20100113

फर्किए पूर्व राजा ज्ञानेन्द्र मुस्कान सहित्, तर किन हो थाहा छैन अरुलाई, उनी भन्दैनन !




केही दिन अघि भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र शाह र  धर्मपत्नी कोमल बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुभचिन्तकलाई अभिवादन गर्दै ।


Mayor of Alameda,CA, USA with the Nepali community

12th January 2010, A friendly meeting took place at Alameda City Office with Mayor Beverly Johnson and Anil Pandey President and Sajjan Pandey Secretary of theMotherlandNepal, representing the Nepali community in Alameda and Bay Area. Various topics related with the Nepali community in this area and problems were discussed Mayor Johnson was very positive about the Nepalese community and willing to help..........
and support we needed. Mayor Johnson also provided meeting hall for further meetings and seminars for the Nepalese. Anil Pandey also assured her to provide volunteers and any kind of help whatever and whenever the city needs from the Nepalese community .As TheMotherlandNepal is celebrating its fifth Anniversary on 13th February 2010.in Koffman Auditorium, Alameda. In the Anniversary program the famous comedian Manoj Gajurel from Nepal and local talents will participate in the fund raising events.

अलामेडा मेयरले नेपालीको सम्मान गर्ने

अलामेडा १२ जनबरी २०१० , क्यालिफोर्नियास्थित अलामेडा नगरका मेयर बेभर्ली जोनसनले नेपालका प्रतिष्ठित व्यक्तित्वलाई आपुूले औपचारिक रुपमै सम्मान गर्ने जानकारी गराउनु भएको छ । 
मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे तथा सचिव सज्जन पाण्डेसँग आज भएको एक भेटवार्तामा मेयर जोन्ासनले सो जानकारी गराउनु भएको हो । भेटवार्ता दिउँसो १।३० देखि २।४० सम्म मेयरको कार्यालयमा भएको थियो ।
ुमदरल्याण्ड नेपालले नेपाली नागरिकको सम्मानमा कार्यक्रम गर्ने गरेको जानकारी पाएर मलाई खुसी लाग्यो ।  कार्यक्रममा म आफै उपस्थित हुनेछु र नेपालीलाई सम्मान गर्नेछुु मेयर जोनसनले भन्नुभयो ।
नेपालका ख्यातिप्राप्त व्यंग्यकार मनोज गजुरेल मदरल्याण्ड नेपालको निमन्त्रणामा यहाँ आउँने र उहाँलाई अभिनन्दन पनि गरिने कार्यक्रमबारे जानकारी गराउँदा मेयर जोनसनले सो वचन दिनुभएको हो ।
कलाकार गजुरेललाई अभिनन्दन गरिने कार्यक्रममा मेयर जोनसन प्रमुख अतिथि हुनुहुनेछ ।
वार्तामा अलामेडामा बसोबास गर्दै आएका नेपाली भाषी नागरिकको हितका सम्बन्धमा अध्यक्ष तथा सचिव पाण्डेद्वयले कुरा उठाउनु भएको थियो । मदरल्याण्ड नेपालले यस क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीको अभिलेख अद्यावधिक बनाउने कार्य प्रारम्भ गरेकोमा मेयर जोन्ासनले आभार प्रकट गर्नुभयो । उहाँले नेपाली भाषी नागरिकको संख्या अवस्था अमेरिकी नागरिक बनिसकेका स्थायी वसोवास गर्ने गि्रनकार्ड पाएका र अन्य अभिलेखमा ल्याउनका लागि यो कार्य सहायक हुने विचार व्यक्त गर्नुभयो । 
मदरल्याण्ड नेपालले नेपालीका सम्बन्धमा स्वयंसेवी बनेर संकलन गरेको तथ्यांक वेबसाइटमा राख्ने र आफ्ना जातिका बारेमा सही तथ्यांक नपाएर अलमलमा परेका व्यक्तिलाई सघाउने लक्ष्य लिएको छ । नगरपालिकाले दिने तथ्यांक भाषागत कठिनाइका कारण कतिपय नेपालीका लागि असहज हुने मदरल्याण्डले बुझेको छ । मदरल्याण्ड नेपालका स्वयंसेवकहरु कतिपय नेपालीले नजिकै आएको जनगणना कार्यक्रम एचआइएनआईको खोप उर्जा र वातावरणसम्बन्धी कार्यक्रमका बारेमा पनि जानकारी नपाएको बुझेर छक्क परेका छन् । यही आवश्यकतालाई मनन गर्दै मदरल्याण्ड नेपालले नेपाली भाषामा अतिआवश्यक जानकारी समेटेर ुइन्फरमेसन पोर्टलु को विकास गर्न लागेको हो । मलरल्याण्ड नेपालले नेपाली भाषा र संस्कृतिको विकासमा संलग्न रहँदै आएकोमा वेबसाइटमा नेपाली तथा अंग्रेजीमा उपयोगी जानकारी राखेर सोही उद्देश्यलाई अघि बढाउँदै छ । प्राप्त तथ्यांक इमेलमार्फत नेपाली समुदायलाई सम्प्रेषण गर्ने काम पनि हुनेछ । कुनै दाता फेला परेमा वा कोषको व्यवस्था भएमा दुई पानाको नेपाली पर्चा अथबा रेडियो कार्यक्रम तयार पारी प्रसारण गर्ने योजना पनि यस संस्थाले बनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक