20100209

बाँदरको हातमा नरिवलजस्तै भयो प्रजातन्त्र, लाज लाग्नुपर्ने हो सहिदको फोटो झुन्ड्याउने र सहिदप्रति ओठेभक्ति जनाउनेहरुलाई !

– शम्भु श्रेष्ठ
(shresthashambhu@gmail.com)

दुख लाग्छ, नेपालको अवस्था देख्दा। नेपालमा प्रजातन्त्र आएको ६० वर्ष बितिसकेछ। 'बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राख्यो जस्ताको तस्तै' भनेझैं देशको हविगत छ। ६० वर्ष अगाडि हामीसँगै स्वतन्त्र भएको छिमेकी चीन र भारत विकासको गतिमा कहाँ पुगिसक्यो, हामी भने कहाँ छौं? तुलनै हुन सक्दैन। बाँदरको हातमा नरिवलजस्तै भयो हाम्रा लागि प्रजातन्त्र। जनताको बलिदानीले पटक–पटक राजनीतिक परिवर्तन त भए, तर त्यसको फल अझै जनताले चाख्न पाएका छैनन्। लाज लाग्नुपर्ने हो सहिदको फोटो झुन्ड्याउने र सहिदप्रति ओठेभक्ति जनाउनेहरुलाई। फागुन, चैत, वैशाख, जेठ। यी महिनाहरु नेपालको राजनीतिक परिवर्तनका लागि इतिहासिक महिना मानिन्छन्। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनदेखि २०६३ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन पनि यिनै महिनाहरुभित्र पर्छन्। त्यसैले होला, अरु बेला सहिदलाई बिर्सिए पनि यी दिनहरुमा सहिदप्रति सम्झना गर्ने, मार्ल्यापण....
गर्नेहरुको भीड लाग्ने गर्छ। फेरि दुःखका साथ भन्नुपर्छ– एउटा सहिदगेटको संरक्षणसम्म पनि लोकतान्त्रिक सरकारले गर्न सकेनन्।
सहिदको सहादतप्रति जति उँचो सम्मान गरे पनि सहिदगेटको दुरावस्था देख्दा जो कोहीलाई पनि आत्मग्लानी हुने गर्छ। धिक्कार्छ– ती जिउँदा नेता, अभिनेतालाई जसले ६० वर्षसम्म पनि सहिदका नाममा सबैले सम्मान जनाउन सक्ने पार्क, स्तम्भ निर्माण गर्न सकेनन्। अझै तिनीहरुकै मुखबाट परिवर्तन, क्रान्ति, अग्रगमनका सुन्दर वाणीहरु सुन्नु परिरहेको छ।

जनता निरीह बनेका छन्। लोकतन्त्र आएपछि जनता झन् शक्तिशाली बन्नुपर्ने हो। तर, जनतालाई बोल्न नसक्ने अवस्थामा पुर्यारइएका छन्। देश बनाउने जिम्मा लिएकाहरु देश टुक्र्याउने काम गर्दैछन्। धर्म, जातको आधारमा देश बाँड्न सभासद्हरु तछाडमछाड गरिरहेका छन्। लोकतन्त्रका नाममा, गणतन्त्रको नाममा, संघीयताको नाममा गरिएको यो लुछाचुडीले देशको भविष्य कहाँ पुग्छ? त्यतातिर सोच्ने दूरदर्शी नेता हामी कहाँ देखिएन।

त्यसैले राजनीतिक परिवर्तन मात्रै सबै थोक होइन रहेछ भन्ने निष्कर्षमा हामी पुग्न बाध्य भएका छौं। यो साठी वर्षमा धेरै राजनीतिक परिवर्तनहरु त भए, तर त्यसलाई सही दिशामा हाँक्न सक्ने राजनेता देशले पाउन सकेन। यदि पाएको भए नेपाली जनता यति साह्रो निरीह, गरिब, अशिक्षित र पछ्यौटे हुँदैन थिए होला। लोकतन्त्रको पहिलो शर्त गरिबी, अशिक्षा र पछ्यौटेपनबाट जनतालाई उन्मुक्ति दिनु हो। जुन लोकतन्त्र जनताको इच्छा आकांक्षा पूरा गर्न सक्दैन। त्यो परिवर्तनलाई जनताले नकार्छन् भन्ने कुरा सोभियत संघको विघटन र पूर्वी युरोपको घटनाले स्पष्ट पारेको छ।

अहिले पनि मुलुक संक्रमणकालबाट गुज्रदैछ। संविधान समयमा बन्छ बन्दैन जनतामा शंका छ। यस्तो बेलामा इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्नबाट हामी चुक्यौं भने इतिहासले माफी दिने छैन। त्यसैले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सँगै लडेका राजनीतिक दल र तिनका नेताहरुमा संविधान समयमै बन्नुपर्ने न्यूनतम विन्दुमा सहमत हुन सकेनन् भने १३ हजार सहिदको रगतले तिनीहरुलाई धिक्कार्ने छ। सहिद दिवसको सन्दर्भमा यति नै।-दृष्टि


प्रचण्डलाई खुलापत्र........

―अर्जुन ज्ञवाली
छिल्लो केन्द्रीय समितिको बैठकबाट तपाईंहरुले राष्ट्रियताको संघर्ष घोषणा गर्नुभएको छ। यससँगै तपाईं र सिंगो माओवादीमाथि धेरै प्रश्नको उत्तर नेपाली जनतालाई दिन बाँकी छ।

पशुपतिको पुजारी परिवर्तन गर्न नसक्ने तपाईंले राजतन्त्र फालेको होइन, तपाईंहरुले अहिले जसले राजा वीरेन्द्र र मदन भण्डारीको हत्या गरेको भनिरहनुभएको छ, त्यही शक्तिको भर्यारङ किन बन्नुभयो? नेपाली राजनीतिमा राष्ट्रवादी आवरणका राष्ट्रघाती देशद्रोहीहरुको सिकार वास्तविक देशभक्तहरु भएका छन्। त्यसमध्ये धेरै देशभक्तको हत्या गराउने तपाईंहरु पनि हो।

२०४० सालमा विभाजित (चौम) कै धार भएकाले त्यहींबाट छद्मभेष सुरु गरौं। संविधानसभाको सिक्किमे एजेन्डा सुरुदेखि नै मोहनविक्रम सिंहले बोकिरहे। उग्र क्रान्तिकारी नारा दिने सिंह जो सधैँ भारतमा सुरक्षित रहे र अहिलेसम्म त्यो नाटक मञ्चन गरिरहेका छन्। भारतीय हस्तक्षेपविरुद्ध उभिनेहरुलाई दरबारिया आरोप लगाउने र 'र' का एजेन्टहरुलाई क्रान्तिकारी भन्ने अभियानका निरन्तरता कायम छ। डा. केआई सिंह, टंकप्रसाद आचार्यलाई जिउँदा लास, मदन भण्डारीलाई संशोधनवादी भन्नेहरु गोरखपुरमा भारतीय सुरक्षा घेरामा बसेर भारतीय विस्तारवादको नारा दिए र दिइरहेका छन्। 'रिम'को संस्थापक सदस्यको प्रतिनिधिको हैसियतमा तथाकथित भूमिगत मोहनविक्रम जसले भारतीय पासपोर्ट प्रयोग गरे। अन्यथा उनी कहाँबाट बाहिर गए? परमानन्द झाको हिन्दी अभियानमा उनी र उनको दल पक्षमा उभियो।

त्यति मात्र होइन, २०५२ सालमा बानेश्वरमा भारतीय प्रहरीले छापा मार्दा त्यसको ड्राइभर जो अमित प्रकरणको किटानीकाण्डमा मुछिए, त्यसको संरक्षण उनकै पार्टीले गरिरहेको छ। गौतम बुद्ध उडिसामा जन्मेको जस्ता भ्रामक विचार दिने मोहनविक्रम मसालको छद्मभेषी क्रान्तिकारिता छर्लङ्ग छ। तपाईंको दलले फुन्टिवाङबाट बाबुराम भट्टराईलाई कारवाही गर्दा जसरी रक्षार्थ उभिए, तपाईंको खन्ना गार्मेन्टको पछिल्लो अभिव्यक्तिमा साम्राज्यवादी सञ्चारको बोलीमा लोली मिलाउँदै नांगै उभिए। अहिले पनि एकातर्फ संविधानसभामा ७ प्रदेश प्रस्ताव गर्ने र अर्कातर्फ राष्ट्रिय जनमोर्चामार्फत् संघीयताको विरोधको नाटक मञ्चन गरेर दुनियाँलाई भ्रम दिने कोसिस गर्दैछन्।

उग्रवाम आवरणको यस्तै छद्मभेष दक्षिणपन्थमा पनि छ। आफूलाई घोर राजतन्त्रवादी भन्ने र राष्ट्रवादको चर्को नारा दिने राप्रपा (नेपाल) नै हेरौं। एकातर्फ संविधानसभामा ४ सिट देखाएर राजतन्त्रको मत कमजोर देखाउने २० लाख हस्ताक्षरको नाटक गर्ने। पूर्व भारतीय राजदूत केभी राजनमार्फत् भारतको सल्लाहमा होटल याक एन्ड यतीमा बसेर एकातर्फ संवैधानिक राजतन्त्र भन्दै चुनावमा जाने, अर्कोतर्फ राजावादी भ्रम छर्ने। दरबारको अतिदक्षिणपन्थी तप्का कर्मचारीतन्त्रसहितका विदेशी एजेन्टहरुले ऊ नै वास्तविक इमान्दार राजतन्त्रवादी भएको भ्रम छर्ने कार्य अहिले पनि भइरहेकै छ।

अब प्रश्न तपाईंलाई छ, युद्धकालको १० वर्षमा ८ वर्ष ६ महिना भारतमा तपाईं कसरी सुरक्षित रहनुभयो? एउटै पार्टीमा तपाईंकैे सहयात्री पोष्टबहादुर बोगटीका छोरा धादिङको लडाइँमा मृत्यु हुँदा तपाईंकै सहयात्री डा. भट्टराईकी छोरी लन्डनमा पढ्ने वातावरण कसरी बन्यो? पटनामा कुलप्रसाद केसी र अनिल शर्मा गिरफ्तारी हुँदा त्यहाँ दीनानाथ शर्मादेखि देवेन्द्र पौडेल सुनिलहरु कसरी सुरक्षित रहन पुगे? सिलिगुडीमा मोहन वैद्य गिरफ्तार हुँदा भारतीय गुप्तचर संस्था 'र' का प्रमुखसँग डा. भट्टराईको भेटघाट कसरी सम्भव भयो? यी अनुत्तरित प्रश्नहरुको जवाफ नदिँदासम्म तपाईंहरुको राष्ट्रिय स्वाधीनताको एजेन्डामा कसरी विश्वास गर्ने?

१७ हजार नेपालीको रगतसँगै लाखौं टुहुरा, अपांग र १० औं लाख द्वन्द्व प्रभावित रगतपछि तपाईंहरु अहिले स्वाधीनताको एजेन्डा अघि सार्नुभएको छ। यो पंक्तिकारले निरन्तर उठाउँदै आएको मदन र वीरेन्द्र हत्याको षड्यन्त्र आज उठाइरहनुभएको छ। पूर्वप्रधानमन्त्री र सबैभन्दा ठूलो दलको नेताको हैसियतले तपाईंको भनाइले राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्व राख्छ। अब तपाईंमाथि नै प्रश्नचिन्ह खडा छ जसको पुष्टि नेपाली जनतालाई नदिँदासम्म विश्वास गर्ने आधार कमजोर छ।

पुनः २०५२ सालमै फर्कनुभएको छ, तपाईंहरुले बगाएको रगतको औचित्य कहाँ छ? लाखौं विदेशीलाई नागरिकता, साम्प्रदायिक भड्काव, जातीय सद्भावमाथि आक्रमण तपाईंको युद्धको परिणाम होइन? आज त्यही युद्धबाट जन्मेका युद्धसरदार तिनीहरुले अहिले गाडी तस्करी गर्दैछन्। टोपबहादुर रायमाझीदेखि तपाईंकै डेपुटी कमान्डर चन्द्र खनाल 'बलदेव' देखि दीनानाथ शर्मासम्मका तस्करीहरु सार्वजनिक भएकै छन्।

आज तपाईंले मदन र वीरेन्द्र हत्या भारतले गरेको भन्नुभो, त्यसमा मेरो विमति छैन। तर, त्यही भारतमा तपाईंहरु सुरक्षित रहेर 'र' को मध्यस्थतामा १२ र्बुदे सम्झौता किन गर्नुभयो? आज पनि तपाईंको पार्टीभित्र जति विदेशी गुप्तचरका एजेन्टहरु अन्यत्र भेटाउन कठिन छ। स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय समितिभित्रै विदेशी गुप्तचर एजेन्ट (लिनप्यायोहरु) राखेर गरिने तपाईंको राष्ट्रवादी संघर्षलाई कसरी विश्वास गर्ने? तपाईंको दलभित्रका 'र' र 'सीआईए' एजेन्टजस्तै एजेन्टद्वारा नै मदन र वीरेन्द्रको वंशको छानीछानी हत्या भयो तपाईंकै जनसेनाको ३ जना डेपुटी कमान्डर 'र' र 'सीआईए' का एजेन्ट छैनन्? यदि तपाईंको सुरक्षा खतरा कहीँबाट छ भने तपाईंको पार्टीभित्रका लिनप्यायोहरुबाट छ।

हुन त तपाईंका कतिपय बाध्यताबारे यो पंक्तिकार अनभिज्ञ छैन। माओवादीभित्र सीआईएमार्फत् क्रिश्चियन मिसनअन्तर्गत नेपालको संस्कृति, ध्वंश गर्न लाल कमरेडहरुको भूमिकाअन्तर्गत नारायणप्रसाद पोखरेलदेखि मुक्तिनाथ अधिकारीसम्मको हत्या तपाईंहरुमार्फत् नै भयो जसको पुरस्कार क्रिश्चियन पादरीलाई तपाईंहरुले नै राष्ट्रिय मानव अधिकार आयोगसम्म पुर्यााउनुभयो। आज तपाईंले मदन र वीरेन्द्र हत्याको कुरा कतै तपाईंभित्रकै सहयात्री जसलाई हिजो ध्वंस गर्न लगाउनुभयो, त्यहीबाटै असुरक्षित ठानेर त होइन?

यतिबेला माओवादीले उठाएको राष्ट्रिय स्वाधीनताको एजेन्डामा विमति छैन। हिजो गोरखपुर, नोयडा र दिल्लीका चर्चमा बसेर रक्तपात मच्चाउने र आफ्ना छोराछोरी लन्डन, देहरादुन, दार्जिलिङका उच्च बोर्डिङमा राख्ने रक्तपिपासुहरु तपाईंकै पार्टीको सचिवालयदेखि केन्द्रीय नेतृत्वसम्म देख्दादेख्दै कसरी विश्वास गर्ने? हुन त किरणजस्ता इमान्दार नेता, बोगटी, अग्नि सापकोटाजस्ता त्यागीहरु (जसले परिवारकै सदस्य गुमाएका छन्) 'विप्लव', सोनामजस्ता पछिल्लो पुस्ताका इमान्दार नेतृत्व नभएका होइनन्। तर स्वयम् तपाईं र तपाईंको वरिपरिका अत्यन्त भ्रष्ट, तस्कर, माफिया, विचारविहीन राता मण्डलेहरु र मोहनविक्रम (मसाल) बाट ध्रुवीकृत 'र' का कुख्यात एजेन्टहरु मात्र होइन, नेपालको इतिहासलाई ध्वंस गर्न क्रिश्चियन मिसनअन्तर्गत परिचालितहरुलाई राखेर गर्न खोजेको राष्ट्रिय मुक्ति संघर्षलाई कसरी विश्वास गर्ने?

हामी नेपालीहरु १८१६ को सुगौली सन्धिको निरन्तरता र विशेष गरेर २००७ सालदेखि यता छद्मभेषी राष्ट्रवादी आवरणका देशद्रोही राष्ट्रघाती दलालदेखि अत्यन्त पीडित छौं। यो पीडामा तपाईंको नेतृत्वले हजारौं नेपालीको रगतमाथि राष्ट्रवादकै नारामा आज देशलाई विदेशी जासुसको परेड खेलने क्रिडास्थल बनाउनुभएको छ। के तपाईं र तपाईंको दलले हिजो गरेका राष्ट्रघात गलत थिए भन्ने कुरा स्वीकार्न सक्छ? सामन्त या सुराकीका नाममा यदु गौतमदेखि चक्रबहादुर चौधरी, राममणि ज्ञवालीदेखि आदित्य ज्ञवालीजस्ता हजारांै निर्दोष एमाले/कांग्रेस कार्यकर्ता क्रुर व्यक्ति हत्या गलत थिए भन्ने स्वीकार्ने साहस छ? यी र यस्तै निर्दोषको हत्या गर्ने कुख्यात हत्याराहरु अहिले तस्करी र जग्गा दलाली गर्दै देश र जनता ठगिरहेका छन्, आवश्यक परे हामी सप्रमाण दिन तयार छौं।

क. प्रचण्ड, हेर्नोस् त भारतीय षड्यन्त्रलाई बुझेर २०३३ सालमा बिपी फर्कदा फाँसी माग्नेहरुले राष्ट्रवादकै नारा लगाए। मदन हत्या षड्यन्त्र भन्दै षड्यन्त्र गर्नेले नै नारा लगाए। राजा वीरेन्द्रको हत्या गर्नेहरुले नै सलामी चढाए। दिल्लीका चर्चमा बसेर तपाईंहरुले राष्ट्रवाद क्रान्तिकै नारामा ५ वर्षीय काजोल खातुनदेखि १२ वर्षीय दीपक गुरुङसम्मको बलि दिनुभयो? आज देश भुटान, काश्मिर, अफगानिस्तान, कोसोभो, फिजी मोडलको घातक गोलचक्करमा राष्ट्रवादको नारा दिनुभएको छ। दरबार हत्याकाण्डकै पात्र देवयानी राणाका पिता पशुपतिशमशेरदेखि नेपाललाई भुटानजस्तै भारतीय सुरक्षा छाताभित्र राख्नुपर्दछ भन्ने सूर्यबहादुर थापाजस्ता घोर दक्षिणपन्थी राष्ट्रघातीले पनि राष्ट्रवादकै नारा दिएका छन्। भन्नोस् त हामीले विश्वास गर्ने आधार के छ?

तपाईंहरुको निशाना कहिल्यै पनि तस्कर, माफिया, देशद्रोहीहरु भएनन्। आज तपाईं पत्रकारले राष्ट्रको पक्षमा लेखेनन् भन्दै हुनुहुन्छ। तर, वीरेन्द्र साहहरु मारिँदा कुनै मिडिया माफिया तपाईंहरुको निशाना बने। पत्रकारिता आवरणका विदेशी दलालबाट तपाईंहरु होइन, हामीजस्ता वास्तविक देशभक्तहरु पीडित छौं। मदन र वीरेन्द्र हत्यापछि हामी यति बेला नेतृत्वको अत्यन्त संकटमा छौं। यो अवस्थामा तपाईंको निर्विकल्पतामाथि विश्वास गर्न सक्ने आधार पनि छैन। विश्वास नगर्दा पनि विकल्प नहुनु वास्तविक देशभक्तहरुका लागि पीडा हो। तपाईंले उपयुक्त आधारहरु स्पष्ट नगर्दासम्म विश्वास गर्ने आधार छैन।


रसियाली जनमैत्री विश्वविद्यालयको अर्धशताब्दी जयन्ती समारोह
                                               -     कृष्णप्रकाश श्रेष्ठ

   मास्को, ६ फेब्रुअरी २०१० -शनिश्चरवार) । मास्कोको मुटुमानिने क्रेमलिनको पर्खालभित्र रहेको ६ हजारभन्दा बढी दर्शकहरू अटाउने भव्य महाविवेशन प्रासादमा रसियाली जनमैत्री विश्वविद्यालयको स्थापना भएको आधा शताब्दी पूरा भएको उपलक्ष्यमा भव्य समारोह सुसम्पन्न भयो । एशिया, अप्रिmका तथा ल्याटिन अमेरिकाका विकाशोन्मुख देशहरूको निम्ति अत्यावश्यक राष्ट्रिय विशेषज्ञहरूको तैयारीमा सहयोग पुर्‍याउने उद्देश्यले निकिता ख्रुश्चेभको नेतृत्वमा रहेको तत्कालीन सोभियत सरकारद्वारा ५ फेब्रुअरी १९६० का दिन यस अभूतपर्ूव विश्वविद्यालयको स्थापना गरिएको थियो । यसरी ५० वर्षघि शून्यबाट सुरू भएको विश्वको एक मात्र
अन्तर्रर्ााट्रय विश्वविद्यालयले हाल मास्को राजकीय विश्वविद्यालय र सेन्टपिर्टसवर्ग विश्वविद्यालयपछिको तेस्रो स्थान हासिल गरेको छ । हाल नेपाललगायत संसारका १४० देशका २८ हजार छात्रछात्रा तथा शोधछात्रहरू अध्ययनरत सुरूमा पैटि्रस लुमुम्बाको नामले विभूषित गरिएको यो विश्वविद्यालय वास्तवमा नै भूमण्डलवासी विभिन्न जनताहरूबीच मित्रताको प्रतीक बन्न पुगेको छ ।

     जुन भव्य प्रासादमा पचासौं वर्षाँठको उपलक्ष्यमा समारोह मनाईंदै थियो त्यो ५० वर्षछि अस्तित्वमा आइसकेकै थिएन । यस विश्वविद्यालयको द्वितीय वाषिर्कोत्सवको अवसरमा यस पंक्तिकारको पनि उपस्थिति रहेको थियो । विश्वविद्यालयका प्रथम कुलपति सर्ेर्गेइ रुमान्चेभको सभापतित्वमा संचालित उक्त समारोहमा मास्कोका विभिन्न उच्च शिक्षण संस्थानहरूका प्राध्यापक र विद्वान्हरूको समुपस्थिति रहेको थियो । त्यतिखेर मास्को राजकीय विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको साथै रूसी भाषा सिक्नका लागि रूस आइरहनुभएका भिक्षु अमृतानन्द पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो । बौद्धभिक्षुको पीताम्बर भेषभूषाको प्रतापले उहाँलाई मञ्चमा निम्त्याइने अड्कल काटेर मैले उहाँलाई रूसी भाषाको विश्वकोषमा समेत बुद्धको जन्म भारतमा भएको भन्ने लेखिएको कुरा बताउँदै वक्तव्य दिने अवसर प्राप्त भएका यसबारे पनि चर्चा गर्नका लागि अनुरोघ गरेको थिएँ । यसरी र्सवप्रथम उहाँले अंग्रेजी भाषामा दिनुभएको वक्तव्यमा नै रूसी विद्वान्हरूसमक्ष बुद्धको जन्मस्थल नेपाल भएको तथ्य गुञ्जेको थियो...

     जनमैत्री विश्वविद्यालयको रजतजयन्ती समारोहमा श्रीलङ्का तथा गायानाका राष्ट्रपतिद्वयका साथै विभिन्न देशहरूबाट आएका यस विश्वविद्यालयबाट उच्च शिक्षाप्राप्त गरेर स्वदेशमा कार्यरत विशेषज्ञहरूका साथै हाल अध्ययनरत विद्यार्थी तथा तिनका गुरुहरूको पनि उपस्थिति रहेको थियो । यस विश्वविद्यालयबाट विशेषज्ञता प्राप्त गरिसकेका र हाल अध्ययनरत समेत गरी ३५ जनाभन्दा बढी नेपालीहरूको साथमा बसेर म आफ्नो स्मृतिपटलमा यसरी उर्लिरहेको भावनामा डुबुल्की लगाउँदै अतीतको सम्झना गरिरहेको थिएँ । अहिले मास्को आइरहेको नेपाली प्रतिनिधिमण्डलमा केही समय लोकतान्त्रिक नेपाल सरकारको मन्त्रीको पदभार वहन गरेका गणेश शाह, काठमाडौं विश्वविद्यालयका वरिष्ठ प्रोफेसर भद्रमान तुलाधरका साथै सामाजिक क्षेत्रमा संलग्न रहेकी अमृता अर्याल मास्कोको अध्ययनकालदेखि नै मेरै आत्मीय भाइबहिनीहरू हुन् । उनीहरूसंग भेट हुँदा मन नै प्रफुल्ल भएको थियो । त्यसै विशाल सभाभवनमा रूसका लागि नेपाली राजदूत दम्पति श्री र्सर्ूयकिरण गुरूङ तथा श्रीमती डली गुरूङ, उपनियोगप्रमुख-दम्पति श्री अच्युतभक्त पौडेल तथा श्रीमती इन्दिरा पौडेल, गैरआवासीय नेपाली संघका संरक्षक एवं बेलारूस गणतन्त्रका लागि महावाणिज्यदूत डा. उपेन्द्र महतो, नेपाली नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसाद महतो, उपाध्यक्ष डा. विन्दिता लामिछाने, गैरआवासीय नेपाली संघ, अन्तर्रर्ााट्रय समन्वय परिषदका उपाध्यक्ष श्री जीवा लामिछाने, राष्ट्रिय समन्वय परिषद् रूसका अध्यक्ष डा. मणिराज पोखरेल, नेपाली छात्रसंघ -रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष सचिन शाक्य आदिको उपस्थिति थियो ।

     महाधिवेशन प्रासादको विशाल मञ्चको पृष्ठभूमिमा भूमण्डलको खाकालाई अंग्रेजीको 'यु' अक्षरअंकित जनमैत्री विश्वविद्यालयको लोगो र '५० वर्ष लेखिएको थियो भने मास्को क्रेमलीनको मूलबर्ुजालगायत बोल्सोइ ठेटरआदि मास्कोनगरको मूल आकृति देख्न सकिन्थ्यो । बेला बेलामा रूसको राष्ट्रिय झण्डा र सर्न्दर्भअनुसार अन्य दृश्यहरू पनि ठूलो पर्दामा बदलिंदै रहेको देखिन्थ्यो । यत्तिकैमा पर्दामा जनमैत्री विश्वविद्यालयको आधा शताब्दी लामो इतिवृत्तको झलक देखिन थाल्यो । जनमैत्री विश्वविद्यालयको द्वितीय कुलपति पद सम्हाल्ने भ्लादिमिर स्तानिसलाई पर्दामा देख्दा म निकै पुलकित बन्न पुगेको थिएँ । उनी मास्को राजकीय विश्वविद्यालयको प्राध्यापक रहँदा मेरा गुरु थिए र नेपालका एक ठूला मित्र पनि थिए । उनको कार्यकालमा नै मास्को जनमैत्री विश्वविद्यालयमा सबभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययन गर्दथे र म बारम्बार विभिन्न साहित्यिक सर्न्दर्भहरूमा त्यहाँ पुग्दथें... ।

     चलचिबको पर््रदर्शनपश्चात् समारोहको औपचारिक खण्ड सुरु भयो । विश्वविद्यालयका कुलपति भ्लादिमिर फिल्लिपोभले पाहुनाहरूको स्वागत गर्दै जनमैत्री विश्वविद्यालयको अतीत र वर्तमानबारे प्रकाश पार्नुभयो र विभिन्न देशहरूबाट प्राप्त भएका थुप्रै शुभकामना सन्देशहरू पढेर सुनाउन । रूस महासंघको व्यवस्थापिकाको उपल्लो सदनका अध्यक्ष सर्ेर्गेइ मिरोनोभले आफ्नो वक्तव्यमा विश्वकै एक विरलकोटिको विश्वविद्यालयको महत्वबारे जनाउँदै विश्वविद्यालयका कुलपतिलाई सम्मानपत्र र उपहार हस्तान्तरण गर्नुभयो । रूसका शिक्षामन्त्री आन्द्रेइ फुर्सर्ेेोले रूसका राष्ट्रपति दिमित्री मेद्भेदेभको शुभकामना सन्देश पढेर सुनाउनुका साथै राष्ट्रपतिको आज्ञानुसार विश्वविद्यालयका कुलपतिलगायत विभिन्न वरिष्ठ व्यक्तित्वहरूलाई सम्मान पदक, मैत्रीपदक र मानपदवीहरू हस्तान्तरण गर्नुभयो । यसरी नै युनेस्कोका प्रतिनिधि तथा रूसको संसद राजकीय दूमाबाट तथा पनि सम्मानपत्र प्रदान गरिएको थियो । जनमैत्री विश्वविद्यालयका कुलपतिले यसै विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका गायानाका राष्ट्रपति भार्रत जगदेव तथा श्रीलंकाका राष्ट्रपतिलाई पनि भव्य वातावरणमा मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्नुभयो भने विश्वविद्यालयको विकासका योगदान पुर्‍याएवापत् भारतका श्री सुधीर गुप्तलगायत विभिन्न व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । अहिले अन्तर्रर्ााट्रय कक्षीय स्टेसनमा उडान गरिरहेका अन्तरिक्षयात्रीदलले अन्तरिक्षबाट शुभकामना व्यक्त गरेको दृश्यले दर्शकहरूलाई निकै प्रभावित पारेको थियो । विदेशी अन्तरिक्षयात्रीहरूलाई यसै विश्वविद्यालयका प्राध्यापकहरूले अन्तरिक्ष भाषा समेत बनेको रूसी भाषा पढाउने गरेको तथ्य पनि उल्लेख्य छ । मास्को राजकीय विश्वविद्यालयका कुलपति भिक्टर सादोभनिचीले हँसिलो पाराले जनमैत्री विश्वविद्यालयको विकास तथा त्यसका विगत र वर्तमान कुलपतिहरूसंग आफ्नो मैत्री सम्बन्धको चर्चा गर्दै एउटा चित्रपट हस्तान्तरण गर्नुभयो र 'विश्वविद्यालयको जन्मशताब्दी समारोहमा यसभन्दा ठूलो चित्रपट उपहारस्वरूप ल्याउनेछु' भन्नुहुदैं यस समारोहमा उपस्थित सबैलाई त्यस समारोहमा पनि उपस्थित हुन आग्रह गर्नुभयो... ।

     औपचारिक खण्ड सकिएपछि एक दोस्रासंग विचारविमर्श गर्न र फोटो खिच्नमा सदुपयोग  गरिएको मध्यान्तरपश्चात् प्रजातन्त्रवादी यूवा गीतको साथै भव्य सांस्कृतिक कार्यक्रमको शुभारम्भ भयो । विभिन्न देशका ध्वजावाहकहरूको पंक्तिले मञ्चमा प्रवेश गरेको क्षण निकै प्रभावोत्पादक रहेको थियो । तत्पश्चात् रङ्गीविरङ्गी पोशाक र भेषभूषामा सजिएका विभिन्न देशका कलाकार टोलीहरूले एकपछि अर्को गर्दै रङ्गमञ्चमा आ-आफ्नो देशको सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । शास्त्रीय संगीतका साथै बीसौं शताब्दीको ६० को दशकदेखि वर्तमान समयसम्मका लोकप्रिय गीतहरू गुञ्जनुका साथै विभिन्न शैलीका नृत्यको पनि पर््रदर्शन गरिएको थियो ।  अन्त्यमा जनमैत्री विश्वविद्यालयको गीत गुञ्जियो र रङ्गमञ्चमा सांस्केतिक कार्यक्रम पर््रदर्शन गर्ने सम्पर्ूण्ा कलाकारहरूका साथै दर्शकहरूले समेत उभिएर 'मास्को बाहिरको साँझ' बोलको लोकप्रिय रूसी गीत समवेत स्वरमा गाएका थिए । निकै समय घड्किसकेपछि भव्य सांस्कृतिक कार्यक्रम समाप्त भए तापनि दर्शकहरू यस्तो अपर्ूव क्षणलाई सकभर बढी समयसम्म आफ्नो पकडमा राखिराख्न उत्सुक देखिएका थिए । अन्त्यमा जनमैत्री विश्वविद्यालयका कुलपतिले मञ्चमा उक्लेर सबैलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै मास्को राजकीय विश्वविद्यालयका कुलपति भिक्टर सादोभ्निचीद्वारा जनाइएभै+m भविष्यमा ५० वर्षछि मात्र यस्तो भव्य समारोह मनाइनुभन्दा पहिले नै ७५-रौं वाषिर्कोत्सव मनाइने र त्यसभन्दा पनि पहिले आगामी ५ वर्षछि नै विश्वविद्यालयको ५५-नौ वाषिर्कोत्सव मनाइने हुँदा 'दोस्वीदानिया !' अर्थात् 'फेरि भेटौंला !' भनी समारोहको समापन गर्नुभयो ।

     जनमैत्री विश्वविद्यालयको भव्य औपचारिक समारोहबाट घर र्फकंदा म चेतनप्रवाह ढंगले आफूले मास्कोमा बिताएका ५० वर्षा घटनाहरू झल्झल्ती सम्भिmरहेको थिए । पटना विश्वविद्यालयबाट बी.ए.को ड्रि्री प्राप्त गर्ने अन्तिम नेपाली समूहको एक प्रतिनिधिको हैसियतलेे काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि त्यहाँ एम.ए. मा पढ्न तयार भइसके तापनि सोभियत सरकारको छात्रवृत्ति रोजेर मास्को आइपुगेको २३ दिन पछि मात्र जनमैत्री विश्वविद्यालयको स्पापना भएको थियो । आफू मास्को राजकीय विश्वविद्यालयमा अध्ययनरत रहे तापनि मैले देख्दादेख्दै यस विश्वविद्यालयले अभूतपर्ूव विकास गरेको थियो र यहाँबाट दक्ष विशेषज्ञ बनेका कतिपय मेरै आत्मीय साथीभाइहरू नेपालमा आ-आफ्नो क्षेत्रमा प्रतिष्ठित बनेकोमा गर्व लाग्छ । आज यस विश्वविद्यालयमा पढेर विभिन्न क्षेत्रमा काम गरिरहेका रूसी भाषाका ज्ञाता राष्ट्रिय विशेषज्ञहरूलाई नेपालमा मात्र नभई विश्वको जुनसुकै कुनामा पनि भेट्न सकिन्छ...

     ७ फेब्रुअरी २००९,      म्ास्को, रूस महासंघ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक