20100321

विवादास्पद अभिब्यक्तिका कारण सधै चर्चामा आइरहने कोइरालाको सफलता असफलताको जीवन लाई फर्केर हेर्दा !

- खिला कार्की
समयले सवै मान्छेलाई इतिहास निर्माण गर्ने अवसर दिदैन । त्यो थोरै मान्छेलाई मात्र समय दिने गर्दछ । मान्छेले इतिहाँस निर्माण गर्ने समयको सदुपयोग समयको पहिचान गर्ने क्षमता पनि थोरै मान्छेमा हुने गर्दछ । जसले समयको अवसरलाई आफ्नो इतिहास लेखाउन सदुपयोग गर्दै आफ्नो जीवनलाई इतिहाँसका स्वर्ण्र्ााक्षरहरुमा जीवनलाई परिणत गर्ने गर्दछन् । मान्छेहरुको भीडमा कुनै न कुनै ढंगबाट इतिहास निर्माणका गर्न सफल भएका ब्याक्तित्वमा पर्छन स्वर्गिय गिरिजाप्रसाद कोइराला । २०४६ सालको राजनीतिक परिर्वतनसंगै नेपाली राजनीतिमा कुनै न कुनै रुपबाट सधै चर्चामा रहेका प्रजातान्त्रिक धारका नेता कोइराला यस्तै समयको पहिचान गर्नसक्ने राजनीतिज्ञका रुपमा उदाए । विवादास्पद अभिब्यक्तिका कारण सधै चर्चामा आइरहने कोइराला समयको.....
पहिचान गर्दै नेपालको इतिहासको पानामा आफुलाई कैद गर्न मात्र सफल भएनन्, नेपाल र नेपालीलाई स्वतन्त्र र लोकतान्त्रिक राष्ट्रको रुपमा अगाडि बढाउन सफल पनि भए । बाम राजनीतिका कटु आलोचकका रुपमा हेरिएका यी नै नेता कोइराला जीवनको अन्तिममा नेपालमा रहेका सबै बाम पार्टर्ीी साझा नेता नै बन्न सफल भए । कसले सोचेको थियो र २०४८ ताका 'माले मण्डले र मसाले एकै हुन्' भन्नेजस्ता विवादस्पद र तिखो अभिब्यक्ति दिने गिरिजाप्रसाद १५ वर्षो दौरानमा नै बाम पार्टर्ीी समेत र्सवमान्य नेता बन्छन् भनेर । तर उनले बिषेश गरि १० बर्षो ससस्त्र युद्धलाई शान्तिपर्ुण्ा निकास दिलाउनेक्रममा बामपन्थीहरुका साझा नेता बने ।
जनताको अधिकार खोसेर नारायणहिटी दरवारमा कैद गर्ने राजा ज्ञानेन्द्रको दुस्साहस अनि साम्यवादी राज्य निर्माणका लागि बन्दुक बोकेर जङ्गल गएका तत्कालीन नेकपा माओवादीले पनि यी नेतालाइ समय चिन्ने अवसर दियो । समय र परिस्थिति अनि आफ्नो अडिग अडानका कारण उनी समकालीन राजनीतिमा र्सवमान्य र उदाहरणीय राजनेताका रुपमा आफ्नो छवि निर्माणमा सफल भए । तत्कालीन प्रधानमन्त्री तथा आफ्नै पार्टर्ीी नेता शेरबहादुर देउवाले संसद बिघटन गरेलगत्तै संसदको पर्ुनस्थापनाको अडान तथा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अभियान एक साथ पुरा भएपछि कोइराला वास्तविक रुपमा नै सफल राजनेताका रुपमा स्थापित भएका हुन् ।
त्यसो त राजनीतिक टिप्पणीकारहरु तत्कालीन जनमोर्चाका नेताहरुलाई माओवादीमा रुपान्तरण गराउनमा पनि यिनकै महत्वपर्ुण्ा हात रहेको आक्षेप लगाउने गर्दछन । तर, त्यो आक्षेपलाई कोइरालाले आफ्नै नेतृत्वमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मेटाउन सफल भए । २०६२/०६३ को जनआन्दोलनको सफल नेतृत्व सहित व्रि्रोही माओवादीलाई शान्तिपर्ुण्ा राजनीतिमा ल्याएपछि कोइराला माओवादी समेतका र्सवस्वीकार्य नेताका रुपमा स्थापित भए । जनआन्दोलनको सफलतासंगै वार्ताको माध्यमवाट शक्तिशाली व्रि्रोही माओवादीलाई विचारको राजनीतिक धरातलमा सफलता पर्ुवक ओरालेर कोइराला विश्वकै ध्यानाकर्षा गर्न सफल भएका छन् । विगतमा कोइराला भनेपछि देख्न र सुन्न समेत नसक्ने अनी उनको अवगुण गाएर नथाक्ने बामपन्थी नेताहरु पनि खुल्ला सभामा नै उनको प्रशंसा गर्न एककदम तम्सने गर्दछन ।
मजदुर नेताका रुपमा नेपालको राजनीतिक जीवन शुरु गरेका कोइराला ६० वषिर्य राजनीतिक यात्रामा नपत्याउँदो पाराले विश्वका राजेताहरुको सुचिमा सुचिकृत हुन पुगेको बिश्लेषण गर्न थालिएको छ । अझ मुलुकको शान्ति प्रक्रियालाई टुंगो नलगाई संसारबाट कोइराला बिदा हुँदा उनको त्यो उचाई कायम नै रहेको छ । शानित प्रक्रिया टुंगो नलागेको दोष कोइरालाका थाप्लामा आइलागेन । त्यसैले पनि उनी बिश्वका बिरलै राजनेताको सुचिमा सुचिकृत भए । राणाबिरोधी आन्दोलन होस् वा राजाबिरोधी, सबै आन्दोलनमा गिरिजाप्रसादको उत्तिकै नेतृत्वदायी भुमिका रहेका छन् ।
२०४६ सालको जनआन्दोलनसंगै शक्तिशाली नेताका रुपमा एकाएक उदाएका कोइरालाको २०५९ असोज १८ अगाडिसम्मको राजनीतिक यात्रा हर्ेर्ने हो त्यत्ति सुखद र सकारात्मक देखिँदैन । अभिब्यक्तिका कारण होस् या व्यबहारका कारण उनी सधै राजनीतिक बृतमा चर्चामा रहन्थे । प्रजातन्त्रको पर्ुनस्थापनासंगैको २०४८ सालमा सम्पन्न निर्वाचनताका अन्तरिम सरकारका प्रधानमन्त्री तथा आफ्नै पार्टर्ीी सभापति कृष्णप्रसाद भट्टर्राईको हारमा उनले खेलेको भुमिका होस् या आफ्नै हठका कारण आफ्नै पार्टर्ीीे बहुमतको सरकार तीन वर्षो अवधिमा नै मध्यावधिको घोषणा गरेर होस् उनी सधै चर्चा र विवादमा नै रहे । त्यसपछिको अबस्थामा पनि उनीमा सत्ता मोह देखिइरह्यो ।
 राजनीतिक यात्रा
सन् १९२५ मा कृष्णप्रसाद कोइराला र आमा दिब्या कोइरालाको कान्छो छोराको रुपमा जन्मिएका गिरिजाप्रसाद कोइरालाले मजदुर आन्दोलनवाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका हुन् । पिता कृष्णप्रसाद कोइरालाको राजनीतिक यात्रालाई समेत नियालेका उनले भारतीय स्वतन्त्रता संग्राममा समेत सहभागी भए । कोइराला सन् १९४८ मा बिराटनगर जुटमिलमा मजदुर संगठन स्थापना गरी राजनीतिमा हाम फलेका थिए ।
२००७ सालको राजनीतिक परिर्वतन पछि उनी कांग्रेस मोरङ्गको जिल्ला सभापति थिए । मोरङ्ग सभापतिकालमै राजा महेन्द्रले प्रजातन्त्रमाथि धावा बोलेर राजनीतिक नेताहरुलाइ पक्राउ गर्ने क्रममा उनी पनि पक्राउ परेका थिए । राजनीतिक जीवनमा कोइरालाले करिव सात वर्षजेल जीवन विताएका छन् भने १२ बर्षप्रवासमा रहेका छन । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका भाई उनलाई एकातिर परिवारको हेरचाहको जिम्मेवारी थियो भने अर्कातिर राजनीतिक यात्रालाई समेत अगाडि बढाउनु चुनौति थियो । उनले लामो समय वीपी कोइरालाको सहयोगीका रुपमा कांग्रेस राजनीतिमा सक्रिय रहे । आफ्ना दाजु विपि कोइरनालासंगै भारत प्रवासमा रहेर नेपालमा संगठन बिस्तार तथा प्रजातान्त्रिक आन्दोलन सञ्चालन गर्न सक्रिय कोइराला २०३३ सालमा वीपी मेलमिलापको नीति लिएर नेपाल आउनुभन्दा अगावै भुमिगत रुपमा नेपाल फर्केर संगठन बिस्तारमा लागेका थिए । वीपी ज्यानको वाजी थापेर नेपाल र्फकदा उनको काँधमा पारिवारिक जिम्मेवारी समेत भएकाले उनि भुमिगत रुपमा राजनीतिमा सक्रिय थिए । कोइराला २०३६ सालमा जनमत संग्रहको घोषणा पछि जनमत संग्रह भन्दा २० दिन अघि मात्र नेपाल फर्केका थिए । २०४२ सालको अहिंशात्मक आन्दोलन सत्याग्रहमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेको देखिन्छ । २०४६ सालको जनआन्दोलनमा कोइरालाले महत्वपर्ुण्ा भुमिका निर्वाह गरेका थिए । तत्कालीन अबस्थामा नेपाली कांग्रेसको महामन्त्री रहेका कोइरालाले गणेशमान सिंहको नेतृत्वमा आन्दोलनलाई अगाडि बढाउने र राजासँग वार्ता गर्ने दुवै कार्यमा उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेका थिए । कोइराला नेपाली कांग्रेसको केन्दीय समितिमा २०१२ सालमा भएको कांग्रेसको छैंटौ महाधिवेशन बाट केन्द्रीय सदस्य भएका थिए भने २०३४ सालको पार्टर्ीीट्ना सम्मेलन पछि पार्टर्ीीहामन्त्रीको रुपमा कोइराला क्रियाशिल भए । सो समयमा र्सवमान्य नेता गणेशमान सिंह तथा कार्यबहाक सभापति कृष्णप्रसाद भट्टर्राईलाई कार्यबहाक सभापतिको जिम्मेवारी सुम्पीइएको थियो । २०५३ सालमा भएको पार्टर्ीीे नवौं महाधिवेशन पछि कोइराला तीनपटक लगातार कांग्रेस् सभापतिका रुपमा संगठनमा लागिपरेका थिए ।
२०४६ सालको राजनीतिक परिर्वतनपछि २०४८ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा उनी मोरङ्ग श्रेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भए । उनी त्यस बेला पार्टर्ीीे महामन्त्री थिए भने सभापति थिए सन्त नेता कृष्णप्रसाद भट्टर्राई ।
२०४८ को निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको थियो । स्पष्ट बहुमत सहितको पार्टर्ीीे उनी संसदिय दलको नेतामा चुनिए । २०४८ को निर्वाचनमा अन्तरिम सरकारको प्रधानमन्त्री रहेका भट्टर्राई अस्वाभाविक रुपमा पराजीत हुन पुगे । यसमा कोइरालाको भुमिका रहेको चर्चा भएपनि हालसम्म त्यसको स्पष्ट प्रमाण कहि कतै भेट्टएिको छैन । २०४८ सालमा उनी बहुमत सहमतिको कांग्रेसको संसदिय दलको नेतामा चुनिंदै पहिलोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए । तर, उनको यात्रा सुखद हुन सकेन । बाम नेताहरुको निरन्तर आक्रमण अनि पार्टर्ीीभत्रकै खिचातानीका कारण कोइरालाको पहिलो प्रधानमन्त्रीकाल असफलतातिर मोडियो । पार्टर्ीीत्रका असन्तुष्ट नेताहरुले उनलाई सदनमा नै असहयोग गर्न थाले । पार्टर्ीीभापति कृष्णप्रसाद भट्टर्राई र र्सवमान्य नेता गणेशमानसंग पनि उनको कटुता बढ्दै गयो । जसको फलस्वरुप पाँच वर्षा लागि जनताले बहुमतका साथ नेपाली कांग्रेसलाई सत्ता सुम्पिए पनि तीन वर्षै उनी मध्यावधि निर्वाचनमा जान बाध्य भए ।
२०५१ मा भएको मध्यावधिमा उनी मोरङ्ग क्षेत्र नम्बर एकका साथै सुनसरी पाँचबाट समेत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । सन्त नेता भट्टर्राई पुन निर्वाचन जित्न असफल भएपछि उनी पुन संसदिय दलको नेतामा चुनिए । संसदिय दलको नेताका साथ उनी पुनः दोस्रो पटक प्रधानमन्त्री भए ।
पार्टर्ीीे महामन्त्रीको रुपमा क्रियशिल कोइराला २०५२ सालमा सम्पन्न  पार्टर्ीीे नवौं महाधिबेसनमा सभापति बने । २०५७ मा सम्पन्न पोखरा महाधिबेसन र २०६२ मा सम्पन्न ललितपुर महाधिबेसनबाट समेत उनी सभापतिमा निर्वाचित भए । २०४८ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी प्रजातान्त्रिक कालमा नै पटक पटक गरी चार पटक प्रधानमन्त्री बने भने २०६२/०६३ सालको जनआन्दोलन पछि उनी पुनः दर्ुइ पटक गरी जीवनमा ६ पटक प्रधानमन्त्री बन्ने अबसर प्राप्त गरे ।।
विवादास्पद छवि
समकालीन राजनीतिका शिर्षपुरुष गिरिजाप्रसाद कोइरालाको राजनीतिक यात्राक्रममा उनी जन्मजात नै विवाद लिएरै जन्मिएका थिए । उनले नै भन्ने गर्दथे कोइराला आमाको गर्भमा रहेको अवस्थामा नै पतिा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाका बीचमा नाम के राख्ने तथा छोरा वा छोरी के भन्नेमा विवाद भएको बताउने गर्दथे । सत्तामा छँदा होस् या सत्ताबाहीर कोइराला सधै विवाद र चर्चामा बाधिए । २०४६ सालको जनआन्दोलनको सफलतासंगै खुल्लामञ्चवाट उनले विवादको विउ रोपेका हुन् । खुल्लामञ्चको भाषणमा कोइरालाले यो जित पंचायतको पनि हो भनेपछि  सुरु भएको उनको विवादास्पद राजनीतिक यात्रा सधै कायम रहे । शक्ति र सत्ताका लागि उनले गरेका विवादास्पद राजनीतिक दाउपेचले उनलाई पार्टर्ीीत्रै बेला बेलामा अलोकप्रिय समेत बनायो । जसका कारण र्सवमान्य नेताका रुपमा नेपाली राजनीतिमा चिनिएका गणेशमान सिंह र पार्टर्ीी संस्थापक नेता कृष्णप्रसाद भट्टर्राई समेत उनीसित रुष्ट बन्दै गए । अन्तमा गणेशमान सिंहले त पार्टर्ीीरित्यागको घोषणा समेत गर्न पुगे र कोइरालाले पार्टर्ीीई राजतन्त्रको बिरुद्धमा लाने निर्ण्र्ाागरेको भन्दै उनले पनि कांग्रेस परित्याग गरे । २०४८ सालमा गठित मन्त्रीमण्डलप्रति असन्तुष्ट रहेका सिंहले कोइरालाले एकसाथ ६ जना मन्त्रीलाई बर्खास्त गरिदिएपछि दुरी बढ्दै गएको थियो । त्यसैको परिणाम थियो २०५१ सालको मध्यवधी निर्वाचन अनि कांग्रेस बिभाजनको बिउ पनि ।
महामन्त्रीका रुपमा पार्टर्ीी क्रियशिल कोइरालाले प्रधानमन्त्री बन्नकै लागि आफ्नै पार्टर्ीी तत्कालीन सभापति भट्टर्राईलाई हराएको आरोप लागेको थियो उनलाई । विवादैविवादका विचमा पार्टर्ीीभापति बन्न सफल भएका कोइरालाको कार्यकालमा नै सुरु भएको पटक पटकको पार्टर्ीीवभाजनको प्रयास कोइरालाले थेग्न सकेनन् । आफ्नै पार्टर्ीी प्रधानमन्त्री शेरबहादुर देउवासहितका केही नेताहरुलाई साधारण सदस्यसमेतबाट हटाएपछि अन्ततः पार्टर्ीीबभाजन हुन पुग्यो, जसको दोष कोइरालामा नै जाने देखिन्छ ।
तत्कालीन माओवादीसँग बाह्रबँुदे समझदारी गर्ने कोइरालाको निर्ण्र्ाापनि पार्टर्ीीभत्र बिवादको बिषय बन्येा । सरकार र माओवादीबीच सम्पन्न प्रतिबद्धता माओवादीले पालना गर्न अस्वीकार गरेको भन्दै कांग्रेसकै केही नेताहरुले कोइरालाको आलोचना गरे । पार्टर्ीीमजोर भएका बेला संविधानसभा निर्वाचन गराएर पार्टर्ीी पराजय भोग्नु परेको तथा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने आशामा  निर्वाचनको प्रचारमा संलग्न नभएकोमा उनको आलोचना भइरह्यो ।
पार्टर्ीी परिवारवाद भित्र्याएको आरोप त उनलाई २०४६ सालको प्रजातन्त्र स्थापनादेखि नै  लाग्दै आयो । परिवारवादको आरोप जीवनको अन्तिम घडिसम्म पनि कायमै रह्यो । आफ्नी पुत्री सुजाता कोइरालालाई राजनीतिमा हावी गराउनु, एमाले नेता माधबकुमार नेपाल नेतृत्वको सरकारमा कांग्रेसका तर्फाट सुजाताको नेतृत्वमा सहभागी गराउनु अनि सुजातालाई उपप्रधानमन्त्री बनाउन दवाव दिनु पछिल्ला बिवादका बिषय हुन् । प्रधानमन्त्रीकालमा भएको धमिजा काण्ड र लाउडा प्रकरणमा भएको भ्रष्टाचारमा समेत कोइराला तानिए । त्यतिमात्रै होइन, आफ्नै प्रधानमन्त्रीकालमा भएको दरवार हत्याकाण्डको पर्दाफास गर्न नसकेको आरोप समेत उनलाइ लाग्दै आएको नै छ । तर उनको सकारात्मक पक्ष आफैंले भने झै' पछाडि फर्केर नहर्ेर्ने' स्वभावले उनलाई अन्तत सफल राजनीतिज्ञको कोटिमा भने उभ्याइ छाड्यो ।
सफलताको यात्रा
दरवार हत्याकाण्डसंगै एकाएक नेपालको राजगद्धिमा बस्न आइपुगेका राजा ज्ञानेन्द्रको सत्ता मोह कोइरालाका लागि राजनीतिक यात्रामा लागेका कालो दाग पखाल्ने अवसरका रुपमा आयो । बामपन्थि दलका कटु आलोचक कोइरालाको राजनीतिमा सुदिन र नेपाली राजसंस्थाको कु दिन संगसगै शुरु भएको देखिन्छ । आसोज १८, २०५९ मा प्रतिनीधी सभा बिधटनपछि कोइरालाले राजनीतिमा आफ्नो छविमा लागेका कालो दाग हटाउने अवसरका रुपमा उपयोग गर्न सफल भए ।
पार्टर्ीीे आन्तरिक झगडाको रिसका कारण संसद विघटन गर्न पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन सार्ने निवेदनको आडमा असोज १८, २०५९ मा राजाले गरेको गम्भिर गल्ति नै कोइरालाको राजनीतिक सफलताको लक्ष्मण बुटीको रुपमा उदायो । असोज १८ देखि २०५९ माघ १९ सम्मका दिनमा कोइरालाको निडर राजनीतिक पनका कारण उनको छविमा लागेका धुलोहरु विस्तारै हट्दै गयो । दोश्रो जनआन्दोलनको सफल नेतृत्वसंगै बैशाख ११, २०६३ मा एकाएक कोइराला नेपालका र्सवमान्य नेताका रुपमा उदाए । अनि मुलुकको कार्यबहाक राष्ट्रध्यक्षका रुपमा कोइराला अगाडि आए ।
असोज १८ पछिका राजनीतिक घटनाक्रममा अविचलित रुपमा उनले विघटित प्रतिनिधिसभाको पर्ुनस्थापनाको माग लिएर सडकमा उत्रिएका थिए । त्यसबेलामा उनीसंग ६ दल आन्दोलनमा होमिएका भए पनि राजनीतिक एजेण्डामा भने एकरुपता थिएन । अन्य दलहरु प्रतिनीधि सभा पर्ुनस्थापना हुन नसक्ने जिकिर गर्दै थिए तर तत्कालीन राजाले असोज १८ को कदम सच्याउनुपर्ने, प्रतिनिधि सभाको पर्ुनस्थापना गर्नुपर्ने, राजनीतिक दललाई नै सत्ता सुम्पनुपर्ने माग सडकमा लागेको भएपनि राजनीतिक दलका विच समान धारणाको अभाव थियो नै । आन्दोलनका सहयात्री नेकपा एमाले, जनमोर्चा, नेसपा आनन्दीदेवीसंगै आन्दोलनमा भएपनि उनीहरुविच समान राजनीतिक एजेण्डाको अभाव देखिएको थियो ।

 कङ्रेसको भबिस्य अब भट्टराई को हात मा !
- शेखर ढुङेल , वोमाहा नेब्रास्का
लामो समय को शारीरिक अस्वस्थता पछी अन्तत नेपाली प्रजातान्त्रिक योद्धा शिखर पुरुष श्री गिरिजा प्रसाद कोइराला ज्यु देह्बसान भयो । दाजु बि पि कोइराला को प्रभाब बाट नेपाल को प्रजातान्त्रीक युद्ध मा होम्मिनु भएका स्वर्गिय गिरिजा बब ले प्रजातान्त्रिक लडाईं को शिखर चुम्न बाम्पन्थीको सहयोग लिनु भयो जुन कङ्रेस को लागि बिड्म्बना थियो । लामो समय सम्म को प्रसब पिडा बाट उपलब्ध भएको ससदिय ब्यब्स्था ( २०४७ को संबिधान ) लाई आफ्नै हात ले निमोठ्नु पर्दा वहाँ स्वयम लाई अन्त सम्म पिरोलिनु पर्‍यो र आजीवन प्रजातन्त्र को लागि जीवन बलिदान गर्ने वहाँ कै सहकर्मि र समर्थक हरु लाई समेत् ग्लानी भै राखेको छ ।
बहु प्रचारित र महत्वका साथ उल्लेख गरिएको १२ बुद्धे सम्झौता ले माओवादी लाई सरकारी ढुकुटी मा राज गर्न दिनु । उनी हरुले लुटेको सम्पत्ति लाई
सरकारी मान्यता दिलाउनु ( डा भट्टराई को पालामा स्वेछिक सम्पत्ति बिबरण र कर निती )बाहेक अरु राष्ट्र हित का काम भएका छैनन । माओवादी हरु प्रजातान्त्रिक रोड् म्याप मा आएकै छैनन ।। उनी हरु को उपयोगीता बाद् सफल भएको छ् । कथित गणतन्त्र मा नत शासक का अनुहार बदलीए  नत उनी हरु का प्रब्रिती । प्रजातान्त्रिक मुल्य र मान्यता को अवस्था ०७ साल अगाडि भन्दा दयनिय भएको छ् । कम् से कम् त्यस बेला राज्य छ् है भन्ने अनुभब त गर्थे अब त त्यो पनि छैन ? ब्यक्ती समाज र् देश कै अस्तित्व खतरा मा भएको यस्तो अवस्था नेपाल को ईतिहास मा कहिलेही आएको थिएन । गिरिजा बाबु जसरी अस्वस्थ भएर बित्नु भयो देश र प्रजातन्त्र को हालत पनि त्यसतै छोडेर जानु भयो । ७ दशक लामो वहाँ को प्रजातन्त्रीक लडाईं अपुरो भएको छ् । जिबित छ्दा वहाँ को ब्यक्तित्व को  भर्पुर दुरुपयोग् भयो बिशेष गरी छोरी सुजाता , र् प्रचन्ड बाट । २०५० साल सम्म मा सिखर चुमेको गिरिजा बाबु को उचाइ लाई उन्कै  परिवार  हरुले रेट्दै रेट्दै निक्कै होचो बनाइ दिए । पछी पनि छोरी सुजाता र प्रचन्ड ले सता को लागि गिरिजा बाबु को बुइ चड्दै मा हैरन पारे । त्यसो नगरेको भए  १२ बुद्धे सम्झौता अनुसार ६ महिना भित्रमा माओवादी को हतियार र् जन सेना को टुङो लागि सक्नु  पर्ने थियो । आज भन्दा ६ महिना अगाडि नै संबिधान बनी सक्नु पर्ने  पनि थियो । सत्ता को खेल मा वहाँ सधैं केन्द्र बिन्दु मा रहनु भयो तर राष्ट्र हित को लागि पारिवारिक दुरुपयोग् मात्रै प्रमाणित् हुनु भयो । त्यसैले गर्दा वहाँले आजीवन प्रजातन्त्र को लागि गरेको त्याग र् तपस्या जस्तो महान कार्य को उपल्ब्धी लाई पनि बिबाद को  घेरामा पुर्याइयो ।मानब चोला को अनिबार्य नियती हो वहाँ अब हाम्रो समु हुनु हुन्न । वहाँ को आत्मा ले चिर शान्ती पाओस् । भाब पूर्ण स्रधान्जलि प्रजातान्त्रिक योद्धा मा 
गिरिजा बाबु को अन्त सङै अब नेपाली काङ्रेस मा कोइराला परिवार बाद् हाबी भयो भनी औलो ठड्याउने हरु लाई काङ्रेस पार्टी को नेत्रित्व गर्न ठुलो चुनौती पूर्ण अबसर पनि प्राप्त भएको छ् । गिरिजा बाबु कै सहकर्मि , सस्थापक नेता एबम जिउदा सहिद् सन्त नेता कृष्ण प्रसाद भट्टराई जिउदै रहेको अवस्था मा कङ्रेस को निर्बिबाद नेत्रित्व को लागि खडेरी  भने अझै परेको छैन । बि पि को अन्त पछी भट्टराई जि , गणेश मान जि र् गिरिजा बाबु मा सामुहिक नेत्रित्व आएको थियो। र ०४६ साल को आन्दोलन लाई सफल पनि पार्नु भएको हो
समय बदलियो  तर नेपाल को प्रजातान्त्रीक लडाईं ज्यु का त्यु छ् अझ  भनौ २००७  साल अगाडि को अवस्था मा छौ । माओवादीले प्रजातान्त्रिक धार मा आफु लाई उभ्याएको छैन ।  नेपाली काङ्रेस माथि पहिले भन्दा ठुलो चुनौती खडा भएको छ । गिरिजा बाबु हुँदा राष्ट्रिय अन्तरास्ट्रिय शक्ती हरुको केन्द्र बिन्दु हुनु भयो । त्यो रिक्तता को   पदस्थापन काङ्रेस ले कसरी गर्ने ? शुसिल कोइराला , शेर बहादुर देउवा , राम चन्द्र पौडेल वा सुजाता एन्ड शेखर कम्पनी बाट सहमति को राजनीति लाई अगाडि बढाउने बिस्वास् कार्यकर्ता र शुब चिन्तक हरु मा छैन त्यसैले पनि नेपाली कङ्रेस का अर्का  नेता कृष्ण प्रसाद भट्टराई लाई अभिभाबक को रुपमा दल को नेत्रित्व मा निम्ताउनु कङ्रेस को लागि उचित हुन्छ । दुई  पटक सम्म सरकार को नेत्रित्व गरी सक्नु भएको भट्टराई जि निस्कलन्क पनि हुनु हुन्छ । वहाँ कै नेत्रित्व को सरकार भएको बेला मा पहिलो पल्ट माओवादी लाई बार्ता को टेबुल् मा बोलाएको पनि हो । कङ्रेस मात्रै होइन प्रजातन्त्र र देश कै अस्तित्व खतरा मा भएको बेला भट्टराई जस्तो  नेता को केही समय को लागि नेत्रित्व को जरुरी हुन्छ ।

 गिरिजा बाबु प्रति भावपूर्ण श्रदांजलि अर्पण 

नेपाली लोकतान्त्रिक आन्दोलनका इतिहास एबम  शिखर महापुरुष, प्रजातन्त्रका हिमायती नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व  प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको देहावशनको खबरले हामीलाई स्तब्ध तुल्याएकोछ। नेपाल राष्ट्रले एक सच्चा राष्ट्रवादि राजनेता एवम् नेपालको हालको शान्ति प्रकृयाका अभिभावक गुमाएको छ ।प्रजातन्त्र स्थापनाको लागि आजिवन संघर्ष गरेर प्रजातन्त्र पूर्नबहाली पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री उनले आफ्नो सम्पूर्ण जिवन राजनीतिमा बिताएका थिए। नेपालमा जारी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पु-याई नयाँ संविधानको निर्माण गरी नेपाललाई दीगो र द्रुदतर प्रगतिपथमा लैजान सकेमा नै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने यस समाजको  ठहर छ । यस दु:खको राष्ट्रिय शोकको यो घडीमा आदरणीय गिरिजा बाबु प्रति भावपूर्ण श्रदांजलि अर्पण गर्दै  दिवंगत आत्माको चिरशान्तिको कामना  व्यक्त गर्दछौं। 

सागर कंडेल अध्यक्ष 
तथा अमेरिका नेपाल सहयोगी समाज परिवार


डिसी क्षेत्रका नेपालीहरुबाट कोइरालालाई श्रद्धाञ्जली
भर्जिनिया,अमेरिका ।
    अमेरिकाको राजधानी वासिङ्टन डि.सी. मेट्रो क्षेत्रमा रहेका काँग्रेस तथा लोकतन्त्र र  प्रजातन्त्रका शुभेच्छुकहरुले एक सामुहिक विज्ञप्तीमार्फ् मुलुकका अग्रणी राजनीतिक व्यक्तित्व नेपाली काँग्रेसका सभापति एवं लोकतान्त्रिक नेपालका शिखरपुरुष महानायक गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुलुकमा शान्ति तथा लोकतन्त्रलाई संस्थागत गर्न दिवंगत कोइरालाले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै काँग्रेस शुभेच्छुकहरुले उहाँको देहवसानको खबरबाट आफूहरु अत्यन्तै मर्माहत भएको उल्लेख गरेका छन् ।
    ६ दशक लामो समयदेखि अनवरत नेपाल र नेपाली जनताको हित र हकका निम्ति निरन्तर लडेर राष्ट्र,राष्ट्रियता,लोकतन्त्र र र्सार्वभौमिकताकाप्रतिको आफ्नो अडानमा अविचलित रही कोइरालाले लोकतान्त्रिक नेपाललाई विश्व राजनीतिक मञ्चमा चिनाउनका लागि कुशल नेतृत्व प्रदान गर्नुभएको समेत विज्ञप्तीमा उल्लेख छ । मुलुकका राजनीतिक अभिभावक एवं संरक्षक दिवंगत नेता कोइरालाको आत्माको चीर शान्तिको कामना गर्दै विज्ञप्तीमा उहाँको देहवसानबाट मुलुकको राजनीतिक इतिहासमा अपुरणीय क्षति पुग्न गएको भनिएको छ । यो शोकको घडीमा सबै काँग्रेस शुभेच्छुक एवं कोइराला परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विज्ञप्तीमा कोइरालाले छोडेर जानुभएको जारी शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यलाई सफल बनाउन सबै राजनीतिक दलहरु जिम्मेवार भएर लागिपर्नु हुने विश्वास समेत गरिएको छ । राष्ट्रिय एकता,सहमति र मेलमिलापको जुन सन्देश कोइरालाले छोडेर जानु भएको छ त्यो सन्देश र मार्गनिर्देशनलाई आत्मसात गर्दै इमान्दार भएर पुरा गर्न सकिएमा मात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख छ ।
    कोइरालाको देहवसानप्रति दुःख व्यक्त गर्दै यसरी श्रद्धाञ्जली व्यक्त गर्नेहरुको सूची यसप्रकार रहेको छ ।

मेरिल्याण्डः    गौतम दाहाल, नारायण थापा, तरुण पौडेल,श्रीजन उपाध्याय, जेदु पोखरेल,दर्ुगाप्रसाद श्रेष्ठ,हरिराज भट्टर्राई,गजेन्द्र अर्याल, दीपक घिमिरे,दीपक ढकाल,ध्रुव जोशी, उमा कार्की,रबिना थापा,राजकुमार पराजुली,राजेन्द्र राजभण्डारी,विश्व गौतम,मञ्जु गुरुङ,पृथ्वी गुरुङ,गंगा ज्ञवाली,सञ्जय रेग्मी,शिव थापा,सन्तोष के सी,राजेन्द्र गौतम,सुवास पोखरेल,श्याम घिमिरे,आनन्द घिमिरे,कुलमणी आचार्य,मोहन थापा,कृष्णजीवि पन्त,हितमान गुरुङ,दिनेश गुरुङ,राजन त्रिपाठी,शिव विष्ट,जसमति गुरुङ,चित्रा कार्की,रामचन्द्र अधिकारी,अमर छन्त्याल,विकास गौतम,सुरेश कोइराला,एच बी भण्डारी,मुकुन्द दाहाल,विष्णु कँडेल, चन्द्र विश्वकर्मा,ओसाबिन कुमार श्रेष्ठ,सञ्जीवकुमार श्रेष्ठ,दीपककुमार सिंह,सुमन सिंह,समुद्र जोशी,कृष्णकुमार जोशी,रुपा श्रेष्ठ,धिरेन्द्र पराजुली,राज सेञ्चुरी,सुरेन्द्र जोशी,पुष्पा श्रेष्ठ,अभिषेक श्रेष्ठ,अस्मिता श्रेष्ठ,स्मृति श्रेष्ठ, नगेन्द्र पौडेल,जोत्सना जोशी,शैलेश श्रेष्ठ,सुमन मल्ल,प्रवीण खड्का,सन्तोष श्रेष्ठ,अरुण मल्ल,अर्जुन शाही,महादेव मल्ल,दिनेश मल्ल,तरुण मल्ल, चिरन के सी,अजय बस्नेत,रमेश श्रेष्ठ,कमल भण्डारी,समिर नेपाल,शिव कँडेल,नारायण कँडेल, महेन्द्र के सी, तर्ीथराज पाण्डे,युवराज सिग्देल, निर्मला राजभण्डारी,अनुप खनाल,जगत घिमिरे,मोहन घिमिरे,सुवास घिमिरे,सन्तोष घिमिरे,चेतन पौड्याल,समिता पौड्याल,सुष्मिता केसी,देवब्रत शर्मा,विष्णुहरि लर्ुइटेल,कृष्णहरि लर्ुइटेल,सञ्जय लर्ुइटेल,प्रमिला पौडेल, पुकार राणा, ऋद्धिराज ढकाल, डि पी ढकाल,कोपिला वाग्ले, मन्दिरा वाग्ले,नविन शाक्य,अजय अर्याल,गीता अधिकारी,राज गुरुङ,कुलप्रसाद गुरुङ,र्सर्ूय गुरुङ, प्रेम रासकोटी,कविता गुरुङ,आशिष पोखरेल,दिवस अधिकारी,पिताम्वर भट्टर्राई,सतिश चापागाईं,शिव कँडेल,सुमन पुरी,सरोज पुरी,विशालमान श्रेष्ठ,विक्रान्तमान श्रेष्ठ, रामप्रसाद शर्मा, हरि खत्री,कमल महत,निर्मला महत,प्रज्ञा महत,अर्बिन केसी, किशोर केसी, सुशीतल केसी, रेणु केसी ।

भर्जिनिया तथा डि.सी. ः रामहरि सुवेदी, अञ्जु सुवेदी, वीरमणी ढकाल, किरण शर्मा,इन्दु शर्मा, प्रभा शर्मा,बिश्वबन्धु प्रर्साईं,सनातन काफ्ले,सिर्जना काफ्ले,ज्योति प्रर्साई,सावित्रा लुइटेल,मञ्जरा बोहरा,नारायणप्रसाद आचार्य,रोशन पौडेल,गंगा कार्की,केशव अधिकारी,खेम संग्रौला,सुमन दाहाल,वासु खनाल,अनिश कोइराला,मदन थापा,प्रदीप पोखरेल, हेमराज बस्याल,शंकर आचार्य,अर्जुन आचार्य,केशव बराल,गायत्री बराल,माधव सापकोटा,मीरा सापकोटा, सुरेश शर्मा,सुखिन रेग्मी,भरत रेग्मी,सम्झना रेग्मी, सुवोध रेग्मी,सुधिर रेग्मी,केशव रेग्मी,सुरेश घिमिरे,अञ्जु घिमिरे,डाक्टर रमेश पन्त, उर्मिला पन्त,भुप अधिकारी,दर्ुगा अधिकारी,बच्चन ठाकुर,बिमला हाडा ठाकुर,विधान ठाकुर,कृष्ण सापकोटा,राम सापकोटा,केशव सापकोटा,प्रशान्त सापकोटा,विक्रम सापकोटा, कृष्ण खनाल,पवन खनाल,आकृति खनाल,प्रकृति खनाल,रेखा बाराकोटी, मदन ठाकुर,धर्मेन्द्र ठाकुर,केशव शर्मा,सिन्धु शर्मा, अजय नेपाल,प्रेम वाग्ले,कृष्ण शर्मा, विश्व थापा,जानुका थापा,नारायण थापा,शशी थापा,विजय थापा, दिपेन्द्र पोखरेल,मुना पोखरेल,कृष्ण शर्मा पौड्याल,सुनिता शर्मा,कृष्ण अधिकारी,सुनिता अधिकारी,निर्मल आत्रेय,विश्वनाथ नकर्मी,मालती नकर्मी,तरुण पौडेल,सुरेन्द्र पौडेल,कल्याण कार्की,विकेश नेपाली,राजेश पाठक,मनोज श्रेष्ठ,किशोर कार्की, सावित्री न्यौपाने, सञ्जय गौडेल,अल्का कटुवाल,मिनु महर्जन, भरोसा के सी, श्रवण तिमल्सिना, आलया तिमल्सिना,डाक्टर चिन्तामणी लामिछाने, ललिता लामिछाने, डाक्टर भेष धमला,रश्मी धमला,डाक्टर महेन्द्र श्रेष्ठ, प्रतिमा श्रेष्ठ,इन्दिरा थापा, सागर कँडेल,शिव विक,मुक्ति दवाडी,डिल्लीमानसिंह कार्की, माधवी कार्की, खगेन्द्र अधिकारी,भैरव अधिकारी,विष्णु बुढाथोकी,तुलसा बुढाथोकी,निवेश पन्त,विनोद मोक्तान,ज्ञानेन्द्र सिञ्जाली, प्रेम सुवेदी,इन्दिरा सुवेदी, लक्ष्मी गौडेल, शान्ता गौडेल, ललिता न्यौपाने,राम बस्याल,डुबल बस्याल, जगत सुवेदी, बिमल आचार्य,बिमला आचार्य, दीपक जमरकटेल, राजेश क्षेत्री,कुमार कार्की,विश्वराज पराजुली, मदन थापा,टेकबहादुर बोहरा,कल्पना कार्की,किरण प्याकुरेल, नारायण थापा, सुदीपभद्र खनाल, सुवासभद्र खनाल,सिर्जना दवाडी खनाल, लोकनाथ उप्रेती,अशोक प्रर्साईं,कल्पना प्रर्साईं,रामचन्द्र भट्टर्राई,शोभा भट्टर्राई,माधव पोखरेल,पद्मराज पोखरेल, दर्ुर्गेश्वरी पोखरेल,गोविन्द अधिकारी, भीमप्रसाद रेग्मी,भरत ढुंगाना,सुषमा ढुंगाना, विजय शर्मा,निर्मला शर्मा, शंकर डोटेल, सोमप्रसाद लम्साल,हरि रेग्मी,समीक्षा पौडेल,राजीव ढकाल, विपिन उप्रेती, मेरिशा उप्रेती,र्सर्मिला उप्रेती,निलु उप्रेती खरेल,सुयोग घिमिरे,सरिता भट्ट, गोविन्द मैनाली,मन्दिरा मैनाली, ज्ञानेन्द्र खतिवडा, ऋषि अधिकारी, शोभा अधिकारी, रीता पराजुली,तर्ीथ पराजुली,राजेन्द्र राउत,डेजी राउत,मुकुन्द त्रिपाठी,कमला सिंखडा त्रिपाठी,मनमोहन सिंखडा,अमन्ती कोइराला,केशव कोइराला,निरञ्जन शर्मा,केशव पन्त,यशोदा पन्त,प्रगुण शमशेर राणा,चैतन्य राणा, बरुणा राणा, सुमित्रा सुवेदी, रामकुमार मिश्र, उर्मिला मिश्र,रुप कार्की, शोभा कार्की, रामशरण पाण्डे, निला पाण्डे,जनक अधिकारी, उर्मिला अधिकारी, राजु राणा, राजाराम केसी, कृष्ण केसी, कृष्ण खाती, प्रमोद श्रेष्ठ, शकुन्तला अधिकारी, बिन्ध्या गुरुङ, गोमा न्यौपाने, निलकण्ठ सुवेदी, सुदीप तिवारी, हरि रेग्मी, शंकर कार्की, रञ्जु सुवेदी, सीता शर्मा, शास्त्री खेमनाथ सुवेदी, राजेन्द्र ओली, प्रकाश नेपाल, कृष्ण सोब, युवराज ढकाल,श्रीहरि ढकाल,विनय अर्याल, एकबहादुर क्षेत्री ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक