20100110

नेपाललाई च्वाट्टै माया मारेर नबस्न आग्रह


प्रसिध्द नेपाली भाषाविद् तथा साहित्यकार कृष्णप्रसाद पराजुलीको उहाँले नेपाली भाषा साहित्यमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै जनवरी १० तारिख आइतबार यहाँ एक कार्यक्रम बीच बिभिन्न नेपाली संघ संस्थाहरुले सामुहिक अभिनन्दन गरे । हाल अमेरिकामा रहनु भएका ......

साहित्यकार पराजुलीको अभिनन्दन कार्यक्रममा ग्रेटर वाशिंगटन डिसी मेट्रो क्षेत्रमा रहेका अधिकांस नेपाली संघ संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि अमेरिकाको लागि नेपालका राजदुत शंकरप्रसाद शर्मा (पीएचडी) ले पुष्प माला प्रदान गर्दै अभिनन्दित व्यक्तित्व नेपाली भाषा साहित्यका बरिष्ट साधक भएको चर्चा गर्दै भाषा साहित्य सेवीहरुलई राज्यले उचित सम्मान र संरक्षण गर्न नसके पनि जनस्तरमा भएका प्रयासहरु प्रशंसनीय भएको बताउनु भएको थियो । कार्यक्रममा साहित्यकार पाराजुलीसँग १२ बर्षको उमेरमा बिवाह गरी आजीवन उहाँको सृजनामा साथ दिनु हुने श्रीमती निरा पराजुलीलाई पनि प्रमुख अतिथि शर्माले पुष्प माला प्रदान गरी सम्मान गर्नु भएको थियो ।


कार्यक्रमका अभिनन्दित साहित्यकार कृष्णप्रसाद पराजुलीले आफूलाई अभिनन्दन गर्नुहुने सबैलाई धन्यवाद दिंनुहुँदै आफू अहिले इन्सुलेशनको टुप्पोमा बाँचिरहेको बताउनुभयो ।

अमेरिकाले पटक-पटक भिसा नदिएको बारेमा उहाँले आफूलाई अमेरिका आउनु पनि कोलम्बसले अमेरिका पत्ता लागाउनु जस्तै भएको महसुस भएको व्यक्त गर्नुभयो ।

यहाँ आएर आफूले यहाँका साहित्यप्रेमी यतिका नेपाली संघसंस्थाहरुबाट पाएको माया गनि नसक्नु, भ्याइ नसक्नु सम्मान पाएको अनुभूत गरेको छु भन्दै सबैले गर्नुभएको माया आफ्नो हृदयमा रहेको छ भन्नुभयो ।

आफ्ना प्रत्येक पुस्तकका आफ्नै कथा व्यथा भएको बताउँदै अहिलेसम्म ७६ वर्षको उमेरमा त्यो भन्दा बढी आफ्ना पुस्तकहरु प्रकाशित भएको बताउँदै आफ्ना सबै पुस्तकहरु गरेर जम्मा ३५ लाख पुस्तक नेपाली भाषी पाठकहरुसमक्ष पुगेको समेत उहाँले जानकारी दिनुभयो ।

नेपाली भाषा सक्षम भाषा हो र नेपाली भाषाका आफ्नै खालका पन रहेको उहाँले बताउनुभयो ।

साहित्यकार पराजुलीले अमेरिकामा बस्ने नेपालीहरुप्रति इंगित गर्दै ”तपाईहरु प्रत्येकमा नेपाली भावाना रहोस् र नेपाललाई च्वाट्टै माया मारेर नबस्न” आग्रह गर्नुभयो ।

आफूले तपाईहरुको भाषा, देश र साहित्यप्रतिको अभिरुची देखेर आफू त्यसै अभिभूत भएको उहाँले बताउनुभयो ।

अन्त्यमा उहांले सबैलाई शुभकामना दिंदै भन्नुभयो,

आफ्नै घाम र छायाँमा पसिना बरदान होस्
फूलाइ देशको माया जिन्दगी शुभयाम होस् ।।

त्यसअघि सो अबसरमा अभिनन्दित व्यक्तित्व पराजुलीको कृतित्व र व्यक्तित्वका सम्बन्धमा हरिराज भट्टराई (पीएचडी) ले संक्षिप्त परिचय प्रस्तुत गर्नु भएको थियो । भाषासेवी पराजुलीको सम्बन्धमा प्रकाश पार्दै भट्टराईले भन्नु भयो, भनिन्छ राजा र नेता स्वदेशमा मात्र पुजिन्छ वा चिनिन्छ भने विद्ध्वान सर्बत्र । नेपाली संस्कृतिका आजात शत्रुका रुपमा प्रतिष्ठित व्यक्तित्व पराजुलीको ६ दशक लामो भाषा सेवालाई ४ चरणमा बिभाजन गर्दै उहाँले थप भन्नु भयो- सृजनाकाल सेवा, शिक्षण र सङ्गत ।

कार्यक्रममा साहित्यकार पराजुलीको रचनामा रहेको चर्चित नेपाली गीत ”तिमीलाई देखेर आँखा त्यहीं छोडी हिंडे म” लाई स्थानीय नेपाली कलाकारहरुले प्रस्तुत गर्नु भएको थियो । गायक खेम संग्रौलालाई सो गीतमा टिका पुन र विश्व थापाले संगीतमा साथ दिनु भएको थियो ।

कार्यक्रममा पासा पुच अमेरिकायाका राजेश श्रेष्ठ, नेवा अरगनाईजेशनका लक्ष्मण श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसीका अध्यक्ष शरद निरोला, नेपाल अमेरिका पत्रकार संघका तर्फबाट संघका अध्यक्ष गिरीश पाखरेल, बानाका महासचिव गौतम दाहाल, अमेरिका नेपाल सोसाईटिका अध्यक्ष खेम भट्टचन,ए एन ए का अध्यक्ष सिमोन ढुंगाना, वाशिंगटन नेपाल फोरमका होमराज आचार्य, एन आर एन का मिडिया कोर्डिनेटर रामचन्द्र खरेल, रेडियो दोभानका नगेन्द्र पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बाल्टिमोरका पुजा चन्द, हिमाली आँगनका राम बस्याल, पारसमणि श्रेष्ठ लगायतका संघ संस्थाका प्रतिनिधिहरुले अभिनन्दित व्यक्तित्वका सम्बन्धमा चर्छा गर्दै आ-आफ्ना संस्थाका तर्फबाट अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा होमनाथ सुबेदीले अभिनन्दित व्यक्तित्वका सम्बन्धमा लेखिएको कविता बाचन गर्नु भएको थियो ।

धनकुटा क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उपन्यास लेखक उपेन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा कार्यक्रमको सम्बन्धमा प्रकाश पार्दै कार्यक्रमका संयोजक गोविन्द गिरि प्रेरणाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम आयोजकका तर्फबाट प्रदान गरिएको अभिनन्दन पत्र आयोजक समितिका सदस्य बसन्त श्रेष्ठले बाचन गर्नु भएको थियो भने सो पत्र प्रमुख अतिथि शर्माले प्रदान गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष पोखरेलले अभिनन्दित व्यक्तित्वसंग अमेरिकी भूमिमा प्रत्यक्ष भेट हुन पाएको र कार्यक्रमामा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसि प्रकट गर्नु भएको थियो ।

कार्यक्रम आयोजक समितीका सदस्य बासु श्रेष्ठले कार्यक्रमका सन्दर्भमा बिभिन्न रुपले सहयोग गर्नु हुने तथा कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम आयोजक समितिका सदस्य हेमन्त श्रेष्ठले संचालन गर्नु भएको यस कार्यक्रममा अभिनन्दित ब्याक्तित्वका कृतिहरु लगायतका नेपाली भाषा साहित्य र ब्याकरणका सम्बन्धमा पराजुली परिवारव्दारा तैयार गरिएको ”राम्रो रचना मिठो नेपाली” नामक वेब साइटको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि राजदुत शंकरप्रसाद शर्माले गर्नु भएको थियो ।

कार्यक्रममा ग्रेटर डीसी मेट्रो क्षेत्र (भर्जिनिया, डीसी र बाल्टीमोर)का नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका बक्ता तथा सहभागी सबैले भाषा सेवी पराजुली नेपाली भाषारव्याकरणका आधिकारिक ब्यक्तित्व रप्रतिनिधि भएकोमा खुलेर प्रशंसा गरेका थिए । - नेपाली पोष्ट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक