20100119

गिरिजाले लामो मौनता तोड्दै असन्तुष्टि पोखे र भने 'प्रचण्ड एउटा कुरामा सहमति गरेर अर्कै काम गर्छन्,'


गिरिजाप्रसाद कोइरालाले लामो मौनता तोड्दै माओवादीलाई राजनीतिक बेइमानको संज्ञा दिएका छन् । कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा सोमबार कोइरालाले माओवादीप्रति त्यस्तो असन्तुष्टि पोखेका हुन् । 'शान्ति प्रक्रियामा आउनुअघि नै माओवादीसँग संघीयताको मोडल उत्तर-दक्षिण सीमाका आधारमा गर्ने सहमति भएको थियो,' महाराजगन्जस्थित आफ्नो निवास पुगेका बार पदाधिकारीसँग कोइरालाले भने, 'तर पछिल्ला दिनमा माओवादी नेताहरूले सहमतिविपरीत जातीय राज्य घोषणा गरेर राजनीतिक बेइमानी देखाए ।' माओवादीले जातीय आधारमा १४ गणराज्य घोषणा.......
गरिसकेको छ । तर, माओवादीले एकपछि अर्को गणराज्य घोषणा गरेका बेला भने कोइराला मौन थिए । 'माओवादीसँग भएको पर्ूवसहमति कार्यान्वयन नभएकोमा उहाँ -कोइराला) असन्तुष्ट हुनुहुँदोरहेछ,' बारका नवनिर्वाचित अध्यक्ष पे्रमबहादुर खड्काले राजधानीसँग भने । खड्काका अनुसार माओवादीले जथाभाबी बोल्दै हिँडेको आरोप पनि कोइरालाको थियो । 'प्रचण्ड एउटा कुरामा सहमति गरेर अर्कै काम गर्छन्,' कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक सदस्यले भने, 'यसले माओवादीको नियतमा शंका गर्ने ठाउँ बनाइदिएको छ ।'
कोइरालाले माओवादीसँग कार्यकारी प्रधानमन्त्री रहने -वेस्ट मिनिस्टरियल स्ािस्टम)मा समेत सहमति भएको खुलासा गरे । शासन प्रणालीको स्वरूपमा समेत पर्ूवसहमति तोड्दै माओवादीले कुरा फेरेको भनाइ कोइरालाले राखेका थिए । 'माओवादीले यसअघि मसँग कार्यकारी प्रधानमन्त्रीको पक्षमा सहमति गरेका थिए, अहिले आएर कुरा फेरे, यो राम्रो होइन,' कोइरालाको भनाइ थियो ।
माओवादीले भने कार्यकारी राष्ट्रपति हुने अवधारणासहितको मस्यौदा संविधानसभाको समितिमा पेस गरिसकेको छ । कोइरालाले बालिग मताधिकार, संसदीय व्यवस्था, मानवअधिकार, स्वतन्त्र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत मूल्य-मान्यतामा माओवादी चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेको सहभागी कानुन व्यवसायीहरूले बताए ।
स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो प्रतिबद्धता रहेको र कानुन व्यवसायीसमेत त्यसबाट विचलित नहुन उनले सुझाएका थिए । भेटघाटको अधिकांश समय कोइरालाले माओवादी गतिविध्रि्रति असन्तुष्टि प्रकट गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक