20100207

Breaking News....स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका अध्यक्ष जमिम शाहको काठमाडौंमा गोली हानी बिभत्स हत्या

अज्ञात हतियारधारी समूहद्वारा  तीन सवारी चालकको अपहरण

स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका अध्यक्ष जमिम शाहलाई आइतबार अपराह्न गोली हानी हत्या गरिएको छ। याक एन्ड यति होटलबाट नुहाएर पानीपोखरीको घर फर्कंदै गर्दा शाहमाथि लाजिम्पाटको फ्रेन्च एम्बेसी अगाडि गोली प्रहार भएको थियो। शाहका गाडीका चालक मथुरा मालाकारको तीघ्रामा गोली लागेको छ। ना १ च २१५१ कार चढेर घर फर्कंदै गरेका शाह ज्याज अप्स्टेजको नजिकै पुगेपछि जाममा परेका थिए। जाममा गाडी रोकिएको मौका छोपी एफजेड मोडलको बाइक चढेर आएका दुई व्यक्तिले गोली प्रहार गरेको साहका चालक मालाकारले बताए। 'कालो कालो लुगा लगएका थिए', मालाकारले भने- 'बाँकी याद गर्न सकिनँ।'गोली लागी ढलेका शाहलाई तत्काल शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। छाती र टाउकोमा गोली लागेका साहलाई ३:३० बजे डाक्टरले मृतक घोषणा गरेका थिए। ४७ वर्षे शाहका एक छोरा र बुवा आमा छन्। शाहलाई गोली लागेको थाहा पाउनासाथ प्रहरीका उच्च अधिकारी तथा ब्रोर्डकास्टिङ एशोसिएशनका आरके मानन्धर तथा भाष्कारराज राजकर्णिकार शिक्षण अस्पताल पुगेका थिए। शाहको हत्यामा संलग्न रहेको आरोपमा साँझसम्म प्रहरीले कसैलाई पनि गिरफ्तार गरेको छैन। राजधानीमा हत्याका घटना लगत्तै प्रहरीले नाका क्लियर गरेर जाँच सुरु गर्थ्यो तर शाहलाई गोली हाने लगत्तै कुनै पनि नाका 'क्लियर' गरेर जाँच नथालिएको प्रहरी स्रोतले बतायो।
डिएसपी प्रधुम्न कार्कीका अनुसार शाहलाई तीन गोली लागेको छ । गोली एकदम नजिकबाट हानिएको प्रहरीले जनाएको छ । पहिला चालकलाई  हानेर पछि शाहलाई हानेको देखिएको प्रहरीले...........
जनाएको छ । हान्नुको उद्देश्य हत्या नै देखिएको प्रहरीको दावी छ । गोली लागेर घाइते भएका उनका चालक सामाखुशीका मथुरामान मालाकारको उपचार भइरहेको छ । उनको तिघ्रमा गोली लागे पनि स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ ।

बा १५ प ८७१५ नम्वरको मोटरसाइकलमा आएका कालो कपडा लगाएका  अपरिचित व्यक्तिले बा१च २१५१ नं. को शाहको निजी कारको झ्यालतिरको सिसाबाट अन्धाधुन्द गोली हानेको प्रहरीले जनाएको छ । मोटरसाइकलको नम्बर भने नक्कली रहेको कार्कीले बताए ।

याक एण्ड यति होटलको हेल्थ क्लवमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै गरेका शाहमाथि लाजिम्पाटको फ्रेञ्च दूतावास अगाडी दिउँसो ३ बज्न पाँच मिनेट बाँकी हुँदा गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्तिहरु विपरित दिशाबाट आएको प्रहरीले जनाएको छ । शिक्षण अस्पतालमा अहिले शाहका आफन्त तथा मिडिया क्षेत्रका व्यक्तिहरु पुगेका छन् । प्रहरी प्रवक्ता बिज्ञानराज शर्माले अपराधीहरुको खोजी सुरु भइसकेको जनाएको छ । संभावित स्थानहरुमा सर्च थालिएको उनले बताए ।
शाह नेपाली मिडिया उद्योगका परिचति व्यक्ति हुन् । नेपालमा केवल टेलीभिजनको व्यापार उनैले सुरु गरेको मानिन्छ । उनले पहिलो नेपाली निजी क्षेत्रको टीभीको रुपमा थाइलेण्डबाट 'च्यानल नेपाल'को प्रशारण सुरु गरेका थिए ।  उनले स्पेशटाइन टुडे अंग्रेजी र स्पेशटाइम नामक दुई नेपाली ब्रोडसीट अखवार पनि सञ्चालन गरेका थिए ।

अज्ञात हतियारधारी समूहद्वारा  तीन सवारी चालकको अपहरण

राजविराज, सप्तरीको जन्डौल कुशहा खण्डबाट तीन जना चालकलाई अज्ञात हतियारधारी समूहले शुक्रबार राति अपहरण गरेको छ। सडकखण्डमा डोजर, स्काइभेटर चालक र्सलाही निवासी केशव चालिसे, इलामनिवासी गणेश पोखरेल, सुनसरी इनरुवानिवासी जीवन गुरुङलाई कैम्पमा सुतिरहेको अवस्थामा करिब ७ जनाको समूहमा आएका हतियारधारी समूहले अपहरण गरेको हो। जकौलदेखि कुशहा सडक निर्माण भइरहेको र उक्त सडकमा तीनै जना चालकले डोजर, स्काइभेटर चलाइरहेका थिए। अपहरित तीनै जना र अपहरणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक