- अनिल पाण्डे
भावनाबिनाको भवन कस्तो हु्न्छ जस्तो अंग्रेजी भाषामा हाउस र होम मा फरक हुन्छ नि पहिलोले भौतिक संरचा मात्र बुझाउँछ भने दोस्रोमा भावना प्रेम सद्भाव सहानुभूति पनि हुन्छ । जीवन हाउस भएर होइन होम भएमा मात्र आनन्दित बन्छ । भावनाबिनाको भवन जतिसुकै विशाल भएपनि त्यसको भावनात्मक मूल्य रहन सक्तैन । त्यसले खुसी दिन त कहाँ-कहाँ पीडा र तनाव मात्र दिलाउँछ । अमेरिकामा रहेका अधिकांश नेपालीको तीतो सत्य यही नै हो । गाँस बास कपासले मानिसलाई यति बढी पिरलेको छ कि मानिस मेसिनझैं काममा जोतिएको जोतियै छ । भौतिक वस्तुको प्राप्तिका लागि...परिवारका सदस्यको माया प्रेम र सद्भाव पनि गौण बन्न पुगेका छन् । भौतिक वस्तु आधारभूत आवश्यकताको विषय रहेको अवस्थामा त त्यसले यस प्रकारको प्राथमिकता पाउनु स्वाभाविकै पनि हो तर मानिस आज एक हजार डलर कमाइरहेको छ भने उसलाई त्यसमा शून्य थपेर कमाउनु परेको छ । आज टोयोटा कारमा गुड्ने व्यक्ति मरसिडिजको सपना देखिरहेको छ । मरसिडिज हुनेले प्लेनकै सपना देखिरहेका होलान् । यही हो अमेरिकाको तीतो सत्य ।
यो सत्य यति बढी तीतो किन छ भने यस चिसो दौडमा स्वभावतः भावनाको न्यानोपनको अभाव छ । मेरी श्रीमती वा मेरा श्रीमान् छोराछोरी भन्ने आत्मीयता पलायन भएको छ । पारिवारिक नातालाई पनि डलरको चश्मा लगाएर हेर्ने संस्कारको विकास भएको छ । त्यसैले त एकै घरमा बसोवास गर्ने श्रीमान्-श्रीमतीबीच एक-दुई हप्तासम्म पनि भेट हुँदैन तर यस विषयले कतै महत्व पाइरहेको हुँदैन ।
परिवारभित्रै यो अवस्थ् छ भने साथीभाइबीच बढी अपेक्षा राख्न पनि सकिन्न । अमेरिकाका साथीहरु प्रायः भौतिकवादमा यति चुर्लुम्म डुबेका हुन्छन् कि तपाईं कुनै साथीसँग भरेको डिरन सँगै लिऊँ भन्ने प्रस्तावका साथ उभिनु भयो भने उसले तपाईंलाई अङ्कमाल गरेर कुम थपथपाउन बेर लगाउँदैन तर बाढीपीडित र द्वन्द्वको चपेडामा परेका व्यक्तिका लागि चन्दा सहयोग माग्न थाल्नुभयो भने मानौं उसको टाउकामा कुनै बारुलो आएर चिलिहाल्छ ।
ऊ मेरो नेपालबाट फोन आएको छ पछि भेटौंला है अनिलजी आएम सरी बाई ! भन्दै हाफ प्याण्ट हल्लाएर कुनातिर पसिहाल्छ ।
विगत २० वर्षदेखि अमेरिकामा रहेको यस पङ्क्तिकारले नेपालीमा आएको ठूलो परिवर्तनलाई आफ्नै आँखाले घटघटी पिएको छ । दुई दशकअघि क्यालिफोर्नियामा को नेपाली भेटिएला र मजाले नेपालीमा कुरा गर्न पाइएला भन्ने आश पालेर िहंड्नुपथ्र्यो । नेपाली भाषा बोल्ने संसारको जुनसुकै कुनाको नेपाली भेटिए पनि यो मेरो परिवारकै सदस्य होु भन्ने भावनाका साथ व्यवहार गरिन्थ्यो । तर आज दिनहुँ बजार ओहोर-दोहोर गर्दा कति नेपाली कुम ठोक्काउँदै अघि बढ्छन् तर फर्केर नमस्कार हाई हेल्लो प्रणाम केही पनि भन्दैनन् । नेपालीको उपस्थितिमा पनि अर्थशास्त्रको नियम लागू भएको छ बजारमा जे बस्तु बढी छ त्यसको मूल्य घटेको छ । नेपाली-नेपालीबीचको प्रेम र सद्भावको मूल्यमा आर्थिकमन्दीको नियम लागेको छ ।
तर के कुरा पनि सत्य हो भने अमेरिकामा बसोवास गर्दैआएका नेपालीहरुमा समाजसेवी व्यक्तिहरु नै नभएका भने होइनन् । जाति राजनीतिक दल क्षेत्र र वर्गको विभाजनभन्दा माथि उठेका सर्वस्वीकार्य व्यक्तित्व बनाएका नेपाली पनि खोजी पस्ने हो भने भेटिन्छन् । एक नेपालीले अर्को नेपालीलाई ईश्र्याको भावनाले हेर्ने प्रवृत्तिबाट निवृत्त भैसकेका आदर्श प्राणीहरु पनि यहाँ छन् । तर यस्ता व्यक्तिहरु पाउन दिउँसै लालटिन बाल्नुपर्ने अवस्था छ ।
खासगरी यस्ता व्यक्तित्वहरु नेपालीले गठन गरेका संगठन र समितिको नेतृत्वमा आउन सके उनीहरुको आदर्श चरित्र अरुमा पनि संपे्रषित हुन सक्ने थियो । तर प्रायः के देखिन्छ भने मानसिक समृद्धि हासिल गरेका व्यक्तिहरु नेतृत्वको राजनीतिमा फस्न चाहँदैनन् । उनीहरुलाई पूर्ण संमान दिएर माथि ल्याउनु आम प्रवासी नेपालीको धर्म हो । तर यो धर्म पूरा गर्न ढिलाइ भैरहेको छ । यस कार्यमा जति ढिलाइ भयो उति नेपाली समुदाय नै नोक्सानमा पर्ने यथार्थलाई भने भुल्न सकिन्न ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक