भाेग्दैछु याेे नियती !
उड्याे बैँस, जवानी ,प्रेम ,परिवार पूग्याे कहाँ हो कहाँँ।
एक्लो भाे बय बृद्ध भाे अब कति बाँचुला र के यहाँ ।।
छैनन् पुत्र-प्रपाैत्र संगिनी कुनै छैनन् कुनै बंसज।
छैनन् काेही कतै स्याहार ममता छैनन् कुनै अंशज।।१।।
(१)
भन्थे पितृ-पिताजी यत्ति त गरि दिनाेस न हामी त छाैं।
ठूलो आश गरेर पालन गरें हुर्के-बडेका ती छन् ।।
जीवन केवल प्रेम-ममता पुत्रत्व बात्सल्य ती।
पुत्री शान्ति सूकाेमल लता हेर्ली त पित्रृत्व ती।।२।।
(३)
भन्दै एक-एक गरेर ती कति झेलें पिडा ती कति।
छैनन् आज सहाय सन्तति कुनै भाेग्दैछु याेे नियती।।
घर् मै सन्तति थे यदिभने भन्थे नकामि भयाे।
ठूलो शाश्ती खपेर देश परदेश भाेगेर बस्ने भयो ।।(३)
(४)
ऐले यो बय छिप्पियाे र शरीर याे शिथिल भाे याे तन।
टेक्ने पाउ छ थर-थरि शरिरयाे काम्दैछ है याे तन।।
एक् गाँँस खान र लाउननै कठिन भाे सहाय छैनन् कुनै।
सम्झ्याे सन्तति देश-परदेश काटिन्छ याे मन झनै।।४।।
(५)
पत्नी रूग्ण छिन् हरघडी चाहीन्छ सेवा पनि।
पानी सम्म पनि पिलाउन कठै छैनन् कुनै सन्तती।।
अामा प्यार बनेर सागर सरि झेल्थीन अनेकन दु:ख।
ऐल्हे केवल सन्तति भनी-भनीभुु्ल्दैैछीन पिडामुख।।५।।
(६)
यो कस्तो यूग हाे चराचर जगत यस्तैै छ कि अन्य छ?।
एक्लाे बृद्धअसहाय भाे जीवन याे बाँच्नैपनि ब्यर्थ छ।।
आवस् मृत्यूू बरु अलिछिटै पीडा न धेरै हवस्।
भन्दै काल कुरेर याे बयजीवन दु:खाग्नी त्याग्नुपराेस्।।६।।
(७)
सैह्यै छैन अशक्त भाे शरीर याे हात-पाउ बस्ने भए।
दैबैले अब न्याय गर्दिनु पर्याे पीडा नदेख्ने भए।।
तिम्रै श्रृष्टी त हुँ म पनि है हा दैब रक्षा गर।
मेराे केही कसूर दाेष नहुँदा चिताग्नी मन्जूर गर।।७।।
(८)
चिन्ताले हरपल जलाई भगवान बिक्षिप्त पारीसक्याे।
एक्लाे स्वास लिएर कत्ति म जलुँ चिन्ताग्नी धेरै भयो ।।
त्यसैले अब बिन्ती गर्छु भगवान चिताग्नी देऊ बरु।
केही ज्ञान-अज्ञान काे गरि क्षमा स्वार्गाग्नी देऊ प्रभू।।८।।
ईती
- बिष्णु भट्टराई
१६बैसाख२०७८
काठमाण्डाै
आशक्त छु,के गल्ती भो?
(१)
तिम्रो सुन्दर रूप यौवन तथा,तिम्रा तृषालु नयन।
हेर्दै हार्दछु यो नबिन यूगको,पौरूष सर्बस्व पन।।
(२)
मेरो के अपराध थियो र अहिले,हान्छ्यौ नजरका शर?
तिम्रा ती मदमस्त बाण शरले ,थर-थर भयो यो बय।।
(३)
कस्ले श्रृष्टी गर्यो?कसरी भो?त्यो सौम्य सुन्दर तन।
कस्ले बृष्टी गर्यो त्यो मोह-मदता?आशक्त भो यो मन।।
(४)
पाॅउ काहाॅ गएर कसरी,तिम्लाई भन्ने भयो।
एकलो यो मन भाॅडियो,अति भयो आशक्ती झन-झन बड्यो।।
(५)
देख्छु हर्दम पातमा र फूलमा,जलमा र नभमा पनी।
तिम्रा सुन्दर यौवनाड.ग भरीला,कल्पन्छु हर्दम अनी।।
(६)
हाम्रो प्रेम प्रयास ,प्रणय पनी क्यै,भए गरेको कुनै।
छैन तै पनी दग्ध छु ,म, प्रणय ले,सम्झेर यौनाड्गीनी।।
(७)
नाना तर्क-बितर्क उठ्छ मनमा ,के संसार बैरी भयो?
मैले सुन्दरी,प्रेयशी पनी कतै दखी नपाउने भयो।।
(८)
पूर्बै जन्म त मान्दछन जन यहाॅ,मान्छु पनी मै पनी।
कस्तो के अपराध पूर्ब जूनीमा,गर्थें र ऐल्हे पनी।।
(९)
यो तृष्णा हो अनन्त यूगको,देवता र दानव पनी।
हर्थे ,लुट्दथे सुन्दरी तनहरु,आफ्नै बनाउॅ भनी।।
(१०)
त्यस्तो त्यो यूगको अनन्त रूपको,पढदै कथा यूध्दको।
हाम्रो यो नविन जगको,त्यै आदर्श देवत्व हो।।
(११)
भन्दै धर्म र ग्रन्थ शाश्त्रहरुका,औधी कथाबाचने।
मैले प्रेम् ,प्रयास ,प्रणय ,रोजेर खोट के गरें?।।
(१२)
यो आशक्ती नठान है तरू तिमी, तिम्रो म तृष्णा पनी।
तिम्रै सुन्दर रूपको फल त हो,मेरो प्रणेच्छा पनी।।
(१३)
सिता,द्रौपदी,कुन्ती ,माद्रीहरु के,देबी सति शिव की।
खाली सुन्दरी यौवनाड.गीहरुका आशक्ती मन्चन कती?।।
(१४)
दैब - देब - दानब र सती सुरै -असुरै पनी।
मुग्धै थे जब सुन्दरी अघि परिन यी देवासुर मानव पनी।।
(१५)
यस्तै यो जगत जगत हो,अनादी को हालको।
म तिम्रो नव-यौवना बय संगै,आशक्त छु,के गल्ती भो?।।
बिष्णु भट्टराई
बरिष्ठ अधिबक्ता
२०७७ भाद्र१७ बुधबार
******************************
मलाई सम्बोधन गर
(१)
सत्ता ,म अपराध हुॅ।
अपराध , म सत्ता हुॅ।
समष्टीमा हामी साम्राज्य हौं, सत्ता!
जो जहाॅ होस ,
सत्ता ,म अपराध हुॅ।
अन्य ले अपराध गर्दा मृत्यूदण्ड हुने
मैले अर्काको हत्या गर्दा मलाई राज्यभोग प्राप्त हुने,
म सत्ता हुॅ ,अपराध ,मलाई सम्बोधन गर।
(२)
सत्ता ,
सत्रह हज्जार जीवन को अन्त्य को अपराधको
प्रतिमूर्ती अहिले म सत्ता हुॅ,
म संघीय,प्रान्तीय,स्थानीय जता-ततै उपलब्ध छु,
म प्लाष्टीक को टुल को सलामी देखी
आर्यघाट को मलामी सम्म छॅदैछु,
सत्ता म अपराध हुॅ,
सत्ता मलाई सलाम गर।
(३)
मैले हरेक निर्वाचनका बखत,
लाखौं -लाख जनता का नाममा,
मत हालेको छु ,सत्ता
म अपराध हुॅ।
(४)
सत्ता , म अपराध हुॅ,
मैले फर्जी हालेको मत ,मृतकहरुको हो ।
तिनै मृतकहरु को मतमा तिम्रो सत्ता छ।
सत्ता,
जीवीत जनताको मत को सत्ता भए,
मेरो यत्रो अपराधको साम्राज्यको बिरुध्दमा,
जनता सडकमा हुन्थे ,प्रतिरोध गर्थे।
(५)
त्यसैले सत्ता,
तिम्रो सत्ता लासहरुमा अडिएको छ,
जस्ले प्रतिरोध गर्दै गर्दैन,
म अपराध हुॅ सत्ता
मैले प्रतिरोधहीन मत हालेको हॅु
म अपराध हुॅ सत्ता मलाई सम्मान गर।
सत्ता मलाई सम्बोधन गर
म अपराध हुॅ।
(६)
सत्ता,
चौरानब्बे प्रतिशत औमकार परिवारको मत ले,
सत्तामा बिराजीत तिमी,
म अपराध,
होली वाईनको प्रसंसक भएर,
बिदेशी ले दिएको करोडौंको शूशाशनको तक्मा भिरेको छु,
भगवान बुध्दको देश,
शान्ती क्षेत्रको देशमा
बिदेशी को शुक्रकीट सहीतको
होली वाईन पिएको छु।
अपराध म सत्ता हुॅ।
सत्ता म अपराध हुॅ।
(७)
सत्ता म अपराध हुॅ।
मलाई सज्जनले ,निष्ठाले,गुठी ले,सत्चरीत्रले,
अनेकन निन्दा गरे पनी
म अपराध हुॅ ,सत्ता,
मैले देशको गुठी ,धर्म ,संस्कृती,
समाप्त पार्ने
दुस्साहस पनी गरेकै छु।
मन्दीरमा रहेका निहत्था,
सन्त महन्त लाई गोली हानेकोछु।
हत्या गरेको छु।
म अपराध हुॅ ,सत्ता मलाई सम्मान गर।
(८)
म अपराध हुॅ सत्ता
मैले कोरोना माहामारीमा पनी,
देशको सेना समेतलाई ब्यापारमा लगाएर,
अर्बौं को भ्रष्टाचार गरेको छु।
त्यही सेनालाई लकीर को फकीर पनी भनेको छु।
म सत्ता हुॅ ,अपराध
म द्वारा प्रताडीत
लाखौं जनता सडकमा रोईरहेछन,
म यी अनन्त कसुरको जगमा,
सत्तामा बिराजमान भएर,मद-मस्त छु।
म अपराध हुॅ सत्ता।
अपराध म सत्ता हुॅ।
मलाई सम्मोबधन गर,सम्मान गर।
- बिष्णु भट्टराई
बरिष्ठ अधिबक्ता
२०७७ भाद्र १८ बिहिबार
********************
के मुटु रत्न होईन र?
(१)
मान्छे!
पत्थर को टुक्रालाई रत्न भन्दा रहेछन।
जो संग न प्यार ,न प्रणय,न प्यास ,न जवानी छ,
न ममता छ ,न हर्षाश्रु छ,
न त शोकाश्रु नै,
जो संग न माया,न ममता ,न मुटु छ,
त्यस्तो पनि रत्न हुन्छ?
(२)
मेरी प्रेयशी,
मलाई अनन्त पटक
पत्थरका कुॅदीएका आभूषण देखाएर,
आफु सुकुमारी कोमल
स्नेह लता भएको अभिनय गरीरहन्छीन।
(३)
म भने ,
मेरी प्रेयशी लाई हेरेर
मन मनै सोच्छु!!!!
(४)
उनको छातीमा लटकीएको निष्ठूर रत्न,
आभूषण देखेर
यी कठोर निष्ठूर ,निर्दयी पत्थर ले,
मेरी प्रेयशी को छाती को भार भएर,
मेरो एकमात्र ,मुटुकी धुक-घुकी,
हृदय को स्पन्दनको मुटुमा
(५)
जहाॅ प्रेम ,दया, स्नेह,शाान्ती,ईच्छा,आकाॅक्षा,
प्रणय ,प्रेम र सदभाव को बास छ।
त्यसलाई मर्माहत हुने गरी ,
यी पत्थर ले कती निष्प्राणान्त थिचेको होला?
के रत्न त मुटु हैन र?
जहाॅ दैब को पनी बास हुन्छ।
- बिष्णु भट्टराई
बरिष्ठ अधिबक्ता
२०७७भाद्र१० बुधबार
**********************
लड्दै रहन्छु अहो
(१)
कोरोना अब भोक जित्न नसकी,हार्दैछ मृत्यु संग।
मान्छे रोग सहेर बाॅच्दछु भनी,हिंडदैछ भोको तन।।
(२)
बन्दा-बन्दी गरेर शाशकहरु ,भर्छन सफल को कथा।
भोको पेट लिएर मानिस भने,मर्छन सडकमा यता।।
(३)
न मर्नु न रोग ले न भोकले,न पीर न प्यासले।
न शान्ती न अमन न चैन मनमा,न बाॅच्नु न मर्नु भो त्रास ले।।
(४)
सारा बिश्व-ब्रम्हाण्ड तप्त छ सधैं,यो त्रास को यूग भो।
मान्छे मर्न न सक्ने भो न जीउन,जीवन स्वयं बोझ भो।।
(५)
राष्ट्र माथी पिडा पनी यही घडी,लड्ने र देश थामने।
मौका कस्तो पर्यो कती-कती भनौं,यो चित्त तडपाउने।।
(६)
भारी माथी थपेर बोझ अरु धेर,लान्थें र दिन्थें कती।
त्यो भारी थियो न केही कोरोना,खान्थे बिलासि कती।।
(७)
आफूलाई शील र शान्त अनी के,ठान्ने बिलासीहरु।
म भारी पनी बोक्न सम्म नदीई,हाले ठिंगुराहरु।।
(८)
सानो बालख भन्दछ हे पिता,म भोक ले दग्ध छु।
पत्नी बालखलाई दुध दिन नसकी,भन्छे देउ न खाने कछु।।
(९)
आफ्नो साथ समग्र सम्पति सबै,केवल् नाम्लो र बोरा न हो।
बन्दा-बन्दी भनेर राज्य जनले,न भारी बोक्न न खानै दियो।।
(१०)
मैले के गरी बाॅच्नु हे भन तिमी भने,सत्ता सु:खी सम्पती।
सारा जीवन समाप्त गरी ध्यौ,के भन्दछौ?बन्दा र योबन्धकी।।
(११)
खाली बन्दा-बन्दी भनेर भनने,जीउने कसोरी जन?।
तिम्ले राज्य चलाउॅदैछौ कसरी,राखेर भोका जन।।
(१२)
घर-घर मै अब ता चिहान हुने भो,खानै नपाईकन।
लोकको खातिर लोक हीत गरन ,आखिर सक्यौ के भन?।।
(१३)
बिप्रेषण भन या असूली कर त ,कती उठायौ कती।
भ्रष्टाचार सहित देश डुबीगो,भोका बनायौ कती।।
(१४)
जसले बैभव भर्दीयो ढुकुटीमा,आखिर तिनै भोकी छन्।
आफ्नो देश भनेर फिर्न नदिने,तिम्रो कती दुष्ट मन।।
(१५)
खान सम्म पनी नदिने तिमी ले,हटाउ लकडाउन।
भोको पेट संगै लडेर अब त,जित्छु कोरोनाकन।।
(१६)
केवल काम कमाई गर्न त दओ,ए सत्ताधारीहरु।
मेरो पेट म भर्दछु म स्वयमै,पिडा. नदेओ बरु।।
(१७)
यो सार्है अति भो कति बसौं म घरमा,यो बास नै कैद भो।
जीवन जीउन मार्ग त अब देओ,भो भो अती भो भयो।।
(१८)
बाॅचे राज्य बचाउॅछु र लड्छु,घातक बिरोधी सॅग।
बाॅचे घर परिवार र बालखहरु,पाल्छु सॅधै हर्दम।।
(१९)
कोरोना तेरो दीर्घकाल भनिने मेरै जीवात्मा न हो।
म जीउॅदो रहेर तॅ संग लडदै रहन्छु अहो।।
ईती
- बिष्णु भट्टराई
बरिष्ठ अधिबक्ता
बरिष्ठ उपाध्यक्ष
सनातन संस्कृती समाज,नेपाल
१२ ज्येष्ठ२०७७
काठमाण्डौ
***********
मान्छे म मन्दीर हुॅ।
(१)
मान्छे म मन्दीर हुॅ,
यौटा प्रस्तर मूर्तीलाई ,
बहुमूल्य धातुको छानाले छाएको म
प्रस्तर मूर्ती सहितको मन्दीर हुॅ।
(२)
मान्छे ,
तिमी जस्तो म मा
परिवार, प्रेम र प्रणय छैन,
परस्पर प्रेमालाप बार्तालाप गर्ने पनि कोही छैन।
कसैलाई सुख: दु:खमा हातेमालो गरेर,
उस को सुख:दु:खलाई सम्बोधन गर्नु पर्ने पनि छैन।
म मन्दीर हुॅ मान्छे,
मान्छे म मन्दीर हुॅ।
(३)
मलाई राष्ट्र राष्ट्रीयता,समप्रभूता पनि चाहिएको छैन,
मलाई कुनै लोभ ,भोक र तृष्णा पनि छैन,
तथापी
मलाई प्रसादको नाउमा निर्दोष प्राणीको बली सहित
अनन्त अनेकौं के के र के के चढा.ई रहन्छौ तिमी
म खान्छु की खान्न,
म प्रस्तर मूर्ती मलाई थाहा छैन
मान्छे म मन्दीर हुॅ ,मलाई ढोग गर।
(४)
म संग मन ममता र मुटु पनि छैन।
म संग उल्लास,हौसला,हाॅसो,
मृत्यु,चिन्ता,शोक र सन्ताप पनि छैन।
म प्रस्तर मन्दीर हुॅ मान्छे
म संग संबेदनशीलता पनि छैन,
यति सप्पै सप्पै नै तिमि संगै नै छ,
मान्छे
अब भन त् तिमी भगवान र मन्दीर हो की म?
(५)
मान्छे, तिमी जहाॅ बस्छौ ,त्यो घर हो।
जीवन का लागि चाहिने हरेक आवश्यक बस्तुले सजिएको,
प्रेम,प्रणय,परिवार,प्यार,प्यास ,पिडा,पश्चाताप जे छ
तिमी संगै छ
म संग यति केही पनि छैन,त्यसैले
मान्छे,
वास्तवमा तिमी बस्ने घर मन्दीर र ,
म बस्ने मन्दीर चाॅही घर हुनु पर्ने हैन र?
तथापी
मान्छे ,म मन्दीर हुॅ ,
तिमी मलाई दण्डवत गर ,प्रणाम गर।
(६)
मान्छे,
म , प्रस्तर मन्दीर हुॅ,
जुन पत्थरलाई तिमिले अनन्त पटक,
आफ्ना लात्तीले थिची-थिची हातमा थुक समेत दल्दै।
छिनोले,घनले, मार्तौलले
काटेर,कुटेर,कॅुदेर,खोपेर ,टेकेर,
यौटा सुन्दर प्रस्तर मुर्ती बनायौ,कालीगढ
(७)
आफैले टेकेको ,काटे को,कुटेको,छासेको ढुड.गा
आफ्नै कलाकारीता,कालीगढ कुशलता ले
हाज्जारौं चोट दिएर,
मान्छे,
तिमीले पत्थरलाई भगवान बनायौ
तिमीले भगवानको लागी मन्दीर पनी बनायौ।
(८)
आफैले अनन्त लात हानेर,
अनन्त पटकछिनो घन ले काटेर,कुटेर,कुॅदेर
मुर्ती बनायौ,भगवान बनायौ।
तिम्रा अनन्त चोट खाएर म भगवान भॅए।
म मन्दीरमा बस्छु,जस्लाई तिमी धाएर ढोग गर्छौ
(९)
तिमी जस्ले मलाई अनन्त पटक लात हान्यौ,
आज तिमी आफै मलाई भगवान भन्छौ।
मान्छे,म मन्दीर हुॅ,
मैले तिमीलाई मान्छे ,बनाएको हैन मान्छे,
तर,
मान्छे तिमीले मलाई भगवान बनायौ
मन्दीरमा सजायौ,अनन्तकाल देखी पूजा ढोग गर्छौ।
(१०)
मान्छे भन त!!!
भगवान बनाउने मान्छे कालीगढ भगवान हो कि?
मन्दीरमा रहेको प्रस्तर मूर्ती भगवान हो?
मान्छे ,
म मन्दीर हुॅ
प्रस्तरलाई भगवान बनायौ
तिमी धन्य छौ।
मान्छे ,म प्रस्तर मूर्ती भगवान मन्दीर हुॅ।
- बिष्णु भट्टराई
बरिष्ठ अधिबक्ता
************************
के राष्ट्र हार्दै छु म?
१
हाम्रा बीर सपुत पूर्वज सबले,
आर्जेको नेपाल यो।
हाम्रै पूर्वज प्राण धरती,
यो बिश्व भूगोल यो।।
२
कालापानी लडे,लिपु पनी लडे,
लिम्पिया टिष्टा लडे।
किल्ला काॅगडा मनी लडे,
भू-स्वर्ग आफ्नो लडे।।
३
तिनै पूर्वज का अदम्य बलमा,
हामी नेपाली भयौं।
जसले राष्ट्र नेपाल गौरव दिए,
स्वाधिन बिरोचित भयौं।।
४
यो बिश्व ब्रम्हाण्डमा कति-कति,
हाम्रा बिजयी कथा।
हाम्रै देश भू-भाग माथी मिचाहा,
दिदैछ हाम्लाई पीडा.।।
५
कस्तो दिक्क बिरक्त लाग्छ मनमा,
कस्तो छिमेकी पन?।
हाम्रै सन्तती यूध्द लडदछन तिमी भनी,
तिम्रो मिचाहा पन।।
६
हाम्रो देश सुन्दर सफा ,
हाम्रै हिमाली जल।
पार्छन तिम्रा तराई फाॅट सहजै,
सदा सॅधै उर्वर।।
७
हाम्रै हिम शिखर बनेर जलधी,
बग्दैछन् गंगा बनी।
तिम्रो लुब्ध नजर सॅधै-सॅधै,
लुच्छन यो हाम्रो भूमी।।
८
हाम्रो शान्त बिशाल सौम्य जननी,
हाम्रो धरा-भूधरा।
हाम्रो कन्चन हिमशैल धरती,
हामी सॅधै उर्वरा।।
९
राष्ट्र , राज्य ,भू-भाग धरती,
र सम्प्रभू संचालक।
शान्ती क्षेत्र नेपालका जति-जति
वन्दै गए पर-पालक।।
१०
हामी न बलिया भयौं न गतिला ,
भयौं न संबेदन।
केवल राज्य दोहन कृया,
गर्दै रह्यौं हर्दम।।
११
संबिधान बनेर देश हरी गो,
खै नेपालको मापन?।
खाली चिन्ह भिरेर ,छिन्न भिन्न रुपको,
लज्जा बोध् नहुने किन?।।
१२
आफ्नो राष्ट्र भू-भागको न असली,
न नाप नक्सा न छ।
खाली भ्रष्ट भएर द्रोह गरने,
यो पाखण्ड र पाप छ।।
१३
बिदेशी संगको निरन्तर झूकाव,
त्यै बारह् बुदे न हो।
आफ्नो राष्ट्र बनाउने प्रतीक को,
शालीक तोड्ने न हो।।
१४
हामी कोही कतै-कतै ढलिमली,
खोजेर सत्ता सुख:।
कोही उत्तर कोही दक्षिण गरी,
ताकेर सत्ता सुख:।।
१५
हाम्रो राष्ट्र समग्र भूमिको ,
रक्षाको यो यूगमा।
कोरोना भनेर बसेर घरमा,
के? राष्ट्र हार्दै छु म?।।
१६
आफ्नो राष्ट्र बचाउॅने यो घडिमा,
हामी उठौॅ एक भै।
आफ्नो राष्ट्र ध्वजा लह-लह गरी,
फहराउदै बीर भै।।
१७
हाम्रो जाॅगर ॅआंट बलीदान,
देश ले खोजेको दिन।
हाम्रो राष्ट्र अखण्ड देश धरती,
बचाई राख्न कन।।
१८
हाम्रा पूर्वज को बीरासत अहो,
हामी सबैले चिनौॅ।
बाह्य शक्ती सबै परास्त गरन्,
नेपाली सारा जुटौॅ।।
- बिष्णु भट्टराई
बरिष्ठ अधिवक्ता
बरिष्ठ उपाध्यक्ष
सनातन संस्कृति समाज
नेपाल
३ ज्येष्ठ २०७७
This comment has been removed by a blog administrator.
ReplyDeleteअरु हाँस्दा आफु रुने पनि मान्छे
ReplyDeleteफुल छोडि काडा रोज्ने पनि मान्छे
अचानोमा मनराखी छियाछिया काटिदिन्थे
दुख्यो मलाई ऐया!नभन्ने पनि मान्छे
म्रित अस्मितामा शरीर बेचिदिन्थे यहाँ
जिउदै काँचो मासु लुट्ने पनि मान्छे
कलियुगमा धर्म,देबता,आस्था छैन
दियो जलाई ढुङ्गा पुज्ने पनि मान्छे
बनावटि प्रितसङै भाचिएको दिल लिई
स्वच्छ प्रितको दिल जोड्ने पनि मान्छे
swarup rijal'muskan'/heavenly_muskan@yahoo.co.in
malai nepal mother .com asdhyai man par6 maile dherai kura haru pani janne mauka paya . amrica lagayat anne muluk bata pani kabita gajal muktak haru pathauna sakido rahe6 mapai kehi kura haru pathaune koshis garne 6u. ra malai yo ramro lagyo
ReplyDelete