अब त हुँदा हुँदा कुर्सी खाली छ !
- सकुल कोइरालायहाँ के हुन्छ , हुन्छ ! बुझ्नै गाह्रो ! खै के बुझ्ने, अनि के बुझाउने
के सुन्ने अनि के सुनाउने, हाय दैब, यो कस्तो कुपीत नियति !
कैले काका को पाली कहिले मामा को पाली !
अब त कुल हुँदा हुँदा र्सी खाली !
भोका नाङ्गा रुँदै परुन् ! पेट भर्नेले भर्दै गरुन् !
देवी देउता बरु अन्तै सरुन् ! यी राजनितिज्ञ लाई चाहिं कसैले केही नगरुन् !
के गर्ने यहाँ यीनैको लागि तालि छ, अहिले त झन् कुर्सी खाली छ ।।....
सगरमाथा रुन्छ ! के चासो ! अनिकाल पर्छ, झन् ठूलो हाँसो !
संविधान खै त - त्यो त अर्कैको नासो ! राम राम नेपालीलाई चाहिं सर्ँर्धै गलपासो -
उफ् ! समय सारै जाली छ ! अहिले त झन् कुर्सी खाली छ !
तिमी रमिते म उसै रमिते ! हामीलाई त रमिता हर्ेन मै चाख !
राखेर सँधै पर्ुर्पुरोमा हात ! झरेको हेर्र्छौ मुलुकको साख !
अरुको बँगैचामा फूलै फूलको डाली ! के गर्ने हाम्रो त कुर्सी खाली खाली ।।
बेथिती हाम्रो रगतमा रैछ ! के गर्नु सहनै नसक्ने भैछ !
सुन्ड मुसुन्ड पारेर नास ! परोस बरु मर्न भएर लाश !
मुट्ठी कसेर बझाउँला ताली ! कोही त उठ हो, कुर्सी खाली ।।
Sakul ji, daami gayechha yespali ta.
ReplyDeletela dami cha, keep it up
ReplyDeleteoho, sakul g, ramro cha, samaya sandarvik ra pechilo
ReplyDelete