-देवप्रकाश त्रिपाठी
जंगबहादुर राणा र प्रचण्ड एकै काँटी र कोटीका होइनन्, तथापि कतिपय कारणवश प्रचण्ड जंगबहादुरसँग दाँजिने हैसियतमा पुगेका छन् । यसरी प्रचण्डलाई जंगबहादुरसँग तुलना गरिँदा नौलो जनवाद प्राप्ति यात्राका यात्रीहरूलाई चोट पुग्न सक्छ, र जंगबहादुरका हिमायती एवम् समर्थकहरूलाई पनि यस कुराले दुःखी तुल्याउन सक्छ । इतिहासका यी दुई पात्र तुलना गर्न लायक यसकारणले मान्न सकिन्छ कि दुवैले सत्ता पाउन हिंसाको सहारा लिएका हुन् र दुवै व्यक्ति इतिहासका सबैभन्दा आलोचित, विवादास्पद र खास समूह विशेषका प्रियपात्र हुन् । जंगबहादुरले सत्ता प्राप्तिका निम्ति रचना गरेको हिंसात्मक ब्युहमा करिब दुई दर्जन मानिस मारिएको प्रमाण भेटिन्छ, जब कि प्रचण्डले जनयुद्धका नाममा चलाएको हिंसात्मक युद्धमा करिब पन्ध्र हजार नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूको सङ्ख्याका .....आधारमा भन्ने हो भने जंगबहादुरभन्दा प्रचण्ड धेरै अगाडि छन् । तर, हिंसाको ‘गुणात्मक’ पक्षमाथि दृष्टिगोचर गर्दा जंगबहादुरद्वारा मारिएका मानिस सबै शक्तिशाली र केन्द्रीय सत्तामा पहुँच भएकाहरू छन्, प्रचण्डको अगुवाइमा भएको हिंसात्मक सङ्घर्षमा मारिएकाहरू सबैजसो राज्यसत्तामा पहुँचबिनाका सर्वसाधारण नागरिक छन् । प्रचण्डले जनताका नाममा युद्ध रचे अर्थात् जनयुद्ध रचे, मारिए पनि सबै जनता मात्र । जंगबहादुरले सत्ता प्राप्तिको सीधा गन्तव्य बनाए र मारिए पनि सत्तासीन या सत्ता आसपासका मानिस मात्र । योभन्दा पनि अर्को महत्वपूर्ण अन्तर के हो भने जंगबहादुरको समयमा प्रजातन्त्र या प्रजातान्त्रिक राज्य पद्धति स्थापित थिएन । सत्तामा पुग्न र टिक्न भीमसेन थापाले हिंसा र छलकपटको सहारा लिएका थिए भने थापा शासनको तीन दशकपछि जंगबहादुरको उदय पनि सोहीबमोजिम हुन पुग्यो । त्यसबेला निर्वाचन या प्रजातान्त्रिक विधिसम्मत ढङ्गले सत्तामा जान सकिने व्यवस्था हुन्थ्यो भने सायद जंगबहादुरले निर्वाचनको विकल्प खोज्दैनथे कि भन्न सकिन्छ । उनमा रहेको विशिष्ट प्रतिभा र साहसका आधारमा भन्नुपर्दा जंगबहादुर आफ्नो युगका विशेष मानिस थिए र त्यसबेला प्रजातान्त्रिक प्रणाली भएको भए जनताको मन जितेरै उनले सत्ताको ढोका खोल्ने सफलता प्राप्त गर्ने थिए भन्न पर्याप्त आधार देखिन्छन् । तर, प्रचण्डलाई सत्ता प्राप्त गर्न सहज, सरल र विधिसम्मत मार्ग उपलब्ध थियो । अत्याधुनिक र सभ्य मानिएको यस युगमा सर्वत्र हिंसा त्याज्य छ र निजी या सार्वजनिक, राजनीतिक या अराजनीतिक गन्तव्य प्राप्तिको निम्ति विधिसम्मत एवम् सरल र सहज विकल्प उपलब्ध छ । यसरी शान्तिपूर्ण र विधिसम्मत ढङ्गले सत्ता प्राप्त गर्ने विकल्प सशक्त हुँदाहुँदै प्रचण्डले हिंसाको बाटो रोजे, तर जंगबहादुरसँग अरू कुनै विकल्प नभएर मात्र ‘हिंसा’को सहारा लिएको देखिन्छ । यस आधारमा दुई व्यक्तिको तुलना गर्दा कोचाहिँ बढी क्रूर, अविवेकी, लहडी, गैरजिम्मेवार र अन्धा महत्वकाङ्क्षी हुन् भनी सजिलै फरक छुट्याउन सकिन्छ ।
जंगबहादुरले द्वैध सत्ताको अभ्यास कहिल्यै गरेनन्, बरु उनले दरबार तथा भाइभारदार र अन्य सत्तासीनहरूका बीचमा उत्पन्न कलहका कारण कमजोर भएको राज्यसत्तालाई सुदृढ तुल्याए । राजनीति र सरकारलाई स्थिरता दिए, राज्य संयन्त्रलाई सुदृढ, गतिशील र प्रभावकारी बनाउने काम गरे । तर, प्रचण्डले हिंसात्मक सङ्घर्षसँगै द्वैध सत्ताको अभ्यास गरे र प्रधानमन्त्री भइसक्दा पनि वैकल्पिक सत्ताको पक्षमा उनी उभिए । अझै पनि प्रचण्ड द्वैध सत्ताको अभ्यासमा छन्, विद्यमान राज्यसत्तालाई सुदृढ तुल्याउनेभन्दा कमजोर गराउने र आफ्नो सर्वव्यापी नेतृत्वमा नयाँ सत्ता स्थापित गर्ने रहर प्रचण्डमा मेटिएको छैन । प्रचण्डकै नीति र व्यवहारका कारण राज्य लुलो हुन पुगेको छ, विधि, विधान र अनुशासन खुकुलो भएको छ, फलस्वरूप मुलुकमा अराजकता व्याप्त छ ।
जंगबहादुर राणामा आफ्नो छुट्टै सेना निर्माण गर्ने सामर्थ्य थियो, तर उनले आफ्नो बेग्लै सेना खडा गरेनन् । बरु राष्ट्रिय सेनालाई नै सुदृढ, एकताबद्ध र आधुनिकीकरण गर्ने काम जंगबहादुरले गरे । प्रचण्ड भने राष्ट्रिय सेनाप्रति अत्यन्त दूराग्रही देखिएका छन् । उनको व्यवहारले राष्ट्रिय सेनालाई दुर्बल, आत्मकमजोर र बद्नाम गराउन योगदान पुर्याएको महसुस धेरैले गरेका छन् ।
प्रचण्डमा बदलाको भावना प्रबल देखिन्छ र उनी सामान्यतया बदलाकै भावनाबाट अभिप्रेरित रहने गरेका छन् । पार्टीभित्र र बाहिरकाहरूले पनि प्रचण्डको प्रतिशोधको सिकार कुनै न कुनै रूपमा भइरहनु परेको छ । तर, जंगबहादुरमा प्रचण्डको भन्दा प्रतिशोधी भावना कमै देखिन्छ । आफ्ना पितालाई ऋण नदिने र उल्टै दुर्वचन प्रयोग गर्ने व्यक्तिलाई उनी सत्ताका मालिक भइसकेपछि प्रतिशोध लिन सक्ने अनुमान गरिएको थियो, तर राणाले पूर्वानुमान गरिएभन्दा ज्यादै कम मात्र पूर्वाग्रही व्यवहार दर्शाए ।
आफ्ना भाइ बमबहादुरलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएर जंगबहादुर वर्ष दिनसम्म युरोपमै बरालिए । षड्यन्त्र र छलकपटको चकाचौंधबाट गुज्रिरहेको नेपाली राजनीतिमा त्यसरी वर्ष दिनसम्म कसैका हातमा शक्ति सुम्पिनु सानो साहसको कुरा थिएन । जंगबहादुर र्फकंदा बाटैमा पक्राउ पर्ने या मारिने स्थिति पनि हुन सक्थ्यो, तर उनले साहसका साथ बमबहादुर राणालाई राजपाठ जिम्मा लगाए । प्रचण्ड आज आफ्ना सहयात्री-सहकर्मी डा. बाबुराम भट्टराईलाई केही कालका लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी दिन तयार छैनन् । प्रचण्ड अर्को शक्तिकेन्द्र खडा हुनसक्ने कुराबाट भयभीत छन् ।
जंगबहादुर सत्तामा आएपछि उनले देशको सार्वभौमसत्ता सुदृढ तुल्याए, देशको सीमा-रक्षामा विशेष सचेत रहे र परिपक्व कूटनीतिक पहलद्वारा सुगौली सन्धिमा गुमेको भूभाग पनि एक थोपा रगत नबगाई फिर्ता लिन सफल भए । आजको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जुन जंगबहादुरको योगदानको फल हो, ती चार जिल्लामा अन्य केही भू-भागसमेत मिलाएर जंग भूमि या जंग प्रदेश नामकरण गरिँदा इतिहासपुरुषको सही सम्मान र मूल्याङ्कन हुन सक्छ, तर वर्तमान अत्यन्त अविवेकी, निर्दयी एवम् पक्षपाती छ त्यसैले हामी जंगबहादुरका प्रति कृतज्ञता जाहेर गर्ने मुडमा छैनौँ । पृथ्वीनारायण शाह जसले आधुनिक नेपालको स्थापना गरे यहाँ उनैलाई त अपमानजनक व्यवहार गरिँदै छ भने तत्काल जंगबहादुरलाई सम्मान मिल्ने अवस्था सिर्जना हुने कल्पना नगर्नु नै बेस होला । जंगबहादुरले पृथ्वीनारायण शाहद्वारा स्थापित राज्यलाई स्थायित्व दिन, सार्वभौमिकता सुदृढ तुल्याउन र राष्ट्रियता एवम् राष्ट्रिय एकता मजबुत बनाउन निकै योगदान पुर्याएका थिए । तर, प्रचण्डले युद्ध थालेदेखि प्रधानमन्त्री पदमा आसिन भएसम्मको भूमिकाले हाम्रो राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकता र देशको आत्मसम्मान गर्ल्यामगुर्लुम ढाल्ने परिणाम दिएको छ । हामी आज जाति, भाषा, धर्म, क्षेत्र, वर्ण आदिका नाममा विभाजित हुन, एक-अर्काप्रति द्वेष, इर्ष्या र वैमनुष्यको भावना फैलाउन उद्यत् हुँदै छौँ, यसमा प्रचण्डबाहेक अरू क-कसले भूमिका निर्वाह गरेका छन् भन्ने सत्यको उद्घाटन भोलिको इतिहासले अवश्य गर्नेछ । प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिन्जेलसम्म -वि.सं. २०६६) प्रचण्डले राष्ट्रियता र राष्ट्रिय एकतामा सकारात्मक सहयोग पुग्ने कुनै कार्य सम्पादन गरेको भए भविष्यले त्यो पनि स्पष्ट गर्ला, तर उनले प्रधानमन्त्री पद गुमेपछि मात्र राष्ट्रियता खतरामा परेको बताइरहँदा नेपाली जनतालाई मनोरञ्जन दिने या सास्ती दिलाउनेबाहेक अर्को कुनै सकारात्मक परिणाम आउने स्थिति बनेको छैन ।
जंगबहादुर राज्य सत्ताप्रति ज्यादा लिप्त थिएनन् । १०४ वर्ष लामो जहानियाँ अधिनायकवादी शासनको निर्माता/संस्थापक जंगबहादुरमा सत्तालिप्सा थिएन भन्दा यथार्थ बुझन बाँकी रहेका मानिसहरूका निम्ति हाँसोको विषय पनि बन्न सक्ला । तर, उनका निम्ति सत्ताभन्दा अरू नै कुराहरू महत्वका थिए या सत्ता भनेको देश र जनताको हितका निम्ति मात्र ग्रहण गर्ने विषय हो भन्ने बुझाइ जंगबहादुरमा रहेको देखिन्छ । उनले ब्रिटेन भ्रमणका बेला आफू त्यतै बस्ने र तत्काल नेपाल नर्फकने, बरु राजपाठ तिमीहरूले नै चलाउनु भनी सँगै रहेका भाइलाई भनेको कुराले उनमा सत्तालिप्सा थिएन भन्ने सङ्केत गर्छ । तर, प्रचण्ड सत्ताका निम्ति के गर्दै छन् र के-के गरे हामी सबैका सामु र्छलङ्ग छ । सत्ताको प्रमुखमा उनी आफूबाहेक अरूलाई हेर्न-देख्न चाहँदैनन् । माधव नेपाललाई केहीकाल प्रधानमन्त्री रहन नदिने या अरू कसैलाई सहन नसक्ने मात्र होइन प्रचण्डले आफ्नै सहयात्री-सहकर्मी डा. बाबुराम भट्टराईलाई पनि कहिल्यै प्रधानमन्त्री बन्न दिने छैनन् भन्ने खुला सङ्केत उनको व्यवहारले दिएको छ ।
नेपालमा पहिलोपटक विद्यालय स्थापना गर्ने, छापाखाना भित्याउने, मुलुकी ऐन बनाएर लागू गर्ने, सेनालाई आधुनिकीकरण गर्ने, सतीप्रथा उन्मूलनको प्रयास गर्ने, नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने, देशमा युरोपियन शैलीका भव्य महल निर्माण निम्ति प्रविधि भित्याउने र युद्ध नलडीकन गुमेको भू-भाग फिर्ता लिन सक्ने जंगबहादुर राणासँग आधुनिक र सभ्य नेपालमा हिंसात्मक सङ्घर्षको विजारोपण गर्ने, परम्परागत मूल्य, मान्यता, आदर्श र अनुशासन भङ्ग गरी देशमा अराजक स्थितिको सिर्जना गर्ने, राजनीतिमा अपराधकर्मलाई संस्थागत तुल्याउने, प्रचलित कानुन र व्यवस्था अस्तव्यस्त बनाउने तथा देशको राष्ट्रिय एकतालाई पुनः बहाल हुन आगामी कैयन दशक लाग्ने गरी गिजोल्ने प्रचण्डलाई तुलना गरिन नहुने तर्क गर्नेहरूले उनका सकारात्मक एवम् महान् कार्यका रूपमा ‘जनयुद्ध’को थालनी, संविधानसभा र गणतन्त्र घोषणालाई लिएका छन् । राजनीति जनताको सुख र खुसी जीवनका लागि हुनुपर्छ भन्ने मान्यता राख्नेहरूले अनन्त कालसम्म प्रचण्डका यी ‘महान्’ कार्यहरूको समीक्षा गरिरहने छन् । यस युगका मानिसहरूले प्रचण्डकालमा भोग्नुपरेको त्रासदी र दुःखद् एवम् सकसपूर्ण जीवनको बारेमा पनि भोलिका पुस्ताले अवश्य स्मरण गर्नेछन् । लाग्छ, प्रचण्ड स्वयम्ले पनि जीवनको उत्तर्रार्द्धमा आफूबाट कति ठूलो भूल भएको थियो र जंगबहादुर राणाभन्दा कति दूरीमा रहेछु भन्ने यथार्थको महसुस अवश्य गर्नेछन्, अहिलेलाई यत्ति नै कामना गरौँ ।
के गणतन्त्र यसैका लागि हो ? -बबिता बस्नेत
हिजोआज राजधानीका गल्लीगल्लीमा भेटिने विदेशी अनुहारहरू देखेर ‘अहा, हाम्रो देशमा कति धेरै पर्यटक आउन थाले, जताततै हिँडिरहेका छन्’ भन्ने सोचियो भने त्यो गलत हुनेछ । तपाईंलाई भेट्नासाथ एउटा पुस्तिका भिडाएर उनीहरूले भन्ने छन्, ‘प्रभुलाई मान्नुस्, जीवनमा दुःखबाट मुक्ति पाउनुहुनेछ ।’ यो दुनियाँमा दुःख र तनावबाट मुक्ति नचाहने को होला र ? सबै मानिस यही चाहन्छन् । नेपाली भाषामै गरिने उनीहरूको अनुरोधलाई बुझ्नेले ओहो हाम्रो देशमा क्रिश्चियन धर्मको प्रचार कति धेरै बढेको भन्दै पन्छिएर हिँड्छन् भने नबुझ्नेहरू विदेशीले नेपाली बोलेको देखेर दङ्ग पर्दै के हो कसो हो भनी सोधी-खोजी गर्छन् । यो क्रम केही समययता निकै बढेको छ । माओवादी आमहडतालका बेला चक्रपथमा साङ्ले घेराउ गरिरहँदा धर्म प्रचारको एउटा समूहले ललितपुरको एकान्तकुना चोकमा आन्दोलनकारीलाई ‘मिनिरल वाटर’ बिस्कुटलगायतका खानेकुराहरू बाँडिरहेको थियो । खानेकुरा बाँड्दै उनीहरू भनिरहेका थिए-तपाईंहरूको आन्दोलन सफल होस् । संयोगले साँझ पाँच बजेतिर त्यही बाटो हिँडिरहँदा पानी बाँड्दै गरेकी एक महिलालाई मैले सोधेकी थिएँ- आन्दोलनको सफलताको कामना गर्नुभयो के का लागि हो ? उनले प्रश्न नबुझेर हो या के, भनिन्- प्रभुले उहाँहरूको साथ दिनुहुनेछ । नेकपा माओवादीले विदेशी प्रभुको धुनधान विरोध गरिरहेका बेला उनी अर्कै प्रभुको साथको कुरा गरिरहेकी थिइन्, भनिन्- माओवादीहरू धर्मप्रति उदार भावना राख्छन्, माओवादीकै कारण नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बन्यो त्यसैले पनि माओवादीप्रति क्रिश्चियनहरू आभारी छन् । त्यसो त, युरोपेली देशहरूको माओवादीप्रतिको झुकाबलाई पनि क्रिश्चियन धर्मको प्रचारप्रसार र प्रबर्द्धनसँग जोडेर हेर्न थालिएको छ ।काठमाडौं र आसपासका ठाउँहरूमा मात्र होइन धेरै टाढाटाढाका पहाडी र हिमाली जिल्लाहरूमा पनि क्रिश्चियन धर्मको प्रचार तीव्रत्तर रूपमा बढिरहेको छ । अरू त अरू हिन्दू धर्मावलम्बीहरूको चर्चित तर्ीथस्थल गोसाइकुण्ड जाने बाटोमा समेत केही विदेशी गोरा अनुहारका युवाहरू नेपाली ढाका टोपीमा सजिएर धर्म प्रचारमा तल्लीन रहेको भेटियो । रसुवा जिल्लास्थित गोसाइँकुण्ड जाने बाटोमा तिनीहरूले हामीलाई एउटा पुस्तिका देखाउँदै आग्रह गरे- किन्नुस् पाँच रुपैयाँ हो । नकिन्ने भनेपछि उनीहरूको प्रश्न थियो- सित्तैमा लाने त लानुस् । झर्र्रो नेपाली भाषा बोल्ने ती युवाहरूको हातमा शान्ति श्रेष्ठका नामबाट ‘करुणा’ लेखिएको एउटा पुस्तिका थियो । त्यसै बाँड्नुभन्दा अलिकति भए पनि मूल्य राखेमा पैसाले किनेको सामानको महत्त्व हुने ठानी सानो मूल्यमा पुस्तिका बिक्री गर्न खोजिएको स्पष्ट थियो । अलि वर आएपछि बोराभरि सामान बोकेका दुर्इजना भरिया भेटिए, ती बोरामा तिनै किताबहरू रहेछन् । गोरा युवाहरू आफू नेपाली ढाका टोपी लगाएर अघिअघि, धर्म प्रचारका सामग्री बोकेका निमुखा भरिया पछिपछि हिमाली क्षेत्रमा यसप्रकारको सङ्गठित धर्म प्रचारको दृश्य आर्श्चर्यलाग्दो थियो । साथमा रहनुभएकी हरिप्रियाजीलाई भने- ल हर्ेर्नुस्, हाम्रो देशमा धर्मनिरपेक्षताको अर्थ । उहाँले विभिन्न जिल्ला जाँदा देखिएका अनेक दृश्यका उदाहरण दिनुभयो । पछि थाहा भयो जिल्लामा एउटा एफएम रेडियो क्रिश्चियनकै नाममा दर्ता भएको रहेछ, सञ्चालनमा भने आइसकेको छैन । रसुवामा मात्रै होइन अन्य धेरै जिल्लामा क्रिश्चियन धर्म प्रचारका निम्ति एफएमहरू खुलेका छन्, दर्ताको क्रम जारी छ । कतिपय एफएम रेडियोहरू धर्मकै नाममा छैनन् तर कार्यक्रमहरू भने नियमित छन् ।
नेपालमा हिन्दू र बौद्ध धर्मावलम्बीहरू प्रायः एक-अर्काका सबै धार्मिक रीतिरिवाजहरू अवलम्बन गर्छन् । धार्मिक र सांस्कृतिक चालचलन फरक भए पनि मुस्लिम समुदायसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक-अर्काको धर्ममा हस्तक्षेप कसैले पनि गर्दैनन्, तिमी मुस्लिम बन भनेर इस्लामहरूले कहिल्यै नमाजका सारांशहरू बाँड्दै हिँड्दैनन् न त हिन्दूहरूले आफ्ना धर्मग्रन्थहरू । मानिसलाई असाध्यै नराम्ररी गाली गर्नुपर्यो भने यसले धर्म छोड्यो या धर्मै छोडेपछि के लाग्छ भन्ने गरिन्छ । यसको ठ्याक्कै अर्थ आफूले मानिराखेको धर्म त्यागेर अन्त जाने नभए पनि पुर्खादेखि मान्दै आएको धर्म छोड्नु या अर्को धर्म अपनाउनु भनेको सानोतिनो कुरा भने अवश्य होइन । अर्काको देशमा पुगेर धर्म परिवर्तन गराउँदै हिँड्नु त झनै खतरनाक कुरा हो । धर्मजस्तो संवेदनशील विषयमा यसरी खुल्लमखुला प्रचारप्रसार गर्नु र गरिबीको फाइदा उठाउँदै विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनु वैदेशिक धार्मिक हस्तक्षेप हो । हामीकहाँ अहिलेसम्म वैदेशिक हस्तक्षेपको कुरा गर्दा राजनीतिक हस्तक्षेपको मात्रै चर्चा हुने गरेको छ त्यो पनि आफ्नो अनुकूलताको आधारमा । धार्मिक हस्तक्षेप राजनीतिक हस्तक्षेपभन्दा संवेदनशील कुरा हो जुन हस्तक्षेप हाम्रोजस्तो राष्ट्रियता र धार्मिक पहिचानको सवाल अत्यन्त जीर्ण भएको मुलुकमा मात्रै हुन्छ । गरिबी मात्रै यसको कारण होइन, आफ्नो धार्मिक पहिचानप्रतिको गौरव नभएका र आफ्नो भूमिमा जसले जे गरे पनि हुने कमजोर राज्य भएका देशहरू धार्मिक हस्तक्षेपको सिकार बन्दै आएका छन् । हामी त्यसको सिकार बन्ने क्रममा छौँ । धार्मिक रूपले मानिसहरूलाई सङ्गठित गरिसकेपछि त्यसको परिणामको खोजी अनेक रूपबाट भइरहेको हुन्छ । हिन्दू धर्मावलम्बीको जस्तो धार्मिक समूह बनेपछि भजनकीर्तन गरेर मात्रै अन्य समूहहरू बस्दैनन्, धर्मका नाममा फरक-फरक ‘इन्ट्रेष्ट’ले काम गर्ने अनेक समूहहरू छन् । यो हाम्रोजस्तै अवस्था भोग्ने मुलुकमा जहाँ पनि हुन्छ । कुनै बेला अअफ्रिकन मुलुकहरूमा अहिले हामीकहाँ जस्तै हातमा बाइबल र बाइबलका सारांशहरू बोकेर मानिसहरू काला जातिलाई सहमत गराउन गाउँगाउँ चहार्थे । यस सर्न्दर्भमा दक्षिण अअफ्रिकाकी अधिकारकर्मी बिन्नी मण्डेलाकी हजुरआमाको कथन उल्लेखनीय छ, बिन्नी सानै हुँदा उनलाई काखमा राखेर गोरा जातिको बारेमा कहानी सुनाउँदै हजुरआमाले भनेकी थिइन् रे, ‘पहिला हामीसँग प्रसस्त जग्गाजमिन थियो र उनीहरूसँग बाइबल, अहिले हाम्रो हातमा बाइबल छ र उनीहरूसँग जग्गाजमिन ।’ धर्मका नाममा आफ्ना विभिन्न एजेण्डाहरू पूरा गर्ने परिस्थिति निर्माण गर्ने गरिएका अनेक उदाहरणहरू छन् । धर्मनिरपेक्षताको अर्थ धर्म परिवर्तनका निम्ति अभियानको लाइसेन्स होइन, त्यसैले यसप्रकारको वैदेशिक धार्मिक हस्तक्षेपबाट मुलुकलाई मुक्त राखौँ । अहिले धेरैको मनमा लागिरहेको छ, के यो मुलुकमा गणतन्त्र आएको यस्तै गतिविधिका लागि हो ?
This is very serious matter and everybody should raise voice against such activities and press government to pass a law against such activities.
ReplyDeleteThank you Babitaji for writing on this pertinent issue!
Dhananajaya Karki
For whom Dev Tripathi is writing for? What is his intension? Your analysis may be in worth before Maoist was brought in peace. Now everybody knows who Prachanda is. Your colored article can not vernish any leader like him. He has several weakness but till now he is the leader who loves Nepal. I like his political game quiting the PM post and again trying to gain it going through people. In between every Nepalis get to know who are the real government of Nepal. Whatever he did I can not say anything but his motives are for better for Nepal. Every head of nation has the freedom to decide about his nation, no one should interfare from outside. This doesnot mean he is perfect but I am glad at least there is someone who really loves Nepal.
ReplyDeleteDev Ji your sentences in the article contradict each other. It's not a perfect article. Probably you are just out of ur mind or just modifying the facts. You are tooo biased.why don't you go to supreme court to save your king rather then ranting abt Maoist. U are one of the most opportunist journalist we have ever seen . we have seen you defending girija Koirala when he sold tanakpur through your programme Ghatna ra Bichar in radio that time. Down with hypocrite journalist like you. Do the survey 90 percent of ppl would condemn you.
ReplyDeleteTripati Ji,
ReplyDeleteI appreciate that you have good sort of analysing skills that you can easily convince ordinary people but,please try to think what you are going to write, what is that all about? and how does it effect to others. One thing you should remember that if you donot like something, it does not mean that every single person does not like it. Every one has own opinion express differently. You do not have that right or freedom you can criticise and publish on newspaper or in web site whenever or whoever you wish to criticise. Even if want write down good thing about some individual you must ask the person you are about to write and should get permission from him. I have heard higher the education the better the knowlede but I could not feel that from this article. I could not sense any thing than jealously.