![घटनास्थलमा भारतीय प्रहरी अनुसन्धान गर्दै। तस्बिरः एपी](http://nagariknews.com/images/stories/feb_2010/bakery3.jpg)
घटनामा कूल ५७ जना घाइते भएका हुन्। उनीहरु मध्ये १९ जना डिस्चार्ज भइसकेका छन् भने ३८ जनाको उपचार त्यहाँका सात विभिन्न अस्पतालमा उपचार हुँदै गरेको एनडीटीभीले जनाएको छ। भारतीय च्यानल एनडीटीभीले अस्पतालको बेडमा रहेका बेकरीका घाइते कर्मचारीसँग लिएको अन्तर्वार्तामा टेबलमुनि रहेको ब्याग खोल्ने क्रममा विस्फोट भएको बताएका छन्। च्यानलले सुरक्षामा खतरा हुनसक्छ भन्दै घाइतेको पहिचान सार्वजनिक गरेको छैन। 'ब्याग मैले नेपाल घर भएका बेकरीका कर्मचारीलाई देखाएको थिएँ। उनले खोले कि के गरे मलाई थाहा छैन। उनी अहिलेसम्म सम्पर्कमा छैनन्', नेपाली लवजमा उनले अन्तर्वार्तामा भनेका छन। गत वर्ष नोभेम्बरमा मुम्बईमा भएको आक्रमणपछि भारतमा भएको यो सबैभन्दा ठूलो आतंकवादी आक्रमण हो। घटनापछि भारत भर 'हाइ अलर्ट' घोषणा गरिएको छ।
![विस्फोट भएको बेकरी। तस्बिरः एपी](http://nagariknews.com/images/stories/feb_2010/bakery.jpg)
विस्फोट भएको बेकरी। तस्बिरः एपी
ओशो मुख्यालयनजिकै जर्मन बेकरीमा स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे विस्फोट भएको थियो। घटनाका बेला रेस्टुरेन्टमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी थिए। घटनास्थल नजिकै यहुदी केन्द्र पनि छ।
![विस्फोट स्थल। तस्बिरः एपी](http://nagariknews.com/images/stories/feb_2010/bakery1.jpg)
विस्फोट स्थल। तस्बिरः एपी
![घटनास्थलमा अनुसन्धान गर्दै भारतीय प्रहरी। तस्बिरः एपी](http://nagariknews.com/images/stories/feb_2010/bakery2.jpg)
घटनास्थलमा अनुसन्धान गर्दै भारतीय प्रहरी। तस्बिरः एपी
![घटनास्थलमा भारतीय प्रहरी अनुसन्धान गर्दै। तस्बिरः एपी](http://nagariknews.com/images/stories/feb_2010/bakery4.jpg)
घटनास्थलमा भारतीय प्रहरी अनुसन्धान गर्दै। तस्बिरः एपी
![घटनास्थलमा आफ्ना आफन्त परे कि भन्दै बुझ्न आएका विदेशी पर्यटक। तस्बिरः एपी](http://nagariknews.com/images/stories/feb_2010/bakery5.jpg)
घटनास्थलमा आफ्ना आफन्त परे कि भन्दै बुझ्न आएका विदेशी पर्यटक। तस्बिरः एपी, - नागरिक/उमेश श्रेष्ठ,
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक