पङ्तिमा सधैं अगाडि पर्छन र उनी नेपाल का एक साहित्यिक तारा हुन तर यिनी खुबी र कलम अनुसार अगाडि आउन रुचाउदैनन"। अहिले यिनलाई अमेरिका नेपाल सोसाइटिको चुनाबले छोएको छ। सामाजिक जिबन मा रम्न रुचाउने यि अब्बल दर्जाका गीतकार, कबि, साहित्यकार का केही गीत र कबिता आज तपाईंका लागि प्रस्तुत गर्दैछौं ।
केही कबिता र गीत हरु :
अपरिवर्त्तन
उज्यालो खोज्न निस्केको म
रात भै अल्झी रहे““
परिवर्तन खोज्न निस्केको थ्ािए
मै बल्झी रहे“
बिषालु संंस्कार सारै गडेछ पो
त्यसमै अकल्झी रहे““
...........
फेरी दुख्यो ज्ाीन्दगी
जीन्दगीको बाजी पनि धेरै चेाटी हारे“
आशा पनि दिन दिनैं पछि पछि सारे“
वर्षबिते दिन बिते जुग जुग झरे
आशा खेती फुरेन खोई हजुर कसै गरे ।
एउटा पार्टर्ीीाथी पुगे अर्कोलाई झर्को
एउटा साथी माथी पुगे अर्कोलाई चर्को
देश भन्दा माथी रैछ ब्यक्तिबाद सारो
देश भयो टुक्रा टुक्रा लाग्दैन अप्ठयारो
मैले सोचे“ एक दिन त आउला नी त पालो
गम खाई गरे“ हजूर उकालो ओरालो
यसै भन्दै खसे मेरा हजूर बाबा उहिले
गरीबको दिन पनि आउला नीत कैले
पानी मुनी बादलुको छा“या पनि कालो
देश हित भन्दा प्यारो आफनै भाई सालो
कहिले आउला दिन हजूर जनता हुने माली
देश भन्दा प्यारो हुने आफनै साला साली
थाकी सकें धेरैं अब रात दिन रोइ
किरिया नी कति खाउ“ तामा तुलसी छोई
अब होला देश मेरो र्स्वर्ग जस्तो भनी
थाकी सकें जीन्दगीमा छैन आशा पनि
एक दिन मैले भन्थे यस्तो सोच्नु हुन्न
सही कुरा भन्दा हरु केही रोज्नु हुन्न
ज्ाब देख्छु चारैतिर, लासै माथी लाश
म्ान पनि दुख्दो रैछ मर्दो रैछ आश
देश मरे हामीलाई सारै पिर्छ हजूर
सगरमाथा शिरको टोपी यसै गिर्छ हजूर
हामीले गरे सबै हुन्छ नगरि त हुन्न
देश लूटने लुटेराले राज गर्नु हुन्न
राम्रो गर्न सक्नेलाई गर्न दिन पर्छ
अनि मात्र देश हजूर एक बित्ता र्सछ
ब्यक्ति स्वार्थ, पार्टर्ीीवार्थ टाढा राख्नु पर्छ
देश चुस्ने जुंकाहरु अब झार्नु पर्छ
...............................प्रबास का फुलहरु
प्ा्रवासमा फुल्ने फूलमा कतै देशको
अलिकति गन्ध भेटिन
देश भक्तिका कविता लेख्छौ
नेपालको कतई छन्द देखिन
प्रगतीको दौड निकै दौडेछौ क्यार
अनुहारमा त्रि्रो रंग देखिन
..................
मेरो खबरदारी
हिंजो
एउटा चुरोटको धुवा“ बुङ्ग उडाएर
टुन्न मातेको शरीर हल्लाउ“दै
कोठाबाट फुत्त निस्केर कराए“ खवरदार π देश बेच्न पाइन्न
अर्को दिन
फेरि पनि
मन्दीरको परिसर भित्रै चिच्याए“ “देश बेच्न पाइन्न्ा”
यसरी प्रत्येक दिन प्रत्येक रात
र्
अर्थलाई बर्ेहर्थ बनाएर होस वा
बर्ेहर्थलाई अर्थ बनाएर
खबरदारी गर्दै हिडें देश बेच्न प्ााइन्न”
आज
मेरो खबरदारी
भित्र भित्रै खस्केको दलिन भएर
चौबाटोमा सुतेको छ
मेरो आवाज भित्रभित्रै
पानी नपाई
सुकेको छ
आवाज बिहीन कुकुर जस्तै
भुकेको छ
जो कसैले सुन्दैन
जसको कसैलाई अर्थ छैन
कसैलाई जसको अर्थ छैन
आजकल म
मेरी श्रीमतिको गाली सहन नसकेर होस वा
पिउन छोडेको पीडाले होस
बीच सडकमा टायर बाल्छु
र
चिच्यांउछु
गास, बास, कपास दे
मेरा हरेक दिन
कुनै दिन
सगरमाथाको शिर भनु वा
ग्ौरबले फुलेको छाती भनु
एउटा उज्यालो घाम देख्थे
आजकल
लाग्छ
हरेक दिन
हरेक घर
धुरिमा धुरिमा
निस्वार्थ र्तुलुंग झुन्दिएको देश देखेको छू
हरेक दिन हरेक घर
खोई कसरी बखान गरु म
देश मरेको देखेको छू
के नेपाल खत्तम छ ?
हामी
हरेक दिन
नेपाल न्यूजडट् कम मा जान्छौ र
उदासलाग्दो समाचार पढेर
लामो हाई काढ्दै भनछौ्
नेपाल खत्तम छ
एका विहानै
जताजतै टायर बालेको धंुवा
एका विहानै जताततै
जुलुस र कोलाहल
पढदै हरेक खबर कागजमा र भन्छौ
नेपाल खत्तम छ ।
हामीले कहिल्यै सोचेनौं र भनेनौं पनि
आहा नेपाल सुन्दर पनि छ
हामी गतिलो खबर पढेर कहिल्यै भनेनौं
नेपाली मन महान पनि त
हामी र हाम्रो बर्त्तमान भित्र
कर्ुकर्म ढाल्ने हिम्मत पनि छ ।
हामीले के गर्न सक्दैनौं र ए π
हामीले त अजिगर पहाडहरुलाई
नतपस्तक बनाएर गर्लाम ढालेको पनि छैन
पहाड जस्ले
छिमेकीहरुलाई
मूसो भन्दा ठूलो कहिल्यै देखेन
पहाड
जसले कहिल्यै ढल्ने कल्पना पनि गरेन
यसले
यसै बखत
मलाई
भन्न मन लागेको छ
खबरदार π
नेपाल खत्तम देख्ने आंखाहरु
अब नेपाल खत्तम छैन
न्ोपाल हर्ेर्ने आंखाहरु
अब आंखाले हर्ेर्नै पर्छ
न्ोपाल अब महान छ
ख्ाबरदार
अब नेपाल खत्तम छैन ।
अमेरिका, गाडी, हामी
डलर, कम्यूटर गाडीदेशी साहू, टेबल, गुडमर्निङ्ग सर
ज्बखभ ब नययम मबथ - Amभचष्अब।
ब्ासि बसेको चरी, गिद्धका आंखा
त्राहि त्राहि , भत्केको ग“ुड- नेपाल
डलर कम्यूटर गाडी
देख्दा मा मस्ती, सांच्चैमा स्ाास्ती -अमेरिका
सोझो मन कन्चन हिमाल
रित्तो थाल - नेपाल
डलर, कम्प्यूटर, गाडी
निराश मन, कच्चो धन -अमेरिका
पर्ूखाको थलो सबैको भलो
धन ले नी केनै बात्छ र खै
आखीरमा प्यारो आप्fmन्ौ नेपाल
देश खाली भयो
देश सबै खाली भयो कसमा राज गर्र्छौ
नदी नाला बेचिएसी कुन गदी तर्र्छौ
कर्ुर्सर्ीीथी रात दिन काटाकाट पर्ने
भन मैले तिमीसित के को आशा गर्ने ?
.
यसो गरे कसो होला?
नेपालीको सोझो मन, राखे कसो होला?भाइचारामा गुटबन्धी फाले कसो होला?
हामी सबै नेपाली हौं, टेडा आ“खा किंन
एकै छिन लाई टेडा आखा“ फाले कसो होला
जह“ा गए नी लोभी झोला, स“गै भिर्नु पर्ने
खुट्टा तान्ने प्रवितीलाई, फाले कसो होला
राम्रा कुरा सिक्दा हुन्छ, केही ब्रि्र“दैन
एकै छिनलाई हातेमालो गर्दा केही हन्न
विदेशमै आए पनि गुठबन्दीमा किन
गुठबन्दीलाई अब हामी , हवात्तै फाले हुन्न?
...........
बास मांगु कि त !
परेलिमा त्रि्रो आज, बास मागु कि त -
एक पटक फेरी जिउने, स्वास मागु कि त
सपनीमा कता कनै तिमीलाई नै देख्छु
विपनीमा सपनीको, त्यही कथा लेख्छु
आखिरमा फेरि पनि, त्रि्रै भयो जीत
एक पटक जीन्दगीको, सापट मागु कीत -
फूल फूले चारैतिर बास्ना भने छैन
देख्दा लाग्छ रुपै ठूलो, आत्मा भने छैन
यस्तै यस्तै हु“दो रैछ, संसारको रीत
एक पटक फेरी जिउने, स्वास मागु कि त रु
मैले ठाने म त अहो, पहाड जस्तै ठूलो
मैले सोचे तिमी कतै पाइलाको धूलो
भूल रैैछ हठ मेरो, भन्ठानेको जीत
एक पटक जीन्दगीको सापट मागु कि त?
एउटा मान्छे खोजेको छु
मैले अब बा“च्ने ठा“उ, नेपाल मात्रै रोजेको छु
नेपाललाई बचाउने, एउटा मान्छे खोजेको छु
धेरै आए अधेरीमा, तारा झार्ने कुरा गरे
भोको पेट, ना“गो ढाक्ने सारै मीठो कुरा गरे
झुक्याउने, छुल्याई फटयाईं सबैबाट भीजेको छु
नेपालीलाई बचाउने, एउटा मान्छे खोजेको छु
लुछेका छन्, लुटेका छन्, रगत जति चुसेका छन्
आफनै दाउ ढुकेका छन्, डा“का धरमा घुसेका छन्
कति दिन, सहि ब“सु, पशुपति ढोगेको छ
समाजसेबी मात्र नभै अब एन आर एन / ए एन ए का लागि तयार हुनुहुन्छ भने नगेन्द्र पौडेल अमेरिका नेपाल पत्रकार संघमा अध्यक्ष्य, रेडियो दोभानको अध्यक्ष्य पनि हुनुहुन्छ त्यसैले यो पाली प्रकाश नेपाललाई अबसर दिनु पर्छ" तिनै जना हाम्रा मित्र हरु हुनुहुन्छ, हरेकलाई नेपाल मदर ले आफ्ना बिचार राख्न मौका दिनेछ । आज प्रकाश नेपालका भनाइ र तर्क सुन्नुस् हेर्नुस् भिडियोमा :
http://www.nepalmother.com/2010/10/blog-post_03.html
अमेरिकाको वाशिङ्टन डिसी क्षेत्रको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीलाई अहिले चुनाबले ढपक्कै ढाक्न थालेको छ !
अमेरिकाको वाशिङ्टन डिसी क्षेत्रको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीलाई अहिले चुनाबले ढपक्कै ढाक्न थालेको छ । बर्तमान अध्यक्ष्य खेम भट्टचन र रेडियो दोभानका अध्यक्ष्य नगेन्द्र पौडेलले अध्यक्ष्यमा उमेदवारी घोषणा गरिसक्नु भएको छ। केही समय अघि सम्म राम्रो छबी भएको र पछील्लो समयमा केही आलोचित हुन पुगेको यो संस्था लाई बच्चाउनु पर्ने, पुन राम्रो बनाउनु पर्ने भनेर आवाज उठिरहेकै बेला अमेरिकाको वाशिङ्टन डिसी क्षेत्रमा बौद्धिक, सन्तुलन कायम राख्न सक्ने, पेसाले सिनियर सफ्ट्वेर इन्जिनियर, पछील्लो समयमा समाजसेवामा एउटा राम्रो उदाहरण प्रकाश नेपाल पनि अध्यक्ष्य पदको उमेदवार मा खडा हुनुभएको छ, वहांका प्रस्ताबक र समर्थकहरु भन्छन "खेम जि लाई अब त्यहा भन्दा माथि लैजानु पर्छ, वहाँ...समाजसेबी मात्र नभै अब एन आर एन / ए एन ए का लागि तयार हुनुहुन्छ भने नगेन्द्र पौडेल अमेरिका नेपाल पत्रकार संघमा अध्यक्ष्य, रेडियो दोभानको अध्यक्ष्य पनि हुनुहुन्छ त्यसैले यो पाली प्रकाश नेपाललाई अबसर दिनु पर्छ" तिनै जना हाम्रा मित्र हरु हुनुहुन्छ, हरेकलाई नेपाल मदर ले आफ्ना बिचार राख्न मौका दिनेछ । आज प्रकाश नेपालका भनाइ र तर्क सुन्नुस् हेर्नुस् भिडियोमा :
http://www.nepalmother.com/2010/10/blog-post_03.html
मास्कोमा विजयादशमी २०६७ को रमाइलो उत्सव
कृष्णप्रकाश श्रेष्ठ
मास्को, १७ अक्टोबर २०१० (आइतवार) । मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा विजयादशमी २०६७ को शुभ उपलक्ष्यमा रमाइलो उत्सव र दशैंभोज सुसम्पन्न भयो ।
नेपाली राजदूतावासको प्रवेशकक्षमा नै कौचहरूको अगिल्तिर पहेंला जमराका पालुवाहरूसहित धूपदीपनैवेद्य, फलफूल, रातो अक्षता आदि बडादशैको पूजासामग्रीद्वारा सिंगारिएको टेबुल राखिएको थियो । स्मरण रहोस्, यस वर्षपनि पूर्ववत् नै मास्कोस्थित नेपाली राजदूतावासको दशैंकक्षमा नेपाली नारी निकुञ्जको अग्रसरतामा सबै इच्छुक नेपालीहरूको सहभागितासहित घटस्थापनादेखि विधिवत् कलशस्थापना, जमरारोपण तथा नित्यपूजासहित दुर्गभवानीको पूजाअर्चना गरेर नेपालीहरूको महान् चाड दशैंको लागि नभई नहुने जमरा उमारिएको थियो । प्रवेशद्वारनेर विजयादशमीको उपलक्ष्यमा प्रज्ज्वलित पानसको ज्योतिले आगन्तुकहरूको स्वागत गरिरहेको थियो भने प्रवेशकक्षमा उभिएर राजदूत-दम्पति महामहिम श्री सूर्यकिरण गुरुङ तथा श्रीमती डली गरुङका साथै उपनियोगप्रमुख-दम्पति श्री अच्युतभक्त पौडेल तथा श्रीमती इन्दिरा पौडेल विजयादशमीको उपलक्ष्यमा आमन्त्रित नेपालीहरू र तिनका परिवारजनहरूको अभिवादन स्वीकार्दै शुभकामना व्यक्त गरिरहनुभएको थियो । आमन्त्रित नेपालीहरू क्रमशः राजदूतावासभित्र पस्दै अभिवादनसहित एकअर्कामा विजयादशमीको हार्दिक शुभकामनाका शब्दहरू व्यक्त गरिरहेका थिए ।
मास्कोस्थित नेपाली राजदूतावासमा गैरआवासीन नेपाली विश्वसंघका प्रमुख संरक्षक एवं रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका अध्यक्ष डा. उपेन्द्र महतो, गैरआवासीन नेपाली संघका अन्तर्राट्रिय समन्वय परिषद्का सदस्य डा. बद्री के.सी., गैरआवासीय नेपाली संघ रूसका उपाध्यक्ष श्रीमती विमला भण्डारी बस्याल, उक्त संघका सचिव एवं विश्व नेपाली साहित्य महासंघका पदाधिकारी दामोदर बस्याल, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य, सचिव रवीन्द्र भट्टराई, नेपाल खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने, नेपाली नारी निकुञ्जका अध्यक्ष डा. समता प्रसाद, उपाध्यक्ष डा. विन्दिता लामिछाने, सचिव नीता सिंह, नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष डा. सचिन शाक्य आदि नेपालीहरूका विभिन्न संधसंस्थाका पदाधिकारी तथा सदस्यहरूका साथै मास्को बाहिरको चेबोक्सारी नगरमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पनि व्यापक समुपस्थिति रहेको थियो ।
नेपाली राजदूतावासमा निकै पाहुनाहरू जम्मा भइसकेपछि विजयादशमीको टीका लगाउने विशेष समारोहको शुभारम्भ भयो । रूसमा रहेका नेपालीहरूमध्ये जेष्ठ नागरिकको नाताले यसपल्ट टीकाको सञ्चालन गर्ने जिम्मेदारीपूर्ण अभिभारा यसै पंक्तिकारलाई सुम्पिएको थियो । सर्वप्रथम तीन कुमारीकन्याहरू (युक्ति महतो, दविकाप्रिया सिंह, कृति महतो) को हातबाट टीका थापिसकेपछि सुखद अवसर छोप्दै सबै भाइ-बहिनीहरूलाई आरोग्यता, सुखसमृद्धि, मङ्गलकल्याण, उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामनासहित क्रमशः टीका लगाउने प्रक्रिया थालिएको थियो...।
मास्कोमा हिउँद शुरु हुनुभन्दा पहिलेको घमाइलो र रमाइलो मौसम र रूखका पातहरू पहेंलिएर झरिरहेको देखिने मनोरम वातावरण थियो, तर शरदकालीन चिसो पनि लाग्न थालिसकेको हुनाले राजदूतावासको बाहिरी चोकमा निस्केर गफिन भने सकिंदैनथ्यो । तसर्थ नेपाली राजदूतावासका सबै कक्षहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै हिमाल, पहाड तथा तराई खण्डको प्रतिनिधित्व गर्ने नेपालीहरूले ओगटेका थिए । मलाई आफ्नो वाल्यकाल बितेको बैतडीका चन्द भाइसंग त्हाँ भेट हुँदा औधि खुशी लागेको थियो । टीका ग्रहण गरिसके पछि निधारमा सौभाग्यको प्रतीक रातो अक्षताको टीका लगाई कानमा सुखसम्बृद्धिको प्रतीक सुनौला जमरा सिउँरेर सबै नेपालीहरू मास्कोमा एउटा सानो नेपालकै प्रतिनिधित्व गर्ने राजदूतावासको तर्फबाट आयोजित दशैंभोजमा सरीक भई रमाउँदै वार्तालाप गरिरहेका देखिन्थे । असत्य, अन्याय र अविद्याको विरुद्ध सत्य, न्याय र ज्ञानको विजयको दार्शनिक महत्व राख्ने विजयादशमीको उत्सव मनाउन भेला भएका नेपालीहरूको बीचमा सौहार्दता र सदभावको वातावरण व्याप्त थियो ।
साँझ निकै बेरपछि नेपाली राजदूतावास परिवारप्रति दशैंको उत्सवमा प्राप्त निम्तोका लागि सधन्यवाद बिदाबारी भई नयाँ नगरपति (मेएर) को प्रतीक्षामा रहेको मास्कोको झिलीमिलीपूर्ण सडकहरू छिचोल्दै घर फर्किरहेको वेला म अनायास सोचमग्न हुन पुगेको थिएँ । मेरो मनमा वर्तमान नेपालको अन्योलपूर्ण अवस्थाले कतै घोचिरहेजस्तो प्रतीत भइरहेको थियो । नेपालले घोषणा गरेको संघीयताले 'संघे शक्ति' भन्ने आदर्श भावनाको विपरीत जातिगत र क्षेत्रगत एकजूटताको नभई फूटको बीजारोपण भई नेपालको अखण्डतामा नै आँच ल्याउन खोजेजस्तै धर्मनिरपेक्षताको सिद्धान्तले पनि नेपालमा प्रचलित सबै धर्मका अनुयायीहरूबीच परम्परागत धार्मिक सहिष्णुताको भावनालाई दरिलो पार्दै लानुपर्नेमा 'हिन्दूधर्म उनीहरूको हो, हाम्रो होइन र मनाउनु पर्दैन' भन्ने खालको विचार केही नेपाली विद्वान्हरूबाट समेत व्यक्त हुन थालेकोमा मलाई ग्लानिको अनुभव भइरहेको थियो । नेपालको लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतम बुद्ध केवल बौधमार्गीहरूका मात्र आराध्यदेव होइनन्, सबै नेपालीका साझा विभूति हुन् भन्ने कुरालाई मनन गरी नेपालमा बसोवास गरिरहेका सबै जनजातिहरूको भाषा, संस्कृति र धर्म पनि नेपालीहरूको साझा सम्पत्ति हो र देशमा प्रचलित हिन्दू धर्म, बौद्ध धर्म, किरात वा युमाधर्म, इस्लामधर्म, इसाई धर्म आदि विविध धार्मिक आस्थाअन्तरगतका विभिन्न चाडपर्वहरू पनि हामी सबै नेपालीहरूको साझा उत्सव हो भन्ने भावनाले पश्रय पाए मात्र हामी सबै नेपालीहरूको मङ्गलकल्याण सम्भव छ । विजयादशमीको उत्सवले देश-विदेशका समस्त नेपालीहरूमा 'सर्वे भवन्तु सुखीनः' को सिर्जनात्मक चेतना ल्याओस् ! शुभमस्तु !'
फोटो सौजन्य : रोमसिंह बस्नेत तथा गोबिन पाण्डे
१८ अक्टोबर २०१०,
मास्को, रूस महासंघ ।साच्चैको आमा (कथा)
- सीता बराल
या देवी सर्वभुतेसु, मातृरुपेण सस्थीता,
नम तसै नम तसै नम तसै नमो नमः
पण्डीत बाजेले दुर्गा पाठ गरिरहेका थिए । नजिकै पण्डीतनी बजै हातमा फुलअक्षता लिएर पाठ सुनिरहेकी थिइन । नातिनी भुन्टी हजुरआमाको काखमा बस्दै थालबाट फुललिएर नमस्कार गर्दै मनमनै केही गुनगुनाउदै बसीन । पण्डीत बाजेले पुजापाठ सकेर घिरौलालाई खसीको रुप बनाई बली दिए । भुन्टीले हेरिरहेकी थिइन । हातमा भएको फूलअक्षता देवीलाई चढाइन् र बाबा पल्टीरहेको खाटमा गएर काखमा बसीन । बाबा आज अर्को आमालाई हेर्न जाने भन्नुभएको होइन, छिटो जाउ न भन्दै हात समातेर तानिन । प्रदिपलाई आज साह्रै नरमाईलो अनुभव भइरहेको थियो । उनकी प्यारी सानी परदेश लागेर रमाईलो संग दशै मनाउन नपाएको पाँचौ पटक भईसक्यो । पहिले पहिलेका दशैहरु कसरी गए पत्तै भएन । यसपालि प्रदिपलाई सानु आउछिन र संगै दशैं मनाउने ठूलो आस थियो । विशेष कारणले सानु आउन पाइनन । छोरीको कुरा काटन नसकी मन लागी नलागी उठेर भुन्टीको हात समातेर बाहिर निस्कीए । साइवर नपुग्दै बाटोमा नै सानीको फोन आयो । आज सानीलाई पनि घरको सारै सम्झना आएर साइवरमा बसेर आनन्द संग देखादेख गर्दै कुरा गर्ने भनेर फोन गरेकी रहिछन् । साइवर पुग्ने बेलासम्म एकछिन भुन्टीसंग कुरा गर्न चाहिन । प्रदिपले फोन भुन्टीलाई दिए । आमा अस्तिको जन्मदिन पछि त म कति ठूली भएकी छु नि, बाबालाई सोध्नु त, है बाबा भन्दै बाबा तिर हेरेर टाउको हल्लाइन । अनि नि आमा म सधै हजुरबा हजुरआमा संग बसेर भगवानको पुजा गर्छु, रिता मिसले भन्नुभएको दशैमा भगवानको पुजा गरेर मनमनै केही माग्यो भने भगवानले पुरा गरिदिनुहुन्छ रे, मैले के पो मागेकी छु हजुरलाई थाहा छ==== सानी छोरीको लतपते तोतेबोली सुनिरहन्छिन । साचै नै भुन्टी स्कूल गए देखि धेरै बुझ्ने भएकी रहीछन् । कुराहरु पनि कति धेरै जानेकी । बाबा तिमीले भगवान संग के माग्यौ भनन । सानुले भुन्टीसंग सोधिन । कसैलाई पनि भन्नुहुदैन रे म हजुरलाई भन्छु है....मैले भगवान संग सधै मेरो आमा छिटै घर पठाइदिनु भनेकी छु । अब हजुरको काम छिटै पुरा भएर आउन पाउनु हुन्छ है बाबा ... फेरि प्रदिप तिर हेर्दै बोलिन । प्रदिप केही नबोली टाउको मात्र हल्लाए । आमा यति ठूलो चाडमा त्यहा हजुर मात्र एक्लै हुनुहुन्छ है... भुन्टीले मायालु स्वरले बोलीन । होइन नि छोरी यहा मेरा धेरै साथीहरु छन् । मैले यहा पनि चाडपर्व मनाउछु । होइन होला, ढाटनु हुन्छ , हजुरका कति धेरै साथीले मसंग तिम्रो आमा खोइ भन्दै सोध्छन् । भुन्टीले भनिन । छोरी आज त तिमी र म कम्प्युटरमा हेर्दै कुरा गर्ने है । तिमी कति ठूली भइछ्यौ देख्न पाउने भए । फोनमा जस्तै धेरै कुरा गर्नुपर्छ नि है भुन्टीले हुन्छ भन्दै फोन राखीन । यतिबेला सम्म साइवर पनि आईपुग्यो । प्रदिप कम्प्युटर खोलेर क्यामरा मिलाउन तिर लागे । सानी अगी नै तयार भएर बसेकी रहिछन् । केटाकेटी भनेपछि हुरुक्क हुने सानी आफ्ना आन्तरिक बाध्यताले भुन्टी बर्षकी हुन नपाउदै छाडेर हिडेकी थिइन । भुन्टीलाई आमाको वास्तविक माया कस्तो हुन्छ भन्ने अनुभव थिएन तर सानीलाई भने हरेक क्षणमा आफ्नो मुटुको टुक्रा भुन्टीलाई छाडेर आउनु पर्दाको पिडाले सताइरहन्थ्यो । जन्म दिने आमा बन्ने भाग्य पाइन तर काखमा राखेर हुर्काउन पाइनन न उसका बाल चन्चलपन देख्न पाइन, न मिठो तोतेबोली सुन्दै सुमसुमाउन पाइन । जीन्दगीमा कुनैपनि कुराहरु सोचेजस्तै क्रमबद्ध तरिकाले नहुने रहेछन् । विधिको विधान, भाग्यको चक्कर जान्न नसकिने रहेछ । भुन्टीका चाहना र बालचन्चल पन उनले प्रदिप बाट थाहा पाउनु पर्छ । भुन्टी स्कूल जान थालेपछि आमाका धेरै कुरा गर्छिन रे , घरको भित्तामा रहेको मोनालिसाको फोटो झिकेर आमाको फोटो राख्न लगाइछन् त्यसपछि त जो आएपनि आफ्नो कोठामा लगेर फोटो देखाउने गर्छिन रे == एकपटक कम्प्युटरमा बस्ने दिनमा राम्रोसंग देखादेख गर्न नपाउदै लोडसेडींले गर्दा छोरीसंग बोल्न पाइनन् तर भुन्टीले बाबा संग त्यो को हो नि भनेर सोध्दा तिम्रो आमा हो भन्ने वित्तिकै इन्टरनेट काटियो । पछि भुन्टी स्कूल जाने, यता सानी कामको व्यस्तताले गर्दा लामो समयसम्म भेट हुन सकेको थिएन । त्यसपछि त भुन्टीले जहिले पनि मेरो दुइटा आमा हुनुहुन्छ, एउटा भित्तामा एउटा टि.भी मा भन्ने गर्छिन रे । आज त छोरीसंग धेरै बेर बोल्ने हो भन्ने सम्झदै सानी कम्प्युटरमा बसीन । दुवैतिरको इन्टरनेट राम्रो चल्ने वित्तिकै सानीले छोरीसंग कुरा गर्न चाहिन । भुन्टी भने केही नबोली कम्प्यूटरमा आमालाई देखेर हेरि रहिन । छोरी सन्चै छौं..टीका को को संग लगायौं.... अहिले सम्म कति पैसा जम्मा गर्यौ त.. भुन्टीले बाबा तिर हेर्दै सोधिन.. बाबा यो मेरो साच्चैको आमा हो र ... भुन्टीले बोलेको सानीले सुनिरहेकी थिइन् । फोनमा त्यति लामो र मीठो कुरा गर्ने छोरीले आफूलाई साच्चैको आमा हो र भनेको कुराले उनको मनमा ठूलो चोट पर्यो । प्रदिपले यो कुरा सानीले नसुनोस भनेर कुरा अन्ततिर मोडदै थिए । भुन्टीले आमातिर हेर्दै भनिन हजुर मेरो साच्चैको आमा हो भने अलिकति यता आउनु न.. म एकैछिन काखमा बस्छु नि....। सानीको मुटुमा भक्कानो परेर आयो, धैर्यताको सिमाना नाघ्यो । कम्प्यूटरको की बोर्डमा टाउको राखेर घुक्क घुक्क रुन थालिन । मोवाइलमा कसैको एस.एम.एस आयो । दिदी टिका लगाउने समय भइसक्यो, छिटो आउनु ===== टाउको उठाएर हेर्दा भुन्टी र प्रदिप हिडिसकेका रहेछन् । परदेशीहरुको लागी यी चाडहरु नआएपनि हुने नि भन्ने सोच्दै मन भरि पिडा र आँखा भरि आँसु लिएर कोठा तिर लागिननम तसै नम तसै नम तसै नमो नमः
सीता बराल / लिसवन, पोर्चुगल
kris has left a new comment on your post "अमेरिकाको वाशिङ्टन डिसी क्षेत्रको सबै भन्दा पुरानो...":
ReplyDeleteFinally, we ‘ve someone with a solid personality of having good vision and working strategy in full confidence pointing with a Big exclamation towards his opponent face “ so what ?” Even though under some circumstance his opponent will win? Yeah r’t…. what is your contribution towards the nepali community in order to foster ? Can he bring change like the way prakash has mention some new idea and plan that will work perfectly in our nepali community?
Encouragement: ANA president should ‘ve such a confident toward his goal and planning like prakash has it.
Vision: Every leader should ‘ve a good vision or else it ‘ll vanish in a dark .(all Nepalese politican are blind in real)
Bringing the meaning: prakash has a true meaning on his every statement with 100% fact.
Good Versus Evil: Obviously, it is like dealing with obtuse evil mentality type politician versus good faith and hard working with a good intention of making thing right in every way.
Attention to detail: prakash has a focus on his community member voice to promote the Environment where all nepali member could join and help each other out.
kris - VA
Nepalmother.com, you are great, you are publishing Prakash Nepal's another part too. thanks.
ReplyDeleteHari