आखिर कला के हो त ? - आनन्दप्रसाद शर्मा
वोल्ने शैली कला हो छल चटक कला अट्ट हांसो कला हो ।
आँखाको चाल दृष्टि वदन शरीरको हाउभाउ कला हो ।।
साहित्य संगीत नृत्य गीत अभिनय कुस्ती क्रीडा कला हुन् ।
सारा यी जीव जन्तु प्रकृति धरतीका सृष्टिका यी कला हुन् ।।
।।१।।
वैराग्य प्रेमराग करुणरस दिई रुवाई दिन्छन् कलाले ।
हा हा उन्मत्त हाँसो प्रणयसुख मीठो भाव दिन्छन् कलाले ।।
आसुरी क्रोध रीस अदभूत वीरता जोस दिन्छन् कलाले ।
उब्जाउछन् तुरुन्तै नवरस मनमा जादु गर्छन् कलाले ।।
।।२।।
राम्रा यी कर्म जस्तै शुभ-सफल, कला खूल्छ त्यो प्रेरणामा ।
हो जन्मैसिद्ध केही गुण हुनत कला, फूल्छ त्यो साधनामा ।।
नित्य त्यो अभ्यासबाटै विकसित हुँदै पुग्छ उत्कृष्टतामा ।
सर्वोत्तम् मध्य उत्तम् सीमित अधिक कला हुन्छ केही सबैमा ।।
।।३।।.........
खानाका स्वाद जस्तै फरकरस मीठा स्वाद हुन्छन् कलाका ।
इच्छा सम्बन्ध राखी मन वचन मिले बन्छ सम्बन्ध गाढा ।।
मायाको जालमा झै परी मिलनको दिब्य हाली अगालो ।
पेशाको रुपमा क्वै वरणगरी बसे छानी प्यारो विधा त्योे ।।
।।४।।
लेख्छन् कीर्ति सुनौला अक्षरहरुले मान सम्मान दिन्छन् ।
उत्तम् आदर्श योग्य प्रियतम कला ज्ञान दर्शन बनिन्छन् ।।
हिड्ने छन् लोक खोज्दै पथ पछिपछि यै मिल्छ ऐश्वर्य लाभ ।
बांड्दा बढ्दै चुलिदै क्षितिज गगनमा पुग्छ, फैलिन्छ दूर ।।
।।५।। आर्लिड०टन, भर्जिनीया
- आनन्दप्रसाद शर्मा नेपाली राजदुताबास अमेरिकाका प्रथम सचिब पनि हुनुहुन्छ ।
त्यसै ले यो जिन्दगी जसरी नि बाँच्नु पर्छ

लेखिका ;सुमित्रा पौडेल चितवन हाल इजरायल
मेरो जिन्दगीमा तिमी भए फुली दिन्थे फुल सरी
नओइलाउने कहिलै पनि रस भर्थे जीबन भरी
हृदयको ढुक ढुकीलाई चिनाइ दिएउ माया दीई
सागरको चोखो पानी सङलो भए झै गरी
परेलीलाइ भिजाउने आसु सुक्यो सधैं भरी
बास्नादार गुलाफ झै याद आई रहेछ वरी परी
मेरो जिन्दगीमा तिमी भए .............
सुम्सुम्यौदै तिम्रा नयन भरी दिन्थे मिठासले
उराठ र उदास पनले छ।उने थिएन कहियै पनि
सुभाश छर्दै उदाउथे सुर्य किरण छाया पारी
बोली रहेछन तिम्रा आँखा यो भाबना बुझ्ने गरी
मेरो जिन्दगीमा तिमी भए .............
ओठमा छर्दै तिम्रो मुस्कान नबनाइदेउ पागल सरी
छ।हारी झै दियौ माया मन्का पिर ताप हट्ने गरी
लागे पनि ठेस कतै नबिर्सिदेउ त्यो जिबनमा
दुखी बनाई ह्र्दयलाई आउने छैन काडा बनी
मेरो जिन्दगीमा तिमी भए .............
कहिलै पनि नमेटिने छ।प बनाइ राखिदिन्थे
मिठो चोखो माया सगै पिडाहरु बिर्साइदिन्थे
मेरो जिन्दगीमा तिमी भए फुली दिन्थे फुल सरी
नओईलाउने कहिलै पनि रस भर्थे जीबन भरी ............
प्रिय मित्रहरु यो काल्पनीक गीत हो कुनै कुरामा त्रुटी हुण गएमा छ्यमा चाहन्छु ।
2010/7/9

- Durga Prasad Achareya
तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ
चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ
ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ
जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ
फुल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ
खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ
महँगो छ जिन्दगी जोगाएर साँच्नु पर्छ
त्यसै ले यो जिन्दगी जसरी नि बाँच्नु पर्छ
भैंसीको कुरा (ब्यङ्गेबन्ध)
-Prem oliभैंसी ब्याउला ,बेखुती खाउला । दुध दहिबाट बन्ने सबै चिज बनाउला। बेचेर दुई चार दाम पनि कमाउला।उस्तै परे छोरालाई डाक्टर ,छोरीलाई मास्टर पनि यै,भैंसीले बनाउला भनी दुइ बर्ष पहिले एक जना गन्ने मान्ने सबैले जान्ने साउको घरबाट ठुलै कसरत गरेर ,बाले राख्न दिएको नासो फिर्ता लीए जस्तै गरी खनखनी दाम गनेर ल्याएको थिए।यसै ऋन उसै ऋन बुढी भैंसी किन भने झै ,भैसी हेरचाह गर्ने भनी दुब्ले,पात्ले,सुखुट्टे देखी लुडे भुडे भगभगे सम्म राखियो। कोही काम चोर,कोही दाम चोर,कोही नाम चोर,कोही हराम खोर भेटिए। भैंसी नै बेचेर खाइदेलान भन्ने पिरले मागेर ल्याएको दुधको खिर पनि मिठो लागेन। एक दिन एउटा खाइलाग्दो ,आइलाग्दो,जाइलाग्दो बल्ले बाङ्गो भुसतिघ्रे आफ्नै भाईलाग्दो जस्तो, पाइलाग्दो गरी भैंसी गोठालो बन्न आयो।जे कुरोमा पनि बल नै लाउन खोज्ने बल बहादुर कुरा सुन्दा मिठा लाग्ने भएकाले लौत भनिदिए। आफ्नै अगाडि भैंसी बाली लागे पनि बजिया थारो नब्याउदा रिस ताप्केको पानी जस्तै उम्लेर पोखिदा ,दुई चार चिर्पट भैंसी माथि ठोकिदा र गोठालोलाई मुख भरी तथा नामले खोकिदा दुई चार दिन दुबैले मुखमा माड हालेनन।
कतै तिघ्रेले रास्ट्रपतीको नक्कल गरेर भैंसी माथि सवार गर्दा भैंसी तुहिने त गरेन।एक्लो हुँदा यै कुराले बढी गम खाएको छ,बरु रक्सी,चुरट ,खैनीले शरीर कम खाएको छ। यो गोठालो कम्ती मापाको रहेनछ ब!आफ्नै बारीको घास खुवाछु। हल्का फुल्का खुइलिएको भैंसी पालन पोशन गरेर नयाँ नेपाल जस्तै चिल्लो पिरो पारेर टिलिक्क बनाइ दिन्छु भनेर सफथ नै खाएको लल्ठुरामले भैंसीलाई ख्याउटे,लेखौटे,जुम्रे ,झुम्रे पारी झन्नै सुकुटी बनाएर झ्याम्कुटी पार्ला जस्तो गर्यो।पाटे अल्छि हो कि बाठे गल्छी हो आफ्नै बारीमा घास हुदा हुँदै छेमिकिको बारी बाटबाट आयात गर्ने बजियाको नियतमा नै शङ्का लागेर मनको ड्ङ्का बज्यो।न बल लाग्ने, न मल लाग्ने घासले भैंसीको ज्यान जिर्न परेर गोठालोको तलब तिर्न गार्हो पर्ला जस्तो भईसक्यो।हुँदा हुँदा कहिले घुर्की लगाएर ,कहिले भैंसीलाई सुर्की लगाएर ,चाहे पाल ,चाहे फाल ,तिम्रो भैंसीलाई तिमी नै घास हाल ,भन्न थालेकोछ। म पनि के हुने,काले गोरे आउछ,खुट्टा भए जुत्ता पाउछ। सास रहे सम्म् आस हुन्छ भने झै अर्को गोठालो आयो भने भैंसी अबश्य ब्याउछ।अन्तमा जन्तमा भेट भएको साईनो भए पनि बिखुती लागि निम्तो गर्दछु। जय काउकुती।
मुटु भरी माया बोकी निस्टुरीझै बाच्नु पर्यो !!!
- बिनोद भंडारी
बिछोडको पीड़ाबोकी बध्येताले हास्नु पर्यो !
मुटु भरी मायाबोकी निस्टुरीझै बाच्नु पर्यो !!
कती कस्ट, कती पीड़ा तिम्रो आगन टाढा हुदा
मुटु भित्र गाठो पर्छ निश्चल माया गाढ़ा हुदा !
नत पोख्न सक्छु मैले बेद्नाका पोकाहरू
नत खोल्न सक्छु मैले समस्याका ढोकाहरु !
संगै बाच्ने जीबन भरी बाचा मैले खाको थिए
आगन साछी राखी कन तिम्लाई अघि लाको थिए !
तर आज उल्टो भयो मेरै भाग्य हरियेर
एक्लै-एक्लै बाच्नु पर्यो परदेसमा छरियेर !
पर्खिबसे अटल बनी आउछुमनी उदायेर
हासीखेली बसूला है नजर-नजर जुदायेर !
माया पिरती टाढाबाट भयेपनी गास्नु पर्यो !
बिछोडको पीड़ा बोकी बध्येताले हास्नु पर्यो !!
मुटु भरी माया बोकी निस्टुरीझै बाच्नु पर्यो !!!
- हूँगा गुल्मी , हाल: सिंगापुर
सुन्दर ठाउको सुन्दर व्याख्या कसो गरी गरु मैले ।
ReplyDeleteजस्तो छोयो यो भाबले भरु भरु लाग्यो अहिले ।।
धन्यबाद नेपाल मदर डट कम ग्रुप ।
नेपाल र नेपालीका तितो सत्य यथार्थहरुलाई यस अन्लाईन माध्यमबाट संसारमा छरिएर रहेका नेपालीहरुको बिचमा पुर्याउने हजुरहरुको यस कार्य प्रती आभर ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना ।
सुमित्रा पौडेल ;भरतपुर चितवन
हाल ;इजरायल
poudelsumitra@gmail.com