20100115

नेपाली सेनामा भर्ना खोल्न, हतियार ल्याउनु परे माओवादीको अनुमती लिनु पर्ने ! गिरिजाबाबुले त्यस बेला साह्रै राम्रो सम्झौता गर्नुभएको रहेछ, वहाँलाई नोबेल् सान्ती पुरस्कार त दिनै पर्छ बा !


हतियार नल्याउदै त माओवादी यसो गर्छ ल्याए झन के गर्ला ? कस्तो सम्झौता गर्या हुन कुन्नी,नेपाली राष्ट्रिय सेना लाई र जनताका घाँटी रेट्ने लाई बराबर मान्यता रे, नेपाली सेनामा भर्ना खोल्न, हतियार ल्याउनु परे माओवादीको अनुमती लिनु पर्ने ! गिरिजाबाबुले त्यस बेला साह्रै राम्रो सम्झौता गर्नुभएको रहेछ, वहाँलाई नोबेल् सान्ती पुरस्कार त दिनै पर्छ बा !अनी त्यस बेला गिरिजा को बोलिमा लोली मिलाउने माकुने महासय लाई पनि नोबेल् शान्ती पुरस्कार का लागि सिफारिस गर्ने कि बरु !

एकीकृत माओवादीले सरकारले शान्ति सम्झौताविपरित नेपाली सेनाका लागि ठूलो मात्रामा हातहतियार तथा गाडी भित्र्याएको दाबी गरेको छ। रुपन्देहीको सुनौली नाका हुँदै बिहीबार राति १ बजे हातहतियार तथा सैनिक गाडीहरू नेपाल भित्र्याइएको र राति नै रामनगर बुटवलस्थित सेनाको २२ नम्बर बाहिनी ल्याइएको......
माओवादीको जिकिर छ। बुटवलमा आयोजित पत्रकारसम्मेलनमा एकीकृत माओवादीका केन्द्रीय सदस्य एवम् अवध मधेश राज्य समितिका सह-इञ्चार्ज बामदेव क्षेत्रीले सरकारले वृहत शान्तिसम्झौता बिथोल्न लागेको आरोप लगाए। क्षेत्रीले इन्सास राइफल र गोली बोकेका ३० गाडी, हरियो रङ्गका नम्बर प्लेट नराखिएका ५० गाडी तथा हरियो रङ्गका आठ जिप, चार माहेन्द्रा जिप, एम्बुलेन्स दुई र एक/एक दमकल तथा क्रेन नेपाल भित्रिएको दाबी गरे। शान्ति सम्झौताको धारा ४ मा हतियार नियन्त्रण र ओसारपसार दुवै पक्षले नगर्ने उल्लेख भएको अवस्थामा सरकारले त्यसको पालना नगरेको माओवादीको भनाइ छ।

२२ नम्बर बाहिनीपति विजयविक्रम खड्काले शान्ति सम्झौताविपरित हातहतियार ल्याउने काम सेनाबाट हुनै नसक्ने प्रतिक्रिया दिए। 'सुनौली नाका हुँदै ल्याइएका वस्तु हातहतियार नभई दैनिक प्रयोजनका गाडीहरु हुन्', खड्काले नागरिकसित भने, ' ती गाडीहरु केही काठमाडौं पठाइएको र केही पठाउने क्रममा छन्।'सैनिक जनसम्पर्क निर्देशनालयका सेनानी अशोक गुरूङले सुनौली भएर ल्याएको सैनिक सामाग्रीबारे संयुक्त हतियार अनुगमन समिति (जेएमसीसी, जहाँ माओवादीका नेता पनि सदस्य छन्) लाई अग्रिम जानकारी दिएको प्रष्ट पारे। उनले भने, 'जेएमसीसीलाई पूर्व जानकारी गराएर ल्याएको हो, त्यसमा हतियार भन्ने चिज नै छैन।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक