"जनता" हराएको देश - नेपाल - देवप्रकाश त्रिपाठी
'जनतामा 'ता' थिएन, छैन र जगाउनै सकिएन। बहुसङ्ख्यक मानिस जनता हुन्, अल्पसङ्ख्यक मान्छे कहिले जनविरोधी हुन्छन्, कहिले सहायक–जनतासम्म हुन सक्लान्। जनमा 'ता' नभएपछि ती जनता हुन सक्दैनन्। 'ता' हुनका निम्ति जनभाव चाहियो, जनविचार चाहियो, भाव, विचार, व्यवहार जब हुन्छ त्यसबेला मात्रै बहुसङ्ख्यक मान्छेहरू जनता हुन्छन्। यहाँ त एउटा किसानले आफ्नो एक हल गोरुलाई भन्दा बाँकी जम्मै किसानलाई कम महत्त्व दिन्छ। एउटी आइमाईले आफ्नो एकजोर गहनाभन्दा बाँकी जम्मै आइमाईलाई कम महत्त्व दिन्छे। यस्तो भएपछि जनतामा कसरी "ता" आउने ? यी त जन मात्र हुन् जनता होइनन्। तामाङ भनेर हुन्छ कि नेवार भनेर हुन्छ कि मधेसी भनेर हुन्छ या अरू कुन भनेर....
हुन्छ भन्नेमा बरु लागेर हिँडेको देखिन्छ, करिब सोह्र वर्षअघि घटना र विचार साप्ताहिकलाई अन्तर्वार्ता दिँदै महान् नेपाली दार्शनिक रूपचन्द्र विष्टले दिनुभएको अभिव्यक्तिका केही अंश हुन् उल्लिखित हरफहरू। जनतामा जागरण ल्याउन स्वस्फूर्त रूपमा खटिनुभएका रूपचन्द्र आफ्नो जीवनको उत्तरार्द्धमा अत्यन्त निराश बन्नुभएको थियो र निराशाको एक मात्र स्रोत–कारण बनेका थिए– नेपाली जनता। नेपाली जनताको चेतनास्तरमा गुणात्मक छलाङ ल्याएर नेपाललाई समृद्ध एवम् पूर्ण लोकतान्त्रिक मुलुक बनाउने एक मात्र अभीष्ट बोकेका रूपचन्द्र यिनै नेपाली जनताको सोच र व्यवहार देखेर आजित भएका थिए। त्यसैले नेपाली जनताबारे उहाँले अत्यन्त कठोर एवम् तिक्त टिप्पणी गर्न थाल्नुभएको थियो। जनताबारे विष्टको निष्कर्ष थियो, 145भाले खोज्ने, पोथी खोज्ने, बाँच्न खोज्ने, साक्षात मान्छेको जुनीमा मान्छेको आकारका तर पशुका प्रकारले बाँचिरहेका मान्छेभित्रको मान्छे जगाउने प्रयासस्वरूप थाहा आन्दोलन गरियो, या त मान्छे जाग्दै जागेनन्, जे–जति जागे ती पनि लुच्चा फटाहालाई नै काम लागे।146 नेपाली जनताबारे यति कठोर टिप्पणी गर्ने पहिलो व्यक्ति भने रूपचन्द्र विष्ट होइन। ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले पनि जनताबीच रहेर जनताकै लागि निरन्तर पाँच दशकभन्दा बढी काम (सङ्घर्ष) गरेपछि भन्नुभएको थियो, 'यहाँका जनता भेडा हुन्।' जनताका बारेमा सबभन्दा कठोर टिप्पणी त अझ तत्कालिक ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिलले गर्नुभएको थियो। कुशल एवम् प्रभावकारी वक्ताका रूपमा समेत स्थापित चर्चिलको भाषण सुन्नका लागि लाखौं मानिस एकत्रित हुने गर्दथे। त्यसरी एक सभामा उर्लिएको मानव–सागर देखेर प्रभावित एक व्यक्तिले चर्चिलसँग भनेछन्, 'हेर्नुस् तपाईं कति लोकप्रिय हुनुहुन्छ, आज तपाईंलाई सुन्न लाखौं मानिस यहाँ भेला भएका छन्।' आफ्ना शुभचिन्तक मित्रसमेत रहेका ती व्यक्तिको कुरा सुनेपछि जवाफमा चर्चिलले भन्नुभएछ, 'भोलि यही ठाउँमा विस्टन चर्चिललाई फाँसी दिइँदै छ भनेर प्रचार गरिदिनुहोस्, मलाई फाँसी दिइएको हेर्न आजको भन्दा कैयन गुणा बढी मानिस भोलि यसै ठाउँमा भेला हुनेछन्।' चर्चिलको यस्तो टिप्पणीले जनता भनेका सबै ठाउँका सबै उस्तै हुन्छन् कि भन्ने सङ्केत गर्दछ, तर कतिपय समृद्ध एवम् लोकतान्त्रिक मुलुकका मानिस चर्चिल, गणेशमान सिंह या रूपचन्द्र विष्टले भन्नुभए जस्ता प्रतीत हुँदैनन्। नेपालमा भने जनताबारेका यस्ताखाले टिप्पणी या निष्कर्ष अहिलेसम्म पनि सान्दर्भिक नै मान्नुपर्ने अवस्था छ। भोट (तिब्बत) सँगको युद्धमा नेतृत्व गरिरहेका काजी भीम मल्ल विजयी हुँदा नेपालमा खुसी र उमङ्ग फैलियो। तर, तिनै भीम मल्ल देश फर्कनेबित्तिकै दरबारमा काटिँदा उनको पक्षमा बोलिदिने कोही भएनन्। देशको विजयमा खुसी मनाउनेहरूले भीमको हत्याका विरुद्ध एक शब्द उच्चारणसम्म गर्न सकेनन्, अनि भीमकी सतीले 'नेपालमा राम्रो गर्नेको भलो कहिल्यै नहोस्' भनेर श्राप दिइन्। अङ्गे्रजविरुद्ध लड्न सदैव तत्पर एवम् दृढनिश्चयी भीमसेन थापाको एकताक नेपालीको घरघरमा प्रशंसा हुन्थ्यो, ठूलो ख्याति कमाएका थिए भीमसेनले, तर तिनै भीमसेन सेरिएर मर्न लाग्दा 'हाय' भन्ने कोही भएनन्। अर्धमृत भीमसेन थापा झन्डै तीन दिनसम्म विष्णुमती किनारमा लडाइए, देशभक्त एक सपुतलाई जिउँदै स्याल–गिद्धसामु पुर्या्इँदा कुनै नेपाली सहानुभूतिको एक शब्द खर्चन अग्रसर भएको प्रमाण भेटिएको छैन। यी त भए इतिहासको अलिक दूरीका कुरा, वर्तमानकै कुरा कोट्याउने हो भने पनि नेपाली जनताको सोच, व्यवहार र मनोदशामा कुनै अन्तर आएको देखिँदैन। अस्ति भर्खरको कुरा हो, राजा ज्ञानेन्द्र देश–दौडाहामा निस्कँदा उहाँलाई हेर्न र सुन्नका लागि लाखौँ मानिस सडकमा ओर्लिएका थिए। राजाको दर्शन पाउनुलाई मात्र पनि अहोभाग्य ठानिन्थ्यो, भेट पाउन मानिस सदा लालायित हुन्थे, हज्जारौं मानिस एक ठाउँ भेला भएर जयजयकार गाउँथे, तर तिनै राजा दरबार छोडेर लुरुक्क 'जङ्गल' जान लाग्दा बाटो छेक्न जाने सय मान्छे भएनन्। माओवादीहरू हिंसात्मक क्रियाकलापमा संलग्न थिए, राज्यले उनीहरूलाई आतङ्ककारी घोषणा गरेको थियो। सबैले तिनलाई त्यसबेला आतङ्ककारी नै भन्थे, कुनै माओवादी आफूकहाँ आइदिने र आएर खाइदिने हुन् कि भन्ने चिन्ता प्रायः हरेक नेपालीमा थियो। तर, तिनै माओवादीलाई फटाफट मतदान गर्न यहाँका मानिसले सङ्कोच मानेनन्। बाइसजना मानिसको हत्यासित नाम जोडिएका जंगबहादुर राणालाई हत्यारा र अधिनायकवादी देख्ने नेपालीहरू तेह्र हजार व्यक्ति हत्याको अगुवाइ गरेका प्रचण्डको चाहिँ प्रशस्ति गाउन निर्लज्ज अग्रसर देखिँदै छन्। जंगबहादुरको समयमा सत्तामा जान चुनावमा भाग लिन पाउने अवस्था–व्यवस्था थिएन, हत्या, षड्यन्त्र र तिकडम नै सत्तारोहणको साधन बनेको थियो, त्यस्तो बेलामा पनि जंगबहादुरबाट करिब दुई दर्जन मात्र मारिए। तर, यहाँ निर्वाचनका माध्यमबाट सत्तामा जान सकिने या पाउने अवस्था–व्यवस्था हुँदाहुँदै प्रचण्डहरूले गन्तव्य सत्ताका लागि बाह्र हजारभन्दा बढीको हत्या गरे यस कर्मलाई नाजायज भनेर तिरष्कार गर्न सक्नेचाहिँ हामी कोही नेपाली भएनौँ। बरु प्रचण्डहरूको प्यार, सद्भाव र आशीर्वाद पाउन लालायितहरू पर्याप्त देखिएका छन्। नयाँ नेपाल बनाउने नारा खास–खास दलका खास नेताहरूले लगाए, जनताले पत्याए। दरबार हत्याकाण्ड भयो, गोरखशमशेरसहित घटनाका साक्षी र प्रत्यक्षदर्शीहरूले उक्त घटना युवराज दीपेन्द्रबाट भएको भने, देख्नेका कुरा नेपाली जनताले पत्याएनन्, तर सुदूरजङ्गलको कुनै कुनामा लुकेर हिंसात्मक सङ्घर्ष चलाइरहेकाहरूले तत्कालिक अधिराजकुमार ज्ञानेन्द्र र तत्कालिक शाहज्यादा पारश शाहले दरबार हत्याकाण्ड रचेको घोषणा गरे, नेपालीलाई खुब मनपर्योा जङ्गलवासीका कुरा। साक्षी र प्रत्यक्षदर्शीका कुराले यिनलाई छोएन। के ठीक हो र कुन सत्य हो भन्ने बुझ्ने र सोहीबमोजिम व्यवहार गर्नेभन्दा आफूलाई के सुन्न मन लागेको छ त्यसैलाई सही सत्य मान्ने प्रवृत्ति नेपाली जनतामा व्यापक मात्रामा पाइएको छ। नेपालमा जातीय सद्भाव खलबलिएको छ, एकता टुक्रिएको–भाँडिएको छ, राष्ट्रियता दुर्बल बनेको छ, राष्ट्रिय एकता कमजोर र रुग्ण भएको छ, सार्वभौमिक स्वतन्त्रता धरापमा परेको छ, प्रजातन्त्रको ठाउँ जबर्जस्ती कुनै न कुनै रूपको अधिनायकवादले लिन खोज्दै छ, भ्रष्टाचार र प्रशासनिक निकम्मापन बढेको–बढेकै छ, अराजकताले पराकाष्टा नाघेको छ, अपराध र असुरक्षा अधिक बढेको छ, आफैंले तिरेको करबाट कुनै पार्टीविशेषको लडाकु जत्थालाई बित्थामा पालेर बस्नु परेको छ, संविधान निर्माण गर्न पठाइएकाहरू टेराकोटाको मूर्तिझैं निःशब्द अचल छन्, तर घनघोर समस्याका बग्रेल्ती विषयमाथि नेपाली जनतालाई चासो छैन, रामचन्द्र पौडेल कति पटक चुनाव लडेर 'हार्नुभयो' भन्ने कुरामा चाहिँ खुब सरोकार प्रकट गर्ने गरेको देखिन्छ। उम्मेदवारी फिर्ता नलिनु र उपेक्षा तथा अपमान सहेर पनि रामचन्द्र मैदानमा खडा भइरहनुको कारण खोज्ने नेपाली जनता देखिँदैन, बरु 'बाघका अघिल्तिर बालकलाई राखिदिऊँ' भनेझैं 'माओवादीलाई सत्ता सुम्पिऊँ' भन्न पो खोज्दै छन् त बिचरा 'महान्' नेपाली जनता! देश असफल राष्ट्र बन्ने स्थितिमा पुगेको छ। तर, नेपाली जनता माओवादीले हतियार नबुझाउनुलाईभन्दा रामचन्द्रले उम्मेदवारी फिर्ता नलिनुलाई शान्ति र लोकतन्त्रका निम्ति खतरा ठान्दै छन्। दलहरूले दलगत स्वार्थभन्दा माथि उठ्न धेरै कसरत गर्नुपर्ने अवस्था छ। जनताका नाममा आफ्ना समूहगत या निजी चाहना पूरा गर्न प्रयत्नशील रहने प्रवृत्ति अल्पविकसित मुलुकको राजनीतिमा एउटा प्रमुख विशेषताका रूपमा स्थापित भएको देखिन्छ। नेपाली राजनीतिमा पनि यस्तो प्रवृत्ति प्रस्ट देख्न पाइन्छ। आफ्ना समर्थकहरूलाई जनता ठन्ने र आफूसँग बिमति वा असहमति जनाउने व्यक्ति या समूहलाई जनता नमान्ने सोच गैरप्रजातान्त्रिक वामपन्थीहरूमा रहेको हुन्छ। आफ्ना कार्यकर्ता एवम् समर्थकहरूलाई कुनै निश्चित अभीष्ट प्राप्तिका लागि सडकमा उतार्ने र तिनैलाई जनता उत्रेको भनेर तुष्टि लिने प्रवृत्ति पनि हाम्रो मुलुकको राजनीतिमा देखिन्छ। वास्तवमा नेपाली राजनीतिको विद्यमान प्रवृत्ति जनभावना या जनचाहनाप्रति बेसरोकार छ। लोकतन्त्र स्थापनापछिको साढे चार वर्षभित्र भएका सर्वपक्षीय सयौँ बैठकहरूमा राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिक स्वतन्त्रता, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण र जनजीविकासँग सम्बन्धित अन्य विषयहरू एजेण्डा बन्न सकेनन्। जनतालाई धेरै ठूलो सपना देखाउँदै राजनीतिमा एकाएक हर्ताकर्ता बन्न पुगेकाहरू जनसमस्याप्रति यतिसम्म उदासीन हुन सक्छन्, यो कहिल्यै सोच्न सकिने विषय थिएन। देश नै अस्तव्यस्त हुने गरी कथित राजनीतिक क्रियाकलापमा संलग्न मानिसलाई सचेत तुल्याउने तत्परता जनस्तरमा नदेखिनु चरम उदासीनताको अर्को पाटो हो। देशको अस्तित्व र भविष्यमाथि महासङ्कट उत्पन्न हुँदा र आफूहरूमाथि नै चरम उपेक्षा र अपमानको लाठी निरन्तर प्रहार भइरहँदा पनि मौन रहनुले नेपाल 'जनताविहीन देशको रूपमा' रहेको सङ्केत गरिरहेको छ। विसङ्गति र बेथितिको भारले यसरी थिच्दा पनि बिनाप्रतिक्रिया रहनसक्ने नेपालवासीहरूको क्षमताले दार्शनिक रूपचन्द्र विष्टको भनाइलाई धेरै राम्रोसँग पुष्टि गरिरहेको छ। के जनता जाग्नुपर्ने अवस्था सिर्जना भइसकेको छैन? नेपालवासीहरूका निम्ति अहिलेको सबभन्दा महत्त्वपूर्ण सवाल यही बनेको छ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक