20100111

सहायक प्रमुख जिल्ला अधिकारीलाई गोली प्रहार, सम्योगले बाँचे उनी तर मारीए निर्दोस सुरक्षा गार्ड !

सोमबार बिहान वीरगंजमा एक प्रहरी जवानको गोली हानी हत्या गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड प्रहरी जवान अनन्तबहादुर खडकाको बिहान करीब १० बजे हत्या गरीएको हो । वीरगंज उमनपा १२ रानिघाटमा रहेको जिल्ला प्रशासन कार्यालयको कर्मचारी निवासबाट कार्यालयतर्फ आउदै गरेका सहायक प्रजिअ मल्ल गाडीमा चढे लगत्तै गोली प्रहारको प्रयास भएको थियो । एक प्रतक्ष्यदर्शीले खडकाले सहायक प्रजिअ मल्ललाई गाडीको अघिल्लो सिटमा बसाएर ढोका बन्द गरे लगत्तै एक अज्ञात व्यक्तिले उनी उपर गोली प्रहार गरेको बताए । 'त्यस पछि सहायक प्रजिअ तर्फको झ्यालको शिशा बाहिरैबाट त्यो व्यक्तिले अर्को राउण्ड गोली चलायो । सहायक प्रजिअ मल्ल गोली छल्न तल झुक्नु भयो, त्यस पछि .......
त्यो व्यक्ति पूर्व तर्फ पैदलै भाग्यो' ति प्रत्यक्षदर्शीले भने । घटनास्थल जिल्ला प्रशासन कार्यालय भन्दा करीब आधा किलोमिटर उत्तरमा रहेको छ ।

घाटीमा गोली लागेका प्रज खडकाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी निरीक्षक भुवनेश्वर साहका अनुसार, करीब २८ बषिर्य खडका सर्लाही कालिन्जोर ८ का स्थायी बासिन्दा हुन् । प्रहरीले घटना लगत्तै नगरको चारै तिर सुरक्षाकर्मी परीचालन गरी गोली प्रहार गर्नेलाई पक्राउको प्रयास गरेको उनले दाबी गरे ।

उपाचारार्थ नारायणी उपक्षेत्रिय अस्पतालको आकस्मिक कक्षमा भर्ना गरीएका सहायक प्रजिअ मल्लको टाउकोको पछाडीको भागमा तीन चार ठाउमा ससाना चोट देखिएको छ । तर एक्सरेबाट उनको टाउकोमा गोलीको छर्रा नदेखिएको चिकित्सकहरुले बताए । उनको स्वास्थ्य परीक्षण गरेका चिकित्सक डा मुकेश अग्रवालले उनलाई टाउकोको सिटीस्क्यान गर्न सुझाव दिएका छन् । सिटीस्क्यानबाट मात्र टाउको भित्र छर्रा रहे नरहेको अन्तिम यकिन गर्न सकिने उनले बताए ।

घटना लगत्तै संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूहका पर्सा जिल्ला ईन्चार्ज सन्दिपले स्थ्ाानीय संचारकर्मीहरुलाई टेलिफोनबाट घटनाको जिम्मेवारी दाबी गरेका छन् । सरकारसंग वार्ता प्रकृयामा रहेको यो समूहले सरकारलाई आफूहरुसंग गरेको सम्झौताको कार्यान्वयन गर्न पुस २६ गते सम्मको समय दिएको र त्यसो नगरीए पुस २७ देखी वार्ता भंग गरी युद्धमा फर्किने घोषणा यस अघिनै गरेको थियो ।

घटनाको बिरोधमा पर्साका निजामति संगठनहरुले सोमबार जिल्लाका संपूर्ण सरकारी कार्यालयहरुको कामकाज बन्द गरेका छन् । अस्पतालको आकस्मिक कक्ष र भंसारको ढाट बाहेक अन्य सबै सेवा तत्कालका लागि बन्द गरीएको निजामति कर्मचारी संगठन पर्साका अध्यक्ष रामदेवलाल दासले बताए । संघर्षका अन्य कार्यक्रम मंगलबार ल्याउन सकिने उनले बताए ।

गत बर्ष पनि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मोहन मैनालीको यसै समूहले वीरगंजको रानिघाट क्षेत्रमै गोली हानी हत्या गरेको थियो । उक्त घटना पछि यो समूहले युद्ध बिराम गरी सरकारसंग वार्ता गरेको थियो । पहिलो चरणको वार्ता गरेको यो समूहले सरकारी वार्ता टोली गम्भीर नभएको र आफूहरुसंग गरेको सम्झौताको कार्यान्वयन ईमान्दारीपूर्वक नगरको दाबी वीरगंजमा दुई पटक पत्रकार सम्मेलन गरी गरेको थियो ।

अंग्रेजलाई परास्त गरेर पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई अहिले फेरि जातजाति र भाषाका नाममा विखण्डन, राष्ट्र टुक्रने खतरा  : मोदनाथ


सोमबार २ सय ८८ औं पृथ्वी जयन्ती । सरकारले यो दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन छाडेपनि विभिन्न संघसंस्था, राजनीतिक दलका नेता एवं सर्वसाधारणले पृथ्वीनारायण शाहको शालिकमा फूलमाला अर्पण गरी नेपाली इतिहासमा उनले गरेको योगदानको स्मरण गरे ।
यसै अवसरमा विभिन्न संघसंस्थाले र्‍याली पनि निकाले । डिल्लीबजारबाट सुरु भएको र्‍याली पुतलीसडक हुँदै सिंहदरवारको पश्चिम ढोका अगाडि रहेको पृथ्वी शालिकमा पुगेको थियो । त्यहाँ सर्वसाधारण र राजनीतिक दलका नेता तथा कार्यकर्ताले फूलमाला चढाएर पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरे । सो अवसरमा बोल्दै संस्कृतिविद् मोदनाथ प्रश्रतिले अंग्रेजलाई परास्त गरेर पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई अहिले फेरि जातजाति र भाषाका नाममा विखण्डन गर्न लागेको भन्दै त्यसबाट राष्ट्र टुक्रने खतरा बढेको बताउनुभयो । कार्यक्रमका अन्य वक्ताहरुले विभिन्न भूरेटाकुरे राज्यहरुलाई मिलाई एउटा सिंगो राष्ट्र बनाउने पृथ्वीनारायण शाहलाई सरकार र राजनीतिक दलहरुले बिर्सनु अचम्म भएको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक