20100119

"कुनै पनि हालतमा नेपाली सेनामा माओवादी लडाकुको समायोजन हुन नसक्ने" : रक्षामन्त्री

"कपुरलाई कालो झण्डा देखाउने माओवादी ब्यवहार अपरिपक्व र प्रभुसँग वार्ता गर्न दर्खास्त"

रक्षामन्त्री विद्यादेवी भण्डारीले कुनै पनि हालतमा नेपाली सेनामा माओवादी लडाकुको समायोजन हुन नसक्ने बताएकी छन्। सिंहदरबार स्थित मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनगरी रक्षामन्त्री भण्डारीले वृहत शान्ति सम्झौता र त्यसपछिका कुनै पनि सम्झौतामा माओवादी लडाकु नेपाली सेनामा........
समायोजन गर्ने भनी उल्लेख नभएको दावी गरिन्। उनले माओवादीले त्यस विषयलाई गलत ढंङगबाट प्रचार गरेर आफ्नो योजनालाई स्थापित गराउने षडयन्त्र गरिरहेको आरोप लगाएकी छन्। सुरक्षाकर्मीमा समायोजन गर्ने भन्ने शब्दलाई गलत ढंगले ब्याख्या गरिएको उनको दावी छ। सेना समायोजन विशेष समितिलाई लडाकुको ब्यवस्थापन र रेखदेख गर्ने जिम्मेवारी मात्र रहेको स्पष्ट पार्दै रक्षामन्त्री भण्डारीले विषेश समितिले सेना समायोजनको कुरा गरे त्यो मान्य नहुने बताइन्। नेपाली सेना व्यवसायीक राष्ट्रिय सेना भएकोले यो सधै तयारीमा रहनु पर्ने आवश्यकता औल्याउँदै रक्षामन्त्री भण्डारीले आवश्यक गैर घातक तयारीका सामाग्री आए पनि हतियार नआएको जानकारी दिइन्। यद्यपि उनले आवश्यक महसुस गरिए हतियार समेत ल्याउन सकिने स्पष्ट पारिन्। भारतीय सेनाध्यक्ष दिपक कपुरको भनाई सम्बन्धमा भारतीय दुतावासले नै स्पष्ट पारिसकेकोले नेपाल सरकारले थप टिप्पणी गरिरहनु पर्ने आवश्यकता नभएको रक्षामन्त्री भण्डारीको ठहर छ। उनले कपुरलाई कालो झण्डा देखाउने माओवादी ब्यवहार अपरिपक्व र प्रभुसँग वार्ता गर्न दर्खास्त हालेको रुपमा बुझएको समेत बताइन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक