जीवनमा जति पनि काम सफल हुन्छन् त्यसको पछाडि श्रमको मात्र हात हुँदैन । श्रमका साथसाथ कार्यशैलीको पनि उत्तिकै हात रहेको हुन्छ । जसलाई रणनीति कार्यविधि वा शैली भन्न सकिन्छ । कहिले काहीं त कार्यभन्दा पनि कार्यविधिको प्रभाव परिणाममा बढी देखिन्छ । काम र विधिलाई बुभुनका लागि कक्षामा पढाउने शिक्षकको व्यवहारलाई उदाहरणका रुपमा हेरौं । सबै शिक्षक कक्षामा आउँछन् र पाठ्यमअनुसारको विषय पढाउँछन् । कोही गुरुले चेलालाई गायत्री मन्त्र घोकाएजस्तो गर्छन् र फर्किन्छन्........
कोही विषयभन्दा बाहिरको गफ गर्छन् र विदा हुन्छन् कोही प्रयोगात्मक अभ्यासका साथ विषय बुझाउँछन् नबुझे भोलि फेरि सोध्ने सुझाब दिएर ुबाई बाईु भन्छन् । प्रवचन अन्तरकि्रया खेल प्रदर्शन छलफलआदि दर्जनौं विधि अपनाएर पढाउन सकिन्छ । एउटै विषय पढाए पनि विधिका कारणले कोही शिक्षक सफल हुन्छन् कोही असफल । अर्थात सफलता वा असफलता भन्ने कुरा विषयमा भन्दा बढी विधिमा भरपर्छ भन्ने तथ्य यस उदाहरणले पुष्टि गर्छ ।
अमेरिकामा आज जुन परिमाणमा नेपाली भित्रिएका छन् त्यसको परिमाण हेर्ने हो भने कुनै नगरमा नेपालीले आफ्नै भाषा बोल्ने जातिको व्यक्तिलाई मेयर बनाउन सक्छन् । बेलायतमा नेपाली व्यक्ति वडासदस्यसम्म भएको खबर आएको छ । तर संयुक्त राज्य अमेरिकामा यो नेपाली मात्रका लागि उत्साहको सम्भावना हालसम्म देखिएको छैन । किनभने विविधता र सहअस्तित्वका लागि विश्वमै उदाहरणीय मानिने यस मुलुकमा नेपालीहरुले चाइना टाउनु इण्डियन कोलोनी भियतनाम सिटी केही बनाउन सकेका छैनन् । चीन भारत भियतनाम आदि ठूलो परिमाणका जनता रहेको मुलुकबाट आप्रवासी भएर आउने जनताको दाँजोमा नेपालीको स्रोत नै सानो भएकोले भयानक क्षेत्रफल रहेको अमेरिकामा नेपालीको संख्या अरुको तुलनामा न्यून हुन्छ नै । तर पनि उपयुक्त विधि अपनाउने हो भने नेपालीको टोल मात्र होइन नगर नै बन्नसक्ने सम्भावना भने प्रष्ट देखिन्छ । नगरपिता नै नेपाली रहेको ठाउँ अमेरिकामा रहनु आज एक रोमााचक कल्पनाको विषय हुनसक्छ तर उपयुक्त विधि अपनाउने हो भने असम्भव नै चािहं लाग्दैन । अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली एकै नगरमा बसोवास गर्न थाले भने यो कल्पना भोलि साकार हुन पनि सक्छ ।
अमेरिकामा आजका मितिमा कति नेपालीभाषी रहेका छन् यो प्रश्नको तथ्य जबाफ कसैसँग पनि छैन । तर यो संख्या केही लाखमा हुनुपर्छ भन्न अब कुनै असजिलो छैन । नेपालबाट आएका नेपाली मात्र नभएर भारत बर्मा भूटान र अन्य मुलुकबाट समेत आएर यहाँ स्थायी वा अस्थायी बसोवास गर्ने नेपालीको तथ्यांक संकलन गर्ने काम भएको छैन । अमेरिकामा सम्पन्न पछिल्लो जनगणनाले यहाँ रहेका विश्वका हजारौं भाषा बोल्ने व्यक्तिको तथ्यांक निस्कन सक्छ । यदि फारम भर्ने व्यक्तिले ढाँटेको रहेनछ भने नेपालीको परिमाण थाहा पाउन सकिनेछ । तर कतिपय अज्ञानता र कति आशंकाका कारण फारम भर्ने व्यक्तिले ढाँटेको वा अलमलमा परेको अवस्था छ । त्यसैले जनगणनाको परिणामलाई पनि शतप्रतिशत सही भन्न गारो पर्ने अवस्था छ । यति हुँदाहुँदै पनि सो तथ्यांक कम्तीमा आजसम्म प्राप्त सम्पूर्ण तथ्यांकको प्रगतिशील अंक हुनेछ सत्यको निकट रहनेछ । जे होस् सो तथ्यांक बाहिर आउनुअघि नै भन्न सकिने यथार्थ के हो भने एक मेयरले साधारण नगरको निर्वाचन जित्नका लागि जति मत ल्याउँछ त्यतिभन्दा बढी नै नेपाली मतदाता अब अमेरिकामा भैसके भन्न सकिन्छ ।
आदरणीय पाठकलाई यस पङ्क्तिकारले सत्य उल्लेख गर्नैपर्छ- यस लेखको उद्देश्य अमेरिकामा नेपाली मेयर उत्पादन गर्नु होइन । नेपाली मात्रको एकताका लागि चिन्तन गर्ने बानी बसाल्नु हो । आत्ममूल्यांकन गर्नु र आफ्नो हैसियतका बारेमा गम्भीर बन्नु हो । नेपाली पनका लागि एक नेपालीले दिनसक्ने योगदानका बारेमा घोत्लिनु हो । हिजो मेरो नागरिकता के थियो भनेर विभाजित होऊँ भन्ने मेरो आग्रह होइन जाति र धर्म विभाजनको सीमा हुनुपर्छ भन्न खोजेको त झन हुँदै होइन । विदेशमा आइपुगेका नेपालीका लागि संगठित हुने आधार बन्नुपर्छ भाषा । संसारमा कोही कसैको मित्र वा आफन्त हुन्छभने त्यसको माध्यम बनेको हुन्छ भाषा । जात-धर्म छोडे पनि छोड्नु नहुने पहिचानको विषय अरु केही नभएर भाषा नै हो ।
नेपाली भाषाको माध्यमद्वारा पीडा शोक प्रसन्नता खुसी ठट्टा हाँसो प्रेम र प्रणय साटासाट गर्ने हामी जति छौं सबै नेपाली हौं । कोही मात्र नेपाली होउँला र कोही भारतीय नेपाली वा भुटानी नेपाली होलान् तर हामी विशेषणविनाको विशेषण नेपाली भएर अमेरिकामा संगठित हुनसक्छौं । सही अर्थमा भन्नुपर्दा वृहत् नेपालीको अवधारणामा हामी प्रवासीलाई समेट्ने फराकिलो भावनाको उदय हुनु आजको आवश्यकता हो । यो भावना हरेक नेपालीको छातिमा उमिरयो भने हामीलाई कसैले होच्याउन खिज्याउन र उपहास गर्न सक्नेछैन ।
अमेरिकामा आएर पनि म फलानो पार्टीको ऊ परचक्री ऊ खस र ऊ जनजाति ऊ पूर्वेली अनि ऊ डोटेली… भनेर हामी जसरी विभाजित भैरहेका छौं यो आफ्नै खुट्टामा आफैले बाचरो प्रहार गर्ने अभ्यास मात्र हो । सायद हामीलाई ठीक तरिकाले मार्गनिर्देश गर्ने नेताको अभाव भएको हो । अन्यथा हामी आफ्नो प्रतिष्ठा र शान बढाउने सम्भावनाप्रति आँखा चिम्म गरेर कालिदासले जस्तै रुखको टुप्पातिर बसेर फेद ढाल्ने अभ्यास गर्ने थिएनौं । यस दिशामा चिन्तन गर्न एकै छिनको समय हामीले निकाल्न सक्यौं भने यस लेखको सार्थकता सिद्ध हुने निवेदन गर्दछु । मुखले हामी नेपाली एक हुनुपर्छ भन्नेु तर कार्यशैली अन्यथा अपनाउने कार्य हानीकारक हो भन्ने दिशामा पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।
एनपिपिए र एनओएको पिकनिक सम्पन्न
वािशंटन डिसी मेट्रो क्षेत्रका दुई संस्थाहरु एनपिपिए अर्थात नेपाल पासा पुच अमेरिकाय तथा एनओए अर्थात नेवा अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा यस वर्षको पिकनिक सम्पन्न भएको छ । सो पिकनिक कार्यक्रममा वोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले यस प्रकारका कार्यक्रमले सामाजिक सद्भाव र भाईचाराको भावनामा वृद्धी हुने कुरा वताउनु भयो । एनपिपिएका अध्यक्ष लक्ष्मण श्रेष्ठ तथा एनओएका अध्यक्ष राजेश श्रेष्ठले उपस्थित सवैको स्वागत गर्नुका साथै आआफ्ना संस्थाका गतिविधिहरु समेत संक्षिप्त रुपमा प्रस्तुत गर्नु भएको थियो ।
पिकनिकमा डिसी मेरिल्याण्ड तथा भर्जिनियाका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक