20100122

एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गरिरहेका बेला सभामा माओवादी आक्रमण, माओवादी अनिश्चितकालीन आमहड्ताल स्थगित


माओवादीले एमालेको सभामा आक्रमण गरेका छन्। आक्रमणमा आधा दर्जन घाइते भएका छन्। एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गरिरहेका बेला कालो झण्डासहित आएका आफूलाई सुकुम्बासी बताउने माओवादीले एक्कासि सभामा ढुङ्गा प्रहार गरेपछि स्थिति तनावमय भएको थियो। उनीहरुले पुस २३ गते एमाले जिल्ला सदस्य महादेव बजगाइँलाई कुटेपछि उनलाई अस्पतालमा उपचार गराउनुपरेको थियो। माओवादीको यस्ता गतिविधिविरुद्ध एमालेले कुटिएको स्थान लम्कीमा भण्डाफोर कार्यक्रमअन्तर्गत सभा आयोजना गरेको थियो। सभा चलिरहेका बेला माओवादी आबद्ध सुकुम्बासीले आक्रमण गरेका थिए। जसमा यमबहादुर विक, रामबहादुर विक, जयसिंह नेपाली, शिवराज उपाध्याय आदि छन्। आक्रमणपछि सुरक्षाकर्मीसमेत तीन पक्ष सम्मिलित भिडन्त भएको थियो। घाइते हुनेमा......
सबै पक्षका छन्। केही समयअघि माओवादीले सुकुम्बासी भन्दै उनीहरुलाई लम्की नजिकै डुडेझारी भन्ने स्थानमा बसाएको थियो। प्रशासनले उनीहरुलाई त्यहाँबाट हटाउने क्रममा ६ जना मारिएका थिए। सोही बेलादेखि स्थानीय माओवादीले स्थानीय एमाले कार्यकर्तालाई चेतावनी दिँदै आएका थिए । र, यही क्रममा छिटपुट घटना पनि भइरहेका थिए।

एकीकृत नेकपा माओवादीले आइतबारदेखि गर्ने भनेको अनिश्चितकालीन आमहड्ताल स्थगित गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्तो जानकारी दिएका हुन् । संयन्त्रबाट राजनीतिक गतिरोधको अन्त्यकालागि छिट्टै सहमति निर्माण हुने तथा शान्ति एवं संविधान निर्माणको पक्षमा सकारात्मक निष्कर्ष तथा भूमिकाको अपेक्षा गर्दै माघ १० गते देखिको अनिश्चितकालीन आमहड्ताल हाललाई स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्वाधिनता एवम् नागरिक सर्वोच्चताका लागि देशव्यापी संचालित अभियानात्मक कार्यक्रमहरु भने जारी रहने माओवादीले जनाएको छ । 'विद्यमान गतिरोधलाई अन्त्य गर्न सहमति निर्माण नगरेमा र राष्ट्रिय स्वाधिनता, शान्ति र नयाँ संविधान निर्माण विरोधी प्रतिक्रान्तिकारी षडयन्त्र जारी रहेमा भने हाम्रो पार्टी अझ सशक्त रुपमा स्थगित कार्यक्रमलाई नयाँ उचाईमा संचालन गर्न बाध्य हुने कुरा पनि स्पष्ट गर्न चाहान्छौ'- विज्ञप्तिमा भनिएको छ ।उच्चस्तरीय संयन्त्रको बैठकले राष्ट्रपतिको कदमबाट उत्पन्न विद्यमान राजनीतिक गतिरोधको अन्त्य गर्ने विषयलाई पहिलो कार्यसूचीमा राखी छलफल शुरु गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक