- अनिलभक्त खरेल
२५ दलहरुलाई संविधान लेखनरुपी परीक्षाको लागि छुट्याइएको समय अबको २ सातामा सकिदैछ । जसरी स्कूल, क्याम्पसमा परीक्षा दिने विद्यार्थीहरुलाई छुट्याइएको समयावधि पश्चात स्टप द पेन भनेर परीक्षा दिइएको कपी खोसिन्छ । त्यो निश्चित अवधिमा त्यो विद्यार्थीले लेख्यो त्यसैमा उसको मापन हुन्छ । उस्ले कपी खाली राखो कि भरोस गार्डलाई मतलव हुदैन त्यो पछि परीक्षकले जाच गर्दछ । कुनै विद्यार्थीले मलाई समय अपुग भएको भन्दैमा उस्लाई थप समय दिइदैन । हो त्यस्तै परीक्षारुपी संविधानलेखनमा उत्रिएका अहिलेका २५ दलका ६०१ जनाको मागी खाने भाडोको रुपमा खडा भएको संविधानसभाको समयावधि.......अमेरिकामा नेपाली पत्रकार र 'नेजा'को सरोकार - अनिल पाण्डे....
थपिनु हुदैन । यदि अहिलेका असफल दलहरुको समयावधि थपियो भने यस्ले नराम्रो सन्देश जान्छ । भोलि केही गरी विद्यार्थीहरुले पनि परीक्षाको समयावधिको माग गरे भने थप गर्ने कि नगर्ने -अर्कोतर्फअन्तरिम संविधानमा नै संविधानसभाको समयावधि २ वर्षमात्र कायम रहने छ भन्ने उल्लेख गरिएको छ । अन्तरिम संविधानमा नै समयावधि उल्लेख भएको अवस्थामा सहमतिको नाममा समयावधि थपिन अन्तरिम संविधानको मर्म र भावना विपरीत हुनेछ । अन्तरिम संविधानमा संकटकालको अवस्थामा मात्र संविधानसभाको म्याद ६ महिना थपिन सक्नेछ भन्ने उल्लेख छ । संविधान बनाउने बेलामा सत्ताको खेलमा मात्र झगडा गरेर बस्ने अनि समय गुज्रिन थालेपछि समय थप गर्नु न्यायोचित हुन सक्दैन । अहिलेको अवस्थालाई संकटकाल भन्न पनि मिल्दैन ।
यदि यो संविधानसभाले जेठ १४ गतेभित्र नेपाली जनतालाई नया संविधान दिन सकेन भने देश संविधानविहीन हुने निश्चित छ । त्यस अवस्थामा देशमा पुरानै संविधान स्वतः सकृय हुन्छ । देश संविधान र कानुन विहीन हुन सक्दैन । देशका नेता असफल हुन सक्छन् तर देश असफल हुनु हुुदैन । नेता असफल भएको अवस्थामा अहिले देशै असफल बनाउने प्रयास गरिदैछ यसमा नेपाली जनता चनाखो हुनु पर्छ ।
अहिलेको परिस्थितिलाई शुद्ध मनले कुनै दल विशेषमा नलागेर आम नेपाली सोच्ने बेला आएको छ । हामीले हिजो राजा फालेर गल्ती गर्यौं कि गरेनौं - राजा फालेर नेपालले के पायो - के राजा फालेर नेपाली जनताले सुनको अण्डा पार्ने कुखुरा पायो त - देशमा शान्ति आयो त - बेरोजगारी नेपाली जनताले रोजगारी पाए त - गरीबहरु रातारात धनी भए त - देश स्वीजरल्याण्ड र सिंगापुर बन्यो त - १० वर्षो जनयुद्धकालमा भत्काइएका भौतिक पर्ूवाधार मर्मत भए त - यो ४ वर्षो अवधिमा के कति विकासका काम भए, कति नेपाली जनताका लागि भलाईका काम भए यिनको पनि लेखाजोखा गर्ने बेला भएको छ ।
के ०६२।०६३ को आन्दोलन भारतीयहरुलाई नेपाली नागरिकता दिन ल्याइएको हो त - के समाजमा कही नविकेका २०० भन्दा ल्याप्चेहरुलाई मासिक ६० हजार भन्दा बढी भत्ता खुवाउन ल्याइएको हो - के देशको अरबौं रुपैया संविधानरुपी असुरयज्ञमा स्वाहा पार्न ल्याएको हो - यो संविधानसभारुपी असुरयज्ञले हामी नेपालीलाई अझ १० वर्षपछि धकेलिएको छ । यस कारणले १० वर्षधकेल्यो कि संविधानसभारुपी अुसर यज्ञमा १ खर्ब भन्दा बढी खर्च भयो तर त्यो खर्च अहिले केवल बालुवामा पानी हाले सरह भएको छ । यसले कुनै निचोड दिन सकेन । दर्जनौं शहिद भएर ल्याएइको संविधानसभा आज लेण्डुपेहरुले आप\mनो क्षणिक स्वार्थमा स्वाहा पारे ।
यस अवस्थामा अब संविधानसभाको समयावधि थप्ने काम हैन कि ०४७ को संविधान व्यूझाउनु पर्ने बेला आएको छ । २ वर्षो संविधानसभाको समयावधि सकिएको अवस्थामा राष्टपति उपराष्टपति र सबै सभासद र मन्त्रीहरुको पद पनि जेठ १४ पछि स्वतः सकिन्छ । यस अवस्थामा देशमा राजा, र हिन्दुराष्ट स्वतः कायम हुनेछन् । यो कायम गर्नु नै आजको अवश्यकता हो ।
नेपाली जनताले अव प्रायश्चित गर्ने बेला भैसकेको छ । हिजो नबुझी राजतन्त्र फाल्नु नेपाली जनताको भूल हो । राजसंस्थामा लागेका कोही व्यक्ति खराब होलान, राजसंस्थाका उत्तराधिकारी कोही खबरा हुन सक्लान् तर राजसंस्था नेपाली जनताको लागि खराब थिएन । विभिन्न टुक्रिएको राज्यलाई माला गास्ने राजसंस्थालाई खराब देख्ने नेपाललाई सिंगो देख्न नचाहनेहरुको षडयन्त्र शिवाय केही होइन । अब पनि नेपाली जनताले नागार्जुनमा गएर बाजा बजाएर राजालाई ल्याउन ढिलो गर्ने हो भने नेपाली जनता अनन्तकालसम्म आपसमा लडेर बस्नु पर्नेछ । नेपाली जनताको समयमा नै बुद्धि फिरोस् । देशमा खुलेका दलको पछाडि लागेर होमा हो गरेर हिड्नु देशलाई दलदलमा भास्नु मात्र हो । यी दलहरुले नेपाली जनतालाई के कति गरे त्यो त देखियो । आफैले राखेको समयावधिमा उनीहरुले के कति काम गरे त्यो पनि मूल्याकन गर्नु पर्ने बेला भएको छ ।
परीक्षाको अवधिमा झगडा गरेर बस्ने अनि समयावधि सकिन थालेपछि समयावधिको माग गर्नु देश र जनतालाई भड्खालोतर्फधकेल्नु हो । समयावधि थपले ६०१ जनालाई त फाइदा होला तर आम नेपालीलाई फाइदा हुदैन यसतर्फनेपाली जनताको ध्यान जाओस् । श्री पशुपतिनाथले नेपाली जनतालाई सद्बद्धि दिउन् । - - -भर्जिनिया मनासस, अमेरिका
अमेरिकामा नेपाली पत्रकार 'नेजा' र को सरोकार
- अनिल पाण्डे
'नेजा' अर्थात नेपाल अमेरिका पत्रकार संघ । हालै मात्र दोस्रो साधारणसभा सम्पन्न गरी नयाँ पदाधिकारी चयन गर्न सफल अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था । हरेक दर्ुइ वर्षा निर्वाचित हुने प्रावधान रहेको नयाँ कार्यकारी समितिमा यस पटक जे-जस्ता साथीहरुको चयन भएको छ, त्यसले नयाँ आशा-अपेक्षा जगाएको छ । तर नेजाका अगाडि थुप्रै चुनौतीहरु पनि नभएका भने होइनन्, त्यसैले पनि यसप्रति शुभकामना प्रकट गर्नु र सम्भाव्य अवसरहरु देखाउनु यसका हरेक शुभचिन्तकको दायित्व हुन आउँछ । पङ्क्तिकार सोही दायित्व पूरा गर्ने सानो अभ्यासस्वरुप यी हरफहरु लेखिरहेको छ ।
न्यूजर्सर्ीीे एटलान्टिक सिटीमा सम्पन्न संघको दोस्रो साधारणसभाले पत्रकार नगेन्द्र पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कुल ६२ जना मतदाता रहेको नेजाले लोकतान्त्रिक अभ्यासका साथ नेतृत्व चयन गरेको हो । अध्यक्षका लागि मतदानसमेत भयो भने अन्य पदाधिकारीहरुका लागि र्सवसम्मति जुटाइयो । यसको सकारात्मक पक्ष के भने लोकतन्त्रको अभ्यासका लागि एकातिर निर्वाचन पनि भयो, अर्कातिर एक सय मतदातासमेत नरहेको नयाँ संस्थामा निर्वाचनभन्दा र्सवसम्मतिको अभ्यास उपयुक्त हुने यथार्थलाई पनि स्वीकार गरियो । कुल ५३ मतदाताले साधारणसभामा उपस्थित भएर आफ्नो मतको सदुपयोग गरे । पदाधिकारी चयनमा लोकतान्त्रिक अर्को अभ्यास के पनि गरियो भने, सकभर अमेरिकाका चारै दिशा र समावेशी पक्षसमेत समेट्ने प्रयास पनि भयो । जसअनुसार नेजाको वरिष्ठ उपाध्यक्ष कृष्ण शर्मा -भर्जिनिया), महासचिव आङछिरिङ शर्ेपा -यूयोर्क), सचिव शर्मिला उप्रेती -भर्जिनिया) र कोषाध्यक्ष सहदेव पौडेल -न्यूयोर्क), पर्ूर्वी क्षेत्रीय उपाध्यक्ष विजय पौडेल -न्यूयोर्क), पश्चिम क्षेत्रीय उपाध्यक्ष शेखर ढुंगेल -नेब्रास्का) र विष्णु शीलत -डिसी मेट्रो) क्षेत्र रहेका छन् ।
गत २०६४ सालमा भर्जिनियामा पहिलो सम्मेलन गरी प्रारम्भ भएको नेजामा अमेरिका तथा क्यानाडाका बिभिन्न भागमा रहेका नेपाली सञ्चारकर्मीहरु सदस्य छन् । यसमा संलग्न रहेर नेपाली समुदायको योगदानमा सक्रिय सम्पर्ूण्ा पत्रकारप्रति शुभकामना व्यक्त गर्नु पङ्क्तिकार आफ्नो धर्म ठान्छ, त्यसमा पनि नवनिर्वाचित पदाधिकारीलाई उच्च सफलताका लागि मंगलगान नै गाउनु सान्दर्भिक हुनेछ । वास्तवमा पहिलो कार्यकारी समितिले संस्था स्थापनामा पर्याप्त योगदान गर्यो, त्यसका लागि विवर्तमान कार्यकारी समित्रि्रति पनि धन्यवाद ज्ञापन गर्नैपर्छ । तर प्रारम्भ भएकाले हुनसक्छ, संस्थाले केही मात्रामा संख्यात्मक विकास गरे पनि गुणात्मक विकास गर्न सकेको थिएन । स्वभावतः प्रारम्भमा यस्तै समस्याहरु र्सवत्र देखिन्छन् । आज नेपालको संविधानसभामा ३३ प्रतिशत अर्थात १९७ महिला सभाषद् रहेका छन्, वास्तवमा यो संख्या हो- योग्यता होइन । प्रारम्भमा संख्यात्मक विकास हुन्छ र विस्तारै यो अभ्यासले निरन्तरता पाउँदै गर्दा त्यसैभित्रबाट गुणात्मकता प्रकट हुन्छ । नेजामा पनि 'पत्रकार' बनेर सदस्यता हासिल गरेका सबै सदस्यहरु पत्रकार होइनन् । कति वर्षघि एक थान लेख लेखेका कारणले जिन्दगीभर कोही पत्रकारको पगरी गुथ्न सक्तैन ।
त्यसो त नेपालमा पनि पत्रकारहरुभित्र गुणात्मकताको ठूलो समस्या छ । करिब्ा १० हजार सदस्य रहेको नेपाल पत्रकार महासंघमा पनि 'मसिन अपरेटर र कम्प्युटर पर्सनलाई पत्रकारको रातो कार्ड दिइयो,' भनेर आवाज उठ्ने गर्दछ । साधारणसभा तथा निर्वाचनका समयमा यस प्रकारको समस्या आउँछ, पदाधिकारीले आफ्ना र्समर्थकहरु यदि मसिन अपरेटरहरु नै छन् भने उनीहरुलाई नै पत्रकार बनाएर प्रस्तुत गर्ने धृष्टता गरिहेका हुन्छन् । नेपालमा सूचना विभाबाट स्वतन्त्र पत्रकारको परिचयपत्र पाउनेहरु कति सही पत्रकार हुन्, भन्न कठिन छ । मातृभूमिमै यस प्रकारको प्रदूषण छ भने प्रवासमा रहेका पत्रकार जो 'पर्ूण्ाकालीन' भएर पत्रकारिताका माध्यमले पेट पाल्न सकिरहेका छैनन्, उनीहरुका लागि कसी लगाउने ठूलो ढुंगा तयार पारिदिनु बढी स्वाभाविक पनि हुने छैन । तर पनि यी विषयमा समयमै आवाज उठाउन थालिएन भने नेजा कुनै दिन 'नजा' नहोला भन्न सकिन्न । त्यसैले यसमा सही अर्थमा पत्रकार भन्न मिल्ने व्यक्ति मात्र सदस्य हुन सकून् भन्ने मान्यताका साथ नयाँ पदाधिकारीले काम गर्नु आवश्यक छ । यसकै लागि पक्तिकार नयाँ कार्यकारी समित्रि्रति शुभकामना प्रकट गर्दछ ।
प्रवासमा रहेका पत्रकार तथा स्तम्भकार चरित्रहत्याको निर्मम शिकार भएका छन् । कुनै लेखकले जब आफ्नो लेख प्रकाशित गर्छ तब काल्पनिक नामका पाठकहरु प्रतिक्रिया छपाउन धुरिन्छन् । प्रशंसा र पोत्साहन थोरै 'पाठक' को शव्दकोषमा मात्र छ कि जस्तो लाग्छ, अधिकांशले लेखकको चरित्रहत्यामा समय खर्च गरेका हुन्छन् । त्यस्ता व्यक्तिसम्म पुग्न प्राविधिक रुपले नसकिने त होइन, तर व्यवस्थित ढंगले लागिपर्ने को - नेजाजस्ता निकायले लेखक तथा पत्रकारलाई सुरक्षित राख्न र स्वच्छ कामप्रति अभ्रि्रेरित गर्नका लागि पनि चरित्रहत्या हुनबाट जोगाउनै पर्छ । यदि त्यसरी चरित्रहत्या गर्ने व्यक्ति संगठनभित्रै छन् भने उनीहरुलाई अनुशासनको कारबाही चलाएर तुरुन्त निष्कासन गर्न पनि पछि पर्नुहुन्न । यस प्रकारको व्यवहारले नै नेजालाई प्रभावशाली सावित गर्नेछ ।
अमेरिकामा रहेका नेपाली पत्रकारका लागि कार्यक्षेत्रको अभाव छ । हामी सीमित छापा र अनलाइन माध्यममा नै काम गर्नसक्छौं । त्यस प्रकारको कामले हाम्रो रोजगारी चल्न सम्भव छैन । यसका लागि नेजाले राम्रो पारिश्रमिक दिएर र आर्थिक प्रोत्साहनका लागि लेखक तथा पत्रकारलाई स्थान दिने प्रकाशक तथा अनलाइन सञ्चालकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने वा पहिचान दिने काम गर्नुपर्छ । यसअतिरिक्त जसले प्रवासमा रहेर वा प्रवासी नेपालीका लागि व्यावसायिक ढंगले पत्रिका, रेडियो, टिभी र अनलाइन माध्यम सञ्चालन गरेका छन्, उनीहरुको अद्यावधिक अभिलेख बनाउनु पनि उत्तिकै आवश्यक छ । त्यस अभिलेखमा उनीहरुको व्यावसायिक पक्षलाई पनि समेट्न सकियो भने प्रवासी नेपाली प्रत्रकारको उचाइ स्वतः बढ्ने छ । यस प्रकारका बिभिन्न गतिविधिमा नेजाले आफूलाई केन्द्रित गरोस्, धेरै-धेरै शुभकामना !
Yi Neta bhanaudha haru Hamro paisha khana aayaka matra hun yiniharu le na ta bikash nai garchan nata Kehi garchan tasaile Raja Puna aaunu parcha.
ReplyDeleteLal Prasad Gaire
From Russia