- Parshuram Kafle
नेपाली राजनीतिमा 'उदयीमान राजनेता'को झल्को दिने गरी चार वर्षघि आजकै दिन -२ असारमा) र्सार्वजनिक भएका माओवादी अध्यक्ष प्रचण्ड यतिबेला पनि स्वाभाविक/अस्वाभाविक चर्चाको शिखरमा छन् । र्सार्वजनिक राजनीतिक जीवनका चारबर्सर्ााअवधिबीच प्रचण्डबारे उत्पन्न्ा जिज्ञासा, भ्रम र कौतुहलताका धेरै उत्तर फरक सर्न्दर्भ र पृष्ठभूमिमा स्वयं उनकै शब्द र व्यवहारबाट र्सार्वजनिक भइसकेका छन् । दशक लामो सशस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड प्रधानमन्त्रीनिवास बालुवाटारमा व्रि्रोही नेताका रूपमा र्सार्वजनिक भएदेखि यसबेलासम्म नेपाली राजनीतिका विभिन्न 'प्रवृत्ति'का रूपमा स्थापित भएका छन् । संक्रमणकाल लामो र पेचिलो बनिरहेको यो समयमा प्रधानमन्त्रीका प्रबल दावेदारका रूपमा प्रस्तुत भएका प्रचण्डको....
व्यक्तित्व र राजनीतिक धरातलको विषय र्सवाधिक चर्चामा छ ।
डेढ दशक लामो संसदीय राजनीतिका 'कमन लिडर'हरूको बीचमा उथलपुथलकारी जनयुद्धका नायक र बलियो कम्युनिस्ट पार्टर्ीी शक्तिशाली नेताका रूपमा उदाएका थिए, प्रचण्ड । शान्तिपर्ूण्ा जनआन्दोलनको समाप्तिसँगै सुरु भएको शान्ति-प्रक्रियाका अर्का पक्षका नायकका रूपमा प्रचण्डको उदयलाई लिएर धेरै क्षेत्रबाट उत्साहजनक भविश्यवाणी हुँदै गए । त्यसबेलाका राजनीतिक शर्ीष्ापुरुष गिरिजाप्रसाद कोइरालाबाहेक नेपाली राजनीतिका अन्य नायक तथा पात्रहरूलाई प्रचण्डको व्यक्तित्वले छायामा पारिदियो । अनि, फरक राजनीतिक पृष्ठभूमि र नयाँ राजनीतिक मूलधारसहित उदाएका प्रचण्डका धेरै कर्ीर्तिमानी कथाहरू लेखिए, र उनका र्सार्वजनिक एवं निजी जीवनका सीमितबाहेक धेरै विषय मिडियाका लागि ताजा मसला बनिरहे । त्यतिमात्र नभएर समाजका हरेक क्षेत्रबाट कुरूप राजनीतिक संस्कार व्यहोर्नुपरेको र दर्ुदशामा बाँचिरहेको मुलुकको सुन्दर भविश्यको चित्रसमेत प्रचण्डको व्यक्तित्वमा देख्न र खोज्न सुरु भयो, एउटा दर्बिलो भरोसा र विश्वासमा टेकेर ।
तर, शान्तिपर्ूण्ा राजनीतिको पछिल्ला चार वर्षा माओवादी अध्यक्ष प्रचण्ड कहाँ छन् - उनको र्सार्वजनिक राजनीतिक जीवनको प्रवेशसँग उब्जिएका आशा र भरोसाका सपनाहरूबाट प्रचण्ड कति टाढा/नजिक छन् - राष्ट्रिय तथा अन्तर्रर्ााट्रय परिवेश कतातिर जाँदैछ र उनी स्वयं पार्टर्ीीई कतातिर लैजान खोज्दै छन् - विद्यमान राजनीतिमा प्रचण्डको उचाइ कति छ - यी प्रश्नहरूको संक्षिप्त उत्तर चार वर्षै दौरानमा र्सार्वजनिक भइसकेका छन् । झन्डै १५ हजार नेपालीले द्वन्द्वका विविध परिघटनामा जोडिएर ज्यान गुमाउने गरी र मुलुकका हरेक क्षेत्रलाई सकारात्मक वा नकारात्मक रूपमा उथलपुथल ल्याउने गरी भएको सशस्त्र संर्घष्ाको नेतृत्व गरेर आएका प्रचण्डको नेतृत्व क्षमता अझै मूल्यांकनको कसीमा छ । तर, र्सार्वजनिक राजनीतिमा प्रचण्ड आएपछिका चार वर्षा प्रचण्ड सापेक्षिक रूपमा सफल बन्न सकेनन् । चार्रबर्से खुला शान्तिपर्ूण्ा राजनीतिमा प्रचण्डको भूमिका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि पनि अभिभावकीय बन्न सकेको छैन । र, प्रचण्ड विगतदेखि हालसम्म केबल तात्कालिक र व्यक्तिगत प्रश्नसँग जुधिरहेका छन्, त्योभन्दा माथि उठ्ने क्षमता पर््रदर्शन गर्न प्रचण्ड असफल भएका छन् । पार्टर्ीीत्र हमेसा तानाशाही र पार्टर्ीीहिर दाउपेचका योजनाकारका रूपमा मात्रै प्रचण्डको व्यक्तित्व स्थापित भएको छ । नयाँ राष्ट्रिय सहमतीय सरकार गठन गर्नुपर्ने बेला प्रचण्डले फराकिलो छाती पर््रदर्शन गर्न नसकेर पार्टर्ीीहिर अलोकप्रियताको चरमचुलीमा पुगेका छन्, भित्रसमेत उनको व्यक्तित्व क्रमशः कमजोर र धमिलिँदै गएको छ ।
व्रि्रोह अन्त्यपछि संविधानसभाको पहिलो दलका शर्ीष्ानेता प्रचण्डले नौ महिनासम्म 'बर्ुर्जुवा'सरकारको असफल नेतृत्व गरिसकेका छन् भने प्रस्तावित सहमतीय सरकारको नेतृत्वका लागि अरू दलहरूले समेत सहमति जनाइसकेका वरिष्ठ नेता तथा उपाध्यक्ष डा. बाबुराम भट्टर्राईलाई पन्छाएर आफैं नेतृत्व हत्याउने व्यक्तिवादी दौडधूपमा पुनः सक्रिय छन् । जारी पोलिटब्युरो बैठकमा प्रचण्डको व्यक्तिवादी प्रवृत्ति सम्भवतः सबैभन्दा चर्को आलोचनाको विषय बन्नेछ ।
चार वर्षघि र पछि प्रचण्डको व्यक्तित्वमा ठूलो परिवर्तन आएको छ । उनलाई हर्ेर्ने आम दृष्टिकोणमा क्रमशः पविर्तन हुँदै आएको छ, माओवादीभित्र र बाहिरबाट । शान्तिपर्ूण्ा राजनीतिमा प्रवेशलगत्तै प्रचण्डप्रति बढेको जनाकर्षा सम्भवतः शून्यतामा र्झन मात्रै बाँकी छ । समाजका आधारभूत वर्गलाई सम्बोधन गर्दै अरू नेताहरूभन्दा फरक रूपमा प्रस्तुत भएका प्रचण्डका यसबीचका व्यवहार क्रमशः बदलिइरहेको छ । उनी र्सार्वजनिक भएदेखि संविधानसभाको चुनावसम्मको अवधिमा धेरैलाई लाग्थ्यो, नेपालमा गिरिजाप्रसाद कोइरालापछिको राजनीतिक उचाइ लिने नेता प्रचण्ड नै हुन् । जनयुद्धभर र्सवाधिक चर्चामा रहेका माओवादीका अर्का बौद्धिक नेता डा.भट्टर्राईको व्यक्तित्वसमेत प्रचण्डका कारण छायामा परेको थियो । तर, त्यो दृश्य विस्तारै क्षितिजबाट विलीन हुँदैछ । किनभने, प्रचण्ड राजनेता हुन त सकेनन्, पार्टर्ीीत्रसमेत अभिभावकीय भूमिकाबाट च्यूत हुँदै गएका छन् । यतिबेला नयाँ सहमतीय प्रणालीको नेतृत्व गर्न अरू दलहरू माझसमेत र्सवसम्मत् व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका शर्ीष्ानेता डा. भट्टर्राईलाई भूमिकाविहीन बनाउने पछिल्लो प्रयासबाट त प्रचण्डको व्यक्तित्वको ग्राफ धेरै तल झरेको छ ।
माफी मागिरहने संस्कारबाट युद्धकालमा स्थापित भएका प्रचण्डले त्यही प्रवृत्ति शान्तिपर्ूण्ा राजनीतिमा प्रवेशको पहिलो खुटि्कलाबाट दोहोर्याएका छन् । सुरुआतमै नेपाली सेनालाई बलात्कारीको आरोप लगाएका प्रचण्डको बोलीको अनियन्त्रित शैली हालसम्म पनि कायम रहँदा त्यसले उनलाई मात्र होइन, माओवादीलाई नै कमजोर बनाइरहेको छ । फरक विषय र सर्न्दर्भमा र्सार्वजनिक भएका अनियन्त्रित बोलीले उनको व्यक्तित्वको वजन ह्वात्तै घटाएर सतहमा ल्याइदिएको छ । यसबीचमा आफूलाई आलोचना गर्ने सञ्चारमाध्यम, बुद्धिजीवी, अरू दलहरू, अन्तर्रर्ााट्रय समुदायको तप्कालाई प्रचण्डले गालीगलौज गरेर आफैं राजनेता बन्ने सम्भावनालाई समाप्तिको दिशातिर धकेलिरहेका छन् ।
चार वर्षो अवधिमा प्रचण्डका करिब आधा दर्जन प्रवृत्ति देखापरेका छन् । पहिलो, आफूलाई सकारात्मक सोचका साथ आलोचना गर्ने पार्टर्ीीत्र वा बाहिरको पंक्तिमाथि निर्ममतापर्ूवक प्रहार गर्ने नकारात्मक प्रवृत्ति प्रचण्डले स्थापित गरेका छन् । दोस्रो, विदेशी र स्वदेशी दलहरूलाई लोकतन्त्रप्रति प्रतिबद्ध भएको देखाउन एउटा कुरा गर्ने तथा क्रान्तिकारी छवि बचाउने नाममा होलटाइमरका नाममा कज्याइएका कार्यकर्तालाई जनव्रि्रोह र सत्ताकब्जाको दोहोरो कुरा गर्ने प्रवृत्ति हालसम्म कायम राखेका छन्, प्रचण्डले । तर, विडम्बना उनले माओवादीलाई न त स्पष्ट लोकतन्त्रवादी वा क्रान्तिकारी पार्टर्ीी रूप्ामा अघि बढाउन सकेका छन्, यसबीचमा । माओवादी दिशाहीन बन्दै गएको छ । स्पष्ट कार्यनीति र कार्यक्रमहीनताको संकटबाट माओवादी पिरोलिनुको विद्यमान कारण प्रचण्ड नै हुन् । यसमा प्रचण्डको महत्वाकांक्षालाई केही नेताहरूले पनि साथ दिएका छन् ।
तेस्रो, प्रचण्डले नेपाल मामिलामा चासो राख्दै आएको भारत र चासो बढाउँदै गएको चीनबीच एकअर्कामा खेल्न खोजे, जसको दुस्परिणाम उनले भोग्नुपरेको छ । प्रधानमन्त्री भएका बेला पहिलो चीन भ्रमण गरेर फर्किंदा प्रचण्डले पहिलो औपचारिक भ्रमण भारतमै हुने भनेर कूटनीतिक अपरिक्वता प्रकट गरे भने भारतमा गएर आईएसआईको आर्थिक सहयोगको प्रस्ताव अस्वीकार गरेको भनाइ र्सार्वजनिक गरे । चीन गएमा चीनपरस्त र भारत गए भारतपरस्तको छवि बनाउन खोजेका प्रचण्ड दुवै मुलुकका लागि अविश्वसनीय नेताका रूपमा स्थापित भएका छन् । सबैभन्दा ठूलो दलका ठूला नेताको विश्वसनीयता अभावको परिणाम मुलुकले समेत व्यहोर्नुपर्ने छ, भविष्यमा ।
चौथो, प्रचण्डले नेतृत्वभित्र अन्तरविरोध कायम गर्ने र आफू र्सवशक्तिमान नेता भइरहने अभ्यास यसबीचमा थाले र उनले सबैभन्दा बढी अपमानपर्ूण्ा व्यवहार उपाध्यक्ष डा. बाबुराम भट्टर्राईमाथि गरे । प्रचण्डको सरकार असफल भइरहेका बेला एकमात्र सफल अर्थमन्त्रीका रूपमा स्थापित भएका भट्टर्राईलाई संविधानसभा दलको नेताबाट हटाइयो, संयुक्त क्रान्तिकारी जनपरिषद् नै खारेज भयो र देखावटी रूपमा बनाइएको संयुक्त राष्टिय जनआन्दोलनलाई समेत निस्तेज गरेर प्रचण्ड नै हावी भए । भट्टर्राईलाई भारतपरस्तको 'डेट एक्सपायर्ड फर्मुला' प्रयोग गरेर राजनीतिक रूपमा समाप्त पार्ने ६ महिनादेखिको प्रयास असफल भएपछि प्रचण्डप्रति उनको विश्वसनीयता पनि सम्भवतः धराशायी बन्दै गएको छ । परराष्ट्र मन्त्रालयका दरबारपरस्त तत्कालीन केही अधिकारीहरू तत्कालीन प्रधानमन्त्री प्रचण्डका अत्यन्तै विश्वसनीय बन्ने तर अपमान सहेर पनि कहिल्यै पार्टर्ीीरोधी काममा नलागेका र युद्धदेखि हालसम्म अन्तराष्ट्रिय समुदाय र स्वदेशमा पनि सम्मानित नेताका रूपमा रहेका भट्टर्राईलाई प्रचण्डले नियोजित रूपमा अलग्याउन खोजे । गत १९ पुसको प्रशिक्षण त्यही सोचअनुसारको थियो, तर भट्टर्राई र उनका सहयोगीहरूले प्रचण्डको त्यस्तो प्रवृत्तिमाथि खुलेर केही पनि आलोचना गर्न सकेनन् ।
संविधानसभाको चुनावलगत्तै प्रचण्डले व्यक्तिवादी मानसिकताको र्सार्वजनिक रूपमा उजागर गरे, आफैंले प्रधानमन्त्रीको प्रस्ताव राखेर । राष्ट्रपतिका उम्मेदवारका रूपमा प्रचण्डको फोटो टाँसिएका पोस्टर गाउँसम्म टाँग्न माओवादीका विभिन्न निकायले निर्देशन जारी गरे । तर, चुनाव जितेर कर्ीर्तिपुर जाने क्रममा प्रचण्डले पार्टर्ीीट निर्ण्र्ाानै नभई आफैं प्रधानमन्त्री बन्ने घोषणा गरे । राष्ट्रपतिका रूपमा चर्चामा ल्याइएका प्रचण्डले नेता भट्टर्राईलाई क्रस गरेर प्रधानमन्त्रीको पद ताक्नु व्यक्तिवाद र पदलोलुपताको पराकाष्टाबाहेक केही थिएन, तर प्रचण्डकै हठलाई सदर गर्न अधिकांश नेताले भूमिका निर्वाह गरे । र, प्रचण्डकै हठका कारण राष्ट्रपतिको चुनावका बेला माओवादीले धक्का व्यहोर्नुपर्यो । कांग्रेस सभापति कोइरालालाई क्रस गर्दाको परिणामले राष्ट्रपति, उपराष्ट्रपति चुनावमा माओवादीले पराजय व्यहोर्नुपरेको थियो ।
पार्टर्ीी शर्ीष्ानेताहरू भट्टर्राई र मोहन वैद्य 'किरण'ले प्रचण्डको महत्वाकांक्षा समाप्त पार्न भूमिका खेल्न सकेनन्, बरु प्रचण्डको नजिक पुग्ने प्रतिस्पर्धाले प्रचण्डलाई थप व्यक्तिवादी बनाउन सहयोग पुर्यायो । सरकारको नेतृत्वमा रहँदा प्रचण्ड इतिहासको र्सवाधिक कमजोर र अलोकप्रिय प्रधानमन्त्री बन्न पुगे । जनताका लागि भट्टर्राईको पहलमा अर्थमन्त्रालयले युवा स्वरोजगारलगायतका कार्यक्रमहरू ल्याए पनि प्रचण्डले त्यसलाई खुलेर बढावा दिन सकेनन् । बरु, आफ्नो परिवार स्वयंलाई भ्रष्टीकरणतर्फउन्मुख गराउन अप्रत्यक्ष भूमिका निर्वाह भयो, प्रचण्डको व्यवहारबाट ।
प्रधानसेनापति प्रकरण प्रचण्डका लागि ठूलो धक्का थियो र त्यसपछि थालिएको एकबर्सर्ेेान्दोलनसमेत त्यसकै परिणति थियो । प्रचण्डले आफ्नो गुमेको कर्ुर्सर्ीी्राप्तिका लागि साधन बनाए, माओवादीको एकबर्सर्ेेान्दोलनलाई । सामूहिक नेतृत्वप्रणाली अस्वीकार गर्दै प्रचण्डले आफैंमा केन्द्रित गरेको आन्दोलने अन्ततः पराजय भोग्नुपर्यो । यद्यपि, माओवादी नेताहरू यो कुरालाई हालसम्म स्वीकार गर्न तयार छैनन् ।
सबैभन्दा गम्भीर विषय, सत्तामा आफू नजाने पटक-पटक घोषणा गरेर प्रचण्ड प्रधानमन्त्री पदको घलेदौडमा छन् । जिन्दगीभर आफैं पार्टर्ीीा वा राज्यसत्ताको शिरमा बसिरहने र प्रतिभावान् अन्य नेताहरूलाई माथि आउन नदिने परम्परावादी कम्युनिस्ट नेतृत्वको सोच प्रचण्डमा पनि देखापर्न थालेका छन् । चार वर्षा प्रचण्डको र्सार्वजनिक राजनीतिक अभ्यासले भन्छ- यही अवस्थामा प्रचण्ड रहिरहने हो भने उनी अस्वाभाविक परिस्थितिमा हल्का रूपमा पार्टर्ीीे नेतृत्वमा जसरी पुगेका थिए, नेतृत्वबाट उनको बहिर्गमन पनि त्यही रूपमा हुनेछ । - pkaphle@gmail.com
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक