20100616

प्रचन्डको मारमा परेका बिचरा डा. बाबुराम

-देवप्रकाश त्रिपाठी
पन्ध्र वर्षअघि ०५२ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालले सरकारसमक्ष चालीस सूत्रीय माग प्रस्तुत गरेर भूमिगत भएपछि एकाएक चर्चा र रहस्यको पात्र बनेका डा. बाबुराम भट्टराई अहिले रहस्यको पात्र त मानिँदैनन् तर उनको चर्चा भने अझै यथावत् छ । करिब बीस वर्षदेखि लगातार चर्चामा रहन सफल एक मात्र वामपन्थी नेताको ‘रेकर्ड’ उनले कायम गरेका छन् । डा. सुब्रमण्यम् स्वामीका अनुसार, ‘जो व्यक्ति राजनीतिमा कुनै न कुनै रूपले चर्चामा रहिरहन्छ ऊ नै सफल राजनीतिकर्मी .....
हो । राजनीतिकर्मीको सफलता पद प्राप्ति होइन ।’ हुन पनि बाबुराम बीस वर्षदेखि एकनास चर्चामा छन् । त्यसर्थमा उनी र्सवाधिक सफल राजनीतिकर्मी हुन् । भट्टराई तथा उनले नेतृत्व गरेको जनमोर्चासम्बद्ध नेता तथा कार्यकर्ताहरू भूमिगत हुनुलाई त्यसबेला विभिन्न ढङ्गले खिल्ली उडाइयो, हास्य र व्यङ्ग्यको विषय बनाइयो या यस प्रकरणलाई त्यतिखेर गम्भीरतापूर्वक कसैले पनि लिएनन्, लिनेहरूले यसलाई ‘राजनीतिक रोमान्स’का रूपमा लिए । ‘सरकारमा पुगेपछि (२०५१-०५२) लोकप्रियताको चुलीमा पुगेको नेकपा एमालेलाई कमजोर तुल्याउन बाबुरामको सशस्त्र युद्धयात्राले सहयोग गर्ने र यसले त्यसपछिको संसदीय निर्वाचनमा एमालेलाई ठूलो धक्का पुर्‍याउने’ विश्लेषण राजनीतिक वृत्तको एउटा कित्ताले गर्‍यो । सशस्त्र युद्धको घोषणा नेकपा माओवादीका तर्फबाट भएको थियो र त्यसका प्रमुख नेता हुनुहुन्थ्यो- प्रचण्ड । तर सुरुवाती दिनमा प्रचण्ड या माओवादीको भन्दा बाबुराम भट्टराई र जनमोर्चाकै नाम प्रचलनमा रह्यो । सशस्त्र युद्ध सुरु भएको करिब आधा दशकपछि माओवादी पार्टीले प्रचण्डको तस्बिर सार्वजनिक गर्दै युद्धको ‘वास्तविक नेतृत्व स्थापित गराउने’ औपचारिक निर्णय गरेपछि मात्र प्रचण्ड र माओवादी पार्टीलाई मानिसले ‘रेस्पोन्स’ गर्न थालेका हुन् । ०५६ सालदेखि प्रचण्डलाई अग्ल्याउने बेग्लै क्रमको थालनीपश्चात् डा. बाबुरामको नाम होच्याउने क्रम सुरु भयो, जुन अझै जारी छ । माओवादी पार्टीमा मोहन वैद्य किरण र सीपी गजुरेलदेखि रामबहादुर थापा, कृष्ण महरा र नेत्रविक्रम चन्दसम्म अनेक आकारप्रकारका नेताहरू छन् । उनीहरूमध्ये बाह्य जनदृष्टिमा बाबुराम भट्टराई नै उचाइदार व्यक्ति बनिरहे, जुन सत्य स्वीकार गर्न माओवादीलाई मुस्किल परिरहेको छ । ०६३ सालमा माओवादी ‘खुला’ राजनीतिमा आएपछि प्रचण्डको व्यक्तित्व ०४६ पछि गणेशमान सिंहको झैं उचाइदार हुन पुग्यो र दर्जनौं अन्य नयाँ नामहरू नेताका रूपमा स्थापित भए । माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गरेपछि (०६५ भदौ) माओवादी नेताहरू जो जुन साइजका भए पनि राजनीतिको केन्द्र भागमा उनीहरू नै रहे ।
तर, प्रचण्ड नेतृत्वको सरकारले काम गर्न थालेयता दुई व्यक्ति डा. बाबुराम भट्टराई तथा कृष्णबहादुर महराको उचाइ अरू बढेको महसुस गरियो । सामान्यतया कुनै पनि राजनीतिकर्मी मन्त्री पदमा पुगिसकेपछि क्रमश: उसको उचाइ प्राविधिक रूपले माथि र राजनीतिक रूपले तल पर्दै जाने गर्छ । खासगरी विकासोन्मुख देशमा राजनीतिमा यसप्रकारको प्रवृत्ति देखिन्छ । डा. भट्टराई र महराको सवालमा भने परिणाम अलिक भिन्न देखियो, मन्त्री भइसकेपछि दुवै नेताको उचाइ थप भएको महसुस गरियो । अर्थमन्त्रीका रूपमा गरिएका कामले मात्र भन्दा पनि भट्टराईको इमानदारी, साधारण जीवनशैली र कामप्रतिको प्रतिबद्धताले मानिसहरूमा बेग्लै छाप पर्न गयो । त्यसै समयमा आफ्नो बोली र व्यवहारका कारण प्रचण्डको उचाइ घट्दै जानुको अप्रत्यक्ष लाभ पनि डा. बाबुरामलाई मिल्यो र मानिसहरूले उनलाई भावी प्रधानमन्त्रीका रूपमा हेर्न/देख्न थाले ।
मुलुक यतिबेला राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने कसरत गर्दै छ, यस क्रममा सम्भावित प्रधानमन्त्रीका रूपमा विभिन्न कुनाबाट अनेक नामहरू अघि सारिएका छन् । माओवादीकै नेतृत्वमा सरकार गठन गर्ने हो भने बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाइनु उपयुक्त हुन्छ भन्ने आवाज गैरमाओवादी कित्ताबाट उठिरहँदा माओवादीले भने बाबुरामलाई निषेध गर्दै पटक-पटक प्रचण्डको नाममा निर्णय दोहोर्‍याइरहेको छ । रंगनाथ पौडेल, माधव नेपाल, मरिचमान, लोकेन्द्रबहादुर, शेरबहादुर र नगेन्द्र रिजालहरू प्रधानमन्त्री बनेको देशमा प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्न अयोग्य छन् भन्ने कुरा तर्कसङ्गत होइन । तर, माओवादीले प्रचण्डका नाममा जतिपटक निर्णय गरे पनि नेपाली जनता र गैरमाओवादी राजनीतिक कित्ताचाहिँ एकपटक प्रधानमन्त्रीका रूपमा बाबुरामलाई हेर्न चाहन्छन् । माओवादी पार्टी अहिलेको अवस्थामा प्रधानमन्त्री लाद्न चाहन्छ भने लादिने प्रधानमन्त्रीमा प्रचण्डको विकल्प नखोज्न ऊ दृढ रहनु स्वाभाविक छ । आफ्नो पार्टीका तर्फबाट देशलाई प्रधानमन्त्री दिने हो भने माओवादीभित्र बाबुरामको विकल्प देखिँदैन । तर, माओवादी स्वयम्ले चाहिँ यो सत्य इन्कार गर्ने ‘प्रतिबद्धता’ देखाएको छ । अन्य पार्टीहरूमा प्रधानमन्त्री बन्न योग्य मानिसहरूको कमी भएका कारणले या प्रचण्डले कपालमा जेल लगाएका हुनाले उनको विकल्पमा बाबुरामलाई अघि सारिएको होइन, माओवादीबाट सरकारको नेतृत्व गराउने हो भने बाबुराम भट्टराईलाई तेजोबध नगरीकन प्रस्तुत गर्नु माओवादी र देश दुवैका निम्ति उपयुक्त हुने ठान्न सकिन्छ । तर, माओवादी देशका लागि होइन आफ्नै लागि प्रधानमन्त्री बनाउन अग्रसर भएको हुँदा उसले प्रचण्डबाहेकलाई देख्नै छोडेको छ । सम्भावित प्रधानमन्त्रीका रूपमा गैरमाओवादी कित्ताले बाबुराम भट्टराईको नाम लिइरहँदा प्रचण्डले आफूलाई अपमान गरेको ठानेका छन् या माओवादी पार्टीमा विभाजन ल्याउनका लागि दुश्मनहरूबाट रचिएको षड्यन्त्रका रूपमा पनि यसलाई लिन खोजिँदै छ । कतिपय देशी एवम् विदेशी शक्तिहरूले प्रधानमन्त्रीमा प्रचण्डको विकल्प प्रस्तुत गर्नुको कारण माओवादीलाई कमजोर तुल्याउने या त्यस पार्टीको एकता खलबल्याउने सपना देखेका पनि हुन सक्लान् । तर, माओवादी पार्टीको आन्तरिक एकता त्यति कमजोरचाहिँ नहुनुपर्ने हो, प्रचण्डलाई प्रधानमन्त्री बनाइँदा सुदृढ रहने बाबुरामलाई उक्त जिम्मेवारी दिनेबित्तिकै गर्ल्यामगर्ुर्लुम ढल्ने † मानिसको रोजाइमा प्रचण्ड नपरेर बाबुराम पर्नुको कारणप्रति माओवादी पार्टी सकारात्मक र गम्भीर हुन सक्यो भने सायद यो त्यति चुनौतीपूर्ण विषय हुने छैन जति माओवादीले ठानेको छ । माओवादीहरू संसारलाई मात्र आफ्नो ठान्दैनन्, आफ्नो पार्टीलाई पनि संसार नै ठान्छन् र आफ्नो संसारमा बाहिरबाट हुने ‘हस्तक्षेप’लाई उनीहरू प्रतिक्रियावादीहरूको षड्यन्त्रका रूपमा बुझने गर्छन् । जब कि राष्ट्रिय सहमतिको सरकार र सहमतीय प्रणालीको कुरा माओवादीले उठाएको हो, सहमति भन्नेबित्तिकै अरू पार्टी र अन्य पक्षको र्समर्थन र राय पनि अनिवार्य रूपमा लिनैपर्ने हुन्छ । तर, माओवादी आफूले अघि सारेको व्यक्तिलाई प्रधानमन्त्री मानिदिन जिद्दी गर्दै छ र आफूले भनेजस्तो नभए शान्ति-सम्झौता भङ्ग हुने चेतावनी दिँदै छ । प्रशिक्षण र प्रवचनहरूमा ‘व्यक्ति केही होइन पार्टी महान् हो, नेता केही होइन नीति प्रधान हो’ भन्न कहिल्यै नबिराउने माओवादी पार्टीका नेता तथा त्यस्ता प्रवचन सुन्ने कार्यकर्ता व्यक्तिका लागि अडिँदा तिनमा लज्जाबोध नभए पनि देख्नेहरू लाजले पानी-पानी भएका छन् । बाबुराम भट्टराई क्रान्तिविरोधी, विदेश या स्वदेशी प्रतिक्रियावादीका मतियार हुन् भने तिनलाई माओवादी पार्टीले आफूभित्र समेट्नु गम्भीर गल्ती हो, होइन भने जनताले प्रधानमन्त्रीमा जतिपटक बाबुरामको नाम लिए पनि माओवादीले हरेक पटक अस्वीकार गर्दा यसले विषयलाई रहस्यमयी बनाउने काम मात्र गरेको छ । हुन त कम्युनिस्ट पार्टीहरूमा पार्टी र नीतिको गुणगान जति गाइरहे पनि एकपटक एउटा व्यक्ति नेतृत्वको केन्द्रबिन्दुमा पुगेपछि उसले आफैंलाई पार्टी ठान्न थाल्छ र आफ्ना आलोचकहरू सबैलाई दुश्मन देख्छ । नेतृत्व परित्याग गर्नुपर्ने या परिवर्तन हुने अवस्था सिर्जना भयो भने बेग्लै पार्टी बनाउने सोख पनि कम्युनिस्ट नेताहरूमा जति अरूमा देखिँदैन । नेतृत्वमा अर्थात् शक्तिमा रहँदा कसैले चुनौती दिने सामर्थ्य बनायो भने आफ्नै सहकर्मीको हत्यासम्म पनि कम्युनिस्ट नेताहरूबाट हुने गर्छ । रसियामा स्टालिनद्वारा त्रोत्स्कीको र चीनमा माओत्सेतुङद्वारा लिन प्याओको हत्या हुनुलाई त्यस्तै प्रवृत्तिको दृष्टान्तका रूपमा लिन सकिन्छ । आधुनिक चीनका निर्माता देङ सियाओ पिङलाई माओले कतिसम्म सास्ती दिएका थिए भन्नेबारेमा र्छलङ्ग हुन उनकै सुपुत्री देङ रोङद्वारा लिखित पुस्तक पर्याप्त छ । बाबुराम भट्टराई पनि प्रचण्डबाट सताइँदै आएका छन् । एक समय भट्टराईलाई पार्टीबाट कारबाही गरिएको थियो, त्यसबेला भट्टराईको ज्यानसमेत जोखिममा रहेको मानिन्थ्यो, अहिले भौतिक रूपमै भट्टराईलाई सिध्याउने कार्य त भएको छैन तर बाबुरामलाई ज्युँदै मार्न भने कुनै कसर बाँकी राखिएजस्तो देखिन्न । माओवादीको आन्तरिक राजनीति हेर्दा लाग्छ अब बाबुराम भट्टराईले पनि देङले माओको स्वाभाविक मृत्युको प्रतीक्षा गरेकै शैलीमा चुपचाप कर्ुर्नुपर्नेछ । तथापि प्रचण्डलाई सफल बनाउन भने बाबुरामले जीवनभर मौका पाउने छन् । व्यवहारमा आफूजस्तै बनाउन नसके पनि प्रचण्डलाई बेलाबखत आफ्नो विचार बोकाउने मौका बाबुरामले पाएका छन् । पार्टी अध्यक्ष, प्रधानमन्त्री र प्रचण्डले लिने अन्य जिम्मेवारीहरू सफलतापूर्वक पूरा गराउन विगतमा बाबुरामले जे-जस्ता योगदान पुर्‍याएका थिए, त्यसैगरी भविष्यमा पनि प्रचण्डलाई सहयोग पुर्‍याउन पाउने भूमिकाबाट चाहिँ सायद बाबुरामलाई वञ्चित गरिने छैन । सशस्त्र सङ्घर्षमा रहँदा प्रचण्डको भन्दा बाबुराम भट्टराईको ज्यान जोखिममा रहेको थियो । प्रचण्ड कुनै परिचित व्यक्ति थिएनन्, न कहिल्यै जेल र प्रहरी हिरासतमा नै उनी परेका थिए । बाबुराम भने खुला राजनीतिमा स्थापित भइसकेका नेता हुनाले भूमिगत कालमा पनि चिनिने र पक्राउ पर्ने या मारिने जोखिम प्रचण्डको भन्दा कैयन गुणा बढी थियो । त्यसर्थमा युद्धकालमै पनि प्रचण्डले भन्दा केही बढी योगदान बाबुरामले पुर्‍याएको मान्नुपर्ने हुन्छ । तर, बाबुरामलाई आफ्नो योग्यता र क्षमताबराबरको हैसियत नदिन उनको पार्टी नेतृत्वले विशेष जोडबल लगाइरहेको छ । बिचरा बाबुराम आफूले रगत-पसिना भिजाएको पार्टीलाई परित्याग गर्न सक्ने अवस्थामा छैनन् र पार्टीलाई समाउन सक्ने स्थिति पनि देखिँदैन । एउटा कम्युनिस्ट पार्टीमा क्षमतावान कुनै मानिसप्रति कस्तोसम्म व्यवहार गरिन्छ भन्ने कुराको अर्को एउटा पात्रीय दृष्टान्त बनेर बाबुराम भट्टराई सायद इतिहासमा जीवित रहिरहने छन् ।
devprakash9@hotmail.com

3 comments:

  1. sachikai yo lekh malai man pareyo merai man ko kura kosaile bujera lekhe jasto lageyo ma maobadi parti ko man6e ta hoina tara tes parti vitra koila ma hira vaye jasto baburam vayeko van malai pani hun6 sayed hira chinera pani maobadi le le akha ma parchnda bahek aru kosailai nadekhne chasma lagaye jasto6

    ReplyDelete
  2. माओवदिको बादनाम गराउने नेता नै प्रचन्ड हो जस्तो लाग्छ मलाई त ।

    ReplyDelete
  3. Dear writer,

    It is your saying, every one has got their own views and thoughts. I'm nor a politician nither a any political party supporter,but totally disaggre what you have expressed in this article. Neither Baburam nor Prachanda are the problem of Maoist party they are great individuals and are rather problem solvers. Leadship and academic qualification are totally two differnt matters. Leadership is mostly natural and you can not make it better by practice, but education is that kind of matter which can be better and better by paractice.Baburam is very knowledgable individual and have proved himelf a very good finance minister, but it does not mean that he can make a good priminister of Nepal. Surely the other parties do not want to see Maoist being fame before the eyes of public. They would rather want Maoist being deteriorated. They desparately want to see Maoist being split into two or more seperate sub-parties. This is direct conspiracy for the Maoist that Maoist needs to understand. you the writer also trying to add up GHEE in the burning fire. You the writer playing a part of BWANSHO or CHAMCHAGIRI. You have presented yourself as a good supporter of Maoist party particularly in the eyes of Baburam but your ultimate goal is to devide the Maoist party. If you have a creative mind use it for better thing which may helpful to make people's life better. I strongly suggrst you not to write such a article for being bias to one particular group.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक