20100107

अयोग्य लडाकुहरुलाई विहिबारदेखि बिदाई


माओवादीका अस्थायी शिविरका अयोग्य लडाकुहरुलाई विहिबारदेखि औपचारीक रुपमा घर पठाईएको छ। सिन्धुलीको दुधौलीस्थित लडाकुहरुको दोस्रो डिभिजनमा २ सय १ जना लडाकुलाई बिदाई गरेको राष्ट्र संघले जनाएको छ। दोस्रो शिविरमा रहेका ३ सय ७२ जना मध्ये एक सय ७१ जना लडाकुले शिविर छाडिसकेका थिए।

शिविरबाट निकालीएका अयोग्य लडाकुहरुको एक वर्षसम्म अनमिन , ओएचसीआर र युनिसेफले अनुगमन गर्ने छन्। सिन्धुलीबाट सुरु भएको विदाई प्रकृया चितवन, नबलपरासी, इलाम,.....
कैलाली, सुर्खेत र रोल्पा पुगी माघ २४ गतेभित्र सम्पन्न गर्ने कार्ययोजना छ। दोस्रो डिभिजनमा आयोजित विदाई कार्यक्रममा एकीकृत माओवादीका सचिव सीपी गजुरेल गौरव, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनीधि रोवर्ट पाइपर र सरकारका तर्फबाट शान्ति मन्त्रालयका सचिव पून्य न्यौपाने सहभागी थिए। शिविरबाट बाहिर निकालीएका लडाकुलाई दातृ निकायबाट १० हजार र माओवादीका तर्फबाट १२ हजारगरी जम्मा २२ हजार रुपैयाँ दिएर धरान, लहान, बर्दिबास, सिन्धुलीमाडी र कटारीबाट उनीहरुका घरसम्म जाने गाडी चढाइएको छ। यसैबीच विदाइ गरिएका जनसेनाहरुले आफूले सेना र शिविर छाडेपनि पार्टीबाट बाहिर नजाने र पार्टीको निर्देशनअनुसार नै काम गर्ने बताएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक