20100112

आफूले नौ महिनासम्म सरकारको नेतृत्व गर्दा सीमा अतिक्रमित भएको नदेखेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल !



राष्ट्रवादी राजा वीरेन्द्र र मदन भण्डारीको हत्या साम्राज्यवादी र विस्तारवादी मुलुकले गराएको घोषणा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छिमेकी मुलुक भारतप्रति गम्भीर आरोप लगाएका छन्। आफूले नौ महिनासम्म सरकारको नेतृत्व गर्दा सीमा अतिक्रमित भएको नदेखेका उनले भारतले सत्तारोहण नगराई दिएको आक्रोश अमर्यादित ढंगले पोख्दै सीमा रक्षा गर्न यतिबेला उनी माहाकाली पुगेका छन्। दाहाल सीमा पुग्दैमा त्यसको रक्षा हुनेभए चीन र पाकिस्तानको सीमाको सुरक्षा गर्न भारतीय प्रधानमन्त्री उहिल्यै ती क्षेत्र...........
पुगिसक्थे एक कुटनीतिज्ञले बताए। आफ्नै बोली र व्यवहारका कारण तातो तावामा परेका दाहाल उन्मुक्तिका लागि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको शरणमा पुगिका छन्। कोइरालाको सहयोगमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न सफल पनि भए। तर उनको डिजाइनअनुसार बनेको संयन्त्रले आकार नलिदै संयन्त्ररुपी बेलुनको हावा खुस्किएको छ। आगामी तीन महिनापछि स्वतः आफ्नो पोल्टामा आउने सत्तामा अरुले आाखा लगाउान थालेपछि उनी छट्पटाएको पार्टी स्रोतले बताएको छ।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई अघि सारेर उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न पनि माओवादी अध्यक्ष प्रचण्ड सफल भएका छन्। उक्त संयन्त्र चिनियाा इच्छाअनुसार खुलेको हो या भारतसाग बार्गेनिङ क्षमता बढाउन प्रचण्डले आ136नै प्रयत्नले खोलेको हो, स्पष्ट हुन सकेको छैन। तर तीनैजना शीर्ष नेताहरू भारतसाग चिढिएर चाइनाको पोल्टामा पुगिसकेका छन्। उच्चस्तरीय संयन्त्र गठनमा प्रचण्डले कांग्रेसकै केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाबाहेक अरु शक्तिकेन्द्रलाई प्रयोग गरेको कुरा खुल्न सकेको छैन। सिटौलासाग भने प्रचण्डले सिंगापुर भ्रमणबाट फर्केपछि विभिन्न चरणमा दर्जनौंपटक कुराकानी गरेका थिए। संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र गठन गर्न प्रचण्ड प्रयत्नशील हुनुको कारण राष्ट्रपति डा. रामवरण यादवलाई ठेगान लगाउन सकिने उपायको खोजी हो। कोइरालालको अध्यक्षतामा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएपछि राष्ट्रपति डा. यादवको भूमिका र गरिमा स्वाठ्ठै घटेर जाने विश्लेषण प्रचण्डको छ। राष्ट्रपतिको कदम गलत छ भन्ने कुरा कोइरालाको मुखबाट ओकेल्न लगाउने अन्तिम प्रयत्न माओवादी अध्यक्ष प्रचण्डले छाडेका छैनन्। संविधानमै व्यवस्था नभएकाले उच्चस्तरीय राजनीतिक संयन्त्रले कानुनी वैधता नपाउने त निश्चित छ, सागसागै कांग्रेस र एमालेभित्रको असन्तुष्टिका कारण यो संयन्त्रले राजनीतिक अनुमोदनसमेत नपाउने परिस्थिति निर्माण भएको छ।

सभापतिद्वारा निर्णय गर्ने र केन्द्रीय समितिलाई निर्णय सुनाउने संस्कारलाई कांग्रेसको महासमितिको बैठकले संशोधन गरिसकेको छ। पार्टी केन्द्रीय समितिमा छलफल गरेरमात्रै निर्णय गर्नुपर्ने प्रावधानलाई कांग्रेस महासमितिको बैठकले विधानमै स्पष्ट गरेको छ। तर उच्चस्तरीय संयन्त्र निर्माणको कुरा सभापति कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल र कृष्ण सिटौैलाबाहेक अरु सबै कांग्रेस नेताहरूले सञ्चारमाध्यमबाट जानकारी पाएका छन्।

कांग्रेसको बैठकमा यी कुरा तुहिने भएका कारण उच्चस्तरीय संयन्त्ररूपी बेलुनको हावा १५ दिनभित्रै खुस्किने अवस्था देखिएको छ। तर केन्द्रीय समितिमा छलफल नगरी कुनै निर्णय गर्न नहुने प्रावधान विधानमा राख्न ठूलो स्वर गर्दै आएका संसदीय दलका नेता पौडेल नै सुुटुक्क उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बैठकमा सहभागी भए। पार्टीमा छलफल नगरी उच्चस्तरीय संयन्त्र निर्माणमा पौडेलले भूमिका खेल्नुको पछाडि कोइराला र प्रचण्डले प्रधानमन्त्री बनाइदेलान् कि भन्ने आशाबाहेक अरु होइन। माओवादी अध्यक्ष प्रचण्ड सकभर सुजातालाई अधिकार सम्पन्न उपप्रधानमन्त्री बनाएर राष्ट्रिय सरकारको नेतृत्व आफैं गर्ने अभियानमा छन्। यो सफल हुन नसके कोइराला वा कोइरालाले तोकेको कोही व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्ने विकल्प पनि आफूसाग रहेको कुरा प्रचण्डले कांग्रेसका पौडेललाई सुनाइ सकेका छन्। कोइरालाद्वारा आ136नो नाम तोकिने आशका कारण पौडेलले आ136नै पार्टीलाई बाइपास गरी सर्वदलीय संयन्त्र निर्माणको निर्णयमा हस्ताक्षर गरेका छन्।

आफूले प्रधानमन्त्री नपाउने अवस्थामा तेस्रो र्या्ङका नेता कृष्णबहादुर महरा वा देव गुरङलाई उपप्रधानमन्त्री बनाउने वचन प्रचण्डले दिएका छन्। तर उपाध्यक्ष नारायणकाजी श्रेष्ठको लबिङ पनि कमजोर छैन। पार्टीको बैठकमा सीएम कामरेडले नै सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव पारित गराएर नारायणकाजीले प्रचण्डको मन जितिसकेका छन्। तर जनमोर्चाबाट भर्खर प्रवेश गरेका नारायणकाजीलाई त्यो भूमिका दिन प्रचण्ड हच्किएका छन्। यता, एमालेका अध्यक्ष झलनाथ खनालसाग पनि उच्चस्तरीय संयन्त्रको निर्णय पार्टीबाट अनुमोदन गराउन सक्ने हैसियत छैनन्।

पोलिटब्युरो, स्थायी समितिदेखि केन्द्रीय समितिसम्म केपी ओली र माधव नेपालको  बहुमत छ, उनीहरू दुवै उच्चस्तरीय संयन्त्रको खिलापमा छन्।  नेपाली राजनीतिका अति महत्वाकांक्षी खेलाडी पुष्पकमल दाहाल 'प्रचण्ड' आ136ना सबैखाले प्रतिस्पर्धीलाई एकैपटक सिध्याउने अन्तिम तयारीमा लागेका छन्। 'अब एक महिनाभित्र कि सबै सकिने छन् कि म समाप्त हुनेछु,' आ136ना निकट सहयागीहरूसाग माओवादी अध्यक्ष प्रचण्डले भन्ने गरेका छन्। अनेक शब्दवाण र गतिविधिका बाबजुद पनि भारतले वार्ताको प्रयास जारी राख्नु र कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला एवं एमाले अध्यक्ष झलनाथ खनालसमेत आ136नो प्रस्तावप्रति नतमस्तक भएपछि माओवादी अध्यक्ष प्रचण्ड थप उत्साहित र सक्रिय भएका छन्। गत बिहीबार कंग्रेस आईका वरिष्ठ नेता एवं पूर्वराजा ज्ञानेन्द्रका भिनाजु करण सिंह र 'रअ'का उपनिर्देशकसाग अलग अलग भेछघाटका लागि हङकङ पुगेका प्रचण्डले त्यहाा पनि कुरा नमिलेपछि भारतविरुद्ध झन् बढी आक्रोश पोख्न थालेका छन्।

गत सोमबार माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै आ136नै पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईमाथि भारतीय एजेन्टको आरेप लगाएपछि धेरैले अनुमान गरेका थिए, अब नेपालमा वार कि पारको राजनीति सुरु भयो। तर डा. भट्टराईमाथि लगाइएको त्यो आरोप, सुस्ता र कालापानी घेराउ गर्ने माओवादी निर्णयपछि भारतले समेत अध्यक्ष प्रचण्डसाग वार्ताका लागि चासो देखाउन थालेको छ। 'छोरी कुटेर बुहारी तर्साउने' भनेझैं डा.बाबुराममाथि प्रहार गरेर माओवादीभित्रका आ136ना मान्छेलाई सााच्चिकै सिध्याउन प्रचण्ड लागे भन्ने त्रासमा भारतीय दूतावास पुगेको अनुमान पनि नगरिएको होइन।

भारतीय दूतावास र प्रचण्डको भेटघाट पछिल्ला दिनमा ह्वात्तै बढ्नुले त्यो अनुमानबारे पुष्टि गरेको छ। पञ्चायतकालदेखि नै दरबारलाई चुनौती दिनसक्ने नेतका रूपमा भारतद्वारा उभ्याइएका सूर्यबहादुर थापालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड गत बुधबार आफैं मालिगाउा पुगेका थिए। भारतीय दूतावासका एक अधिकारीसाग एक घन्टा गोप्य भेटघाट गरेपछि थापाको निवास पुगेका प्रचण्डले कुन कुन एजेन्डामा छलफल गरे, त्यो भने खुल्न सकेको छैन।

तर प्रचण्डसाग भेट गर्नुअघि भारतीय राजदूत राकेश सुदसाग थापाले आ136नै निवासमा करिब एक घन्टा वार्ता गरेका थिए। थापा र सुदसाग विशेष वार्ता गरेपछि माओवादी अध्यक्ष प्रचण्ड आ136ना सहयोगी कृष्णबहादुर महराका साथ अचानक हङकङ गए। किन र कसलाई भेट गर्न उनी हङकङ गए भन्ने कुरा अझै रहस्यमै छ, तर हङकङ जानुकेही अघि थापा र सुदसाग लामो वार्ता गरेका कारण उनले हङकङमा कंग्रेस आईका नेता करण सिंहसाग भेट गरेको अनुमान गरिएको छ। प्रचण्ड र महरा हङकङमा करिब तीन घन्टासम्म भूमिगत भएका थिए।

चीनको भिसा लगाएर जानुपर्ने हङकङमा भारतीय प्रतिनिधिसाग भेटघाट गर्दा कुनै आशंका नहुने भएकाले हङकङ  भ्रमण र भेटघाटको व्यवस्था भारतले नै मिलाएको थापा निकट स्रोतले जनाएको छ। हुन त सर्वदलीय संयन्त्रका लागि गिरिजाप्रसाद कोइरालासाग भेट गर्ने घोषित कार्यक्रम लिएर दुई महिनाअघि सिंगापुर गएका माओवादी अध्यक्ष प्रचण्डले एसडी मुनीलगायत केही भारतीय नेताहरूसाग भेटघाट गरेका थिए।-तरुण

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक