20100117

भारतीय विदेशमन्त्रीसँग होटलमा पुगेर भेटवार्ता गरेकै भोलिपल्ट प्रचण्डले आरोप लगाए 'माधव नेपाल नेतृत्वको यो सरकार भारतीय एजेन्ट हो '


माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतको इसारामा सरकारले सेना समायोजनमा बखेडा झिकिरहेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री एसएम कृष्णासँग राजधानीको एक होटलमा पुगेर भेटवार्ता गरेकै भोलिपल्ट आइतबार प्रचण्डले खोटाङ महोत्सव समारोहमा सो दोषारोपण गरेका हुन् । 'माधव नेपाल नेतृत्वको यो सरकारका सबै भारतीय एजेन्ट हुन्,' खोटाङमा प्रचण्डले यस्तो गम्भीर आरोप लगाइरहँदा राजधानीमा सञ्चारकर्मीमाझ सोही पार्टर्ीी विदेश विभाग प्रमुख कृष्णबहादुर ..................
महरा भने भारतीय विदेशमन्त्रीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफ्नो नीति नभएको जानकारी आफूहरूलाई गराएको बताइरहेका थिए । 'हामी पनि भारतसँग दुश्मनी चाहन्नौं,' जनसञ्चार अभियानमा महरा भन्दै थिए, 'भारतले हामीलाई पनि आइसोलेट गर्न नखोजोस् ।' प्रचण्डका अनुसार सरकारमा ...........
सहभागी दल, मन्त्री र भारतीय सुरक्षा अधिकारीहरूको भनाइलाई संयोगमात्र मान्न सकिन्न । 'माओवादी लडाकूलाई सेनामा समायोजन गर्न सकिँदैन भन्नु नेपालको शान्ति प्रक्रिया बिथोल्ने भारतीय कोसिस हो,' भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरप्रति लक्षित प्रचण्डको आरोप थियो । आफ्नो 'जनताबाट मान्यताप्राप्त' दललाई गिराएर हारेका व्यक्तिलाई सरकार प्रमुख बनाई भारतले आफ्नो स्वार्थ पूरा गर्न खोजेको अर्को आरोप पनि प्रचण्डले लगाए । खोटाङ महोत्सव समापनमै उनले थपे, 'भारतले आफ्नो स्वार्थ पूरा गर्न नागरिक सर्वोच्चतामै हस्तक्षेप गरी नेपालीलाई स्वतन्त्ररूपमा अघि बढ्न दिइरहेको छैन ।'
राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने माओवादीमात्र भएको दाबी गर्दै उनले त्यसैकारण कालापानी, सुस्तालगायत क्षेत्रमा भूमि अतिक्रमणविरुद्ध अभियान थालिएको बताए । माओवादीकै नेतृत्वमा नयाँ संविधान बनाउनुपर्ने अभियानमा समेत आफूहरू लागिरहेको भनाइ प्रचण्डको थियो ।

यसैबीच, राजधानीको कार्यक्रममा माओवादी विदेश विभाग प्रमुख महराले भारतीय विदेशमन्त्री कृष्णासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरिएको तर निर्ण्र्ााभइनसकेको बताए । नेपालका राजनीतिक दलहरूको स्वतन्त्र हैसियतमाथि प्रश्न उठाउँदै प्रचण्डले ७ पुसमा 'दलहरूको मालिक'का रूपमा नयाँ दिल्लीसँग वार्ता गर्ने उद्घोष गरेका थिए । महराले भारतीय सुरक्षा चासोजस्तै नेपालमा चिनियाँ सुरक्षा चासो बढ्नुलाई अस्वाभाविकरूपमा लिन नहुनेसमेत स्पष्ट पारे । 'कूटनीतिक र राजनीतिक तहमा उच्चस्तरीय वार्ता गर्नुपर्छ भन्ने कुरा त भएको छ तर तय भइसकेको छैन,' महराले सञ्चारकर्मीमाझ भने, 'उच्चस्तरमा छलफल गरिनर्ुपर्छ भन्नेमा कृष्णाले पनि सकारात्मक जवाफ दिनुभएको छ ।' वार्तामा भारतसँग माओवादीको 'आशंकायुक्त' सम्बन्धमा आइसब्रेक भइनसकेको समेत महराले स्पष्ट पारे ।
भारतीय विदेशमन्त्रीसँग माओवादीले सन् १९५० यताका सन्धिमध्ये परिमार्जन, पुनरावलोकन र प्रतिस्थापन गर्नुपर्ने धारणा राखेको महराले बताए । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा महरा सूचना तथा सञ्चारमन्त्री थिए । भारत गएको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलमा पनि उनी सहभागी थिए ।
नेपालको विकास, तथा आर्थिक विषयमा नेपाल, चीन र भारतबीच त्रिपक्षीय छलफल गरेर हल खोजिनुपर्ने महराको भनाइ थियो ।
राष्ट्रपतिको कदमपछि भारतप्रति माओवादी आशंका बढेको भनाइ विदेशमन्त्रीसँग राखेको उल्लेख गर्दै महराले भने, 'भारतले नेपालका कुनै पनि पार्टर्ीीा सरकारलाई र्समर्थन गर्ने वा आइसोलेट गर्नुहुँदैन ।' उनका अनुसार नेपालमा देखिनेगरी नभए पनि राजनीतिक, आर्थिक मामिलामा भारतीय हस्तक्षेप कायम छ र त्यसबाट माथि उठेरमात्र सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ ।-हरिबोल आचार्य

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक