एउटा समय थियो, सहर आन्दोलित थियो, सडक आन्दोलित थियो, गाउँ आन्दोलित थियो, मन आन्दोलित थियो । शान्ति र लोकतन्त्रका लागि । त्यतिबेला जनमनोविज्ञान यस्तो बन्दै थियो, यदि यो आन्दोलन सफल भए, हाम्रो रोग, भोक, शोक र यस्ता सबै दुःखहरू हराउनेछन् । र, सुख र शान्तिका सुनौला दिन सुरु हुनेछन् । सामूहिक समृद्धिको नया“ युग सुरु हुनेछ ।' त्यो समयको सम्झनाले मात्र पनि कति रमाइलो लाग्छ, अहिले पनि ।आन्दोलन उत्कर्षा पुग्दै थियो, लोकतन्त्र स्थापनाको समय नजिकिँदै थियो । जनताको सर्वोच्चता र त्यो सर्वोच्चतामा
आधारित शासन व्यवस्थाको सुरुवाती समय नजिकिँदै थियो । कफर््र्यु, गोली, आन्दोलन, झडप सडक र सहरको दैनिकी बन्दै थियो । जिन्दावाद र मर्ुदावादको नाराले आकाश नै हल्लिरहेको थियो ।
सहिद संख्या बढ्दै थियो, जनसपनाको पक्षमा । २०६३ वैशाख ११ गते । त्यो दिन लोकतन्त्रको बिहानी बनेर आयो । वशमा आधारित शासन व्यवस्थाको अन्त्य र लोककेन्द्रित नयाँ समय सुरु भयो । त्यो दिनसम्मको -२६ चैतदेखि ११ वैशाख) इतिहासप्रति गर्व छ, हामीलाई । यद्यपि, त्यहाँ भित्रभित्रै त्यसताका के-के पाकिरहेको
थियो - त्यो त्यतिबेलाको राजनीतिक योजना र अहिले विश्लेषणको विषय मात्र हो ।
त्यसपछिका यी वर्षरू के भए - प्रतिनिधिसभा पुनःस्थापना, अन्तरिम संविधान घोषणा/जारी, शान्ति सम्झौता, संविधानसभा निर्वाचन, राजतन्त्रको पर्ूण्ा अन्त्य, सरकार परिवर्तनहरू, संसद् अवरोध आदि । असंख्य घटना र गतिविधि आँखामा आउँछन्, एकैपटक । घटनाहरूको तीव्रताबीच पनि लोकतन्त्र साँच्चैको लोकतन्त्र हुन सकेन । न रूपमा न सारमा ।
यसबीचमा लोकतन्त्र कहिले भोेकतन्त्र बन्यो त कहिले रोगतन्त्र । कहिले महँगीतन्त्र बन्यो त कहिले सडकतन्त्र । कहिले धम्कीतन्त्र त कहिले असुरक्षातन्त्र अनि कहिले अराजकतन्त्र बन्यो, लोकतन्त्र । लोकतन्त्रले आफूलाई लोकतन्त्र भन्नै पाएन । लोकतन्त्र आफू लोकतन्त्र बन्नै पाएन । लोकतन्त्रलाई अरू धेरै तन्त्रले लोकतन्त्र हुन दिएनन् । लोकतन्त्र पक्षधरहरूसमेत लोकतन्त्रपक्षीय देखिएनन् व्यवहारमा ।
लोकतन्त्रको स्तर र स्वरूपलाई कर्ुर्सर्ीीत्रले छोप्यो । कमिसनतन्त्रले पनि छोप्यो । कहिले पार्टर्ीीत्र बढी हावी भयो, कहिले नेतातन्त्र त कहिले आशर्ीवादतन्त्र । लोकतन्त्र कहिले सारमा हरायो त कहिले स्वरूपमा । अनि कहिलेकाहीँ त एकसाथ लोकतन्त्र न सारमा रह्यो, न स्वरूपमा । लोकतन्त्र बिचरा बन्यो ।
लोकतन्त्रलाई भकुन्डो बनाएर खेलियो । फुटबल बनाएर खेलियो । गाडी बनाएर गुडाइयो । हवाइजहाज बनाएर उडाइयो । लाठी बनाएर बर्सर्ााो । महँगी बनाएर बा“डियो । तर, लोकतन्त्रलाई लोकतन्त्र बनाइएन । बनाइयो त केवल भाषणको विषय । बनाइयो केवल नारा ।
गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टर्राई रामचन्द्र पौडेल, डा. रामवरण यादव, परमानन्द झा अनि यस्तै नामहरूलाई लोकतन्त्रको ड्राइभर ठानियो, बनाइयो । यिनका भाषण, चियापान, बैठक, अर्ती, झगडा र अन्य क्रियाकलाप नै लोकतन्त्रको चित्र बन्यो । लोकतन्त्रको परिकार बन्यो । तर, लोकतन्त्र कुरूप देखियो । लोकतन्त्र अब लोकतन्त्र रहेन । लोकतन्त्र 'जोकतन्त्र' बन्यो । अनि भन्न थालियो, 'लोकतन्त्रमा यस्तै हुन्छ, जे नहुनुपर्ने हो, त्यही हुन्छ ।' लोकतन्त्रप्रति यति कुरूप व्यंग्य गर्न थालिएको छ हाँसेर ।
यतिबेला लोकतन्त्रलाई विकृत पारिएको छ । र, विस्तारै यताउताबाट लोकतन्त्र सारमै यस्तै हो भन्ने प्रचार बढाउन थालिएको छ । लोकतन्त्र आफैंमा नराम्रो हो भन्ने किसिमले लोकतन्त्रलाई नंग्याइदै छ । तर लोकतन्त्रलाई नंग्याउन खोज्छ जसले, ऊ आफैं नांगिरहनेछ, लाजै देखिनेगरी । ढिलोचाँडो लोकतन्त्र आफैंमा कुरुप र विकृत हुन सक्दैन कहिल्यै । यो एक सुन्दर प्रणाली हो । र, भनिन्छ पनि, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो ।
तर, सुन्दरतामा हिलो छ्याप्ने कर्ुकर्म जारी छ, यतिबेला । भानुभक्तको भोलिवाद अहिले मुलुकको दैनिक व्यवहार बनेको छ । समय छउन्जेल घाम तापेर बस्ने र समय गएको पत्तै नपाउने प्रवृत्तिले सिर्जित छेपाराको नियति भोग्न अभिशप्त भएको छ मुलुक । लोकतन्त्रका कथित ठेकेदार भएर हदैसम्मको अलोकतान्त्रिक व्यवहार पर््रदर्शन गर्नेहरूका कारणले यस्तो स्थिति बनेको हो ।
लोकतन्त्र स्थापनापछि मुलुक पूरै लोकतान्त्रिक होला भन्ने जनअपेक्षा कसरी हर्ेदाहर्ेर्दै तासको महलझैं गर्ल्यामगर्ुर्लुम्म ढल्यो, ढलिरहेछ, त्यो प्रत्यक्ष देख्ने/भोग्ने पात्र भयौं, हामी जनता । यसबीच जे-जस्तो अलोकतान्त्रिक व्यवहार भए, सबैको साक्षी भयौं हामी । दलले झन्झन् दलदल बढाए । मुलुकको लोकतान्त्रिक भविष्य झन्झन् भासिँदै गइरहेको छ । दलहरू पानीमाथिको ओभानो बन्न तँछाडमछाड गर्दै गर्दा त्यो दलदलमा आफू पनि फस्दै गइरहेका छन् उनीहरू ।
लोकतन्त्रलाई रुवाएपछि कोही पनि हाँस्न सक्दैन । यदि कोही हाँस्यो भने पनि त्यो हाँसो कृत्रिम हुनेछ । दललगायत सबैले यो बुझ्न कति ढिला गर्ने - हाम्रा सबै सपना खरानी
नभएसम्म - दलदलमा छोपिँदै गएका दलहरू एकादेशका लोकतन्त्र होइन 'जोकतन्त्र' शर्ीष्ाकको कथाका पात्र हुनेछन्, यदि उनीहरूले लोकतन्त्रको आवरणमा फेरिफेरि पनि यस्तै अलोकतान्त्रिक व्यवहार पर््रदर्शन गर्दै रहे भने । ashoksilwal@gmail.com अशोक सिलवाल

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक