बारा,४ असार । पूर्वराजा ज्ञानेन्द्र शाह विहान बारामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पुगी पुजा अर्चना गरेका छन् । बिहान १०ः४५ बजे गढीमाई पुगेका पूर्वराजा शाहले करिब २५ मिनेट समय पुजा अर्चनामा खर्चेका थिए । सवारीका क्रममा उपस्थित शुभेच्छुकहरुको भीड्ले बाराको कलैया सडकखण्डमा अन्य यातायातका साधनहरु केहीवेर चलेका थिएन् । गढीमाई मन्दिर परिसर वरीपरि जनपथ प्रहरी सशस्त्र प्रहरी र सादा पोशाकका प्रहरीहरुले कडा सुरक्षा दिएका थिए । सोही दिन विहान पर्सा बीरगंज स्थित विन्दवासिनी मन्दिरमा पुगी करिब १५ मिनेट पुजा अर्चना गरेका थिए । सोही दिन दिउसो करिब डेढ बजे बीरगंजमै रहेको गुरु द्धारमा पुगी पुजा अर्चना गरेर करिब २ बजे पुनः बारा सिमरा स्थित प्रभु शमशेर राणाको निवासमा फर्केका थिए । शनिवार बिहान रौतहटको शिवनगर स्थित शिव मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम ....
रहेको छ ।
बारा पर्साका मन्दिरहरुमा पुजा अर्चना पछि शुभेच्छुकहरुसंग भेटघाटमा ब्यस्त रहेका थिए । विहीबार दिउसो बीरगंज पुगी माईस्थान गहवामाई मन्दिरमा पुजा अर्चनापछि बीरगंज स्थित सम्झना होटलमा शुभेच्छुकहरुसंग भेटघाट तीब्र बनाउदै एक रात बिताएका थिए ।
बुधवार बिहान काठमाडौंबाट बाराको सिमरामा पहिलो उडान बुद्धएयरबाट विमानस्थलमा आएका पूर्व राजा शाहले बाराको लिपनी ६ परवानीपुर स्थित श्री वैष्णवी दुर्गा मन्दिरको बुधवार बिहान उद्घाटन गर्देै आधा घण्टा पुजा आराधना समेत गरेका थिए ।
My king,nation and country my proud.
ReplyDelete