20100104

डा. बाबुराम भट्टर्राईलाई चिरिप्प पारेर झिरिप्प प्रधानमन्त्री बनाउने षड्यन्त्र भारतले गरिरहेको प्रचण्डको खुलासा !


माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै दलका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाउने र पार्टर्ीीत्र चलखेल गर्ने षड्यन्त्र भारतले गरिरहेको खुलासा गरेका छन् । माओवादीनिकट जनसांस्कृतिक महासंघको केन्द्रीय समिति बैठकमा आइतबार प्रचण्डले सो खुलासामात्र गरेनन्, पार्टर्ीीत्र भारतीय चलखेल रोक्न अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व आफैंले लिने निर्ण्र्ाागराउनुपरेको दाबीसमेत गरे । माओवादीको हालै सम्पन्न पोलिटब्युरो बैठकमा प्रचण्ड स्वयंले आफ्नै नेतृत्वमा आगामी सरकार बन्नुपर्ने प्रस्ताव राखेका थिए । बैठकले सो प्रस्ताव पारितसमेत गरिसकेको छ ।.......

'बाबुरामजीलाई भारतले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नु भनेको हाम्रो पार्टर्ीीत्र चलखेल गर्ने उद्देश्य हो,' बैठकमा माओवादी अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'भारतीय चलखेल रोक्नकै लागि पनि भविष्यमा सरकार गठन गर्ने अवस्था आए त्यसको प्रधानमन्त्री आफैं बन्न पार्टर्ीीट निर्ण्र्ाागराएको हुँ ।'
माओवादी पोलिटब्युरो बैठकले १८ पुसमा राष्ट्रिय सरकारको गठन गर्ने अवसर आए प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने निर्ण्र्ाागरेको थियो । २०६१ सालमा माओवादीले भारतपरस्तको आरोप लगाएर वरिष्ठ नेता एवं संयुक्त क्रान्तिकारी जनपरिषद्का अध्यक्ष डा. बाबुराम भट्टर्राईलाई कारबाही गरेको थियो । 'हामीलाई पहिलेजस्तै भारतीयहरूले विभाजित गर्न खोजिरहेका छन्, तर उनीहरूले के गर्न खोज्दैछन् भन्ने हामीले बुझेका छौं,' प्रचण्डले बैठकमा भनेका थिए ।
राष्ट्रपति डा. रामवरण यादवले २० वैशाखको मध्यरात तत्कालीन प्रधानसेनापति रुक्मांगद् कटवालमाथिको सरकारी कारबाही फिर्ता लिने कदम चालेपछि माओवादील्ो नागरिक सर्वोच्चता हनन भएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
तर, भारतीय सेनापति दीपक कपुरले नेपाली सेनामा 'माओवादी सेना' समायोजन गर्न नहुने तर्क गरेपछि माओवादील्ो आफ्नो आन्दोलनको विषय नै परिवर्तन गरेर राष्ट्रिय स्वाधीनताका लागि संर्घष्ा गर्ने घोषणा गर्दै आएको थियो । केन्द्रीय समितिको जारी बैठकबाट आन्दोलनको कार्यक्रम तय गर्ने र भारतीय हस्तक्षेपविरुद्ध संर्घष्ा गर्नेसम्मको कार्यक्रम माओवादील्ो तय गरेको छ ।
यसैबीच, प्रचण्डले सोमबार जारी केन्द्रीय समिति बैठकमा स्थायी समिति-सदस्य देव गुरुङले प्रस्ताव गरेका ६ वटा राज्यसहितको प्रस्ताव तत्काल कार्यान्वयन हुन नसक्न्ो भन्दै एकतर्फी घोषणा गरिएका १३ वटा गणराज्यलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । माओवादीका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष प्रचण्डले भने, 'संघीयता हजार माइल यात्रा हो र हामी सुरुवात बिन्दुमा छौं ।'

.....................................................................
मलाई माया देखाऊन आउदैन              
 तिम्रो समिप्येमा रमाउने
तिमी संग को बिछोड्मा तद्पिने

तिमीलाई त सधै अंगाल्दै बस्नु पर्ने
तिमीलाई त मायाले चुमि राख्नु पर्ने
अझ तिमीलाई आफ्नो धड़कन ठहर्याई
आफ्नै छांया सरी दोहर्यौदै हिद्दनु पर्ने
तिम्रै काखमा लुट्पुतिँदै बस्नु पर्ने
तर त्यो कहाँ सम्भब भो र ?
ए प्रिय ,
म तिमी संग रिसाई राख्छु
तिमीलाई दु :ख दिइ राख्छु
साथ मा हुदा पनि जिस्क्याई राख्छु
तिमीले सोच्ला,
मलाई कति रमाइलो हदों हो ?
तिम्रो त्यो पीड़ा देख्दा
मलाई कति आनन्द आउदो हो ?
तिम्रो रिसाएको मुहर देख्दा
साचै,
तिमीलाई सर्बस्वो ठहर्याई
जीबन यात्रासंगै लम्के पछि
दुई प्राण एक ज्यान भनी समाज सामु अधिकार लिए पछि
तिम्रो ख़ुशीको लागी हरपल तयार हुनु पर्ने
तिम्रो इच्छा म नतमस्तक भै सहयोग गर्नु पर्ने
तिम्रो ख़ुशीलाई आफ्नो ठहर्याई
पीड़ा ,रहर ,आकंछा सबै अंगाली
स्वच्छ एउटा गाठो कसी सके पछि
तिमीलाई त सुन्दरताको प्रतिमूर्ति ठहर्याई
तिम्रो सुन्दरताको बखान गर्दै हिद्दनु पर्ने
तिम्रो प्रत्येक चाहमा समर्थन गर्नु पर्ने
तिमी संगैको पललाई भरपूर उपभोग गर्नु पर्ने
सत्य, तिमी मात्र तिमी भन्दै
तिम्रै नाम मात्र जप्दै हिद्दनु पर्ने
तर ,त्यो कहा सम्भब भो र ?
ए प्रिय ,
म तिमीलाई निरास पार्छु
समिप्येको पल एक्लो महसूस गराउछु
अझ ,तिम्रो भाबनमा ठेस पुर्याउछु
मात्र आफुमा रिक्तता ब्याप्त देखाऊछू
तिमीले सोच्ला
कति घृणा गर्छ तिमीलाई ?
यो मेरी जोखिम हो बिश्वास दिलाउने
साचै, भनु प्रिय
मलाई माया देखाऊन आउदैन    
                          
  __- सुरज रंजितकर   Seattle ,USA

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक