20100601

६०० जनाले लाज पचाए तर एक जना सभासदलाई लाज लागेछ, उनले फर्काए खाएको भत्ता, अरुले पनि फर्काउने कि !

दलित जनजाति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानले संविधानसभाको बैठकमा उपस्थित भएवापत आफूले पाएकोे भत्ता संविधानसभालाई फिर्ता गरेका छन्। सभासद् पासवानले निर्धारित समयमा संविधान निर्माण हुन नसकेको भन्दै संविधानसभा सचिवालयलाई आज दुई वर्षसम्म पाएको भत्तास्वरुपको रू. एकलाख २० हजार सातसय नेपाल राष्ट्र बंैकमार्फत फिर्ता गरेका हुन्। निर्धारित समयमा संविधान बन्न नसकेमा आफूले पाउने भत्ता सरकारलाई नै फिर्ता गर्ने उद्घोष गदै आएका पासवानले संविधानसभाको म्याद थपेपछि भत्ता रकम फिर्ता गरेको बताए। उनले ठूला दलहरुको हठका कारण थपिएको समयभित्र पनि संविधान बन्न नसक्ने ठोकुवा गर्दै अझै पनि संविधान लेखनका लागि दलहरुबीच सहमति र एकताको जरुरी रहेको बताएका छन्।

मध्यरातमा झण्डै फुटेको एमाले ! ?  
गत शुक्रबार मध्यरातमा संविधानसभाको म्याद थपसँगै नेकपा एमाले विभाजित हुनबाट बचेको छ।
प्रधानमन्त्री माधवकुमार नेपाल लचिलो बनेकै कारण त्यो दुर्घटना टरेको हो। अन्ततः संविधानसभाको म्याद एक वर्ष थप गर्ने विषयमा शुक्रबार बिहानदेखि नै गम्भीर छलफल भएका थिए। प्रमुख ....
राजनैतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच पटक–पटक गरी दिनभरि भएका वार्ताहरु सफल हुन नसकेपछि प्रधानमन्त्री नेपालले संकटकाल लगाएर भए पनि संविधानसभाको म्याद ६ महिना थप्ने निर्णयमा पुग्नुभएको थियो। त्यही मानसिकता लिएर उहाँ राष्ट्रपतिकहाँ जानुभएको थियो। प्रधानमन्त्री राष्ट्रपतिकहाँ जानेबित्तिकै संविधानसभा भवनमा प्रधानमन्त्रीले संकटकाल लगाउन आँटेको चर्चाले व्यापकता पाएको थियो। महिला सभासद्हरुले नाराबाजी गर्न थालेपछि भने एमालेका सभासद् रामचन्द्र झाको अगुवाइमा प्रधानमन्त्रीलाई आफूहरुको विश्वास नभएको भनी सभामुखलाई सूचना दिने उद्देश्यले हस्ताक्षर अभियान शुरु गरियो। प्रधानमन्त्रीप्रति विश्वास नभएको भनी सभामुखलाई सूचना दिन तयार पारिएको पत्रमा एमाले अध्यक्ष झलनाथ खनालनिकट झण्डै पाँच दर्जन सभासद्ले हस्ताक्षर गरिसकेका थिए।
आफूविरुद्ध आफ्नै पार्टीका सभासद्हरुले संविधानसभा भवनमै हस्ताक्षर अभियान चलाइरहेको अवस्थामा प्रधानमन्त्री नेपाल भने
राष्ट्रपति भवनबाट फर्केर संकटकाल घोषणा गर्ने विषयमा मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलमा व्यस्त थिए र सुरक्षा निकायहरुलाई उच्च सर्तकतामा रहन निर्देशन दिइसकेका थिए। एमालेका सभासद्हरुले हस्ताक्षर संकलनसँगै एमाले र माओवादीका सभासद्हरुबीचमा संविधानसभा जसरी भए पनि बचाउने विषयमा छलफल भइरहेको थियो। प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेका एमालेका सभासद्हरुले आफूहरुले प्रधानमन्त्रीविरुद्ध विश्वास नभएको पत्र सभामुखलाई दिने र माओवादीले संविधानसभाको म्याद थप गर्न सहमति दिनेमा दुवै पार्टीका सभासद्बीच सहमति भएको थियो।
एमाले र माओवादीका सभासद्बीच सहमति भएको थाहा पाएपछि प्रधानमन्त्री नेपालले एमालेका प्रभावशाली नेता के.पी. शर्मा ओलीसँग सम्पर्क गरी अध्यक्ष खनालसँग कुराकानी गर्न लगाउनुभएको थियो। संविधानसभा भवनभित्रै अध्यक्ष खनालसँग भेट गर्दै नेता ओलीले 'के नौटंकी गरेको' भनी अध्यक्ष खनालविरुद्ध पार्टीको केन्द्रीय समितिमा नै अविश्वास प्रस्ताव ल्याउने धम्की दिनुभएको थियो। अध्यक्ष खनालले भने– आफ्नो निर्देशनमा हस्ताक्षर अभियान संकलन नभएको दाबी गरेका थिए। सभासद्हरुले हस्ताक्षर संकलन गरेपछि पार्टी पनि विभाजित हुने तथा संकटकाल लगाउँदा राष्ट्रपति संकटमा पर्ने तथा पार्टीको इतिहासमा नै कलंक लाग्ने भन्दै गृहमन्त्री भीम रावल र अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई लचिलो हुन सल्लाह दिएका थिए। मन्त्रीद्वयको सल्लाहप्रति प्रधानमन्त्री नेपाल सकारात्मक हुँदै नेता ओलीसँग सम्पर्क गरी माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गर्न लगाएका थिए। प्रधानमन्त्रीसँगको सल्लाहपछि नेता ओलीले प्रचण्डसँग दश मिनेट गोप्य वार्ता गरी प्रधानमन्त्री राजीनामा दिन तयार रहेको बताएपछि माओवादी संविधानसभाको म्याद थप्न राजी भएको थियो। त्यसपछि एमालेका सभासद्हरुले सभामुखलाई प्रधानमन्त्रप्रति विश्वास नरहेको भनी दिन लागेको सूचना पनि रोकेका थिए।


सगरमाथादेखि एल्ब्रुससम्मको आरोहण यात्रा
- कृष्णप्रकाश श्रेष्ठ
गतः २५ मई २०१० मङ्गलवारका दिन नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फे सुब्बाद्वारा अन्तर्रर्ााट्रय पर्वतारोही दलको एक सदस्यको हैसियतले यूरोपको सबभन्दा अग्लो हिउँचुली एल्ब्रुसको आरोहणमा सफलता हासिल गरेकी छिन् । स्मरण रहोस् उनले एक वर्षघि मात्र विश्वको सवौच्च शिखरको एकल आरोहणमा विजय प्राप्त गरेकी थिइन् । यस अर्थमा उनले सगरमाथादेखि एल्ब्रुससम्मको आरोहणसेतु पार गरेकी छन् भन्नु अत्युक्ति हुने छैन ।
नेपालको तेह्रथुममा एक शिक्षक परिवारमा जन्मेकी जुनिता साम्बाहाम्फेले पर्वतारोहणको प्रेरणास्रोत को थियो भन्ने प्रश्नमा उनले आफ्नै जिज्ञासालाई प्रथम स्थानमा राखेको पाइयो, यद्यपि नजानिदो किसिमबाट उनका लागि सगरमाथा आरोहणको प्रेरणादाता स्वयं उनकै नाम भएको अभिव्यक्ति दिएकी थिइन् । काकलाती कस्तो पर्न गएको रहेछ भने उनी जन्मनुभन्दा झण्डै एक दशकअगाडि सगरमाथा आरोहण गर्ने प्रथम नारी पर्वतारोही जुन्को ताबर्ेइको नामको आधारमा उनका बुवा-मुमाले 'जुनिता' भनेर उनको नामकरण गरिदिनुभएको रहेछ । सम्भवतः यही नामलाई र्सार्थक तुल्याउन अवचेतन रूपमा नै उनले पर्वतारोहणमा अभिरुचि लिन थालेको हुनु सम्भव छ ।
मिलनसार र हँसिली स्वभावकी जुनिताले मास्को बसाइँको छोटो समयमा यस महानगरीका सबै दर्शनीय स्थलहरूको अवलोकन गर्ने सम्भावना नपाए तापनि गैरआवासीय नेपाली संघ रूसका पदाधिकारीहरू र सदस्यहरूले मास्कोमा उनको हार्दिक स्वागत गरेका थिए । मास्को क्रेमलिन, लाल मैदान, बोरोदिन्स्काया पानोरामा आदि केही दर्शनीय स्थलहरूको दृश्यावलोकन गनुका साथै उनले नेपाली राजदूतावासमा पनि पुग्नुका साथै नेपाली नारी निकुञ्जको तत्वावधानमा संचालिन नेपाली भाषा तथा संस्कृति शिक्षण केन्द्रका स-साना नेपाली छात्रछात्राहरूलाई पर्वतारोहणको आफ्नो अनुभव बताउन समेत भ्याएकी थिइन् ।
स्वदेश र्फकने साँझ बस्याल दम्पति -गैरआवासीय नेपाली संघ रूसकी उपाध्यक्ष विमला भण्डारी तथा सचिव दामोदर बस्यालको निवासस्थानमा उनको सम्मानमा आयोजना गरिएको प्रीतिभोजमा यस संघका अध्यक्ष मणिराज पोखरेल, महासचिव एवं अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज रूस शाखाका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ 'माधर्ुय', रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका महासचिव डा. भीष्म आचार्य, नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने, नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालयका अध्यक्ष सचिन शाक्य, छविलाल कुँवर, संकल्प पोखरेल, जीतेन्द्र उपाध्याय, सरिता पोखरेल प्रभृतिको समुपस्थिति रहेको थियो । यस पंक्तिकारले पनि नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेसंग कुराकानी गर्ने सम्भावना पाएको थियो । वार्ताको क्रममा विभिन्न विषयको प्रसङ्ग चल्नुका साथै खास गरी हाल पर्वतारोहण प्रविधिले गरेको प्रगतिको पर्रि्रेक्ष्यमा तेन्जिङ शर्ेपाको समयमा हिमालयको आरोहणको जटिलताको कल्पना समेत गनै गाह्रो पर्ने मन्तव्य व्यक्त गरिनुका साथै विश्वको तापमानमा बृद्धि भइरहेको सर्न्दर्भमा हिमालयको हिउँ निकै पग्लिसकेको जनाउँदै उनले पर्यवरणको स्थित्रि्रति चिन्ता व्यक्त गरेकी थिइन् ।
ककेशिया हिमश्रृङ्खलाको सर्वोच्च पर्वत एल्ब्रुसको दर्ुइकापे हिउँचुली -अत्युच्च पश्चिमी चुचुरो ५६४२ मिटर अग्लो छ भने पर्ूर्वी चुचुरोको अग्लाइ ५६२१ मिटर छ) को परिसर पनि पर्वतारोहण तथा पर्वतीय स्किइङ्ग खेलको एक महत्वपर्ूण्ा केन्द्र मानिन्छ । सगरमाथा -८८४८ मिटर) को दाँजोमा यो हिमशिखर ३२०६ मिटर होचो भए तापनि पर्वतारोहीहरूलाई यसले कम हाँक दिने गरेको छैन । सोभियत पर्वतारोही संघको निमन्त्रणामा रूसको यात्राको क्रममा प्रथम सगरमाथा विजेता तेन्जिङ नोर्गे शर्ेपाले सन् १९६३ मा रसियाली -सोभियत) पर्वतारोहीहरूको साथमा यस हिउँचुलीको आरोहणमा भाग लिएका थिए । त्यतिखेर रूसी भाषामा प्रकाशित हुने समाचारपत्रहरूमा'हिमालयको बाघ, हार्दिक स्वागत!', 'हिम चितुवालाई स्वागत छ!', 'झोमोलुङमा विजेता मास्कोमा', 'असाधारण मानवको मास्को आगमन' भन्ने शषिर्कहरूमा लेखहरूमात्र प्रकाशित भएको नभई एल्ब्रुसको बरफ जमिरहेको पाखोमा रसियाली पर्वतारोहीहरूले अजङका रूसी अक्षरहरूमा 'तेन्जङ, सुस्वागतम् !' भन्ने समेत कुँदेर उनीप्रति आफ्नो सदभावना व्यक्त गरेका थिए -येभ्गेनी गिप्पेनरेइटर, भूमिका ।।तेन्जिङ नोर्गे, 'हिउँको बाघ ः सगरमाथापश्चात्', मास्कोर्,र् इ.सं. १९८८, पृ. ९-११) ।
मास्कोवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ रूसका महासचिव एवं अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास) का अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ 'माधर्ुय', दुवै संस्थाका सचाव दामोदर बस्याल तथा गैरआवासीय नेपाली संघ रूसकी उपाध्यक्ष विमला भण्डारी बस्याल 'शुभ यात्रा' को कामना सहित 'फेरि भेटौंला !' भन्दै एल्ब्रुस विजेता नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेलाई मास्को विमानस्थलसम्म पुर्‍याउन जानुभएको थियो ।
नेपाली मूलका विश्वप्रसिद्ध सगरमाथाविजेता तेन्जिङ नोर्गे शर्ेपाले चढेको यूरोपको सर्वोच्च शिखर एल्ब्रुसमा यस वर्षनेपालकी एक नारी सगरमाथाविजेता जुनिता साम्बाहाम्फेले पदार्पण गरेर नेपालीहरूको उँचाई अरू एक कद बढाइदिएकी छिन् । विश्वका सबै महाद्वीपहरूका सर्वोच्च हिमशिखरहरूमा टेक्ने उनको लक्ष रहेको छ । मास्कोमा रहेका नेपालीहरूले उनलाई यस्तो उच्च आकांक्षामा निरन्तर सफलता मिलोस् भन्ने कामना गर्नुका साथै उनलाई जीवनको सगरमाथा चढ्नमा पनि सदैव विजय प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछन् ।
२९ मई २०१० -आइतवार)
मास्को, रूस महासंघ ।




रूसबाट नेपाली पाठशालाका केही छात्रछात्राहरू अध्ययनार्थ भारततर्फ प्रस्थान
                                                                  - कृष्णप्रकाश श्रेष्ठ
मास्को, ३० मई २०१० -आइतवार) । नेपाली नारी निकुञ्जको अग्रसरतामा मास्कोमा केही वर्षेखि संचालित नेपाली भाषा तथा संस्कृति शिक्षण केन्द्र -नेपाली पाठशाला) का चारजना छात्रछात्राहरू -अनुकृत लामिछाने, कृति महतो, अनुश्का लामिछाने, अनुराग लामिछाने) लाई तिनका अभिभावकहरूबाट भारतको स्कूलमा पढ्नका लागि पठाउने निर्ण्र्ाालिइएअनुसार स्वयं छात्रछात्राहरूले आफूले आर्जन गरेको नेपाली भाषाको ज्ञानको आधारमा स्वहस्ताक्षरद्वारा आफ्ना शिक्षकहरू -श्रीमती डली गुरुङ, सरस्वती खतिवडा, जीतेन्द्र उपाध्याय, किरण रानाभाट एवं कृष्णप्रकाश श्रेष्ठ) का साथै आफ्ना अभिभावकहरू र नेपाली नारी निकुञ्जका पदाधिकारी एवं सदस्यहरूलाई समेत निमन्त्रणापत्र पठाएर एउटा प्रीतिभोजको आयोजना गरेका थिए । यहाँनेर बालसुलभ भाषामा लेखिएको उक्त निमन्त्रणापत्रको केही अंश उद्धृत गर्छर्ुु 'हामी केही दिनपछि अगाडीको पढाइका लागि भारत जान लागेका छौं । हामी जहाँ भए पनि तपाईंहरूलाई याद गछौर्ं । भविष्यमा पनि तपाईंहरूको सहयोगको आशा राखेका छौं । तपाईंहरू सबै जनालाई हाम्रो धन्यवाद प्रदान समारोहमा भाग लीदिनको लागि हार्दिक निमन्त्रणा गर्र्छौं' ।
उक्त धन्यवाद प्रदान समारोहमा नेपाली पाठशालाका शिष्य तथा छात्रहरूका अतिरिक्त नारी निकुञ्जका अध्यक्ष डा. समता प्रसाद, उपाध्यक्ष, विन्दिता लामिछाने, सचिव निता सिंह, गीता लामिछाने, नाज सिंह, सविता लिगल, अमृता शर्मा, गोमा ज्ञवाली, ताच्याना के.सी, इरीना श्रेष्ठ आदिको अतिरिक्त खेमराज लामिछाने, वसन्त सिंह, वैद्यनाथ शर्मा, डा. कुशवाहा  प्रभृतिको पनि समुपस्थिति रहेको थियो । स-साना नानीहरूको तर्फबाट आयोजना गरिएको यस्तो भव्य कार्यक्रमको सफलतामा अवश्यमेव तिनका अभिभावकहरूको ठूलो भूमिका रहनु स्वाभाविकै हो । परन्तु भर्खरै मात्र नेपाली भाषामा पढ्न र लेख्न सिकिरहेका नेपाली बालबालिकाहरूले स्वहस्ताक्षरमा  निमन्त्रणापत्र र शिक्षकहरूको नाममा कृतज्ञतापत्र लेख्नुदेखि लिएर पाहुनाहरूको स्वागत-सत्कारमा दत्तचित्त भएर देखाएको जाँगरबाट यस पंक्तिकार लगायत सबै आमन्त्रित उमेरदारहरू अत्यन्तै प्रभावित भएका थिए ।
नेपाली बालबालिकहरू दसदेखि बाह्र वर्षम्मको उमेरमा बुवा-मुमाबाट टाढा रही भारतको स्कूलमा पढ्न जाने कुराले यस पंक्तिकारलाई आफ्नै अतीतको झझल्कोले घच्घच्याइरहेको थियो । आफ्नो पढाइ अगाडि बढाउन १०-११ वर्षो उमेरमै बुवाले मलाई भारतको पिथौरागढमा एक ब्राहृमण परिवारको जिम्मा लगाइदिनुभएको संस्मरण भएर आयो । त्यस वेला मेरो ब्रतबन्ध भइसकेको हुँदा तत्कालीन मान्यताअनुसार ब्राहृमणबाहेक अरुले पकाएको खानमा प्रतिबन्ध थियो र पाण्डेगाउँ मेरो आश्रयदाता बन्न पुगेको थियो । त्यतिखेर संचारमाध्यम शून्य अवस्थामा हुँदा विर्द्यार्जन गर्न घरबाट टाढा रही आप\mनै उमेर हाराहारीका ६-७ जना मात्र हामी नेपालीहरू मिलीजुली कसरी दुःख भोग्न विवश थियौं सो अहिलेकोर् इ-मेल र मोबाइल टेलिफोनको जमानामा कल्पनाबाहिरको कुरा हुन सक्तछ । हामीले लामो छुट्टीमा बुवा-मुमालाई भेट्न पनि बैतडी खलङ्गासम्म पुग्न एक दिनसम्म हिंडेर उकालो-ओरालो पार गर्नुपर्दथ्यो । तर आज यस्तो स्थिति छैन । तैपनि मास्कोस्थित नेपाली राजदूतावासको प्रांगणमा संचालित नेपाली पाठशालामा भर्खरै कखहरा सिकेर कनीकुथी नेपालीमा पढ्न र लेख्न सक्ष मबनेका साना केटाकेटीहरू मास्कोमा रहेका बुवा-मुमाबाट टाढा रही भारतमा पढ्न जान लागेकोबाट म निकै चिन्तित थिएँ । जे होस्,  विज्ञानको द्रुततर विकासले समय र स्थानको दूरता मेटिदिएको तथ्यले केही सान्त्वना दिइरहेको थियो । सके मेरा छात्रछात्राहरूका अभिभावकहरूलाई पनि यसै तथ्यबाट सान्त्वना मिलिरहेको होला ।
अनुराग, कृति, अनुस्का र अनुकृतले आप\mना शिक्षकहरूलाई हाफ्नै हरुताक्षरमा लेखिएका कृतज्ञतापत्र आफ्ना शिक्षकहरूलाई हस्तान्तरण गर्नुअघि पालैसान्ति सबैको सामु पढेर पनि सुनाएका थिए । मलाई प्रदान गरिएको पत्र अनुराग लामिछानेले अदपका साथ पढेर सुनाउँदा त्यसमा व्यक्त गरिएका मार्मिक शब्दहरूबाट मलाई अपार हर्षो अनुभूति भएको थियो । त्यसको व्यहोरा यस प्रकारको छ ः 'आदरणाीय कृष्ण सर, मलाई हजुरलाई धन्यवाद दिन मन लाग्यो । हजुरले मलाई पढ्न, लेख्न र राम्रोसंग बोल्न सिकाइदिस्यो । यसले गरेर म झन् राम्रो मान्छे भएको छु र मेरो ज्ञान बढेको छ' । एक शिक्षकको निम्ति आफ्ना प्यारा शिष्यहरूको तर्फबाट यस्तो अभिव्यक्तिभन्दा मूल्यवान् उपहार अरु के हुन सक्त छ - मैले उनीहरूलाई चारैजनाले एक अर्कालाई सघाउँदै राम्ररी आफ्नो पढाइको स्तर बढाएर लैजानुका साथै नेपाली भाषाको ज्ञान पनि तिखार्दै जाने र अन्य सहपाठी र शिक्षकहरूबाट अनुशासित र कुशाग्र बुद्धि भएका उत्कृष्ट छात्रको मान्यता प्राप्त गरी नेपालको नाम राख्न सदैव दत्तचित्त रहने अर्ति दिंदै आफ्नै प्रिय नाति-नातिनाको स्थानमा रहेका छात्रछात्राहरूसंग अङ्कमाल गरेर गला मिलाउँदै आफ्नो स्नेहसिक्त भावना पोखेको थिएँ । नेपाली नारी निकुञ्जकी मानार्थ अध्यक्ष, श्रीमती राजदूत डली गुरुङले चारैजना छात्रछात्राहरूलाई खादाको माला लगाइदिएर आरोग्यता र उत्तरोत्तर सफलताको हार्दिक मङ्गलमय शुभकामना दिनुभएको थियो ।
अन्त्यमा नेपाली बालबालिका अनुराग, अनुकृत, अनुश्का एवं कृतिले मिलजिुली नेपाली पठशाला संचालकहरूलाई सम्बोधन गरेर लेखेको सामूहिक पत्रको उद्धरण नदिई रहन सकिनँ । त्यसमा अंशतः भनिएको छ ः 'हामी त्रच्चाहरू धेरै खुशी र गौरवान्वित छौं, किनभने तपाईंहरूको अचक प्रयासबाट चलेको नेपाली स्कूलबाट सिकेर आज हामी नेपाली भाषामा लेख्न, पढ्न र बोल्न सकेका छौं । यसको लागि तपाईंहरूलाई धेरै धेरै धन्यवाद दिंदै आभार व्यक्त गर्र्छौं...। हामीहरूलाई नबिर्सनुहोला । हामी पनि तपाईंहरूलाई धेरै याद गर्र्छौं...'
भारतको स्कूलमा पढ्नका लागि मास्कोबाट प्रस्थान गर्ने तरखर गरिरहेका मेरा प्यारा शिष्यहरूसंगर् इ-मेलमार्फत् पाठ र पत्रको आदान-प्रदान गर्दै रही भविष्यमा पनि 'इन्टरनेट नेपाली पाठशाला' को माध्यमबाट सर्म्पर्क कायम रहने आशा र विश्वास छ । तिनका अभिभावक तथा शिक्षकहरूको एक मात्र शुभकामना छ ः नेपालका भावी कर्ण्ााधार बन्ने आजका हाम्रा स-साना बालबालिकाहरूको भविष्य उज्ज्वल होओस् !
फोटो सौजन्य ः खेमराज लामिछाने
१ जून २०१० -मङ्गलवार)
अन्तर्रर्ााट्रय बालदिवस
मास्को, रूस महासंघ ।


DSC02379_thumb.jpg


DSC02380_thumb.jpg


DSC02364_thumb.jpg


DSC02359_thumb.jpg




तिमीलाई कदापि बिर्सने छैनौं


- कृष्णप्रकाश श्रेष्ठ

रूसी कवि आन्द्रेइ भोज्नेसेन्स्कीको जन्म सन् १९३३ को १२ मईका दिन मास्कोमा भएको थियो । सन् १९४७ मा प्रसिद्ध रूसी कवि बोरिस पास्तेरनाकले साहित्य क्षेत्रमा उनको पदार्पणको सर्न्दर्भमा हर्षप्रकट गर्दै उनलाई पत्र लेखेका थिए । युवावर्गलाई काव्यप्रति बफादार हुने शिक्षा दिने स्टालिनको समयका मर्ूधन्य कवि पास्तेरनाकबाट प्राप्त नैतिक प्रेरणाले भोज्नेसेन्स्की लगायत नयाँ पुस्ताका कविहरूको हौसला बढ्न गएको थियो । सन् १९५८ मा साहित्यिक पत्रपत्रिकामा प्रकाशित उनका कविताहरू व्यापक रूपमा लोकप्रिय भइसकेका थिए । सन् १९६० को दशकमा उनको कवितापाठ सुन्न लालायित मानिसहरूको भीडले रंगशालाहरू भरिन थालिसकेका थिए । त्यसताका उनले एकपल्ट भनेका पनि थिए ः 'हाम्रों संख्या साने छ । केवल चारजना मात्र' । उनले सन् १९६० को रूसी काव्यजगत्मा हलचल मच्चाउने यी चारजनाको नाम समेत किटेर भनेका थिए ः येभ्तुशेन्को, रोज्देस्तभेन्स्की, आहृमादुलिना र स्वयं भोज्नेसेन्स्की । यी चारै कविहरूको थरनामको पहिलो अक्षरबाट रूसी भाषाको 'भेरा' शब्द बन्न जान्छ, जसको अर्थ हुन्छ 'आशा' । वास्तवमा नै यी तीनै जना कविहरू र एकजना कवयित्री तत्कालीन सोभियत रूसको काव्यजगत्का आशा नै थिए । स्टालिनको शासनकालपछि ख्रुश्चेभको हातमा देशको शासनको बागडोर आउँदा देशका वासिन्दाहरूमा नयाँ आशाको जुन किरण फैलिएको थियो त्यसको काव्यिक प्रतिनिधित्व वस्तुतः यिनै चारजना कविहरूले गरेका थिए भन्नु अत्युक्ति हुँदैन । सोभियत जनताले त्यस नयाँ आशाको वातावरणलाई 'न्यानोपनाको युग' -रुसी भाषामा 'अत्तेपेल') भन्ने नाउँ दिएका छन् । स्टालिनको कठोर पञ्जाबाट यस देशका वासिन्दाहरूले केही राजनैतिक मुक्तिको अनुभव गर्न थालेका थिए र तत्कालीन सहित्यकार तथा कविहरूले पनि केही हदसम्म स्वतन्ञ रूपमा भावाभिव्यक्ति गर्न थालेका थिए । स्टालिनको बन्दीशिविरबाट मुक्त गरिएका अलेक्सान्द्र शोल्झेनित्सिनको 'इभान देनिसोभिचको एक दिन' शर्ीष्ाकको विख्यात लघुउपन्यास पनि त्यतिखेर देखापरेको उदारतावादको मिर्मिरे उज्यालोको पृष्ठभूमिमा मास्कोको साहित्यिक पत्रिका 'नोभी मीर' -नयाँ संसार) मा प्रकाशित हुन पुगेको थियो ।

त्यसैताका आन्द्रेइ भोज्नेसेन्स्कीको एउटा कवितासंग्रह 'मोजाइका' -'रङ्गसंयोजन') शर्ीष्ाक लिएर झुल्किएको थियो । त्यो संग्रह झण्डै जफत हुने स्थितिमा पुगेको थियो । तानाशाहले कविताको मर्म बुभ\mन सक्तैन भन्ने उक्तिलाई चरितार्थ गर्दै तत्कालीन र्सर्वेर्सवा राजनेता निकिता ख्रुश्चेभले देशका सांस्कृतिक कार्यकर्ताहरूको व्यापक भेलामा प्रमुख अतिथिको रूपमा ृउपस्थित सोभियत संघका यस संग्रहका रचयितालाई सम्बोधन गर्दै बेसरी झपार्दै भनेका थिए ः 'श्रीमान् भोज्नेसेन्क्सी, निस्केर जा यहाँबाट, आफ्ना मालिकहरूकहाँ ! तत्कालै तँलाई राहादानी चमाइदिन म अह्राउनेछु !' सोभियत संघको प्रथम व्यक्तिको मुखबाट यस्तो रोषवमनबाट थर्कमान नहुने कोही थिएन । त्यहाँ उपस्थित सांस्कृतिक कार्यकर्ताहरूमा समेत ताली पिटेर र्सर्वेर्सवा नेताको र्समर्थन जनाउनु सिवाय अर्को कुनै उपाय फुर्न सक्तैनथ्यो त्यसताका । तत्कालीन अमेरिकी राष्ट्रपति केन्नेडीको कृपाले उनी अमेरिका यात्रामा निस्किए । यस सर्न्दर्भमा 'ख्रुश्चेभले हामीलाई बुझेनन्' भन्ने टिप्पणी गर्दै येभ्गेनी येभ्तुशेन्कोले विदेशी कविहरूबाट 'देशका सर्वोच्च शासकलाई समेत साहित्यको विषयमा वादविवादमा उतार्न सक्षम काव्यकृतिपब रचयिता रसियाली कविहरूको प्रशंसा गरेको' तथ्यको सम्झना गर्नेगरेका छन् ।

थाहा भएकै कुरा हो कि अमेरिकाबाट फर्केपछि तत्कालीन सोभियत प्रेसले उनको विरुद्ध विषवमन गर्न थालिहाल्यो । जे भए तापनि व्यापक जनसमूहमाझ उनको कवितापाठ र उनका कविताहरूको प्रकाशन जारी नै रहृयो । उनको लोकपि्यताको सामु सत्ताधारीहरूले समेत घुँडा टेक्न बाध्य हुनुपरेको थियो, किनभने संसार निकै हदसम्म बदलिइसकेको थियो । अन्ततोगत्वा तात्कालीन आधिकारिक मापदण्डभन्दा बेग्लै खालको प्रतिष्ठाप्राप्त 'तागान्का थिएटर' मा भोज्नेसेन्स्कीको काव्यनाटक 'आन्तिमिर' -'प्रतिविश्व') सफतलापर्ूवक मञ्चन भयो ।

आधुनिक रूसी वाङ्मयको क्षेत्रमा आन्द्रेइ भोज्नेसेन्स्कीको योगदान अभूतपर्ूव रहेको छ । यसको उच्च मूल्याङ्कन गर्दै रूसी काव्यको श्रीवृद्धिमा गहकिलो योगदान पुर्‍याएवापत् आन्द्रेइ भोज्नेसेन्स्कीलाई सन् १९७८ मा देशको अति प्रतिष्ठित राजकीय पुरस्कार प्रदान गरियो । सन् १९७९ देखि उनले साहित्यि वर्षत्रिका 'मेत्रोपोल' मा भाग लिन थाले भने आधुनिक शैलीमा रचिएका उनका 'युनोना' एवं 'आभोस्' -'जे होला') शर्ीष्ाकका रक-ओपेरा -गीतिनाटक) हरू सन् १९८१ म्ाा 'द्रुज्भा नारोदोभ' -'जन-मित्रता') साहित्यिक पत्रिकामा प्रकाशित हुनुका साथै 'लेनकोम' -'तरुण कम्युनिष्ट') थिएटरमा मञ्चन गरिएका थिए । दोस्रो रक-ओपेराको एउटा गीतमा यस्ता सुकोमल आरम्भिक पंक्तिहरू छन् ः

तिमी मलाई मिमिैरैमै ब्युँझाउँछ्यौ,

नाङ्गै गोडा बाहिर निस्केर बिदा गछ्र्यौ ।

तिमी मलाई कदापि बिर्सने छैन्यौ,

तिमी मलाई कहिल्यै पनि देख्ने छैन्यौ ।।

र्सर्दी लाग्दा तिमर्ीतर्फ झुकेर

म सोच्छु ः 'हे भगवान् !

म तिमीलाई कदापि बिर्सनै छैन,

म तिमीलाई कहिल्यै पनि देख्ने छैन ।।'



उनका कतिपय कविताहरू त गीतमा पनि ढालिएका छन् र निकै लोकप्रिय रहेका छन् । स्वयं कविता लेखेर गितार बजाउँदै आफ्नै मात्र कविताको गायन गर्ने त्यस युगका प्रसिद्ध कलाकार भ्लादिमिर भिसोत्स्कीले समेत उनका कविताहरू गाएका थिए । उनले शासकवर्गको कुदृष्टिमा परेका भिसोत्स्कीका कविताहरूको प्रकाशनमा समेत आफ्नो प्रतिष्ठाको आधारमा सहयोग गरेका थिए । सन् १९८२ मा लोकप्रिय गायिका आल्ला पुगाच्योभाद्वारा प्रस्तुत उनकै कवितामा आधारित गीत 'लाखौं, लाखौं, लाखौं लाल गुलाफ' बोलको गीत जनमानसमा यतिसम्म भिजिसकेको छ कि अद्यापि उत्तिकै उत्साह र उमङ्गका साथ सामूहिक रूपमा लोकगीतभै+m गाइने मात्र नभई सुप्रसिद्ध रूसी गायिकाको 'परिचय-पत्र' समेत बन्न पुगेको छ ।

उनले सन् १९८३ मा रचना गरेको 'नियति' शर्ीष्ाकको कवितामा संक्षेपमा उनको समय र भावनाको राम्रो अभिव्यक्ति भएको पाइन्छ । त्यतिखेर रूसमा निकै लोकप्रिय हुन पुगेको कोक-न-रोल नृत्यको धूनसंग त्यस कविताको ध्वनि र लयको सामञ्जस्यता ठडकारै अनुबोध हुन्छ । त्यसमा कविको निजी पीडाको प्रतिध्वनि गुञ्जनुका साथै उनको भविष्यवाणी पनि मुखरित भएको छ भन्नु अतिशयोक्ति नहोला । उक्त कविताका निम्न पंक्तिहरूलाई नै यसको दृष्टान्तको रूपमा प्रस्तुत गर्न सकिन्छ ः

कस्को सेवा गरें मैले यहाँ उज्ज्वल वर्षा,

कविताको अतिरिक्त, भेटेथें जुन मार्गमा ।

बनेथें जनता निम्ति गोप्य तडित्-निरोधक,

मेरुदण्ड छ चर्केको, यस्तै नियतिको हक !!



रूसी कविले आप\mनो जीवनको उत्तर्रार्धमा पनि कविताहरूको रचना गरि नै रहेका थिए र यो क्रम अन्तिम समयसम्म पनि जारी नै रहेको थियो । उनका कवितासंग्रहहरू प्रकाहित हुनासाथै हारालुछ भइ हाल्दछन्, किताब पसलहरूको दराजमा धूलिधूसर भएर पडिरहेका हुँदैनन् ।

कविको नाम पनि प्रतिकात्मक प्रतीत हुन्छ । क्रिश्चियन धर्मको उत्सव ब्कअभलकष्यल -रूसी भाषामा 'भोज्नेसेनिये') को अर्थ हुन्छ 'उर्ःर्ध्वगमन दिवस' । यसलाई 'आरोहण' को अर्थमा पनि लिन सकिन्छ । बीसौं शताब्दीको रूसी काव्यको स्तरलाई उनले उच्च शिखरमा पुर्‍याएको हुँदा वास्तवमा नै उनको नाम र्सार्थक भएको छ भन्न सकिन्छ । मास्कोको एक लोकप्रिय समाचारपत्र 'कम्सामोल्स्काया प्राभ्दा' ले उनको देहान्तको सर्न्दर्भमा प्रकाशित गरेको लेखको शर्ीष्ाक पनि 'भोज्नेसेन्स्कीको ऊर्ध्वगमन' -२ जून २०१०) राखेको छ । त्यसको सांकेतिक अर्थ हुन्छ ः 'भोज्लेसेन्स्कीको स्वर्गारोहण' ।

आफ्नो ७७ वर्षपूरा भएको उपलक्ष्यमा जन्मोत्सव मनाएको १९ दिनपछि नै जून १ तारिख -मङ्गलवार) का दिन दर्ीघरोगबाट ग्रसित नश्वर देहलाई त्यागेर विख्यात रूसी कवि आन्द्रेइ भोज्नेसेन्स्कीले सदार्सवदाका लागि पृथ्वीवासीहरूसंग बिदा लिए । उनको शरीरले रूसका कैयौं पुस्ताका महान लेखक-कवि र विख्यात व्यक्तित्वहरूलाई अन्तिम आश्रय दिने मास्कोको प्रसिद्ध नोभोदेभिची चिहानघारीमा ४ जून -शुक्रवार) का दिन चिरविश्राम लिनेछ । बीसौ शताब्दीको सन् १९६० को दशकको आशादीपका एक काव्यप्रतीक बन्न पुगेका विश्वप्रसिद्ध रूसी कवि भोज्नेसेन्स्कीको अन्तेष्टिमा रसियाली जनताको तर्फबाट उनको समाधिमा चढाइने 'लाखौ, लाखौं, लाखौं लाल गुलाफ' मा नेपालीहरूको तर्फबाट समेत एकजोर थुङ्गा भावपुष्पको श्रद्धाञ्जली अर्पण गर्दै उनैको कविताका पंक्तिहरू पैचो लिएर भन्नुपरिरहेको छ ः

'तिमीलाई कदापि बिर्सने छैनौं,

अब तिमीलाई कहिल्यै पनि देख्ने छैनौं ।।'



३ जून २०१० -वृहस्पतिवार)

मास्को, रूस महासंघ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक