शान्ति सुव्यवस्था पशुपतिनाथको भरोसामा
- श्रीकान्त रेग्मी (पूर्व गृह सचिब)
र्सार्वजनिक भएको छ । मुलुकमा यो वा त्यो कारणले हिंसाको शृंखला जारी छ । स्वतः हिंसाका वारदातहरूमा कमी आउने वा राज्यकातर्फाट चालिने प्रभावकारी कदमको फलतः नियन्त्रणमा आउनेे कुनै लक्षण देखापरेको छैन । बरु स्थिति झन् नाजुक हु“दै जाने संकेतहरू सतहमै देखिइसकेका छन् । मुलुकका विभिन्न भागमा प्रत्येक दिनजसो अपहरण र हिंसाका घटनाहरू हुनुलाई अब त्यति नौलो नमाने हुने भएको छ ।
सरकार त यतिखेर राजधानीमै पनि हराएको छ भन्दै छन् जानिफकारहरू । यस्तो स्थितिमा मोफसलका जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न सक्ने कुरै भएन । रूपमा सबै कुरा छन् तर सारमा भने नास्ति । मुलुकको अवस्था जतिसुकै दयनीय भए पनि राजनीतिक दलहरू सत्ताभ्यासमा आकण्ठ डुबिरहेका छन् । देश र जनताको बेहाल हु“दा पनि उनीहरू पटक्कै चिन्तित छैनन् । कुनै दलस“ग हतियारसहितका आफ्नै लडाकू छन् भने अन्य केही दल आफ्नै भ्रातृ संगठनहरूको सैनिकीकरणको सोचमा देखिन्छन् । मुलुकमा विधिसम्मत शासन प्रणाली बहाल गर्ने, कानुनी राज्यको अवधारणा सुनिश्चित तुल्याउने, दण्डहीनता अन्त्य गर्ने, शान्ति सुव्यवस्थाको स्थितिमा सुधार ल्याई गरिखान पाउने वातावरण निर्माण गर्नेतिर दलहरूको अर्थपर्ूण्ा चासो र चिन्ता निर्देशित हुन सकेको देखिँदैन । अझ सा“च्चिकै भन्ने हो भने केही दलका नेता कार्यकर्ताहरूले नै कानुन हातमा लिएर विधिसम्मत शासन प्रणालीको हर्ुमत लिने कार्यलाई निरन्तरता दिँदै आइरहेका छन् । मुलुकमा शान्ति सुव्यवस्था बहाल गरी जनजीवनलाई सहज र सहुलियतपर्ूण्ा बनाउने कार्यमा दलहरूको योगदान वास्तवमै अत्यन्त निराशाजनक छ ।
मुलुकमा हिंसाले संस्कृतिको रूप ग्रहण गर्ने खतरा टड्कारो बन्दै गएको छ । सबैभन्दा ठूलो दलले हिंसाको राजनीति र जबर्जस्तीको शैलीप्रति मोह राखिरहने भएपछि त्यस्तो खतरा देखापर्नु अस्वाभाविक होइन । अपहरण, हिंसा, हत्याजस्ता जघन्य आपराधिक घटनाहरूमा कुनै न कुनै दलस“ग सम्बद्ध राजनीतिक कार्यकर्ताहरूको पनि संलग्नता रहने गरेको देखिन्छ । यस्तो प्रवृत्तिले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको वास्तविकता उजागर हुन्छ । हत्या, हिंसा, अपहरणजस्ता आपराधिक गतिविधि वृद्धि हु“दै जानु भनेको आन्तरिक शान्ति सुव्यवस्थाउपर गम्भीर चुनौती हो । यस्तो प्रवृत्तिउपर समयमै लगाम लगाउन सकिएन भने मुलुक बर्बर र आततायी अपराधीहरूको सुरक्षित क्रिडास्थलमा परिणत नहोला भन्न सकिन्न । यस्तो स्थिति कसैका लागि पनि सुखद र प्रिय हुन नसक्ने निश्चित छ । त्यसैले मुलुकमा शान्ति सुव्यवस्थाको स्थितिलाई भरपर्दो र विश्वसनीय बनाउन एकातिर सुरक्षाका अंगलाई क्रियाशील, परिणाममुखी र कार्य तत्पर बनाइनु जरुरी छ भने अर्कातिर राजनीतिक दलहरू पनि आफ्नो सीमा ख्याल गरी सामर्थ्यको दुरुपयोग नगर्न वास्तविक रूपमा प्रतिबद्ध नभई हु“दैन ।
मुलुकमा यतिखेर निकै ब्रि्र“्रदै जान थालेको शान्ति सुव्यवस्थाको स्थितिको मारमा सामान्य जनता पिल्सिनु परिरहेको छ । सुरक्षित जीवन जिउन पाउने जनताको आधारभूत हकको सुरक्षा गर्न पनि राज्य र्सवथा विफल छ । राजनीतिक दलका कार्यकर्ताहरूबीच आपसी मुठभेडका घटनाहरू बढ्न थालेका छन् । मुठभेडमा परी घाइते हुनेहरूलाई उपयुक्त स्वास्थ्य संस्थामा पुर्याउन र उपचार गर्न राज्यले पर्याप्त व्ययभार उठाउनु परिरहेको छ । मुलुकमा अपराधको नियन्त्रण, शान्ति सुव्यवस्थाको बहाली, दृढतापर्ूवक कानुनको कार्यान्वयनका लागि जिम्मेवार निकाय पदाधिकारी, ऐन, नियम कानुन सबै नभएका होइनन् । तर, संक्रमणकालको आवरण पहिरेर ती सबै शिथिल, अति दर्ीघसूत्री र नुन खाएको कुखुराजस्तै भएका छन् । दिनदहाडै हतियारको ताण्डव पर््रदर्शन हु“दा पनि अपराधीहरू पक्राउ पर्दैनन् । कथम् पक्राउ परिहाले भने पनि राजनीतिक क्षेत्रबाट संरक्षण पाउ“छन् । अपराधीलाई कानुनको कठघरामा उभ्याउने, कसुरको मात्राअनुसार सजाय दिलाउने र कानुनी राज्यको अवधारणा सफलिभूत तुल्याउने कार्यमा कोही पनि दृढतापर्ूवक उभिने गरेको पाइ“दैन । यसैको फलतः मुलुकमा एकखालको अत्यासको स्थिति गा“जिँदै गएको छ ।
मुलुकको र्सवांगीण स्थिति निकै दुरुह, संकटपर्ूण्ा र अनिश्चित दिशातिर उन्मुख हु“दै गएको छ । मुलुकमै आफ्नो सुरक्षित भविष्य देख्न छोडेकाले अध्ययन वा वैदेशिक रोजगारीका नाममा युवाहरू ल्ार्को लागेर मुग्लान पलायन भइरहेका छन् । वैदेशिक रोजगारीमा संलग्न युवाहरूले विगतमा व्रि्रेषण आप्रवाह गरेर राष्ट्रिय अर्थतन्त्रका लागि परिवर्त्य वैदेशिक मुद्राको खा“चो पर्ूर्ति गर्दै आए तापनि अहिले सो क्रम ओह्रालो लाग्दै गएको छ । यो अत्यन्त डरलाग्दो संकेत हो । कसैले पनि आफूलाई सुरक्षित अनुभव गर्न नसकिरहेको यो स्थिति वास्तवमै र्सवाधिक गम्भीर कोटीमा पर्दछ । समाजका गन्यमान्य व्यक्तिहरूले नै सुरक्षित अनुभव गर्न नसकिरहेको अवस्थामा निर्धा निमुखाहरूको हालत अझ कति भयावह होला - शान्ति सुव्यवस्था पशुपतिनाथको भरोसामा सुम्पिने यो स्थितिको अन्त्य हुन सकेन भने मुलुक असफल राज्य बन्नबाट कसैले रोक्न नसक्ने पक्का छ । राज्यशक्ति कम्तीमा पनि दर्ुबलहरूको सहायकका रूपमा प्रस्तुत हुनैपर्ने तथ्य स्मरणीय छ ।
अहिले जताततै अव्यवस्था र अराजकता छ । विकास निर्माण र प्रगतिको नया“ युगमा पाइलो हाल्ने अपेक्षाका विपरीत मुलुक विनास, विध्वंश र अधोगतितर्फअग्रसर भइरहेको छ । समकालीन नेतृत्व त्यसैको मौन साक्षी बन्दै गरेको विडम्बनापर्ूण्ा स्थिति छ । जसले जे गरे पनि भएको छ । हरियो वन तस्करको धनमा परिणत हुने क्रम चालू छ भने वन क्षेत्र, र्सार्वजनिक ऐलानी पर्ती जग्गा, सडक छेउछाउको जमिन सबै कब्जा गर्ने, टहरा बनाउने लहरै चलेको छ । ढुंगा बालुवाको अनियन्त्रित खनाइ र निकासी तथा बिक्री-वितरण बेलगाम छ । वातावरणीय प्रभाव बेवास्ता गरेर यस्तो कार्य निर्वाध रूपमा भइरहेको छ । हर क्षेत्रमा बेथितिको भरमार छ । आधा शताब्दीभन्दा अघि मुआब्जा दिई अध्रि्रहण गरिसकेको जग्गामा अहिले हाकाहाकी अतिक्रमण गर्न खोजिन्छ । राजनीतिक आवरणमा जे गर्न र जे बोल्न पनि पाइन्छ भन्ने मान्यताले विस्तारै आकार ग्रहण गर्न थालेको आभाष हुन्छ । राज्यका स्रोत साधन र सरकारी सम्पत्तिको दुरुपयोगको कुरा गरी साध्यै छैन । सबैले आफू बन्ने र आफन्त बनाउने सुवर्ण्र्ाावसरका रूपमा लिएका छन्, जटिल संक्रमणको यो कालखण्डलाई । यसरी नै नया“ नेपाल बनाउने क्रममा छन्, हाम्रा भाग्य विधाताहरू । विश्वका अन्य मुलुकमा सायदै यस्तो गैरजिम्मेवार कार्यले प्रश्रय पाउ“छ ।
वन विनाश गर्ने कार्य जारी राखेर अनावृष्टि, मरुभूमीकरण र वातावरणीय उष्णता आमन्त्रित गरिहेका छौं, हामी । अनियिन्त्रित वन फ“डानीले हराभरा क्षेत्र उजाड मात्र बनेको छैन, हाम्रो भावी जीवनको आधारउपर मर्मान्तक प्रहार भइरहेको छ । हाम्रो वर्तमान त त्यसै अनिश्चित छ, भविष्य पनि बन्धक राख्ने कार्य गरिरहेका छौं । करोडौ रुपैया“ खर्च भए पनि, विकास केही हु“दैन । बालुवामा पानी हालेजस्तो साधनको चरम दुरुपयोग भइरहेको छ । सहरी सडकमा अलपत्र फोहोरको डुंगुर, ढलको दूरावस्था, सुरक्षित खानेपानीको संकट जीवनका अभिन्न अंगजस्तै भएका छन् । काम नगरी कागजी रीत पुर्याएर विनियोजित बजेट झ्वाम् पार्ने विचित्रको खेल अहिले सबैतिर भइरहेको छ । मुलुकमा यसरी लूटको संस्कृति झयागिँदै जान थालेको छ भने हुन्छ । राजनीतिक आवरणमा अर्काको जग्गा कब्जा गर्ने कार्यले अहिले पनि प्रश्रय पाइरहेको छ । राजनीतिका आडमा हुने यस्ता आपराधिक घटनाहरूमा कुनै कारबाही नहुने गरेका कारण अन्य आपराधिक कार्यहरू पनि बढ्दै गएका छन् । परिश्रम र इमानदारीलाई होइन, बल प्रयोग र लूटलाई प्रश्रय दिने यस्तै प्रवृत्तिका कारण आमजनसमुदायले मुलुकको कानुन दैवले जानुन भनेर भन्न थालेका छन् ।
राजधानी नै सुरक्षित हुन सकेको छैन । जतिसुकै दाबी गरिए पनि सुरक्षा व्यवस्था खोक्रो छ । सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको ठाउ“मा दिनदहाडै एउटा प्रतिष्ठित व्यक्तिको हत्या गरी सुरक्षाकर्मीहरूको आ“खै अगाडिबाट अपराधीहरू उम्केर भाग्न सफल हुनुले सो कथनको सत्यता स्पष्ट हुन्छ । दिनदहाडै खुलेआम बन्दुक प्रहार गरी हत्या गर्ने अपराधीहरू पक्राउनै पर्न नसक्नु घोर विडम्बना हो । यस्तो अवस्थाले गर्दा जनतामा भय र असुरक्षाको भावना सबल हु“दै गएको छ । भयग्रस्त आमजनता जुनसुकै बेला सडकमा आवतजावत गर्न पनि अनिच्छुक देखिन्छन् । चोरी, लुटपाट, जोर-जबर्जस्तीका घटनाहरूको आवृत्तिमा कमी आउने कुनै लक्षण छैन । त्यसैले मुलुक अन्तर्रर्ााट्रय आपराधिक गिरोहको सञ्जालभित्र पर्ने सम्भावना बढ्दै गएको छ । राजधानीमा जो सुकैलाई पनि प्रवेश र बसोवास दुवै सहज छ, आपराधिक जत्थाहरूलाई आफ्नो काम तमाम गर्न पनि यहा“ त्यति गाह्रो पर्ने देखिँदैन । अपराधीहरूविरुद्ध सख्त कारबाही नहुने हो भने जनमानसमा भय र असुरक्षाको भावना झन् गाढा हु“दै जान्छ । त्यर्सथ खोक्रो प्रतिबद्धता व्यक्त गरी केही गरेको देखाउने प्रवृत्ति छोडेर विनाकुनै सम्झौता कानुनको दृढतापर्ूवक कार्यान्वयनमा जुट्नु जरुरी छ, गृह प्रशासन ।
सनातन शैली र पुरानै र्ढरा अवलम्बन गरेर शान्ति सुव्यवस्थाको वर्तमान कहालीलाग्दो स्थितिमा किञ्चित सुधार सम्भव छैन । शान्ति सुव्यवस्थाको स्थिति सुदृढ तुल्याउन यतिखेर सरकार उदासीनजस्तै देखिन्छ । सरकारले गम्भीर भएर सुरक्षा व्यवस्थामा विद्यमान कमी कमजोरीहरू केलाउनु जरुरी छ । निश्चित दूरगामी सोचका आधारमा सुरक्षा प्रशासन गतिशील हुनु पर्दछ । तदर्थवादी शैलीमा सुरक्षा प्रशासन हा“क्न खोज्दा प्रत्यूत्पादक परिणाम प्राप्त हुनेमा कुनै सन्देह छैन । कहा“ के कस्ता कमी छन् भन्ने यथार्थता नपाई सुरक्षा व्यवस्था सुदृढ तुल्याउनै सकिँदैन । निर्देशन जारी गरेकै भरमा सुरक्षा व्यवस्था सुदृढ र भरपर्दो हुन कदापि सक्दैन । अहिलेको सुरक्षा व्यवस्थापनमा धेरैतिर छ्रि्रै छ्रि्रहरू छन् । अकर्मण्यता, लापरबाही, अनुशासनहीनता र अनियमितता व्यापक रूपमा छ । मन्त्रालय, विभाग र सक्षम अधिकारीले दिएको निर्देशनको पालना पनि स्वेच्छामा भर पर्ने गरेको छ । वास्तविक कार्यसम्पादनलाई भन्दा अन्य पक्ष दृष्टिगत गरी पदाधिकारीहरूको मूल्यांकन गरिने हालको प्रचलनले गर्दा राम्रो कार्य गर्न कोही पनि उत्पे्रेरित नदेखिने गरेको अहिलेको स्थिति अन्त्य गर्न सकेको खण्डमा पनि स्थितिमा तत्काल केही सुधार अनुभव हुन नसक्ने होइन ।
मुलुकमा आन्तरिक सुरक्षा सुनिश्चित गर्ने जिम्मेवार निकाय गृह मन्त्रालय हो । शान्ति सुव्यवस्थाको बहालीका लागि नागरिक प्रशासनको कुशल परिचालन गृह मन्त्रालयको क्षमतामा निर्भर हुन्छ । अहिले नागरिक प्रशासन छाया“मा परेको छ । यो दुःखद अवस्थाको अन्त्य हुनै पर्दछ । अपराध नियन्त्रण प्रहरी प्रशासनको क्षेत्राधिकारअर्न्तर्गतको विषय हो । आपराधिक घटनाहरू बढ्दै गए र अपराधीहरू पक्राउ पर्न सकेनन् भने जनमानसमा असुरक्षा व्यापक हु“दै जान्छ । अपराध नियन्त्रणमा प्रहरी प्रशासन सफल र सक्षम हुनु जरुरी छ । पदीय जिम्मेवारी सुसम्पादनका लागि हो, सुशोभनका लागि होइन भन्ने कटुसत्यको बोध जिम्मेवार पदाधिकारीमा हुनै पर्दछ । मातहत निकायहरूमा कार्यरत पदाधिकारीहरूको कामको सही लेखाजोखा गृह प्रशासनको उत्तरदायित्व हो । मूल्यांकनका लागि आवश्यक परे सूचकहरू विकास गर्न नसकिने होइन । यस्तो कार्यमा गृह मन्त्रालयले अहिले त्यति रुचि देखाएको जस्तो लाग्दैन । अन्तिम जवाफदेही वहन गर्ने निकायको ध्यान पनि आफन्त र आफू निकटहरूको सरुवा बढुवामा मात्र केन्द्रित हुने हो भने सुरक्षा संयन्त्र सुधारको परिकल्पनाले मर्ूतरूप लिन सक्दैन । मातहत कार्यालयहरूको सुदृढीकरण र क्षमता अभिवृद्धिका विविध उपायहरूमा मूलभूत रूपमा निरन्तर चिन्तनशील रहनु पर्छ, गृह प्रशासन । तब मात्र सुरक्षा स्थितिमा सुधार आउन सक्छ ।
भुँडीतन्त्र(ब्याङ्ग्यबन्ध)
by Prem Oli
संसारमा बिभिन्न तन्त्रको अभ्यास भएको पाईन्छ। कतै राजातन्त्र त कतै प्रजातन्त्र ।कतै लोकतन्त्र त कतै गणतन्त्र ।कतै झोकतन्त्र र ठोकतन्त्रको पनि अभ्यास भएकोछ। नेपालामा चाँही कही नभएको जत्रा हाडिगाउमा भनेको झै संसार भरी प्रयोग भएको एक्लै नेपालले गरेकोछ। राणा शासनको जहानिया तन्त्र देखी शाहनियातन्त्र,प्रजातन्त्र देखी लोकतन्त्त्र हुँदै गणतन्त्र सम्म्को अभ्यास भएकोछ। यती धेरै तन्त्र अभ्यास गर्ने देशको राम्रो प्रचार गरियो भने सन २०११ को पर्यटन बर्षामा पोलिटिकल टुरिस्ट भित्राउन सकिने र देशलाई काइदाको फाईदा पनि हुनेछ।मैले यहाँ बताउन चाहेको भुँडीतन्त्र चाँही यि सबै तन्त्र अटाउने तन्त्र हो।भुडितन्त्रको छाता मुनी सबै तन्त्र उदाए र अस्ताए पनि भुँडीतन्त्र झन मौलाएकोछ। राणा तन्त्र होस कि राजातन्त्र,लोकतन्त्र कि गणतन्त्र,यो झन फैलदै गएकोछ । अन्य तन्त्र जरै देखी उखलिए पनि यो भुँडीतन्त्र अजम्बरी बनेर जरा हाल्दै,हागा फाल्दै गएकोछ । झन रन बन ढाक्दै छ। यो देशमा राकस नै पसेको छ कि जस्ले जती खाए पनि कोही नअघाउने। मजाको कुरो जती खाए पनि, अब पुग्यो भनेर नडकार्ने।श्राद खाने बाजेको भुँडी पट्केको जस्तो भुँडीतन्त्रमा कसैको भुँडी पट्केको ,घाटिमा अड्किएको सुनिएको छैन।जस्ले जे खाए पनि पच्ने भुँडीतन्त्रमा आजसम्म कसैलाई न छेरपट्टि लागेकोछ न कसैलाई तलउप्पर भएकोछ। उड्ने देखी गूड्ने सम्म। खोला नाला देखी डोका डाला सम्म चपाउदा पनि पचाउदा रहेछन, केसैले छुदो रहेनछ। एकानछेक भुँडीतन्त्रलाई शाही आयोग भन्ने केतुले छुन आटे पनि भुँडीतन्त्रले छुमन्त्रमा केतु नै भुँडीमा छिरेर चर्पी हुँदै गणेशमान स्टाइलमा बागमती हामफालेको खबर सुनियो। मै हुँ भन्ने नेतालाई पनि यस भुँडीतन्त्रको घान हाल्यो भने कुन हालत हुदोरहेछ भन्ने कुरो हाल जङगलमा कन्दमुल र बाँदरको मासु खाएर क्रान्ति गर्ने साथीहरुको हबिगत हेर्दा पनि थाहाहुन्छ। जनता घरमा खट्टेमा सुतेर घट्टमा पिसेको भट्ट खाने नेतालाई बिदेशी खाना र बिस्तारा चाहिने,खाली खुट्टा हिंड्ने,आज पजेरो बिना बाँच्न नसक्ने कुराबाट सजिलै जनताले भुँडीतन्त्रको मन्त्रको खेल बुझिसकेका छन। यो भुँडीतन्त्र जरो उखेल्ने पुत्र यो देशले पाउला नपाउला भन्न गार्होछ। भुँडीतन्त्रको भुँडी नै फाल्ने मन्त्र र जन्त्र कुनै काली बाबा सँग छ कि?आजकाल केही मान्छेहरु बाबाहरुलाई भेटेर नयाँ तन्त्र ल्याउने र यो भुँडीतन्त्रलाई अझ फैलाउने तिर लागेका कुरो पनि यत्र तत्र सुनिन्छ।यो भुँडीतन्त्रमा देश चलाऊने जे खाए पनि फेरी यसले आजसम्म्को जस्तो जनतलाई नाङ्गो परेर नखावोस।त्येसो गरेमा भुँडीतन्त्रेको भुँडी नै पट्कीयोस। जय भुँडीतन्त्र। जय काउकुती।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक