भागबण्डा नमिल्दा रोकिएको विभिन्न संवैधानिक आयोगहरुले शुक्रबार पूर्णता पाएको छ । संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा, निर्वाचन आयोग र महालेखा परीक्षक प्रमुखहरुको नियुक्ति गरेको छ ।संवैधानिक परिषदले अख्तियारमा पूर्व भूमिसुधार सचिव बाबुराम आचार्यलाई प्रमुखमा नियुक्ति गरेको छ । अख्तियार सदस्यमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, विश्वेश्वरमान श्रेष्ठ र दोर्णराज रेग्मी नियुक्त भएका छन् । यस्तै संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठलाई नियुक्ति गरेको छ भने सदस्यमा पूर्व शिक्षा सविच रामस्वरुप सिन्हा नियुक्त....
भएका छन् ।निर्वाचन आयोगमा वर्तमान आयुक्त निलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको छ । निर्वाचन आयोगमा डा. भोला शाह र श्रीमती भूषण श्रेष्ठ सदस्य नियुक्त भए । यस्तै, संवैधानिक परिषदले महालेखा परीक्षकमा पूर्व अर्थ सचिव भानु आचार्यलाई नियुक्त गरेको छ ।
प्रमुख दलहरु माओवादी, कांग्रेस र एमालेबीच संवैधानिक आयोग प्रमुखहरुको नियुक्तिमा भागबण्डा नमिल्दा नियुक्तमा ढिलाइ भएको हो । संवैधानिक परिषदको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नहुँदा आयोग प्रमुखहरुको नियुक्ति हुन सकेको थिएन ।
संवैधानिक व्यवस्था अनुसार परिषद अध्यक्ष प्रधानमन्त्री रहन्छन् भने प्रधान न्यायाधीश, सभामुख, सरकारमा रहेका राजनीतिक दलका प्रतिनिधि, प्रमुख बिपक्षी दलका नेता सदस्य रहन्छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक