20100125

"नयाँ नेपाल" का "महान नेता" र दल हरुले एउटा सिंगो नेपाललाई यसरी भाग बिला लगाउने सहमति गरे



क्यानडामा साहित्यकार पराजुलीलाई अभिनन्दन
ब्राम्टन / नेपाली भाषा तथा साहित्य का धरोधर बरिष्ठ साहित्यकार कृष्ण प्रसाद पराजुली लाई हालै क्यानडा मा भब्य कार्यक्रम का बिच अभिनन्दन गरिएको छ । टोरोन्टो साहित्य समाज .....यो समाचारको बाँकी अँस र शोभा पोखरेल को कबिता पढ्न यस् को ठीक तल Read More मा क्लिक गर्नुस् ....     .
र गैरआवासीय नेपाली
संघद्वारा एन आर एन को संयुक्त रुप मा आयोजित बसन्त श्रवण कार्यक्रम को सभापतित्व गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज गुरुंग ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन गैर आवासीय नेपाली संघ का सचिब गोपी कृष्ण काफले ले गर्नु भएको थियो I उपस्थित महानुभाब हरु लाई गैर आवासीय नेपाली संघ का भाषा साहित्य तथा सस्कृति का संयोजक मुक्ति गौतम ले स्वागत गर्नु भएको थियो I टोरोन्टो स्थित प्रवासी का तर्फ बाट साहित्यकार पराजुलीलाई सम्मानपत्र सहित अभिनन्दित गरिएको हो । क्यानडा प्रवासीका तर्फबाट गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज गुरुंग ले सम्मानपत्र अर्पण गर्नु भएको थियो । नेपाली भाषाको अनुसन्धान र लेखन माँ उल्लेखनीय योगदान पुर्याए बापत उँहालाई सो अभिनन्दन गरिएको हो । नेपाली साहित्य का स्तम्भ 75 वर्षीय पराजुलीका "राम्रो रचना : मिठो नेपाली" लगायत 43 वटा मौलिक 33 भन्दा बढी फुटकर साहित्य सामग्री मा संपादन गरी पाठक समक्ष पुगिसकेका छन् । सो अवसर मा अभिनन्दित व्यक्तित्व पराजुली ले नेपाल मा प्रतिलिपि अधिकार सुरक्षित गर्न नसक्दा सस्ट्रा अन्याय मा परेको दुखेसो पोखनु भयो I तर राम्रो लेखेको ले नै तेसो भएको होला भनी चीत्त बुझाउनु भयो I उक्त अबसर मा साहित्यकार को ब्यक्तित्व को बारे मा गोबिन्दसिंग रावत ले बोल्नु भएको थियो I सो अवसरमा स्रस्टाहरु मुक्ति गौतम, गोपीकृष्ण काफ्ले, राधिका खरेल, गोबिन्दसिंह रावत, तुलसी धरेल,किरण पन्त, राजकुमार राई,बिनु काफ्ले, मेधावी गौतम,प्रिया श्रेष्ठ, बिस्मिता पराजुली ले कविता बाचन गरेका थिए । यस्तै राजदूत भोजराज घिमिरेको गजल तथा अटवा बाट कृष्ण हरी गौतम, अमेरिका बाट नबीन अन्योल , अस्ट्रेलिया बाट निष्प्रभ सजी ,आयरल्याण्ड, बाट सुमन घिमिरे ,युएई अनुकूल प्रकाश , इजरायल बाट हरी मानन्धर का प्राप्त कविता गजल ,हाइकु पनि बाचन गरिएको थियो । सो अबसर मा 82 बर्षीय उमानाथ गौतम ले सरस्वती को पूजा गरी कार्यक्रम सुरुवात गर्नु भएको थियो भने साना साना बाबु नानी हरु लाई अछ्यरारम्भ को पनि कार्यक्रम गरिएको थियो I कार्यक्रम मा राधिका खरेल ले मीठो गीत पनि गाउनु भएको थियो I उक्त कार्यक्रम मा उपस्थित महानुभाब तथा पत्रकार हरु लाइ गैर आवासीय नेपाली संघ का डा. तुलसी धरेल ले धन्यवाद दिनु भएको थियो I कार्यक्रम मा एन सी एन सी अध्यक्ष किरण पन्त, नेवा गुठी का अध्यक्ष प्रकाश लाल प्रधान , जनजाति बाट राजकुमार राइ, मगर सघ बाट गिरी बुड़ाथोकी ,नेपाली कमुनिटी सर्भिस बाट संयोजक संजीव रिजाल ले पनि साहित्यकार लाई अभिनन्दन गर्नु भएको थियो I .कार्यक्रम को अन्तमा सभापति नबराज गुरुंग ले आफ्नो मंतब्य राख्नु हुँदै साहित्यकार पराजुली को सम्मान गर्न पाएको मा खुसी छौ भन्दै बसंता पंचमी जस्ता कार्यकम निरंतर गर्न सके नेपाली भाषा साहित्य को जग बालियों हुनेथियो भन्नु भयो I जलपान पश्चात कार्यक्रम समापन गरिएको थियो I

- Gopi Krishna Kaphle
editor -in-chief
Chautari magazine 



ब्रेकफास्टसँगै दिएको अभिव्यक्ति 'लन्च' पछि खण्डन गर्ने र डिनरमा बसेका प्रायश्चित गर्ने नेताहरू नैतिकता, इमान, मूल्यमान्यता र आदर्शमा अडिग भइदिएको भए नेपालको दुर्गति हुने नै थिएन
 -युवराज गौतम

'संक्षिप्तमा, साम्यवादलाई एउटै वाक्यमा बुझ्न सकिन्छ, त्यो के भने सम्पूर्ण निजी सम्पत्तिको उन्मूलन।'   – कार्लमार्क्स र फ्रेडरिक एंगेल्स  (द कम्युनिस्ट मेनिफेस्टो)

एकजना विद्वान्ले भनेका छन्–'भगवानसँग प्रार्थना गर्यौछ भने पाप काटिएला, तर मानिसहरूसँग प्रायश्चित गर्यौि भने उनीहरू हाँस्छन् मात्र।' जनता हाँस्छन् भनेर नेताहरू खुलेर प्रायश्चित गर्न सकिरहेका छैनन्, तर उनीहरू  सबैलाई पश्चाताप भएको छ। लाखौं विदेशीलाई नेपाली नागरिकता दिएर 'नयाँ नेपालका नयाँ नेपाली' बनाउनेहरूलाई पश्चाताप भएको छ। विदेशीका सामु नतमस्तक भएर नमनम गर्नेहरूलाई पश्चाताप भएको छ। नेपाल र नेपालीमा सीमित स्वाधीनता विदेशीलाई बुझाउन खोज्नेहरूलाई पश्चाताप भएको छ। आफ्नो रणनीतिले उल्टो फल दिन थालेकोमा विदेशीलाई पश्चाताप भएको छ। समग्रमा भन्नुपर्दा पश्चाताप र प्रायश्चितबाट कोही अछुतो रहेनन्। रुक्मांगद कटवालसँग 'कक्फाइट' खेल्दा दीपक कपुरसँग 'भाले–भिडन्त' होला भन्ने कुरा पुष्पकमल दाहालले पूर्वानुमान गरेको भए आन्दोलनको 'मेन्यु' हप्तैपिच्छे परिवर्तन गरिरहनुपर्ने थिएन। दिल्ली सम्झौता (भाग दुई) बारे एक शब्द नबोल्ने नेताहरूले साठी वर्ष पुरानो दिल्ली सम्झौता (प्रथम अध्यायलाई मात्र गाली गरेर प्रायश्चित गर्न खोज्नुको के अर्थ छ र? कुकर्म गर्दै प्रायश्चित र पश्चाताप गर्न खोज्नु अनि प्रायश्चित गरेलगत्तै त्यही कुकर्म दोहोर्याशउनु नेपालका यन्त्रमानवहरूको दैनिकी जस्तै भएको छ।

यन्त्रमानवलाई 'रोबो' वा 'रोबोट' भन्छन् विदेशीहरू। हामी 'नेता' भन्छौं। पश्चाताप, प्रायश्चित, पुनः कुकर्म र पश्चाताप यिनीहरूको नियति हो। कोसी र गण्डक सम्झौतापछि विरोध, समर्थन, प्रायश्चित र पश्चाताप गर्ने सबै मिलेर महाकाली सन्धिमा राष्ट्रघात गरे। 'व्यक्तिगत सम्पत्ति' उन्मूलन गर्नेहरू थुप्रै कुरामा 'मालिक' भए। बहुपत्नीका पति, करोडौंको सम्पत्तिका अधिपति, भ्रष्टाचारका अतिरथी, विकृतिका महारथी, विदेशी शक्तिका प्रतिनिधि र राष्ट्रघातका परमाधिपतिहरू कांग्रेस पार्टीमा मात्र सीमित रहेछन्, कम्युनिस्ट पार्टीहरूमा पनि छ्याप्छ्याप्ती भए। दुर्गम पहाडका अबोध बालिकाहरूले नयाँ मान्छे देख्नासाथ लाज मान्दै जामाले मुख छोपेर यौनांग देखाएझैं हाम्रा नेताहरू विदेशीका सामु लम्पसार पर्दै जुरुक्क उठेर विदेशतिरै दौडिने गर्छन्। 'हग्नेलाई भन्दा देख्नेलाई लाज' भनेझैं नेपाली जनता यस्ता दृश्यहरू हेर्दाहेर्दा लज्जित हुन थालेका छन्।

'नयाँ संविधान बन्दैछ, शान्ति प्रक्रिया टुंगोमा पुग्दैछ, असहमति समाप्त पार्ने सहमति हुँदैछ, नयाँ नेपाल झिलिमिली हुँदैछ, लोकतन्त्र प्रबल बन्दैछ' जस्ता शब्दहरू सुन्दा जनता खित्का छाडेर हाँस्ने गरेका छन्। दलका नेताहरूको अर्थहीन बैठक, उपलब्धिविहीन छलफल र विदूषकहरूलाई बिसाइदिने अभिव्यक्तिलाई आम सञ्चारमाध्यमले किन यति महत्व दिइरहेका छन्, यो पंक्तिकारले बुझ्नसकेको छैन।

कुनैबेला 'विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध' भन्दै 'पापड' बनाएर सडकमा उफ्रिने पत्रकार, वकिल, इन्जिनियर, डाक्टर आदि अहिले नेपाललाई 'स्वर्गतुल्य' ठानिरहेका छन्। उनीहरूले जन्माएको लोकतन्त्र लाठो, लठेब्रो, अन्धो र कुँजोमात्र होइन, उन्मक्त पागलझैं हातमा बन्दुक बोकेर नाचिरहेको छ। असुरक्षा, महँगी, अभाव, अराजकता र भ्रष्टाचारले जनता आतंकित छन्। चित्रबहादुर केसीका शब्दहरूमा 'देशलाई प्लटिङ गरिँदैछ।' जात, धर्म, सम्प्रदाय र क्षेत्रको विवादले गृहयुद्धको बीउ रोपिसकेको छ। 'घरमा आगो लागे पनि नेताहरु मूल ओछ्यानमा को सुत्ने भनेर झगडा गरिरहेका छन्' भनेर नेपालका लागि पूर्वअमेरिकी राजदूत मिलेनोभोस्कीले टिप्पणी गरेका थिए। परिस्थिति आज त्यो भन्दा भयावह बन्दै गएको छ। देशमा अब एउटा कुरामात्र निश्चित देखिन्छ– अनिश्चितता।'

'उच्चस्तरीय राजनीतिक संयन्त्र' नामको भारदारी सभाले एक–अर्को दलका नेतालाई गालीगलौज नगर्ने सहमतिमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै एमाले महासचिवले सुदूरपश्चिमबाट ऐलान गर्नुभयो–'माओवादीका नेता प्रचण्ड युद्ध अपराधी हुन्। हजारौंको हत्या गर्ने ती नेतालाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाएर कठोर दण्ड दिनुपर्छ।'

ब्रेकफास्टसँगै दिएको अभिव्यक्ति 'लन्च' पछि खण्डन गर्ने र डिनरमा बसेका प्रायश्चित गर्ने नेताहरू नैतिकता, इमान, मूल्यमान्यता र आदर्शमा अडिग भइदिएको भए नेपालको दुर्गति हुने नै थिएन। हामी विदेशबाट जे पनि आयात गर्न सक्छौं, तर नेता आयात गर्न सक्दैनौं। आयातीत विचार बोक्ने भरिया नेतालाई अघिअघि लगाएर हामी पछिपछि हिँडेका छौं। देशले पचासौं वर्ष पुराना रोगबाट मुक्ति पाएको छैन। नेताहरू बाइसे–चौबिसे राजा हुन खोज्दैछन् र तिलस्मी कथा सुनाएर हामीलाई मूर्ख बनाइरहेका छन्। उनीहरू अगाडि बढ्नुको सट्टा देशलाई अझ पछाडि धकेलिरहेका छन्। त्यसैलाई 'अग्रगमन' भनिरहेका छन्। हामी पत्याइरहेका छौं। इतिहासमा भोलि आजको कालखण्डबारे के लेखिन्छ, कसैलाई थाहा छैन। सायद त्यसैले कार्लाइलले भनेका होलान्–'हल्लालाई फिल्टर गरेपछि जुन रस निस्किन्छ, त्यसैलाई हामी इतिहास भनिदिन्छौं।

जीवनको मोड़
जीवनका मोड़हरुमा 

समयले कोल्टे फेरिसकेछ                                   
थाहै नपाई अकस्मात् 

जिन्दगीले नयाँ रूप लिएछ
मानिसको जिन्दगी 

कति आश्चर्य लाग्दो भएछ!!
खै दिन, महिना, र वर्ष गन्दा गंदै  

समयले डाँडो काटी सकेछ
पत्तो नपाई विदेशिएको पाँच वर्ष   बितिसकेछ!!
अब त असहज ती  दिनहरू 

बध्यताबस सहजतामा बदल्न  थालिएछ
बिदेशी रमझम, रहन सहन, बोलीचाली, 

यी उराठिएका  दिनहरू अब दिनचर्या बन्न थालेछ!!
बिचरा! समयको नियति यस्तै रहेछ 

जिन्दगी जीवन रुपी गाढ़ा भएछ
सकी नसकि घचेटनै पर्ने 

असहजतामा सहजताको आभास भैरहेछ!!



- शोभा पोखरेल
सेन्टरभील, भर्जिनिया
अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक