20100115

"काँग्रेस माओवादीको चक्रब्युहमा फस्दै गएकोछ"

पूर्वगृहमन्त्री खुमबहादुर खड्का
बुटवल। काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेर माओवादीले नौटंकी देखाएको भन्दै  काँग्रेस माओवादीको चक्रब्यूहमा फस्दै गएको बताएका छन्। माधव नेपाल नेतृत्वको सरकारलाई हटाएर देशले निकास पाउन नसक्ने जिकिर गर्दै उनले यही सरकारमा सबै सहभागी भएर संविधान जारी गर्नुपर्ने बताए। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कााग्रेस नेता खड्काले हतियार र अर्धसैन्य दस्ता वाईसीएलको दम्भका कारण माओवादीले निरन्तर काँग्रेस र एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको भन्दै अव प्रतिरक्षाका लागि काँग्रेसले पनि तरुण दस्ता गठन गर्ने बताए। काँग्रेस नेता खड्काले पार्टी सभापति गिरिजाप्रसाद कोईराला र माओवादी अध्यक्ष प्रचण्डबीच ३ देखि ५ हजार लडाकु सेनामा समायोजन गर्ने गोप्य सहमति भएको हुनसक्ने भन्दै सहमति भएको भए माओवादी त्यसप्रति इमान्दार हुनुपर्ने बताए।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक