- दुर्गानाथ शर्मा
हाम्रो समाजमा अंग्रेजी बोल्न र लेख्न सक्ने मानिसहरु ठूला र विद्वान् मानिन्छन्। अंग्रेजी बोल्दैमा कोही ठूलो पनि हुँदैन र विद्वान् पनि हुँदैन। यही अंग्रेजी मोहका कारण हाम्रा छोराछोरी घरमा आफ्ना आमा र बालाई ड्याडी -ममी भन्छन्। अंग्रेजी माध्यमका स्कूलमा पढ्ने स-साना बालबालिकाले ड्याडी-ममी’ भनेपछि दड्ड पर्ने अभिभावकहरु पनि थुप्रै छन्। अंग्रेजीको यस्तो मोह नेपाल र हाम्रा छिमेकी भारत पाकिस्तान बंड्डलादेश श्रीलंकामा मात्र देखिन्छन्। ती अरु देश कुनै समय अंग्रेजहरुका अधीनमा भएकाले अंग्रेजी भाषा बोल्न मन पराउनु स्वाभाविकै हो। तर हाम्रो देश त अंग्रेजहरुको अधीनमा कहिल्यै रहेन तर अंग्रेजीप्रतिको यो मोह किन फ्रान्सेली चिनियाँ रसियालीहरु अंग्रेजी जानेर पनि आफ्नै भाषा बोल्न....
रुचाउँछन्।
अंग्रेजी बोल्नै हुँदैन भन्ने यस पंक्तिकारको भनाइचाहिँ पटक्कै होइन। अंग्रेजी अन्तर्राष्ट्रिय भाषा पनि भएकाले यो जान्नु जरुरी पनि छ। अंग्रेजीबाहेकका फ्रान्सेली स्पेनी चिनियाँ भाषा पनि सिक्न सके अझ उत्तम। भाषा जति बढी सिकिन्छ त्यसबाट त्यत्ति नै ज्ञान पनि बढ्छ। तर अंग्रेजी भाषा जानेको छु भनेर नेपाली भाषामा अंग्रेजी मिसाएर भाषालाई खिचडी बनाएर बोल्ने शैलीचाहिँ शायद नेपाल र भारतमै मात्र होला।
यो क्रम बढी मात्रामा साचारमाध्यमहरुमा र त्यो पनि खास गरी प्रसारण माध्यमहरुमा पाइन्छ। भारतीय टेलिभिजनमा हिन्दी र अंग्रेजी मिसाएर बोलिने हिङ्लिस भाषाले हाम्रा रेडियो र टेलिभिजनलाई पनि निकै आकर्षित गरेको छ। अहिले समाचारमा बाहेक अन्य कार्यक्रममा झन्डै ८० प्रतिशत अंग्रेजी र २० प्रतिशत मात्र नेपाली बोल्ने गरेको जो सुकैले रेडियो सुने र टेलिभिजन हेरे थाहा पाउन सक्छन्।
यो अंग्रेजी मोहकै कारण नेपालमा खुलेका दर्जनजति टेलिभिजनले आफ्नो टेलिभिजनको नाम नै अंग्रेजीमा न्वारान गरेका छन्। उदाहरणका लागि एबीसी, इमेज, नेशनल टेलिभिजन. न्युज-२४ एनटिभी २, नेपाल वान आदि। नेपालीहरुलाई लक्ष्य गरेर नेपाल सरकारको अनुमतिमा खोलिएका यी टेलिभिजनले नेपाली नाम जुराउन नसकेर त अवश्यै अंग्रेजी नाम राखेका होइनन् होला। यो पनि अंग्रेजी मोहकै कारण हुन सक्छ। अनुमति दिने सरकारले पनि नेपाली नाउँलाई मात्र मान्यता दिने गरे कसो होला नेपाल टेलिभिजनको स्थापना हुँदा २०४२ सालमा देशका विद्वान् तथा साहित्यकारहरुसँग टेलिभिजन’को नेपाली शब्दको सुझाव दिन आग्रह गरिएको थियो। त्यसबेला धेरै विद्वान्ले संस्कृतमा टेलिभिजनको अर्थ दूर-दर्शन हुन्छ त्यही राख्ने कि भन्ने सुझाव दिएका थिए। तर छिमेकी भारतले आफ्नो टेलिभिजनको नाउँ दूर-दर्शन राखी सकेको हुँदा हामीले त्यसैलाई दोहोर्याउन अथवा भनौं नक्कल गर्न चाहेनौं। टेलिभिजन भन्ने बित्तिकै दर्शकले बुझ्ने हुनाले रेडियो जस्तै टेलिभिजन अंग्रेजी शब्द नै राख्ने निर्णय भएको थियो। आज टेलिभिजन’ अंग्रेजी शब्द नेपाली शब्द नै भन्दा फरक पर्दैन होला। टेलिभिजनभन्दा नबुझ्ने शायदै कोही नेपाली होलान !
खास गरी एफएम रेडियो र टेलिभिजनले नेपाली भाषाको हुर्मत नै लिएका छन्। एबीसी भनेको पत्रकारिताको कखग हो। ए भनेको दुरुस्त वा सही कुरा (Balance) बी भनेको (Balance) र सी भनेको (Credibility) अर्थात् विश्वसनीयता। एबीसी नाम नराम्रो छैन हनुसक्छ यसको न्वारान गर्दा बीबीसीको सम्झना भएर पनि एबीसी राख्ने निर्णय भएको हुन सक्छ। तर यिनै अर्थ लाग्ने गरी एउटा आकर्षक नाम नेपाली मै राख्न सकेको भए नेपालीपन झल्कन सक्थ्यो कि त्यस्तै अंग्रेजीमै राखिएका टेलिभिजनका नाम पनि नेपालीमा राख्न सकेको भए राम्रो हुन्थ्यो। टाउको चाहिँ अंग्रेजी भयो तर शरीरचाहिँ नेपाली भयो नि ! भएन र
ल नाम त अंग्रेजीमा राखियो रे तर कार्यक्रमका शीर्षक पनि धेरैजसो अंग्रेजीमै राख्ने एउटा फेशन नै चलेको छ। शीर्षक हेर्यो अंग्रेजीमा कार्यक्रम प्रस्तुतिचाहिँ नेपालीमा ! यो कस्तो शैली हो कस्तो फेशन हो अंग्रेजी शीर्षक भएपछि सम्पूर्ण कार्यक्रम पनि अंग्रेजीमै प्रस्तुत गर्नुपर्ने हो यो खिचडी पकाउने काम किन
कान्तिपुर टेलिभिजनको फायर साइड एभेन्युजको अफ द बिट एबीसीको क्राइम बिग न्युज अपरेशन आदिआदि यस्ता धेरै उदाहरणहरु छन्।
शीर्षक हेर्दा लाग्छ यी अंग्रेजी कार्यक्रम हुन् तर सुन्दै जाँदा त नेपाली नै हुन्। त्यसैले नेपाली दर्शकलाई लक्षित गरिएका कार्यक्रमहरु शीर्षकदेखि सम्पूर्णरुपमा नेपाली भाषामै हुनुपर्छ भन्ने यस पंक्तिकारको आग्रह र सुझाव हो। किनभने रेडियो टेलिभिजन भनेको आमसाचारका माध्यम हुन्। रेडियो र टेलिभिजन समाजका सबै वर्गले सुन्छन्-हेर्छन्। लक्षित समूह नेपाली नै हुन्। अंग्रेजी जान्ने या खिचडी भाषा नेङ्लिस’ जान्नेले मात्र यी माध्यम हेर्दैनन्। अंग्रेजीको अ नजान्ने सामान्य मान्छेले पनि रेडियो सुन्छ र टेलिभिजन हेर्छ र यो उसको अधिकार पनि हो। तर खिचडी भाषा एउटा रिक्सावाल या ठेलागाडा चलाउनेले बुझ्न सक्तैन। उसले नबुझेपछि टेलिभिजनले गर्न खोजेको साचार कसरी पूर्ण हुन्छ खास गरी टेलिभिजन र रेडियोमा हुने अन्तर्वार्ता या संवादका कार्यक्रमहरुमा बोल्नेहरुले धेरै अंग्रेजी वाक्यमा बोल्ने गर्छन् जसलाई सामान्य मान्छेले बुझ्न सक्तैनन्। आखिर राजनीतिसित भन्नोस् देशका तमाम मुद्दामा हुने छलफलले ती सामान्य जनताको जीवनमा पनि सरोकार राख्छ नै। एउटा सामान्य मानिस पनि त्यसमा संलग्न हुन्छ।
सबैका विचार जान्ने उसको अधिकार र कर्तव्य पनि हो। यसरी नेपाली अंग्रेजी मिश्रित भाषाको प्रयोग अरु विकसित देशमा हुँदैन। त्यसैले अंग्रेजी जान्नेले अंग्रेजीकै दर्शकलाई लक्षित गरेर अंग्रेजी भाषामैं बोल्ने गरे र नेपाली जनतालाई लक्षित गरिएको कार्यक्रममा शुद्ध नेपाली भाषामैं कार्यक्रम प्रस्तुत गर्न सके ती कार्यक्रमको प्रभावकारिता अरु बढ्न सक्छ र आमदर्शकमा ती कार्यक्रम लोकपि्रय हुन सक्छन्। एभिन्युज’ को खबरभित्रको खबर कति आकर्षक र सुन्दर छ। यसलाई अंग्रेजीमा भन्ने हो भने कस्तो सुनिएला
अंग्रेजीको यो मोह अहिलेका प्रसारण माध्यममा मात्र होइन नेता कर्मचारी सबैमा पाइन्छ। चीनका राष्ट्रपतिले अंग्रेजी राम्ररी बोल्न सक्छन् तर कुनै अन्तर्राष्ट्रिय समारोहमा तिनले अंग्रेजी बोलेको सुनिएको छैन। उनी चिनियाँ भाषामैं बोल्छन् र दोभाषेले अरु भाषामा उनको भनाइ अनुवाद गरेर पुर्याइ दिन्छ। त्यस्तै रसियाका राष्ट्रपति विदेश मन्त्री या अन्य अधिकारी तथा फ्रान्स स्पेन आदि देशका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरुले पनि कुनै अन्तर्राष्ट्रिय समारोहमा नै किन नहोस् आफ्नै राष्ट्रिय भाषामा बोल्छन् बोल्न रुचाउँछन्। के उनीहरुले अंग्रेजी नजानेर त्यसो गरेका हुन् अवश्य होइनन्। ती अंग्रेजी मात्र होइन विभिन्न भाषाका ज्ञातासमेत हुन्छन्। अरु देशका नेतालाई आफ्नै देशको भाषामा बोल्न मन लाग्छ। उनीहरु अन्तर्राष्ट्रिय माचमा पनि आफ्नो भाषामा बोलेर आफ्नै भाषाको प्रचार गर्छन्। भारतकै नेताहरुले पनि संयुक्त राष्ट्रसंघमा हिन्दीमा बोलेका उदाहरणहरु छन्। यस्ता ठूल्ठूला अन्तर्राष्ट्रिय सभा-सम्मलेनमा बोलेका कुरालाई तत्कालै विभिन्न अरु भाषामा अनुवाद गर्ने चलन भएकाले बुझ्न कठिनाइ हुँदैन।
तर हाम्रा देशका नेताहरु भने अंग्रेजी नजाने पनि कनिकुथी अंग्रेजीमैं बोल्न रुचाउँछन्- चाहे शब्दको उच्चारण नमिलेकै किन नहोस् चाहे उनीहरुले बोलेका वाक्य कसैले नबुझेकै किन नहून्। नेपालीमा बोल्यो भने अरुका अगाडि सानो होइन्छ भन्ने हीनभावनाले वशिभूत यस्ता वक्ता दर्शकका सामु हास्यपात्र मात्र बन्छन्।
नेपालकै एक महिला स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो उहाँले जेनेभामा अंग्रेजी भाषणलाई त्यसका शब्दको उच्चारण नेपालीमा लेखेर बोलेको कुरा पनि प्रकाशमा आएको थियो। हाम्रा कैयौं मन्त्रीहरुले अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा अंग्रेजीमैं बोल्न खोज्दा कसरी उपहास भएको हामीले देखेका छौं। एक जना प्रधानमन्त्री हुनुहुन्थ्यो जसलाई राम्रो अंग्रेजी आउँदैनथ्यो। उहाँका अंग्रेजी उच्चारण हाँस उठ्ता थिए तर उहाँ प्रायः बाहिर जाँदा अंग्रेजीमैं बोल्नुहुन्थ्यो। उहाँ वातावरणलाई अंग्रेजीमा इनभारोनमेन्ट उच्चारण गर्दा प्रायः दर्शक हाँस्थे। एक पटक संयुक्त राष्ट्रसंघको महासभामा जाँदा राष्ट्रसंघका महासचिवलाई शिष्टाचार भेट गर्ने चलनअनुसार उहाँले भेट्नुभयो। यस्तो भेटपछि राष्ट्रसंघकै भवनमा एउटा प्रेस-कोठा -छ जहाँ तत्कालै राष्ट्रसंघकै प्रेस हेर्ने अधिकारीले प्रेस सम्मेलन’को व्यवस्था गरिदिन्छन्। त्यहाँ हाम्रा प्रधानमन्त्री जानुभयो। उहाँका साथ राष्ट्रसंघस्थित नेपाली राजदूत पनि थिए जो अंग्रेजीमा पारंगत थिए। प्रधानमन्त्रीले नेपालीमा बोलेर राजदूतले अंग्रेजीमा अनुवाद गरिदिएको भए प्रधानमन्त्रीलाई पनि आफूले भन्न खोजेको कुरा स्पष्ट गर्न सजिलो हुन्थ्यो र प्रेसका मानिसलाई पनि बुझ्न सजिलो हुन्थ्यो। तर त्यहाँ प्रधानमन्त्रीले बोलेको अंग्रेजी भाषा नबुझेर पत्रकारले दुई प्रश्न गरेपछि धन्यवाद प्रधानमन्त्री भनेर हिँडेको देखेर हामी थक्कथक्क भएका थियौं।
एक पत्रकारले प्रधानमन्त्रीलाई नेपालमा मानवअधिकारका बारेमा प्रश्न गरेका थिए तर प्रधानमन्त्रीले अंग्रेजीमै मानवअधिकार दाल भात डुकु -भनी दिनुभयो। ती विदेशी पत्रकारले दाल भात डुकु -बुझ्दै बुझेनन् र वाल्ल परेर हेरी रहे। यस्ता घटना थुप्रै छन्। केही महिनाअघि यिनै प्रधानमन्त्रीले भियनामा मानवअधिकारसम्बन्धी विश्व सम्मेलनमा नेपालले मानव अधिकार आयोग गठन गर्ने सहमति जनाएका थिए। यिनले त्यही कुरा राम्ररी व्याख्या गरेको भए भोलिपल्ट न्युयोर्क टाइम्सजस्ता अखवारमा शीर्ष समाचार आउन सक्थ्यो तर त्यो सौभाग्य भएन अंग्रेजी मोहकै कारणले।
अंग्रेजी मोह हाम्रो देशको सबै क्षेत्रमा छ। तपाईं बजार घुम्नोस् हरेक रेष्टुराँ होटल पसलहरु नेपालीमा अंग्रेजी शब्द लेखिएका हुन्छन्। उदाहरणका लागि राम्रो भोजन एन्ड खाजा घर। यहाँ भोजन र खाजा नेपाली छ र एन्ड कहाँबाट आयो अंग्रेजी एन्डको साटो तथा लेख्न मिल्दैन यस्ता कैयौं उदाहरण छन्। शहरमा राखिएका यस्ता नामका पाटी हेर्दा भाषाको ढाडै भाँच्चिएजस्तो लाग्छ।
काठमाडौंका स्कूल कलेजकै नाम लिउँ न ! पहिलेपहिलेका जुद्धोदय पद्मोदय दरवार स्कूल भानुभक्त स्कूल अचेल लिटिल एन्जेल्स क्याम्ब्रिज हावार्ड ह्वाइट हाउस गोल्डेन गेट एस त्रिनिटी एपेक्स द नोबेल एकेडेमी डन-बस्को अक्सफोर्ड आदिआदि भएका छन्। नेपालीले अध्ययन गर्ने स्कूल- कलेजको नाम नेपालीमा राख्न सकिँदैन अंग्रेजीमै राख्नुपर्ने यो अर्को अंग्रेजी मोह हो।
नेपाली भाषा एउटा समृद्ध भाषा हो। यो भाषामा जति सरल र सहज रुपमा अभिव्यक्त गर्न सक्ने क्षमता अरु भाषामा शायदै होला। सबैले अंग्रेजी मिसाउँदै लाने हो भने एक दिन हाम्रो भाषाको रुप कस्तो होला कति विकृत होला अहिले सम्झदै आङ् सिरिड्ड हुन्छ। यस्मा सोच्ने कसले प्रज्ञा प्रतिष्ठानले हाम्रा विश्वविद्यालयले सरकार भनौं भने सरकारै छैन र भए पनि शिक्षा मन्त्रालयको कानै छैन।
हार्दिक समबेदना
हाम्रा आदर्णीय दाजु गोरखा एक्स्प्रेस साप्ताहिकका प्रधान सम्पादक श्री राजन कार्की ज्यु कि मामातामयी माता जमुनाकार्की ( १९८३ -२०६७ ) को निधनको खबरले हामीलाई अत्यन्त मर्माहित बनएको छ । यस दु:खद घडीमा हामी स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक शान्ताप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।
- राम प्रसाद खनाल - अध्यक्ष्य, अन्तरराष्ट्रिय कलाकार मँच परिवार
- राम प्रसाद खनाल - अध्यक्ष्य, अन्तरराष्ट्रिय कलाकार मँच परिवार
एबम नेपाल मदर डट कम् परिवार
- अनिल पाण्डे - अध्यक्ष्य, मदर्ल्यान्ड नेपाल परिवार
- शेखर ढुङेल - सम्पादक, नेपाल टूडे
- अनिल पाण्डे - अध्यक्ष्य, मदर्ल्यान्ड नेपाल परिवार
- शेखर ढुङेल - सम्पादक, नेपाल टूडे
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक