20100515

प्रचण्डको क्षमायाचनाले जन्माएका आशा र आशंका : यो क्षमायाचना पनि कुटिलतामुक्त छैन

- युवराज घिमिरे

प्रजातान्त्रिक शासन व्यवस्था र मान्यतामा सबभन्दा बढी अपेक्षित व्यवहार र सिद्धान्तका आधार सहिष्णुता र जवाफदेहिता मानिन्छन् । सरकार र राजनीतिक दलहरूले सदनमा मात्र होइन सडकमा पनि आफ्ना अभिव्यक्ति र व्यवहारका लागि हरेक अवस्थामा जवाफदेही बन्नर्ुपर्छ । फरकमत राखेकै आधारमा कसैलाई अपमान गर्न सकिँदैन, पाइँदैन । तर, यो व्यवस्थामा जनता निर्ण्ाायक शक्ति हुने भएकाले गल्ती गर्दा नेताहरूले जनतासमक्ष क्षमायाचना गर्नेगर्छन् । जनता आफैंमा संगठित संस्था नभएकाले र्सार्वजनिक रूपमा कुनै नेताले क्षमा मागेपछि जनताले क्षमा दिएको अर्थ लाग्ने गर्छ गैर-फौजदारी र सामान्यतया राजनीतिक विषय या त्रुटिहरूमा । एकीकृत नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) अध्यक्ष प्रचण्डले 'काठमाडौंका...
सुकिला, मुकिला, पत्रकार र बुद्धिजीवी'हरूलाई पाठ पढाउने या हिसाब माग्ने धम्की दिएको एक साता नबित्दै माफी मागेका छन् । तर, यो क्षमायाचना पनि कुटिलतामुक्त छैन । खासगरी कथित बौद्धिक वर्गको लोभ र महत्त्वकांक्षाको मनोविज्ञानबाट फाइदा उठाएका छन् उनले यसपल्ट पनि । पहिलो त ९९ प्रतिशत र १ प्रतिशतको वर्गीकरणमा आधारित विवादमा अल्भिmनेछ त्यो वर्ग आउँदा केही समयका लागि ।
बेलायतको संसदीय इतिहासमा सर विन्स्टन चर्चिल 'ह्युमर र विट्स' -व्यंग अभिव्यक्त गर्न सक्ने व्यक्ति) का धनी मानिन्छन् अहिलेसम्म पनि । उनले एकपल्ट नवगठित संसद्का सदस्यहरूलाई संकेत गर्दै 'यहाँ आधा सदस्यहरू चोर र फटाहा छन्' भनेपछि त्यसले प्रखर विरोध र प्रतिवाद जन्माएको थियो । त्यो अभिव्यक्ति संसदीय मान्यता र परम्पराविपरीत भएकामा क्षमायाचना गर्न भनेपछि उनले माफी मागेको अर्थ लाग्ने गरी सच्चाए आफ्नो अभिव्यक्तिलाई । 'यो सदनमा आधा सदस्य चोर र फटाहा छैनन्' प्रचण्ड चर्चिल होइनन् । उनमा संस्था या व्यक्तिका जीवनमा आउने तनावका क्षणलाई हलुका बनाउन 'विट्स र ह्युमर' को उपस्थिति छैन । तर, ९९ प्रतिशत र १ प्रतिशतको बहस चलाएर माओवादीको अहिलेसम्मको सफल रणनीति र 'जुधाउ र ध्वस्त पार' कै गणनामा आधारित मान्यतालाई प्रचण्डले अगाडि सारेका छन् । 'सुकिला, मुकिला र बौद्धिक तथा पत्रकार जगत' ले अब आफ्ना कुरा गर्दा ठट्टैठट्टामा पनि भन्नेछन् 'म त ९९ प्रतिशतमा पर्छर्ुुतिमीचाहि“ त्यो १ प्रतिशतमा ।'
प्रचण्डको रणनीतिक क्षमा याचनाको अर्थ छैन, यदि माओवादी दल आफ्नो हरेक क्रियाकलाप र गतिविधिका लागि जवाफदेही नबन्ने हो भने र फरक मत राख्नेप्रति सहिष्णु नबन्ने हो भने व्यवहारमा । माओवादी नेतृत्वले 'गल्ती स्वीकार' गरेको यो पहिलो अवसर होइन । तर, किन दोहोरिन्छन् ती गल्तीहरू थप उदण्डताका साथ - किन चन्दा आतंक जारी छ - यसो गर्नु 'केन्द्रीय नीति' अनुरूप छैन भन्नु प्रायाश्चित होइन । त्यो दोहोरिन नदिने जिम्मा कस्को - केन्द्रीय नीतिविपरीत जानेलाई कारबाही गर्ने र र्सार्वजनिक जानकारीमा ल्याउनुपर्ने जिम्मेवारी कस्को -
याक एन्ड यतिमा प्रचण्डले क्षमा याचना गरेपछि दंग परेर विजय भावका साथ त्यहाँबाट सुकिला, मुकिलाहरू निस्किए । एउटा राजनीतिक दलको नेता र हतियारको विरासतकै चरित्र र मान्यता बोकेको नेताले एक साताभित्रै आफ्नो अभिव्यक्तिका लागि माफी माग्नु ठूलो कुरा हो, अवश्य पनि । तर, प्रचण्डको 'हिसाब खोज्ने' अभिव्यक्तिलाई जुन रूपमा उनका कार्यकर्ताले सिंहदरबार घेराउका क्रममा लागू गर्दै पत्रकारमाथि जसरी आक्रामक बने, के त्यो क्षमायाचनालाई त्यही रूपमा आत्मासात गर्ने संस्कृति र राजनीतिको सुरुवात गरिएको छ उनका कार्यकर्तामा - 'रर्ेकर्डका लागि' या विदेशीहरूको दबाब तथा आपत्त्रि्रतिको प्रतिक्रिया स्वरूप मागिने माफीको के अर्थ हुन्छ, उनका कार्यकर्ताले बुझेका छन् । जबसम्म पार्टर्ीीेतृत्वले योङ कम्युनिस्ट लिग या उसका विविध तहका कार्यकर्ता र नेतालाई क्षमायाचना अनुरूप र्सवसाधारण जनतालाई आतंकित नगर्न र उनीहरूप्रति आदर तथा सहिष्णुताको व्यवहार पर््रदर्शन गर्न निर्देशन दिँदैन, त्यसको अर्थ खासै रहँदैन । इटहरीमा पत्रकार सोमनाथ बास्तोलाले धम्की पाइरहेका छन् । माओवादी कार्यकर्ताले अस्ति काठमाडौं ल्याएका डण्डा र छडहरूलाई उपयोग नगर्ने भन्ने निर्देशन कहाँ जारी गरेका छ र नेतृत्वले -
हो, प्रचण्डको 'क्षमायाचना' र शान्ति प्रक्रियामा सलग्न दलहरूको शान्तिप्रतिको प्रतिबद्धतालाई प्रश्न उठाउने ठाउँ छ, यस्तै रूपमा । शान्ति प्रक्रियालाई सैद्धान्तिक, व्यावहारिक र कार्यनीतिको ढाँचाभित्र समेट्न तयार गरिएको बृहत् शान्ति सम्झौता लागू भएको छैन र त्यसलाई लागू गर्न प्रतिबद्धता जनाएका पक्षहरूले त्यो असफलताका लागि माफी मागेका छैनन् । नयाँ संविधान जेठ १४ भित्रै दिने प्रणलाई संवैधानिक कर्तव्यका रूपमा स्वीकार गरेर पनि त्यसमा सामूहिक रूपमा असफल भएका कांगे्रस, माओवादी र एमालेले जनतासँग माफी माग्ने सामान्य संकेत पनि नदेखाएको बेला प्रचण्डले याक एन्ड यतिमा सुकिला, मुकिला र पत्रकारसँग क्षमा माग्नुको अर्थ के रहन्छ र - माफी मागिएको समूहका लागि आत्मरतिको विषय हुनसक्छ त्यो । क्षमायाचना आत्मचिन्तन, मनन र प्रायश्चितको अभिव्यक्ति बनेको खण्डमा मात्र प्रभावकारी र विश्वसनीय हुनसक्छ । क्षमायाचना रणनीतिका लागि प्रयोग हुँदा त्यो झन खतरनाक बन्नेछ । त्यसले व्यक्ति र ऊ जोडिएको मान्यता तथा व्यवस्थालाई ध्वस्त गर्नमा मद्दत पुर्‍याउनेछ । पहिलो श्रेणीको क्षमायाचनामा नैतिकता र नैतिक मूल्यसँग क्षमायाचनाकर्ताले आफूलाई जोडेर हेरेको हुनर्ुपर्छ । तर, के प्रचण्डले त्यसो गरे होलान् त भन्ने प्रश्न उठाउन सकिन्छ । किनकि काठमाडौंका सुकिला, मुुकिला र पत्रकारसँग पाँचतारे होटलमा बोलाएर क्षमायाचना गर्न सक्दा आफ्नै गृह जिल्ला चितवनको माडीमा गई त्यहाँ र्सार्वजनिक यातायातमा -द्वन्द्वकालमै भए पनि) माओवादीद्वारा गरिएको बम आक्रमणमा परी मर्नेका परिवार र घाइते भएकाहरूसँग क्षमा याचना किन गरेका छैनन् त उनले -
मुलुकको राजनीति अहिले तरल अवस्थामा छ । जेठ १४ गतेसम्म संविधान नबन्दा संविधानसभा विघटन भई मुलुकमा राजनीतिक रिक्तता र अन्योल अझ बढ्ने अडकलबाजी भइरहेको छ । आफ्ना सामूहिक असफलता स्वीकारै नगरी संविधानसभाको म्याद थप्ने अभ्यासमा यी तीन दलहरू छन् । तर, संविधानसभाको म्याद थप्न नैतिकता र संविधान दुबैलाई मिच्न पर्ने हुन्छ यी दलहरूले । ६ महिना थप्न चाहने दलहरूमा भोलि महत्त्वकांक्षा र लोभले अझ विकृत रूपमा लियो भने पाँच वर्षथप्न पनि त मञ्जुर होलान् नि उनीहरू - आखिर राष्ट्र र समाजको स्वार्थभन्दा दलीय स्वार्थलाई माथि राख्दै आएकै छन्, यी दलहरूले ।
प्रचण्डले क्षमायाचना गरेर आफ्नो विश्वसनीयता र छविमा आएको ह्रासलाई केही हदसम्म भने पनि नियन्त्रित गरेका छन् । तर, विगत चार वर्षा राजनीति र राजनीतिक दलहरूले गुमाएको विश्वसनीयता, मुलुकमा व्याप्त रिक्तता, अनि त्यो रिक्तताबाट उत्पन्न अन्योल र भयलाई कसरी सम्बोधन गर्ने त - प्रधानमन्त्रीसमक्ष विदेशी राजदूतहरू गएर सत्ता अमूक दललाई बुझाउन आग्रह गर्छन् । अर्का राजदूत धर्म परिवर्तन गर्ने छुुट कानुनमा राख्नर्ुपर्छ भन्छन् । धर्म निरपेक्षताको सिद्धान्तका अग्रणी नेता एउटा धर्म समूहको मेलामा गई र्'धर्म निरपेक्षता' को विरोध गर्नेहरूलाई अपहरण गर्छर्ुुन्छन् ।
अनि त्यो रिक्तता किन आयो - कसले ल्यायो - त्यसमा नेपाली जनता र नेताहरू कहाँ कुन रूपमा संलग्न थिए - मुलुकको आन्तरिक राजनीतिमा विदेशीहरूको यो स्तरको चलखेललाई बेवास्ता गर्ने, अनि त्यसको सानो वर्गलाई चित्त दुखाएकामा माफी माग्ने राजनीति सतही राजनीति र अझ अर्थहिन रणनीतिमात्र हो । तर, आफूले गरेको गल्तीका लागि र्सार्वजनिक रूपमा क्षमायाचना गर्नसक्ने प्रचण्डको शक्तिलाई अवमूल्यन गरेर या त्यसलाई प्रश्न गरेर राजनीतिक नेतृत्व वर्गलाई बढी जिम्मेवार बनाउन सकिन्न ।
राजनीतिलाई विश्वसनीय बनाउन, जिम्मेवार र सहिष्णु बनाउन, यस्ता शैलीलाई प्रोत्साहित गरिनर्ुपर्छ । तर, 'क्षमायाचना' बृहत् राष्ट्रिय स्वार्थ र सम्मानको पक्षमा गरिनर्ुपर्छ । रणनीतिक 'क्षमायाचना' त्यस अर्थमा त्यति प्रभावकारी हुनेछैन । आउँदा दिनमा प्रचण्ड र उनको पार्टर्ीीे नेतृत्व तथा आमकार्यकर्ता पंक्तिले त्यो क्षमायाचना एउटा अर्को सत्ताकब्जाको 'रिहर्सल'मात्र थियो भन्ने सावित गर्न खोजे भने प्रचण्डको र्सार्वजनिक हैसियत र विश्वसनीयतालाई चकनाचुर पार्ने छ, त्यसले ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक