20101110

"रातो बरुको" लिएर आए कमल कुमार बिक !


कमल कुमार बिक पहिले कुमार थिए तर १२ बर्ष अघि सँगीता जब उनको जीबन साथी बनेर आइन, कुमार भन्ने शब्दको अर्थ पनि उनैले चोर्ने मौका पाइन । त्यस पछि कमल कुमार छैनन, कमल कमलमा मात्र सिमित छन तर पनि गीत संगीतको क्षेत्रमा भने कमल कमल झैँ अबस्य फुलिरहेका छन । गीत संगीतमा यिनले जब सारङ्गी रेट्छन तब जन जनको मन मुटु छेड्छन । यिनको सारङ्गीले मात्र होइन सारङ्गी संसारले पनि त्यत्तिकै मन जितिरहेको छ । देख्दै मायालु, सुन्दै मनमा बास बसाउने, एउटा अनुशासित कलाकार कमल गीतमा संगीत गर्न मात्र होइन गाउन पनि खप्पिस छन । यस पटक उनले "रातो बरुको" लिएर आएका छन । गीतमा टिका सानु सँग रातो बर्को लिएर आएका कमल वास्तविक जिबनमा टिका सानु सँग होइन सँगीता सँगै ओढ्छन रातो बरुको ।
कमलकी बहिनी प्रतिमा स्वरमा झन खप्पिस छिन उनले दाजु लाई पनि साथ दिएकी छन स्वरमा भने टिका सानु र रेशम निर्दोसले पनि स्वरमा साथ दिएका छन । शिव हमालको शब्द र आफ्नै सँगीतमा कमलको यो गीत आएको छ । कुलेन्द्रले त झन दुलाहा बनेरै बरुको ओढाउन खोजेछन गीतमा तर  टिकाले कसको बरुको ओढ्ने हुन अझै खुलेको छैन । मिठो गीतका लागि कमललाई बधाई शुभकामना । कमलको एउटा भाई पनि छन ताराकान्त बिक उर्फ हरि । यिनले नजानेको पनि केही छैन । बाद्य बादन देखि गायन सम्म, अभिनय देखि क्यामरा र सम्पादन सम्म हरेक कुरामा माहिर यिनले पनि दाजु सँगै बसेर मोदलिङ गरेछन गीतमा । अरु थुप्रै कलाकार र संगीता पनि गीतमा देखिए । जे होस कमल लाई, गीतमा सँलग्न सबै कलाकारहरुलाई बधाई र शुभकामना ।  
- रामप्रसाद खनाल     
         





1 comment:

  1. hello i like all most song but breking song all most time thanks for making webside if like where r u let me know iam newmaxcio

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक