20100122

रक्षामन्त्री विद्यादेवी भण्डारी सेना समायोजन गर्ने विषयमा अडिग, भारतले नेपाली सेनालाई चाहेजति सैन्य सहयोग उपलब्ध गराउने सहमति


रक्षामन्त्री विद्यादेवी भण्डारीले सेना समायोजन गर्ने विषयमा आफूले राखेको धारणामा अडिग रहेको बताउनुभएको छ। भारतीय स्थलसेनाध्यक्ष दीपक कपुरसँग भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो धारण व्यक्त गर्नुभएको हो। ‘म मेरो धारणामा स्पष्ट छु, कसैले छिटो भन्लान्, कसैले ढिलो भन्लान्’ -उहाँले भन्नुभयो। माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने विषयमा उहाँले मंगलबार दिएको अभिव्यक्तिपछि एनेकपा माओवादी र सरकारबीच विवाद चुलिएका बेला रक्षामन्त्री भण्डारीले आफ्नो भनाइ जायज रहेको समेत दाबी....
गर्नुभयो। ‘म मन्त्री नहुँदा जस्तो धारणा राखेकी छु, अहिले पनि त्यही धारणा र्सार्वजनिक गर्दछु’ -उहाँले भन्नुभयो। विवादित अभिव्यक्ति दिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो- ‘मैले त्यस्तो अभिव्यक्ति दिएको भए, प्रमले मलाई सोध्नुहुन्थ्यो। प्रधानमन्त्रीले मसँग कुनै स्पष्टीकरण सोध्नुभएको छैन।’

सेना समायोजन गर्ने विषयमा कसले बोलेको साँचो हो, त्यो समयले देखाउने बताउँदै उहाँले आफूले बोलेको कुरा साँचो भएको बताउनुभयो। मंगलबार पत्रकार सम्मेलन आयोजना गरी रक्षामन्त्री भण्डारीले माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्न नसकिने धारणा र्सार्वजनिक गर्नुभएको थियो। उहाँको भनाइ र्सार्वजनिक भएलगत्तै सरकारले रक्षामन्त्रीको भनाइ व्यक्तिगत धारणा भएको जनाएको थियो। भारतीय सेनाध्यक्ष कपुरसँग बिहीबार भएको भेटमा रक्षामन्त्री भण्डारीले भारतले नेपाली सेनालाई चाहेजति सैन्य सहयोग उपलब्ध गराउने सहमति भएको बताउनुभयो। रक्षामन्त्री भण्डारीले नेपाली सेनालाई आवश्यकता पर्दा घातक र गैरघातक हतियार ल्याइने पनि उल्लेख गर्नुभयो।

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकू रेखदेख, समायोजन र पुनःस्थापना विशेष समितिको निर्ण्र्ाानुरूप नै सेना समायोजन गरिने प्रतिबद्धता जनाएका छन् ।
लडाकूलाई नेपाली सेनामा समायोजन गर्न नसकिने रक्षामन्त्री विद्या भण्डारीको धारणाप्रति आपत्ति जनाउँदै माओवादीले संसद्को कारबाही अवरुद्ध पार्न थालेपछि बिहीबार प्रधानमन्त्री नेपालको सो अभिव्यक्ति आएको हो । माओवादी आक्रोश शान्त पार्ने उद्देश्यले संसद् बैठकमा विशेष समय लिएर नेपालले भने, 'को, कहाँ, कसरी प्रस्तुत भयो भन्ने महत्त्वपर्ूण्ा होइन, विस्तृत शान्ति सम्झौताको परिधिभित्र रहेर गठन गरिएको विशेष समितिले गर्ने निर्ण्र्ाानै सरकारको आधिकारिक निर्ण्र्ााहुन्छ ।'
प्रधानमन्त्रीले समितिकै सिफारिसका आधारमा सेना समायोजन प्रक्रिया अघि बढाइने आश्वासनसमेत माओवादीलाई दिए । रक्षामन्त्री भण्डारीले दर्ुइ दिनअघि मन्त्रालयमै पत्रकार सम्मेलन गरेर विशेष समितिले निर्ण्र्ाागरे पनि माओवादी लडाकूलाई समूहगत रूपमा नेपाली सेनामा समायोजन नगर्ने बताएकी थिइन् ।
विस्तृत शान्त्िा सम्झौताको पालना गरे मात्र अन्य विषयको टुंगो लगाउन सजिलो हुने तर्क प्रधानमन्त्रीले गरे । 'शान्ति सम्झौतालाई सरकारले मात्र होइन, माओवादीले पनि पर्ूण्ा पालना गर्नुपर्छ,' नेपालको आग्रह थियो, 'अब त्यसको पालना कति भयो भन्ने समीक्षा पनि गर्न जरुरी भइसकेको छ ।'
रक्षामन्त्रीको धारणालाई प्रधानमन्त्रीले 'पत्रपत्रिकामा छापिएको विषय' भने । 'त्यस्ता विषयलाई लिएर माओवादीले धारणा बनाउनुहुँदैन,' नेपालको भनाइ थियो । शान्ति प्रक्रियाको सुरुवातदेखि नै आफू संलग्न रहेको बताउँदै नेपालले आफू पनि शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउन गम्भीर रहेको बताए ।
माओवादीलाई श्रीलंकाली पृथकतावादी समूह लिट्टेको संज्ञा दिएको आफ्नै अभिव्यक्तिको आशय पनि उनले प्रस्ट्याए । 'माओवादीले अन्तर्रर्ााट्रय क्षेत्रमा लिट्टेले जस्तै आफ्नो छवि नबिरोस् भनेर मैले सुझाव मात्र दिएको थिएँ,' नेपालले भने, 'लिट्टे बनाउँछु भनेको होइन ।'
भारतबाट सेनाले हतियार ल्याएको माओवादी आरोपको उनले खण्डन गरे । भारतसँग १० जनवरी, २०१० मा भएको सम्झौताअनुसार सेनाका लागि आवश्यक सवारी मात्र ल्याइएको जानकारी उनले सदनलाई गराए ।
तर, माओवादी सभासद्ले भने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि नै प्रकट गरे । माओवादी सभासद् अग्नि सापकोटाले प्रधानमन्त्रीले गोलमटोल जवाफ दिएको आरोप लगाए । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरलाई नेपाली सेनाको ब्यारेक हर्ेन दिइएकोमा उनको आपत्ति थियो । 'कपुरलाई पाँचखाल, पोखरा र मुस्ताङमा किन प्रवेश दिइयो,' सापकोटाको प्रश्न थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक