- सकुल कोइराला, मनासस, अमेरिका
दुई पटकसम्मको प्रयासमा नयाँ प्रधानमन्त्री निर्वाचित हुन नसकेपछि साउन १७ गते तेस्रो पटक प्रधानमन्त्री निर्वाचनको मिति तय गरिएको छ। शुक्रबार बसेको संसदको कार्यव्यवस्था समितिको बैठकले तेस्रो निर्वाचन १७ गते दिउसो ४ बजे गर्ने निर्णय गरेको छ। एमाले र मधेसवादी दलहरु बहुमतीय प्रणालीको मतदानमा भाग नलिएपछि दोस्रो चरणको निर्वाचनमा दुवै उम्मेदवारले समर्थन पाउन सकेनन्। १७ गतेको निर्वाचनमा पनि मधेसवादी दल र एमाले नै निर्णायक भूमिकामा रहनेछन्।नेपाली राजनिती फेरी एकपटक नराम्रोसँग गाँजिन पुगेको छ । बाह्र बुँदे समझदारी देखि सहमतिको राजनिती सुरु गरेका दलहरु संविधान सभाको निर्वाचनसम्म त साथ साथ हिँड्न सफल भएका थिए तर जब निर्वाचन सकियो त्यस पछि समझदारी पनि शिथिल बन्दै गयो । गिरिजाप्रसाद कोइरालाको मृत्यु पश्चात त झन् दलहरु ठीक बिपरित धु्र्रबमा उभिन पुगेका छन् । शान्ती सम्झौता देखि हालसम्म क-कस्ले के कति जिम्मेवारीहरु पुरा गरे अनि क-कस्ले के कति गल्ती गरे भन्ने कुरा सबै नेपालीकासामु र्छलङ्गै छ तथापी हाम्रा सामु बिकल्प भनेका तिनै दलहरु हुन् जो वर्तमान जटिल संक्र्रमण अवस्थामा आ-आफ्नै डम्फु बजाउन व्यस्त छन् । मुखले सबै राजनितिक सहमतिको कुरा अनि कामले व्यक्तिगत स्वार्थ र पदलोलुपता यहाँ, भन्दा बढि....राजनितिक दर्रि्रता अन्त कतै देख्न पाइएला !
हरेक दलहरु नयाँ संविधानको एकोहोरो नारा लगाउँछन् तर संविधान बनाउने कहिले र कसरी - दर्ुइ बर्षो कार्यकालको संविधान शभाको म्याद एक बर्षथपिँदा संविधान बने भन्दा ठूलो हर्ुमत गरेका ठान्ने हाम्रा नेताहरु अहिले संविधान बनाउने कामलाई चटक्कै विर्सर्ेेसरकार बनाउने खेलमा होमिएका होमियै छन् । नयाँ सरकार बनाउनै तीन महिना लाग्ने हाम्र्रो मुलुकमा राष्ट्रिय सहमति सहितको राज्य पर्ुनसंरचना, मधेसवादी दलहरुका मागको सम्बोधन, माओबादी सेना तथा हतियार व्यवस्थापन जस्ता जटील विषयवस्तुलाई पार लगाउँदै नयाँ संविधानको र्सवसम्मत खाका कोर्ने काम आफैंमा कति सहज छ - अनुमान लगाउन सकिन्छ ।
अब के हुन्छ - देशले कसरी निकास पाउँछ - आम स्वदेस तथा विदेशमा रहेका नेपालीहरुको चिन्ता र चासोको विषय बनेको वर्तमान समयको ख्याल नगरी यसलाई पहिले जस्तै अन्तिम समयसम्म घँचेट्दै लैजाने हो भने अन्तिम समयमा कसैले पछाडिबाट धकेल्दियो भने मुलुक कता जाला - अनि को आउँछ यो देशलाई बचाउन - अनि त्यतिखेर को काँग्रेस, को माओबादी, को एमाले, को मधेसी - यी सबैलाई एकसुत्रमा बाँध्ने काम त आखिर नेपाल राष्ट्रले गरेको हो ।
तिक्तताको कुरा जति गरे पनि त्यसले निकास भन्ने पक्कै दिँदैन, निकास त सहमतिको बाटोबाट मात्रै निक्लन्छ अनि कसैको त्याग कसैको र्समर्पण बाट । नेपाल आमाको त्यो मलिन मुहार जस्ले चिच्याई चिच्याई आफ्ना सन्तानहरुसँग आफ्नो प्राण रक्षाको भिख मागिरहेकि छन्, उन्को मुहारमा फेरी एकपटक चमक ल्याउन पनि सहमति जरुरी छ । सहमतिको कुरा जति गर्न सजिलो छ बास्तमा आम सहमति त्यति सहज विषय त होइन तर पति हामीले हिलो बिचको कमलको फूल टिप्नै पर्छ । अनि काँडा बीचको गुलाफ !
विगत लगभग एक महिना देखि देश काम चलाउ सरकारको भरमा छ, यस बीचमा गरिएका राजनितीक सहमतिका प्रयासहरुले मर्ुतरुप लिन सकिरहेको छैन प्रधानमन्त्रिको निर्वाचनमा दोस्रो पल्ट पनि कसैले जीत हाँसिल गर्न सकेन किन - यो मुलुकमा बाहृय हस्तक्षेप र कुनै सुक्ष्म राननितिक शक्ति केन्द्रको इशारा बाहेक अर्को केही हुन सक्दैन । हो राजनितिक अडान आनो ठाउँमा होला, तर देशलाई खाल्डोमा हाल्ने अडान के कति सही हुन्छ - अब एक अवस्थामा प्रधानमन्त्रीको निर्वाचन पुगिसके पछि यस्लाई सकेसम्म चाँडो सम्पन्न गरी अब बन्ने सरकारले राष्ट्रिय सहमतिको लागि प्रयास गर्नु सुलभ र चाँडो हुने माध्यम हो ।
आखिर मुलुक त हाँक्नै पर्यो, प्रधानमन्त्रि त चाहियो, प्रधानमन्त्री काले बनोस् या गोरे त्यसले नेपाली जनतामा खासै फरक पार्दैन,तर मुख्य कुरा शान्ती र संविधानको हो त्यसको निर्माण तथा कार्यान्वयनमा लाग्नु नै अहिलेको मुख्य कार्यादेश हो ।
राष्ट्रिय सहमतिको मुख्य चुरो वर्तमान समयमा माओबादी सेना समायोजन देखिएको भएता पनि पछि समग्र मधेस एक प्रदेशको नारा सबैभन्दा खतरनाक विषय हुनसक्छ, त्यसैगरी विभिन्न जाती समूहका नामामा चलाइएका स-साना भूमिगत समुहहरुले पनि कालान्तरमा ठूलै रुप लिन सक्दछन् । यर्सथ राष्ट्रिय सहमति कायम गर्दा यी सबै विषयवस्तुहरुलाई समेट्नु जरुरी छ । कस्ले कति पाउने कस्ले कति गुमाउने भन्दा पनि नेपालले के पाउँछ र के गुमाउँछ भनेर सोच्ने हो भने नेपाली बीचमा सहमति ल्याउन खासै गाह्रो नहोला ।
को कति सही र को कति गलत भन्ने यथार्थतालाई पछि खोतल्न सकिएला राम्रा नराम्रा पात्रको इतिहाँसले पनि हिसाव किताप राख्ला , तर वर्तमान वर्तमान नै हो हामी यहाँ चुक्यौं भने नेपाल राष्ट्रका साथै हाम्रो राष्ट्रियता समेत गुम्न बेर लाग्दैन । रानतितिक गाँठो फुकेर मुलुक पुनः हिंसा रहितको सहमतिको बाटोमा हिंडोस् यही शुभेछा ।
" मोरललेस नेतृत्व र सामाजिक पीड़ा "
- By Shakhar Dhungel
नेतृत्व मा हुनु पर्ने आचरण , ब्यबहार , ब्यक्तित्व , निर्णायक क्षमता , अनुसासन मध्य मोरल एउटा महत्व पूर्ण गुण हो. ' मोरल लेस ' ब्यक्तित्व मा अरु कुनै गुण को पनि अस्तित्व रहन्न .एक समाजशास्त्री क़ा अनुसार " मोरल लेस ' ब्यक्तित्व त्यस्तो एउटा गन्हाउने लास सरह हो जो सामाजिक प्राणी को कारण ले अस्तित्व मा त रहन्छ तर उसले समाजको प्रत् यक ब्यक्ति , निति र सिदांत लाइ नै दुर्घंदित बनाई रहेको हुन्छ खिल्ली उड़ाई रहेको हुन्छ .
हाम्रो देश को राजनीति होस व़ा समाज सेवा को नेतृत्व मा त्यस्तै ' मोराल लेस' ब्यक्तित्व हरु को हाली मुहाली ले गर्दा राजनैतिक निति सिदांत एबम समाज को नेत्रित्व स्तर मा स्खलन आई रहेको छ .समाज ले खोजेको अनुभबी बिद्वान हरु छाया मा परेका छन या लो प्रोफाइल मा बसेका छन या निरास भै कुना पसेका छन . देश र समाज को हरेक क्षेत्र मा मोरल लेस राजनीतिज्ञ हरु को प्रभाब परेको छ र साहित्य कला , समाज सेवा क्षेत्र समेत प्रगाडित हुन पुगेको छ .
' मोरल लेस ' ब्यक्तित्व हरु मा कुनै दूरदर्शिता हुन्न अगाड़ी को स्वार्थ परिपूर्ति बाहेक . हिजो एउटा समूह को तानाशाही थियो मोरल भएको आज तिन दल को तानाशाही चलेको छ ' मोरल लेस ' को. अनि देश मा अराजकता , दंडहीनता , अनैकिताता , अपराध र गतिहीन राजनीति को चरमोक्रिस्ट अबस्था देखिएको छ . अहिले भै राखेको प्रधान मंत्री को निर्बाचन जस्तो हदै सम्म को निर्क्रिस्ट राजनीति होला भन्ने जनता ले कल्पना समेत गरेका थिएनन . क़ानूनी र नैतिक रुपमा यो संबिधान सभा को बैधानिकता अनि औचित्यता समाप्त भैसक्यो तैपनी निस्बस्त्र भएर ' मोरल लेस ब्यक्तित्व हरु गन्हाउने लॉस झै अर्थ हिन् हासो को दात देखाई रहेका छन . पद लोलुपता मा लिर्लज्ज भै दौड़ी राखेका छन . देस का सासद जस्लाई law Maker भनिन्छ उनी हरुकै ' बिबेक र अधिकार ' बंचित हुनु जस्तो लज्जास्पद राजनीति को अर्को रुप के पो होला र ?त्यसैले मोरल लेस ब्यक्तित्व लाइ गन्हाउने लास भनिए झै ति सासद हरुको अस्तित्व त छ तिनको अबिबेकी र बंधक युक्त मानसिकता को खेल ले देश को राजनीति लाइ दिगभ्रमित र गंधपुर बनाएको छ . बिबेक र नैतिकता मा स्खलन आउनु को साथै गैरह राजनैतिक ब्यबहार देखाएको छ. गणतंत्र र नागरिक सर्बोच्चाताको खिल्ली उडाएको छ . यहाँ सम्म की देश को राजनीतिको साचो बिदेशी को हात मा सुम्पिएको छ . जनता र देस प्रति को उत्तरदायित्व न बुझने यस्ता सासद हरुले अन्य देस मा भए दंड भोग्नु पर्ने हुन्थ्यो . बिधि को शासन को बी समेत को झलको न देखाउने मोरल लेस नेतृत्व देश को लागी नै टाउको दुखाई बनेका छन .
यो शताब्दी लाइ नजिक बाट भोगेका हाम्रा नेता हरु लाइ अमेरिका बाट सिक मोरल को राजनीति भन्नु पनि मुर्ख्याई नै होला तापनी सम्झना दिलाउने ध्रिस्टता गर्नु परेको छ अमेरिका व़ा बिधि को शासन भएको देश मा एक पटक जनता ले अस्वीकृत गरी दिए पछि सधै को लागी त्यों पद को नाम बाट टाढा पुगिन्छ . नेपाल मा जती पटक जनता ले तिरस्कार किन न गरून घरी घरी सत्ता मा जाने खेल खेली रहन्छन . आफ्नो बयान आफै गर्छन . अरु लाइ होच्याउन कुनै कसर बाकी राख्दैनन . यस्तै मोरल लेस राजनीति को प्रतिफल देस ले भोगी राखेको छ . त्यस्तै मोरल लेस राजनीति बाट प्रभाबित भएरै होलान व़ा स्वबुद्धि ले नै होलान यहाँ बिदेश मा पनि त्यस्तै मोरल लेस ब्यक्तित्व हरुले आप्रबासी नेपाली हरु लाइ नेतृत्व दिन अगाड़ी बढेका देखिन्छ्न र फलस्वरूप बिबिध बिबाद र अस्वस् थ खेल हरुले प्रसय पाई राखेको देखिन्छ . अमेरिका को प्रसंग जोड्नु पर्दा १९९२ मा पहिलो चोटि यो देस मा कदम राख्दा UNO को लागी तत्कालीन नेपाली स्थायी प्रतिनिधि जय राज आचार्य जी को कार्य कक्ष मा एक जना नेपाली बिद्वान सित भेट भएको थियो ( वहा ले दिनु भएको कार्ड पनि हरायो नाम पनि बिर्से)वहा सित आधा दर्जन भन्दा बढ़ी PHD स्तर का शैक्षिक उपाधि थिए . डीसी बाट अमेरिकी सरकार को प्रतिनिधित्व गर्दै एउटा अंत रास्ट्रीय चिकित्सक भेला मा आउनु भएको रहेछ . संभबत वहा अमेरिका क्यान्सर रिसर्च सेंटर मा उच्च तह मा काम गर्नु हुन्छ . यो प्रसंग किन कोट्याइएको भने अमेरिका मा वहा जस्ता र अरु हज्जारौ प्राध्यापक , चिकित्सक , बैज्ञानिक , ब्यापारिक क्षेत्र मा काम गर्ने प्रतिष्ठित नेपाली हरु हुनु हुन्छ वहा हरु को नेतृत्व पायो भने आप्रबासी नेपाली सस्था हरुले अनुकरणीय काम गर्ने हौसला पाउने थिए त्यों किन सम्ब्हब भै राखेको छैन ? वहा हरु लाइ इच्छा न भएर हो व़ा फुर्सद न भएर हो व़ा मोरल लेस ब्यक्तित्व हरुको हालिमुहाली देखेर लो प्रोफाईल मै बस्न उचित देख्नु भएको हो ?
देश मा जसरी अनुभबी पुर्ब प्रशासक , योजनाबिद , कानून बीद हरु पाखा लागेका व़ा लगाइएका व़ा छन त्यसतई बिदेश मा पनि स्तरीय प्रतिष्ठित ब्यक्तित्व हरु छाया मा परेका र मोरल लेस ब्यक्तित्व हरु को हालिमुहाली चलेको देखिन्छ र नेपाल को प्रब्रिती ले यहाँ पनि प्रसय पाउनु दुःख को बिषय हो .
सहको मती फुस्किए पछी ...मेरो देशलाई
- Prem OLiसहको मती फुस्किए पछी
बहुको मती खुस्किए पछी
मेरो देसलाई
टिल्ल ट्वाट तानेर
इजार हराएको
सुरुवाल सिमल्दै
बानेश्वरमा भेटे।
मिलापले बिलाप
सहकार्यले लाप्पा
बिमतिले ढ्याप्पा गर्दै
तछाड र मछाडमा
कसैले नछाडमा
मेरो देशलाई
छरिएको कछाडमा अडकिएर
सिहदार हल्लिएको देखे।
शान्ती सुस्ताए पछी
घाम अस्ताए पछी
खुशी बिस्ताए पछी
मेरो देसलाई
धरहरा जस्तै
वाल्लिएर
टवाल्लिएर
त्वाल्लिएर
रत्नपार्कमा बरालिँदै देखे।
मेलमिलापको मेलोमा
हलो अटकाउदै
शान्तिको खेलोमा
बारुद पटकाउदै
अज्ञात नाममा
मान्छेलाई लटकाउदै
कतै सहिस्नुता भट्काउदै
मेरो देशलाई
कहिले मेची
कहिले काली हरालिदै देखे।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक