खाली सिसीभै+m छाडिनुपर्ने थियो तर भएन । राष्ट्रिय संकट पर्नासाथ कांग्रेस सभापतिको कमजोर मनस्थितिको लगाम हातमा लिने सहयोगी कोइराला परिवारका अनन्य मित्र सिटौलाजीले जब झट्पट् कमान्ड लिनुभयो, तत्कालै सभापतिले यसलाई हतपत राष्ट्रिय संकट घोष्।णा गर्नुभयो । देशका सारा मुद्दा गौण बने र पर्ूवराजावादी कांग्रेसको थन्क्याएको कमण्डलुबाट राजसंस्थालाई पुनर्जीवित हुन सक्ने जीवनजल र्छर्केर 'पारस हिरो सुजाता जिरो', 'कांग्रेस खल्लो राप्रपा नेपाल एक डल्लो' बन्ने अवस्था जानी अनजानीमा बनाएर खै कसलाई मद्दत गर्नुभयो - आगामी कालखण्डले यसको जवाफ देला तर हाललाई भने 'नेपाली कांग्रेस र नयाँ परिवर्तनलाई केही जहर तथा पारस तथा परम्परागत सोचलाई अमृतको लहर' पिलाइएको भने अवश्य नै हो ।
पारसलाई पिलाइएको यस अमृतले राजसंस्थालाई फाइदा पुगेको भ्रम आम जनतामा फैलिएको भए पनि पारसका खलनायकीबाट अरू नोक्सानी भएको नबुझ्ने राजावादी र यस घटनाले कांग्रेस नै दल हो कि, कसैको निजी भटमास पसल हो भन्ने सवाल उठेको तथ्य थाहै नपाई सहकर्मी सुजातालाई ढालियो भनेर कांग्रेसीहरूमा फरक त्यति कहाँ देखियो र यस पटकको घटनामा ।
कांग्रेसभित्र सुशील'दा आफ्नो दलभित्रबाट रामचन्द्र र सिटौलाका अस्वीकृत मनोनयनको थान्को लगाउन नसकिरहेका तथा कसैले र्समर्थन नदिने स्थितिमा रहेका रामचन्द्रबारे वैकल्पिक मार्ग के भन्ने सोच्न सकिरहेका छैनन् । साथै, न त उनले संविधान तथा शान्तिका मुद्दाहरू निकासको बाटोमा अवरोध आफ्नै दलको सत्तालिप्सा हटाउन सकिरहेका छन्, न त अनमिन पठाउने लहड पूरा भए पनि त्यसपछि उत्पन्न हुने मोटा मसिना संकटको अनुमान र त्यसका लागि प्रतिकारात्मक रणनीति तथा कार्यनीतिहरूको गृहकार्य गर्ने सोचमै छन् । यस्तो अन्योलमा स्वयं कांग्रेस नै रहेको यसबेला सिटौलाको सल्लाह र पहलताबाट उत्पन्न यस पारसकाण्डले अझै जनताले अन्तिम आशाकेन्द्र मान्ने गरेको कांग्रेसका कलेजोमा कति जहर घुस्यो, प्रभाव समयले बताउला ।
यस घटनाको अन्त्यसँगै अब रामचन्द्रको चुनावमा कांग्रेसले अझै वैकल्पिक सोच नदेखाएका कारण उत्पन्न हुने विवादले राष्ट्रियस्तरमै संविधान निर्माण तथा शान्तिप्राप्तिमै पर्ने असरको हिसाब त भयानकै हुन सक्छ । कि त गिरिजाबाबु 'स्टाइल'मा जे नि पेलेरै गर्नु र कम्युनिस्ट देशहरूमा भै+m विरोधीलाई पर्ज -सखाप) गरेरै जानु, कि त प्रचलित लोकतान्त्रिक सिद्धान्तनुसार सम्झौता र समझदारीबाटै जानु । एउटै अडानमा बसिरहनु राजनीति होइन, आवश्यकतानुसार रणनीति र कार्यनीतिलाई तलमाथि गरी खेलाई अन्तिममा आफ्नै पोल्टामा पार्ने गिरिजाबाबुको तरिकाले कांग्रेस यतिसम्म टिकेको मात्र हो, अघि बढेको चाहीँ होइन ।
कांग्रेस स्वयंमै आइसकेको नवजीवनका कारण अब जीपी 'स्टाइल' चल्दैन भन्ने तथ्यबारे अझै चेतना नआएकै कारण सभापतिले पारसलाई उनका खुराफातीगर्दीहरूलाई राष्ट्रियताको जामा ओर्ढाई राष्ट्रियताको नयाँ परिभाषा जनमानसलाई पस्कने सौभाग्य दिलाइदिनु भयो । पारसले पहिलो विज्ञप्तिमा 'उनले नेपाललाई होच्याउने तथा पर्ूवराजा तथा युवराजहरूलाई कुशब्द बोल्नेका विरुद्ध रुबेलले बोलेका कारण उनका रगतमा उत्पन्न राष्ट्रवादका कारण पडकाइदेगा हम्' भने । र, क्रमशः मिडियाहरूले जब रुबेलका पानाहरू पल्टाउँदै गए, र मन्डिखाटारमा जब पर्ूवगृृहमन्त्री स्वयंले अन्य नेताहरू समेतका संरक्षणमा रुबेललाई बयान लिने नाटकीयताका बीच सबै आपै+mले डिक्टेसन गरेको खबर फैलियो, पारसबाबुले यति धेरै राष्ट्रियताको पञ्चेबाजा बजाए कि, जनता अन्योलमा । र, अन्त्यमा उनले फेरि आफ्नै बाहुली निशानबाट राष्ट्रियता संरक्षणका लागि फेरि पनि यस्तै गर्ने वचन देशवासीलाई दिएका छन् । अब पर्खेर हर्ेन बाँकी छ, यो पारसबाबुको राष्ट्रियता जनताहरूले पनि सिक्ने र प्रयोग गर्ने बेला कहिले आउने छ ।
सुशील'दा तथा सिटौलाहरूका सहयोगबाट जन्मेको पारसबाबुको यस राष्ट्रियताको जल्दो परिभाषिततासँगै बजारमा रामचन्द्रबाबुले पनि 'डेमोक्रेसी'को नयाँ परिभाषा स्वयं टिभीमै जोड्दार रूपमा पस्केर फेरि पारसले 'कन्फयुज' बनाएको जनता जनार्दनको गिदीमा अरू 'कन्फयुजन' थपे ।
राभचन्द्रले भन्नुभयो दोहोर्‍याइ तेहेर्‍याइ, 'मेरो उम्मेदवारी फिर्ता लिने हो भने डेमोक्रेसी ...लोकतन्त्र सकिन्छ, तर्सथ लोकतन्त्र जोगाउनैका लागि मैले उम्मेदवारी फिर्ता नलिएका हुँ ।' अर्थात लोकतन्त्र भनेको रामचन्द्रलाई प्रधानमन्त्री नबनाएसम्म चुनाव भइरहनर्ुपर्छ, उहाँ एक्लै लडिरहनर्ुपर्छ र जुन दिन उहाँ प्रधानमन्त्री बन्नु हुन्छ, यो देशमा लोकतन्त्र सुरक्षित रहन्छ ।
पारसका राष्ट्रियताका परिभाषा र रामचन्द्रका 'डेमोक्रेसी'मा समानता देखिए । दुवैमा निजीपन अर्थात कर्ता व्यक्ति स्वयं नै केन्द्रबिन्दु मानेको देखियो । पारसका लागि राष्ट्रियता भनेको टन्न र मस्त हुँदै दन्न ठोक्दै हिँड्नु । रामचन्द्रका लागि 'डेमोक्रेसी' भनेको उहाँलाई प्रधानमन्त्री बनाइदिनु बरु सात दिनमै राजीनामा दिने शर्तमै भए पनि । पारसले यस्तो गरे र यस्तो बोले, केही फरक पर्दैन । तर रामचन्द्रहरूले यस्तो फितलो बोल्दा भने फरक पर्छ । हुन त नेताहरूमा चाहिनेभन्दा बढि मिडियामा आउन चाहने लोभका कारण के जे बोले नि हुन्छ भन्ने अवस्थामा पुगेका छन् र जस्ले पनि जेसुकै बोले पनि बोल्यो मिडियाले हाइलाइट दियो भोली बिर्सियो भइरहेको हो । त्यसैले पारस विषय गृहको ठाउंमा रक्षामन्त्रीले, अर्थ विषय कानुनमन्त्रीले, कानुनसम्बन्धि परराष्ट्रमन्त्रीले, परराष्ट्रसम्वन्धि वनमन्त्रीले, शिक्षा विषय गृहमन्त्रीले बोल्ने रोग बढेको हो ।
कुरैका सर्न्दर्भमा एक थप उदाहरण दिनु उपयुक्त देख्छू । अस्ति मंगलवार टिभीमा, सभापतिलाई सजिलो पार्न आफ्नो महामन्त्रीको लोभ छाडी त्यागको उदाहरण देखाउन प्रस्तोताले गरेको अनुरोधमा सिटौलाले भन्नु भयो, 'वास्तवमै मैले त्याग नै गरेको हो, सभापतिले मलाई महामन्त्री बन भन्नु भयो र मैले उहांको चाहनालाई मानेर महामन्त्री बनिदिने काम गरेर त्याग गरेकै जस्तो लाग्छ । बरु मैले फिर्ता लिनु भनेको सभापतिलाई सजिलो हैन घात हुन्छ ।' इत्यादि । पारस, रामचन्द्र तथा सिटौलाहरूका यी तर्क सुनेपछि अरु छलफल या तर्क वितर्कको केही जरुरत छ त ??

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक