(गौतम भर्खर मात्र नेपालबाट अमेरिका फर्केका छन, पेसाले यि पत्रकार होइनन तर यिन्ले कलम राम्रो चलाऊछन, सुरु सुरुमा प्रचन्डले केही गर्छन् भनेर अमेरिकामा समेत् बहस गर्ने यि नेपाल भक्त गौतम प्रचन्डको ९ महिने शासनकाल पछी भने निरास छन, शासनकाल पछी पनि प्रचन्डका हरेक गतिबिधीबाट वाक्क दिक्क यि वास्तविक नेपाली जनका प्रतिनिधिले आज मात्र एउटा गज्जब र यथार्थ लेख लेखेका छन, उन्को लेख तल प्रस्तुत छ- सम्पादक)
कुनै जमाना थियो जतिबेला प्रचन्डको नाम अनौठो रुपमा लिने गरिन्थ्यो । उनलाई छबिलालको के कुरा पुस्पकमल भनेर पनि धेरैले चिन्दैन्थे । पत्रकारहरु उनको रङगिन फोटो नभेटेर जुङगा पालेको धमिलो स्यामस्वेत फोटोमै चित्त बुझाउथे । उनका बक्तब्य, अन्तर्वाता र लेखहरु डराइ डराइ लेख्थे । यो को हो, कस्तो मान्छे हो, कहाँ बस्छ, के गर्छ कसैलाई पत्तो थिएन । कोही प्रचन्ड भनेको ज्ञानेन्द्र हो भनि अड्कल ठोकिदिन्थे भने कोही काल्पनिक पात्र हो भन्न समेत पछि पर्दैन्थे । कोही प्रचन्ड भारतमा बस्छ भन्थे भने कोही रोल्पामा अनी कोही त राजदरबारमै बस्छ भनेर अनुमान लगाउथे । कट्टर गणतन्त्रबादी.......
कुरा गरे पनि यो राजाबादी हो भन्ने ठोकुवा कोही उपबुज्रुकहरुले गरिदिन्थे । समग्रमा प्रचन्ड अन्धाको लागि हात्ती जस्तै थियो जसरी अन्धाहरुले हात्तिका जुन जुन भाग समाउथे त्यसैलाई हात्ती सम्झिन्थे । बिस्वमा पूँजीवादको लहर चलेको र कम्युनिष्ट ब्यबस्थाको पतन भैसकेको अबस्थामा पनि माओवादी क्रान्ति सुरु गरेर उनले संसारको ध्यान खिचेका थिए । प्रचन्ड नाम सन्देह, कौतुहलता, आस्चर्यको पर्याय थियो । त्यो नाम कही नामी थियो त कही बदनाम । त्यसलाई कसैले श्रद्धा पुर्बक त कसैले घ्रिणा पुर्बक लिन्थे । कोही नायक सम्झिन्थे त कोही खलनायक ।
दिनहरु बिस्तारै बित्दै गए । माओवादी आन्दोलन पश्चिमबाट पूर्व हुँदै तिब्र गतिमा फैलिदै गयो । हतियारको कही उपयोग त कही दुरुपयोग गर्दै यो समाजमा अनौठो तरिकाले स्थापित भयो । सँगसंगै स्थापित बने प्रचन्ड पनि । बाबुराम भट्टराई, मोहन बैध्य, राम बहादुर थापा जस्ता हस्ती भए पनि प्रचन्ड नै एकछत्र नेता बने । माओवादी जसरी समाजमा स्थापित र स्विकार्य हुँदै गयो, प्रचन्डको नेत्रित्व पनि धेरैले मन्मनै स्वीकार गरे । राजतन्त्रको बद्नामी साथै काङ्रेसी शासनमा रहेको भ्रस्ट प्रब्रिती माओवादी आन्दोलनको उर्जा बन्यो । बीज्ञप्ती, अन्तर्वाता र लेखहरु मार्फत प्रचन्ड छिटो छिटो स्थापित हुँदै गए । ग्रामीण बिपन्न बर्ग र सहरिया मध्यम बर्गले महेन्द्र र बिपी पछिको राज्नितिक नेत्रित्व प्रचन्डमा देख्न थाले । जुझारुपन, द्रिस्टिकोण र उर्जासिल ब्यक्तित्वको धनी देखिने प्रचन्ड माओवादीका थुप्रै आततायी कर्तुतको बाबजुद जनमानसमा अनौठो तरिकाले लोकप्रिय बने । उनी हत्या र हतियारकै बलमा भए पनि उनले उठाएका गहन राजनितिक मुद्धाहरुले उनी मन नपराइएर पनि मन पराइए । मन नपराउने मान्छेहरु पनि उनिप्रती अनौठो सहानुभुती र आशा गर्न थाले । त्यो एक राज्नितिक नेत्रित्वको लागि ठुलो अस्त्र थियो, अबसर थियो अनी चुनौती पनि ।
दोश्रो जनआन्दोलनबाट राजा पाखा लागे पछि र दोश दिएर उम्किने बाटो हराएपछी राज्नितिक दलका नेताहरुको बास्तविक साइज देखिन सुरु गर्यो । गिरिजा भान्जाभानजी हुँदै छोरिमा पुगेर पतन बने भने अरु नेताहरुका पनि वास्तविक खुट्टि देखिन थाले । सम्बिधान सभाको निर्वाचनले कतिपयको बोल्ती बन्द गरिदियो । हात्ती हुँ भनेर नाक फुलाउने हरु मुसो बने भने कोही थाहै नपाइ कल्पनानै नगरेको हैसियतमा पुगे । प्रचन्ड यो समय सम्म आइपुग्दा कौतुहलता र सन्देहबाट अली तल एक कम्जोरी युक्त नेतामा परिबर्तित भैसकेका थिए । उनको ब्यक्तित्व राजनेताबाट नेतामा झरिसकेको थियो । उनको बिचार, द्रिस्टिकोण र उर्जा भन्दा पनि घडी, कपाल र उनले लगाएका लुगाको चर्चा बढी चल्न थाल्यो ।
बिस्तारै उनी रेडियो, टेलिभिजन, अखबारका पानाहरुमा सेलिब्रेटी झै छाए । राष्ट्रिय स्तरका नेता भएपनी सामान्य बिषयमा असामान्य टिप्पणी गर्ने, चर्चामा आउन बिना सोच बिचार बोलिदिने गर्न थाले । कार्यकर्ताका उदण्ड कृयाकलापलाई नियन्त्रण गर्नुको साटो माफि माग्ने नेताको रुपमा चर्चा कमाए । शान्ती प्रकृयाको प्रमुख अन्श र भबिस्यको सरकार प्रमुखको दावेदार भए पनि धम्काउने र केटाकेटिले झै घुर्काउने काम प्रचन्डले छोडेनन् । आफ्नै सिको गरेर देशमा सयौ हतियारधारी हत्यारा समुह जन्मिसक्दा पनि उन्ले हतियारको दम्भ र हतियार प्रतिको आफ्नो आशक्ती छोड्न सकेनन् । बिरेन्द्र शाह, राम्हरी श्रेष्ठ, प्रचन्ड थैब हत्याकान्ड जारी रहे तर हत्याराहरु बढुवामा परे । देशमा बिद्यमान दण्डहिनताको दोशी आफु पनि भएको उनले कहिल्यै पनि स्वीकार गरेनन् । बिस्तारै उनी अलोकप्रियताको सिढी चढ्न सुरु गरे । शहरीया मध्यम बर्ग जो प्रचन्डको नेत्रित्व प्रती आशाबादी थियो, सक्तिखोर भिडियो प्रकरण पछी ससङ्कित हुन पुग्यो । त्यो भिडियो उनले पछी जती स्पष्टिकरण दिन खोजे पनि उनले कोहि न कोही लाई ढाटेको कुरा छर्लङग प्रमाण हो । त्यो भिडियो पछी उनिप्रतिको धेरैको धारणा परिवर्तन भयो । उनी आक्रामक होइन रक्षात्मक स्थितिमा पुगे । उनी बोलीको ठेगान नभएका ढटुवा नेतामा रुपान्तरित भए ।
यती बेला छबिलाल फेरी चर्चामा छन् । उहीले भारत बिरुद्ध सुरुङ युद्ध छेड्ने उद्घोश गरेका प्रचन्ड अहीले भारत सँग भित्र भित्र हात सत्ताको लागि बार्गेनिङ गर्ने तर बाहिर भने निक्रिस्ट भासामा लल्कार्ने थालेका छन् । केही दिन पहीले सत्ता प्राप्तीको लागि प्रभु सँग सिधै बार्ता गर्छु भने तर त्यो कुरामा उनी २४ घण्टा पनि टिक्न सकेनन् । पार्टीमा अत्यन्त कम्जोर भए पछि रास्ट्रियताको कार्ड फ्याक्ने प्रचन्ड अहीले आफ्नो प्रतिद्वन्दी बाबुराम भट्टराईलाई भारतियको पगरी थोपरेर बलियो हुने अभियानमा छन् । यसरी उनी देश र जनताको लागि भन्दा पनि आफ्नो स्वार्थ र पद बचाउन हरेक ठाउमा खेल्ने र बाक्पटुताको दुरुपयोग गर्ने गर्दैछन् । यसले छबिलालको राज्नितिक भबिस्य मात्र खतरामा परेको छैन, उनिमाथी भरोशा गर्ने लाखौं जनता र नेपालकै भबिस्य खतरामा परेको छ । उनको पतन अहिलेको आबस्यक्ता र जनताको चाहना दुबै होईन । तर स्थिती नचाहेर पनि त्यतै लम्कदै छ । देशलाई प्रयोग्शाला बनाइदै छ । हरेक ब्यक्ति र शासन ब्यबस्थाको प्रयोग गर्ने स्थल बन्दा बन्दै नेपाल कहाँ पुग्ने हो? आज भोली अलिकती देशको चिन्ता गर्ने जनता बुद्धिजिवीहरुको प्रश्न यत्ती छ । आशा गरौ प्रचन्डले त्यो जिम्मेबारीबोध र सम्बेदन्सिलतालाई बोध छिट्टो भन्दा छिट्टो गरुन् जसबाट उनको राज्नितिक भबिस्य मात्र होईन देशको भबिस्य पनि सुनिस्चित हुनेछ । अस्तु ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
आफूले बुनेको जालमा प्रचण्ड आफैं
गुमेको सत्ता पुनः पाउन आतुरी गर्दा माओवादी नेतृत्व दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ। तत्कालिक प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन बुनेको जालमा अन्ततः माओवादी आफैं फसेयता माओवादी नेतृत्वले एकपछि अर्को गल्ती गर्दै गएको देखिएको छ। जसका कारण सत्तालाई निकट ल्याउन गरिएका प्रयासहरू असफल मात्र भएका छैनन्, भविष्यमा माओवादीलाई सत्ता प्राप्ति नै नहुने सम्भावना पनि बढाएको छ। विगत दस महिनाभित्र माओवादीले निर्वाह गरेको भूमिकालाई सूक्ष्म अध्ययन गर्ने राजनीतिक विश्लेषकहरूले उक्त दल आफूले बुनेको जालमा आफैं फस्दै गएको निष्कर्ष निकालेका छन्।
तीन वर्षका लागि प्रधानसेनापतिमा नियुक्त भएका रुक्मांगद कटवालको सेवाअवधि सकिन पााच महिना मात्र बााकी हुादा तत्कालिक प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले कटवाललाई हटाउने प्रपञ्च रचे, जुन प्रचण्डले सत्तालाई पूर्ण नियन्त्रणमा लिन सिर्जना गरिएको एउटा जाल थियो। तर, प्रचण्ड आफ्नो जालमा आफैं परे र प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भए। सेनापति परिवर्तन गर्न नखोजिएको भए त्यसबेला प्रचण्डले पद त्याग गर्नुपर्ने अवस्था थिएन। कटवाललाई हटाउन गरिएको प्रयास असफल हुने देखिएपछि उनी गल्ती सच्याएर पदमा रहिरहन पनि सक्थे, तर आफूबिना कसैले सरकार बनाउन र चलाउन सक्नेछैन भन्ने विश्वासमा रहेका प्रचण्डले अरूलाई जालमा फसाउने उद्देश्यले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा सााच्चै पद त्याग गर्नका लागि नभएर एउटा रणनीतिक चालबाजीका रूपमा प्रस्तुत गरिएको थियो। तर, परिस्थिति यसरी विकास भयो कि प्रचण्डको चालबाजीले कुनै काम गरेन, आफ्नो जालमा आफैं परे र सत्ताबाट बाहिरिए। गत वैशाखमा सत्ताबाट बाहिरिनेबित्तिकै प्रचण्डले राष्ट्रियताको आन्दोलन चलाउने घोषणा गरेका थिए। तर, त्यसबेला केही सूत्रधारहरूमार्फत भारतको विश्वास पुनः प्राप्त गर्नका लागि प्रयास भइरहेको र प्रचण्ड स्वयम् भारतलाई फेरि विश्वासमा लिन सकिन्छ भन्नेमा ढुक्क भएकाले 'राष्ट्रियता'को आन्दोलन रोकेर नागरिक सर्वोच्चता र माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठनको मागलाई मूल मुद्दा बनाउादै माओवादी सङ्घर्षमा उत्रियो। भारतीय अधिकारी तथा अनेकौं तहका सूत्रधारहरूसाग भएका वार्तालापहरू ६ महिना बितिसक्दा पनि कुनै 'फलिफाप' नभएपछि प्रचण्ड राष्ट्रिय स्वाधीनतालाई आन्दोलनको मुद्दा बनाएर भारतविरुद्धको प्रचारबाजीमा जुटेका छन्। आफूले तय गरेको गन्तव्य प्राप्तिमा भारत बाधक बनेको ठहरसहित भारतविरुद्ध प्रचण्डले रचना गरेको आन्दोलनलाई नेपालभित्र माओवादीबाहेक अन्य पक्षले सहानुभूतिसम्म दर्शाएका छैनन्। सन् १९५० को सन्धि परिमार्जन, कालापानी, सुस्तालगायतका विषय प्रचण्डले आज उठाए पनि यसअघि अन्यले पनि उठाउादै छोड्दै गरेका मुद्दा हुन्। नयाादिल्लीमा बाह्रबुादे सम्झौता गर्नुअघि भारतीय भूमिलाई नै सेल्टरको रूपमा प्रयोग गर्दै आएका माओवादीहरू राष्ट्रियताका विषयमा संवेदनशील र गम्भीर छन् भन्ने विश्वास नेपाली जनतामा रहेको पाइादैन। प्रचण्डले सत्ताप्राप्तिका लागि मात्र राष्ट्रियताको विषय उठाएको
विश्वास जनतामा छ। ०६१ सालतिर भारतसाग युद्ध लड्न बङ्करहरूको निर्माणमा लागेको माओवादी ०६२ को मङ्सिरमा भारतकै मध्यस्थतामा दिल्ली सम्झौता गर्न पुगेको घटनालाई नेपाली जनताले बिर्सेका छैनन्। त्यसमाथि भारतीय विदेशमन्त्री एसएम कृष्णाले भारत १९५० को सन्धि पुनरावलोकन गर्न तयार रहेको बताएर माओवादीको एउटा मुख्य एजेण्डालाई निष्त्रि्कय तुल्याइदिइसक्नुभएको छ। सीमा–विवादसम्बन्धी विषयमा समाधान खोज्न दुवै देशका विषयगत टोली क्रियाशील भइरहेका छन्। केही स्थानबाहेक अधिकांश ठाउामा सीमासम्बन्धी विषयको टुङ्गो लागिसकेको छ भने सुस्तालगायतका बााकी स्थानमा सीमा निर्धारणको अन्तिम टुङ्गो लगाउन सम्बन्धित तहमा छलफल चलिरहेको छ। भारतसाग जुधेर होइन सहमति र समझदारी बनाएर नै बढी उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विश्वास जंगबहादुर राणाले स्थापित गरेका थिए र राणापछि अन्य कैयन शासकले पनि भारतसागको विश्वास र समझदारीलाई उच्च प्राथमिकता दिादै आएका हुन्। आफू प्रधानमन्त्री भएका बेला राष्ट्रियतामा कुनै खतरा नदेख्ने प्रचण्ड सत्ताच्युत भएपछि राष्ट्रियताका नाममा भारतविरुद्ध महाजाल सिर्जना गर्ने जुन अभ्यास गर्दै छन् यसमा पनि प्रचण्ड स्वयम् फस्ने स्थिति बन्दै गएको छ। माधव नेपाल प्रधानमन्त्री बन्नेबित्तिकै कठपुतली संज्ञा दिने प्रचण्डले पन्ध्र दिनभित्रै सरकार ढालिदिने घोषणा गरेका थिए। तर, सरकार नढलेको मात्र होइन दिन प्रतिदिन मजबुत हुादै गएको छ। सरकार बलियो हुादै गएपछि दिउासो–दिउासो माधव नेपाललाई गाली गर्ने र राति–राति प्रधानमन्त्रीसाग मदिरासहितको रात्रिभोजमा सामेल हुने गरेको तथ्य सार्वजनिक भइसकेको छ। गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा गठन गरिएको कथित उच्चस्तरीय संयन्त्र पनि प्रचण्डको एउटा जाल मात्र हो भन्ने माओवादीइतर सबै दलहरूले ठानेका छन्। समय र परिस्थितिअनुसार बुद्ध, जंगबहादुर, हिटलर र भीमसेन थापाको अभिनय गर्न सक्ने प्रचण्ड यतिबेला भीमसेन थापाको 'क्यारिकेचर' गर्दै छन् भन्ने तथ्य दलहरूले बुझिसकेका छन्। त्यसैले काङ्गे्रस, एमालेलगायतका दलहरूबाट 'संयन्त्र'को व्यापक आलोचना भइसकेको छ। आफूले रचना गरेको संयन्त्रको जालमा कोही नपर्ने देखिए पनि उक्त जाललाई जीवित राख्ने प्रयास भने प्रचण्डबाट भइरहने देखिन्छ। प्रचण्डले राष्ट्रपतिलाई कानुनी जालमा फसाउन सकिन्छ कि भनी सर्वोच्च अदालतमा 'राष्ट्रपतिको कदम'विरुद्ध परेको मुद्दाको फैसला आफ्नो पक्षमा पार्ने कसरत पनि गरिरहेका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश अनुपराज शर्माले राष्ट्रपतिका विरुद्ध फैसला दिने विश्वास प्रचण्डले राखेका छन्। राष्ट्रपतिविरुद्ध फैसला भएमा त्यसैलाई आधार बनाएर राष्ट्रपति पदबाट डा. रामवरण यादवलाई राजीनामा दिन बाध्य तुल्याउने तयारी पनि प्रचण्डले गरिरहेका छन्। सेनाको मनोबल गिराउने, गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल र वामदेव गौतमहरूलाई उपयोग गर्ने, नागरिक समाजका कथित अगुवाहरूलाई परिचालन गर्ने, सर्वोच्च अदालतका न्यायाधीशहरूलाई प्रभावित तुल्याउनेलगायतको जाल रचनामा संलग्न प्रचण्ड भारतविरुद्ध महाजाल बुन्ने जुन काममा लागे यसमा पनि उनी आफैं फस्न सक्ने सम्भावना बढेको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री कृष्णाले माओवादीको भूमिकाप्रति खुलेर असन्तुष्टि प्रकट गर्नुले भारत माओवादीसाग झुक्ने अवस्थामा नरहेको स्पष्ट सङ्केत गरेको छ। दोस्रो विश्वयुद्धको समयमा चीन र जापानबीच उत्पन्न तनावका क्रममा माओत्सेतुङ च्याङ काई सेकको तत्कालिक सरकारलाई जापानविरुद्धको लडाइामा एउटै सैन्य मोर्चा निर्माण निम्ति बाध्य बनाउन सफल भएझैं माओवादी अहिले नेपालको सरकारलाई भारतविरुद्ध उपयोग गर्न सक्ने हैसियतमा छैन, न भारतसाग युद्ध लड्ने ताकत र अवस्था नै उसमा छ। तर, माओवादी भारतविरुद्ध यसरी जाादै छ कि मानौा ऊ युद्धकै निम्ति पृष्ठभूमि बनाउादै छ। माओवादीको सोच, व्यवहार र वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले माओवादीलाई राष्ट्रियताको आन्दोलनबाट पनि पछि हट्न बाध्य बनाउने देखिन्छ, जब कि अब माओवादी यस्तो बिन्दुमा पुगेको छ जहााबाट ऊ फर्कन मिल्दैन र अघि बढ्न पनि सक्दैन। अन्ततः राष्ट्रियताको यो कथित आन्दोलनको जाल प्रचण्डका निम्ति आफैं फस्ने महाजालमा रूपान्तरित हुने निश्चित हुादै गएको छ। सत्तामा जान हतार गर्दा कहिल्यै सत्ता प्राप्त गर्न नसकिने अवस्थामा प्रचण्ड नेतृत्वको माओवादी पुगेको छ।
कृष्णाबाट चेतावनी पनि पाए प्रचण्डले
नागरिक सर्वोच्चताको नारालाई अलपत्र तुल्याएर एनेकपा माओवादीले छिमेकी भारतलाई लक्षित गर्दै 145स्वाधीनताको आन्दोलन146 अघिसारेको छ। तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू नै मूल रूपमा भारतसागको सम्बन्धका आयामहरूमाथि आधारित तुल्याएर तय गरेको माओवादी नेतृत्वले मुलुकको दक्षिणी सीमाका विभिन्न स्थानमा आमसभाहरूसमेत आयोजना गरिसकेको छ। देशलाई स्वाधीन बनाउनेभन्दा पनि सत्ताको सिाढी दर्बिलो तुल्याउने नियतबाट प्रेरित माओवादीद्वारा आयोजित ती सभाहरू भद्दा किसिमबाट प्रचारात्मक प्रतीत हुन पुगे। कहिल्यै कुनै शक्तिको अधीनमा नरहेको देशका रूपमा परिचित नेपालको स्वाधीनता कतै हराएकै थियो र त्यसको खोजी गर्नुपर्ने घडी बित्नै लागेको थियो भने पनि स्वाधीनता खोजीको माओवादी शैली देश–दुनियााको नजरमा अत्यन्त अस्वाभाविक देखियो। त्यसयता पनि तल्लो स्तरमा ओर्लिएर छिमेकी देशको बद्ख्वाइा गर्न माओवादी नेतृत्व चुकेन। सचेत तप्काले यसलाई 145सत्ताप्राप्तिको निम्नस्तरीय चाल146 का रूपमा औंल्याए, तथापि माओवादीले यो कुनै सत्ताप्राप्तिको खेल नभएर देशलाई स्वाधीन बनाउने उद्देश्यबाट गरिएको विशुद्ध राजनीतिक कदमकै रूपमा अर्थ्याउने कोसिस गरिरह्यो, अझै गरिरहेछ। तर, हालै सम्पन्न भारतीय विदेशमन्त्री एसएम कृष्णाको तीनदिवसीय नेपाल भ्रमणका क्रममा माओवादीको उक्त दाबी फगत ढोंग भएको खुलासा नभइरहन सकेन।
भारतीय विदेशमन्त्री कृष्णासागको भेटमा माओवादीका शीर्ष नेता प्रचण्डले सुरुमा कुनै त्यस्ता विषयमा कुरा अघिसारेनन् जुन मुद्दा उछालेर यतिखेर एनेकपा माओवादीका नेताहरू नेपाली जनता तताउन प्रयासरत छन्। अर्थात्, १९५० को नेपाल–भारत शान्ति तथा मैत्रीसन्धि नेपालको हितमा नरहेकोले खारेज गर्नुपर्नेलगायतका प्रसङ्ग झिकेर छिमेकी मित्रराष्ट्रविरुद्ध भाषणमार्फत जे–जति आक्षेप लगाइए ती सबै केवल भाषणका क्रममा प्रयोग गरिएका 145मसला146 मात्र भएको अर्थ लाग्ने गरी सम्झाउने प्रयत्न प्रचण्डबाट भयो। माओवादी पार्टीले भारतसाग नयाा परिवेशमा नवीन ढङ्गले सम्बन्ध सुधार्न लागेको कुरा पनि गरे उनले। यति मात्र होइन, 145नेपालमा जनादेशअनुसारको सरकार नभएको146 गुनासो गर्दै उनले भारतीय विदेशमन्त्रीसमक्ष माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउने काममा भारतले सघाउनुपर्ने आग्रहसमेत गरे। देशकै ठूलो दलको सर्वोच्च नेताबाट गरिएको उक्त आग्रहमा छिमेकी राष्ट्रका विदेशमन्त्रीले तत्काल 145हुन्छ146 या 145हुन्न146मा जवाफ दिनसक्ने सवालै रहेन। बरु कूटनीतिक रूपमा दुईदेशीय वार्ता र छलफलबाट टुङ्गो लगाउनुपर्ने विषयहरूमा त्यस्तो पहल नगरी जथाभावी रूपमा आफ्नो देशको छविमै आाच पुग्नेगरी माओवादीले आन्दोलनको कार्यक्रम अघिसारेकोमा भारतीय विदेशमन्त्री कृष्णाले असन्तुष्टि प्रकट गरिदिए। यस्तो व्यवहारले द्विपक्षीय सम्बन्ध नै बिगार्न सक्ने चेतावनी पनि कृष्णाबाट पाए प्रचण्डले। यसबाट भारत सरकारको समर्थन आन्दोलनरूपी आफ्ना 145उट्पट्याङ शैलीका146 क्रियाकलापहरूप्रति नभएको राम्रैसाग बुझे उनले। फलतः एक दिनअघिसम्म भारतीय विदेशमन्त्रीसमक्ष आफ्ना कुरा स्पष्टसाग राख्न सकेकोमा सन्तुष्टि व्यक्त गर्ने प्रचण्डको बोली फेरियो। 145विदेशमन्त्रीसागको भेट सकारात्मक भए पनि समस्या भने समाधान नहुने146 प्रतिक्रिया प्रचण्डले सार्वजनिक गरे। उनको बोलीमा लोली मिसाउादै अन्य माओवादी नेताहरू पनि बोल्न थाले, 145भारत मिचाहा नै हो।146 यसरी, सरकारबाट बाहिरिएलगत्तै तिक्ततापूर्ण बन्न पुगेको माओवादी–भारत सम्बन्धलाई पछिल्लो चरणमा आएर माओवादीले थप कटुतापूर्ण बनाएको छ। र, जसरी पनि सत्ता हात पार्ने प्रयत्न सो पार्टीबाट भइरहेको अनुमानमा थप बल पुगेको छ।
एउटै देशको व्यवहारलाई पक्कै पनि दुई रूप या अर्थमा व्याख्या गर्न मिल्दैन। आफूअनुकूल भए ठीक र प्रतिकूल देखिए बेठीक भनी आरोपित गर्नुअघि आफ्ना व्यवहार वा क्रियाकलाप कति जायज र स्वीकार्य छन् भनी मूल्याङ्कन गर्नु आवश्यक हुन्छ। विश्वका कुनै पनि लोकतन्त्रवादीले यतिखेरका माओवादी व्यवहारलाई उचित ठहर्या्उन सक्दैन भने भारतले मात्र राम्रो भनिदिन मिल्ने कुरै भएन। तर, कसैले बेठीकलाई बेठीक भनिदिएकै कारणले माओवादीजस्तो जनताले विश्वास र भरोसा गरेको दलले मुलुकलाई अनिर्णयको बन्दी कहिलेसम्म बनाइरहन सुहाउाछ, माओवादी नेतृत्वले नै विवेक पुर्याेउने विषय हो।- घटना र विचार

I am not Maoist but I think how much did you get writing this article ? I disagree with maoist but what the maoist is doing is right for the time being and future I don't know.But it is maoist party which only can do politics. Money is not all things writer. You can earn money writing some other things.
ReplyDeleteanonymous ji thik 6 tapaile writer lai bhannu bhayao kati paunu bhayo article lekhera tara afno desh ko bare ma janna khojne sachha nepali janata lai afno bhawana bekta garnako lagi kehi pairahanu pardina bujhnu bho uha le j lekhnu bhao thik lekhnu bho bhayako kura lekhda ani hajur lai k ko tauko dukhai
ReplyDelete