20100222

अर्थ न बर्थको गैरआवसीय नेपाली परिचयपत्र

-अमृता लम्साल
परराष्ट्रमन्त्री सुजाता कोइरालाले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष देवमान हिराचनलाई फागुन ३ गते सोमवार ुगैरआवसीय नेपाली परिचयपत्रु दिएर यसको औपचारिक थालनी गरिन्।।ु ुप्रधानमन्त्री माधवकुमार नेपालले बेलायतले पूर्वगोर्खासैनिकहरूलाई आवासीय अधिकार प्रदान गरेपछि नेपालको नागरिकता ऐन लगायतका कारण नेपालमा भएको सम्पत्ति बेच्नुपर्ने र यहाँको नाता समेत तोड्नुपर्ने अवस्था आएकोले दोहोरो नागरिकताको ब्यवस्था गर्नुपर्ने प्राविधिक अवस्था आएको बताउनु भएको छ।ु
''प्रधानमन्त्री नेपालले दोहोरो नागरिकता दिन सकिए पनि राजनैतिक अधिकार भने दिन नसकिने बताउनु भयो।'' आजकल नेपाल तथा नेपालसम्बन्धी चासो(बासो देखाउने र राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा यस्ता समाचारहरू बाक्लै रुपमा आइरहेछन्। तर यहाँनिर हामीजस्ता सर्वसाधारणले बुझ्न...
____________________________________________
नेपाली राजनीति वेश्यावृत्तिभन्दा अलिक फरक कहिले होला? कहिले??-युवराज गौतम  ......See on More...

नसकेको कुरा भने, नेपाल बाहिर बसेका नेपालीलाई आइडी कार्ड चाहिएको कि? दोहोरो नागरिकता चाहिएको हो?

यदि आइडी कार्डले पुग्ने हो भने दोहोरो नागरिकताको माग किन? यदि दोहोरो नागरिकता माग्ने हो भने सर्वसाधारणलाई यो भ्रम किन? नेपालको अन्तरिम संविधान २०६३ को धारा ८ को नागरिकता शिर्षक अन्तर्गत उपधारा १ मा भनिएको छ ''यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेको र यस भाग बमोजिम नागरिकता प्राप्त गर्नयोग्य व्यक्तिहरू नेपालका नागरिक हुनेछन।'' यस अन्तर्गत विभिन्न ब्याख्या गरिएका छन्, जस अनुसार नेपालमा जन्मिएका, स्थायी बसोबास भएका, नेपाली बाबु वा आमा भएका आदि आदि। तर धारा १० ले नागरिकताको प्राप्ति र समाप्तिको बारेमा यस्तो प्रावधान छः ''नागरिकताको प्राप्ति, समाप्ति लगायत आवश्यक अन्य ब्यवस्था प्रचलित कानून बमोजिम हुनेछ्र'' र त्यो प्रचलित कानून भनेकोचाहिं नेपाल नागरिकता ऐन २०२० हो, जसको दफा एक अनुसार ''नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता स्वतः लोप हुनेछ।''।

अनि सबैभन्दा पछिल्लो कानूनी प्रावधान, गैर आवासीय नेपाली ऐन २०६४ को दफा १७ ले पनि ''यस ऐनमा जुनसुकै कुरा लेखिएको भएतापनि विदेशमा बस्ने नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता लिएमा निजले यस ऐन बमोजिम प्राप्त गरेको परिचय पत्र रद्द हुनेछ्र'' भनेको छ्र। तत्काल लागुहुने गरी बनाइएको यो ऐन र यो ऐनलाई कार्यान्वयन गर्नबनाइएको २०६६ को गैर आवासीय नेपाली सम्बन्धी नियमावलीको दफा ६ अनुसार विदेशी नागरिकता लिएका नेपालीको परिचय पत्र स्वत रद्द हुनेछ, र यो स्पस्टै हुन्छ कि, परिचय पत्र रद्द भएपछि अहिले प्रचार(प्रसार भएजस्तो सुविधा पनि पाउने कुरै भएन। जब कानूनी रुपले नै यसलाई यति जटिल बनाइदिएको सन्दर्भमा के के न पाएजस्तो गरेर परिचयपत्र थाप्नुको के अर्थ? यसरी संविधान र कानूनले स्पस्ट ब्याख्या गर्दागर्दै नेपाली नागरिक नै रहेको ब्यक्तिलाई जबर्जस्ती आईडी कार्ड भिडाउन खोज्नुको औचित्य के हो?

नियम, कानून र अन्तर्राष्ट्रिय प्राबधान कै कुरा गर्ने हो भने पनि संयुक्त राष्ट्र संघको विश्वब्यापी मानव अधिकार घोषणापत्र को धारा १३ को उपधारा २ अनुसार कुनै पनि व्यक्तिलाई आफ्नो देश लगायत कुनै पनि देश छाड्ने या आफ्नै देशमा फर्कने अधिकार प्राप्त छ्र साथै, सोही धाराको उपधारा एक अनुसार कुनै पनि व्यक्तिलाई कुनै पनि देशको बासिन्दा हुने र ती देशहरूमा स्वतन्त्र भएर घुमफिर गर्ने अधिकार पनि प्राप्त छ, र नेपाल संयुक्त राष्ट्र संघको सक्रिय सदस्य राष्ट्र भएको हुँदा यो प्राबधान नेपाल र नेपालीको सम्बन्धमा पनि लागु हुन्छ्र। यस्तो प्राबधान हँुदा हँुदै एनआरएनका नेताहरूले नेपाली नै भएर बस्न चाहिरहेकाहरूलाई जबर्जस्ती दुई वर्ष कार्ड किन थाप्न खोजेका?

जस जसले विदेशी नागरिकता लिइसके उनीहरूको लागि त आईडी कार्डले फाइदै गर्छ किनकि, उनीहरूको नागरिकता समाप्ति भैसकेको खण्डमा उनीहरूको बिधि ब्यवहार मिलाउन र नेपालमा बस्दा भिसाको चटारो नपरोस् भन्ने चाहना ठीकै हो। तर जो बर्षौं देखि विदेशमा बसेर पनि आफू भित्रको नेपालीपन त्याग्न इच्छुक छैनन्। उनीहरूलाई यो अनावश्यक दण्ड किन? यो त, घरबाट बाध्यताबस बा स्वेच्छाले नै छुट्टिएर केही बर्षकालागि बसाईं सरेको परिवारको सदस्यलाई ''तलाईं जन्माउने बाबु आमाप्रति तेरो कुनै हक लाग्दैन, त्यसैले आजका मितिदेखि जन्माउने बाबु(आमाको नाममा अरु नै कसैको नाम सापटी लिएर राख,'' भनेजस्तो भएन र?

यो पंक्तिकारको विचारमा यस्ता अर्थ न बर्थका कुरामा साधन र स्रोत खर्चिनुभन्दा त सर्त सहितका दोहोरो नागरिकता दिनुमा देश र सर्वसाधारण दुबैको भलाई हुन्छ्र। यसलाई अलिकति स्पस्ट पारांै, सर्त सहितका भन्नाले, देशको कुनै पनि राजनैतिक पदमा चुनाव लड्न नपाउने, कुनै पनि अदालतको न्यायाधीश बन्न नपाउने, सुरक्षा सम्बन्धी कुनै पनि निकायको जिम्मा लिन नपाउने, कुनै पनि उच्च सरकारी पदमा आसिन हुन नपाउने आदि, आदि। जे कुराको निर्क्यौल निकाल्दा पनि अलिकति गहिरिएर नसोच्ने प्रबृत्ति कहिलेसम्म रहने हो यो देशमा? जसले जे जे भन्छ, वाह वाही लुट्न कुनै गहिरो अध्ययन नै नगरी निर्णय गर्न परिपाटी कहिलेसम्म राख्ने? सम्बन्धित क्षेत्रले यस्ता प्रश्नहरूको जवाफ सार्वजनिक रुपमा दिन सक्थ्यो कि?

नेपाली राजनीति वेश्यावृत्तिभन्दा अलिक फरक कहिले होला? कहिले??
-युवराज गौतम
'होटल सहारा' राजनीतिप्रति व्यंग्य गर्दै निर्माण गरिएको विश्व प्रसिद्ध फिल्म हो। सन् १९५१ मा बनेको सो फिल्मले अवसरवादी चरित्रको उद्घाटन गरेको छ। 'एलाइड' र 'एक्सिस' बीचको ध्रुवीकरणमा विश्व विभक्त भएका बेला होटल सञ्चालक 'एमड' (पिटर उस्तिनोभ) दुवै शक्तिका प्रिय बनेर प्रस्तुत हुन्छन्। ब्रिटिस, जर्मन र फ्रेञ्च सेनाका जर्नेलहरू उनको होटलमा पालैपालो आउाछन् र ती सबैलाई एमडले 'म हजुरहरूकै मान्छे हुा' भनेर विश्वस्त तुल्याउाछन्।

जर्ज ब्राउनद्वारा लिखित र निर्देशित 'होटल सहारा' नेपाली राजनीतिसाग मिल्दोजुल्दो छ। एमडले आफ्नो होटलमा हिटलर र उनको गाथा झुल्किने दर्जनौं तस्बिरहरू राखेका हुन्छन्। हिटलरका प्रखर विरोधी ब्रिटिस र अमेरिकी नेता एवं जर्नेलहरूका तस्बिर पनि राखेका हुन्छन्। होटलमा आउने पाहुनाहरूबारे पूर्वसूचना पाइरहने बाठो होटल मालिकले जो जो आउादैछन्, उनीहरूलाई खुसी पार्न सकिने तस्बिरहरूमात्र हतारहतार भित्तामा टाागिदिन्छन्। रित्ता फ्रेमहरूमा आकर्षक तस्बिर सजाएर उनी मधुर मुस्कानले स्वागत गर्छन्। पाहुनाहरूले एमड हाम्रै खााटी समर्थक पो रहेछ भन्ठान्छन्। मिठामिठा खानेकुरा र महागो रक्सी खाएपछि एमडलाई धाप मार्दै उनीहरू त्यहााबाट बिदा हुन्छन्।

जर्मन, ब्रिटिस वा जो आए पनि दोस्रो महायुद्धका दुवै पक्षलाई खुसी पार्ने कला थियो– एमड र उनका सहयोगीहरूको। हास्यकलाकारका रूपमा मात्र होइन, कूटनीतिज्ञ, साहित्यकार तथा समाजसेवीका रूपमा समेत प्रसिद्धि कमाएका पिटर उस्तिनोभले बेलायतको गुप्तचर सेना एम–फिप्टिनमा पनि काम गरेका थिए। रुसीमूलका ब्रिटिस नागरिक पिटर उस्तिनोभ रसिक, बौद्धिक र अत्यन्त प्रतिभाशाली व्यक्ति थिए। दर्जनौं पुस्तक लेखेर उनले वाङ्मयमा पनि विशिष्ट योगदान गरे। रसियन भाषामा उडुसलाई 'क्लप' भनिन्छ। उनले पनि आफ्नो उपनाम 'क्लप' राखेका थिए। नेपालका नेताहरूको चरित्रसाग साह्रै मिल्दोजुल्दो होटल सहाराको कथावस्तु नेपाली राजनीतिसाग मिल्ने भए पनि क्लपको क्षमता, प्रतिभा, योग्यता र प्रसिद्धिलाई नेपालका कुनै पनि नेताले भेट्टाउन सक्दैनन्।

'होटल सहारा' नामक अंग्रेजी चलचित्रका मुख्य कलाकार पिटर उस्तिनोभले सन् १९८४ को अक्टोबर ३१ तारिखमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसाग भेट गर्ने समय मिलाइएको थियो। दुर्भाग्यवश,

सोही दिन आफ्ना अंगरक्षकहरूबाटै इन्दिराको हत्या भयो। संसारका प्रसिद्ध राजनेता र तानाशाहहरूको जीवनीमा आधारित चलचित्रहरूमा अभिनय गरिसकेका पिटर उस्तिनोभले भेट्न खोजेकै दिन इन्दिराको हत्या हुनु दुर्भाग्यपूर्ण संयोग थियो।

षड्यन्त्र, कूटिल चाल, घात–प्रतिघात र ईर्ष्याले भरिएको नेपालको इतिहास आज पनि युवापुस्ताका लागि खासै प्रेरक बन्न सकेन। कतिपय पाठकलाई आश्चर्य लाग्ला, निजी क्षेत्रबाट सञ्चालित कुनै पनि विद्यालयमा अचेल इतिहास पढाइादैन। कलेजमा थोरैले मात्र इतिहास पढ्छन्। विश्वविद्यालयमा इतिहास पढ्ने र पढाउनेहरूको संख्या उस्तै उस्तै छ। राजनीतिशास्त्र पढ्ने र पढाउनेहरू पनि निराश भएका छन्। हब्स, लक, रुसो, जर्मी बेन्थम, कौटिल्य, मेकियाभेली, मार्क्स, गान्धी, ग्ल्याड्स्टोनदेखि लिएर यावत् राजनेताको चिन्तन र राजनीतिक दर्शन नेपालमा पंगु ठहरिएको छ। अवसरवाद, प्रवञ्चना र व्यक्ति पूजालाई नै राजनीतिज्ञहरूले शस्त्रास्त्र बनाएका कारण दर्शनपक्ष 'सलहले सिध्याएको हरियाली' बनेको छ।

नेपालका नेताहरू  भारतीय भेट्दा भारतीय जस्तो, चिनियाा भेट्दा चिनियाा जस्तो र पश्चिमी देशका मानिसहरू भेट्दा उनीहरूकै मान्छे जस्तो बन्ने गर्छन्। ठ्याक्कै होटल सहारा जस्तो यो अभिनय सिद्धान्तहीन, अनैतिक र तुच्छ मानसिकताको प्रमाण पनि हो। एकजना भारतीय जोगीसाग कुरा गर्दै माओवादीका शिखर नेताले 'नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर गल्ती भयो' भन्दै क्षमा मागे। देशको बागडोर सम्हालेका सरकार प्रमुखले 'म त संविधानसभामै थिइना, किन धर्मनिरपेक्ष राष्ट्र घोषित गरेछन्, मैले त बुझिना' भन्दै लाज पचाए। राष्ट्रप्रमुखको 'नयाा मुकुट' लगाएका व्यक्तिले 'मलाई पनि नेपाल धर्मनिरपेक्ष बनाइएकोमा पटक्कै चित्त बुझेको छैन' भन्दै दुईजिब्रे चरित्र देखाए। होटल सहाराको झझल्को दिने यस्तो अवसरवादी नाटक हेर्दा नेपाली जनता त्रु्कद्ध, निराश र हत्प्रभ देखिएका छन्।

राजधानीमा कलेज सञ्चालन गरेर बस्नुहुने एकजना मित्रले केही दिन पहिले खुसीको खबर सुनाउादै भन्नुभयो– 'हाम्रो कलेजमा अब राजनीतिक नेतालाई कुनै पनि कार्यक्रममा निम्तो नगर्ने प्रतिज्ञा गरेका छौं। सबै स्कुल–कलेज र संस्थाले त्यसै गरिदिए हुन्थ्यो।' उहााको तर्क छ– प्राज्ञिक थलोमा राजनीतिक भाषण गरेर नेताहरूले आफ्नो टाट पल्टेको दिमाग एक्सरे गरेर देखाए।

नेता भनेपछि विद्यार्थीहरू  आज नाक खुम्च्याउाछन्। सरकारी कलेजहरूमा पनि असल र प्रतिभाशाली छात्रछात्राहरू राजनीतिमा लाग्दैनन्। पढ्न र पढाउन नचाहनेहरू मात्र राजनीतिमा देखिन्छन्। उनीहरू पनि भोलि होटल सहाराका पात्र बन्छन्। केही अपवादबाहेक आज राजनीतिमा सक्रिय हुनेमध्ये धेरैजसो 'बुद्धिका दुश्मन' छन्। कक्षा १० सम्म (त्यो पनि विहारबाट) पढेका गिरिजाप्रसाद कोइरालाले दस वर्ष प्रधानमन्त्रीको पदमा बसेर अबर्ौं रुपैयाा कमाए पनि युवापुस्ताले उनको तस्बिर आफ्ना घरमा राखेका छैनन्। अमेरिकी सहयोग नियोगका कृषि सहायक (जेटीए) र शिक्षक भएका पुष्पकमल दाहाल पनि 'असत्यवादी' नेताका रूपमा चिनिन्छन्। सबैले आदर, सम्मान र श्रद्धा गर्ने एउटा पनि नेता आजको राजनीतिमा देखिएनन्। जताततै होटल सहाराका विदूषक पात्र 'एमड' प्रवृत्तिमात्र देखियो। कुनै नेताको प्रशंसा गरेर एउटा लेख लेखुा भने पनि पात्र नै देखिादैनन्। विदेशीको तलब खाने लेण्डुप, मीरजाफर र क्विजलिङको पक्ष लिएर यो पंक्तिकार पनि लेख्न– बोल्न चाहादैन। बरु भोकै मर्नु परोस्। कुनै पनि विदेशी व्यक्ति वा शक्तिको दास भएर बााच्नुभन्दा आधा पेट खाएर बााच्नु राम्रो। देशभक्तिको पहिलो पाठ त्यही हो।

शेक्सपियरले भनेका छन्– 'वीरहरू एकपल्ट मर्छन्, तर कायरहरू दिनैपिच्छे।' नगरबधुले ग्राहक परिवर्तन गरेझैं हरेक महिना नयाा विदेशी मालिक खोज्दै हिाड्ने नेताहरूले राष्ट्रवादको भाषण गरेर पवित्र शब्दलाई विकृत नपारुन्। 'होटल सहारा' कामतापूरा र सोनागााछी बन्दै गएको नेपाली राजनीति वेश्यावृत्तिभन्दा अलिक फरक कहिले होला? कहिले?? हामी त्यही दिनको पर्खाइमा छौं।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक