20100117

बिदेसी प्रभु सँग नझुक्ने प्रचन्डद्वारा डेढ घण्टा बार्ता लाप, आफुलाई प्रधानमन्त्री बनाइदिन बिन्ती, कार्यकर्ता र जनता हेरेको हेरै !


नेपालको स्वाधीनता रक्षाका लागि दिल्लीसँग वार्ता गर्ने उद्घोष गरेको माओवादीले वर्तमान सरकार परिवर्तन गरी नयाँ राष्ट्रिय सरकार बनाउने दिशामा सहयोग गर्न भारतसँग आग्रह गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एसएम कृष्णासँगको शनिबारको भेटमा त्यस्तो आग्रह गरेका हुन् । 'संविधानसभा निर्वाचनमार्फ नेपाली जनताले दिएको म्यान्डेटको सम्मान भएन भन्ने हाम्रो बुझाइ राख्यौं, नयाँ राष्ट्रिय संयुक्त सरकार गठनका लागि सीधा-सीधा कुरा पनि भयो,' करिब सवा घन्टाको भारतीय पक्षसँगको भेटपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, 'नेपालले नेतृत्वदेखि लिएर राज्यको संरचनासम्म युगान्तकारी परिवर्तन चाहेको,................
त्यसलाई भारतले बुझ्न जरुरी भएको र अब पुरानै नेतृत्वलाई बुझेर अघि बढ्न नहुने कुरा राख्यौं ।'
प्ाार्टर्ीीवदेश विभाग प्रमुख कृष्णबहादुर महराको साथमा होटल द्वारिकामा भारतीय विदेशमन्त्रीसँग वार्ता गर्न पुगेका प्रचण्डले १२ बुँदे समझदारीदेखि गणतन्त्र घोषणासम्म भारतको सहयोगी भूमिका रहे पनि त्यसपछिका दिनमा माओवादीलाई हर्ेर्ने दृष्टिकोणमा शंका पालेको गुनासो गरेका थिए ।
विदेशमन्त्री कृष्णाले भने प्रचण्डसँग भारतविरोधी आन्दोलन फिर्ता लिन आग्रह गर्दै सरकार परिवर्तन आन्तरिक विषय भएकाले जे परिवर्तन भए पनि त्यसमा भारतको कुनै आपत्ति नरहेकोप्रति आश्वस्त तुल्याएको माओवादी स्रोतले जनायो ।
प्रचण्डले माओवादीले चीनसँग सम्बन्ध बढाएको भन्ने भारतले शंका पालेको भन्दै नेपाल भारतको जस्तो सम्बन्ध अरू देशसँग हुनै नसक्ने भन्दै भारतीय पक्षलाई आश्वस्त तुल्याउने प्रयास गरेका थिए । 'हामी नर्थ -चीन)तिर ढल्केका होइनौं, भारतसँगको जस्तो सम्बन्ध अरूसँग हुनै सक्दैन,' प्रचण्डलाई उद्धृत गर्दै उच्च तहका एक माओवादी नेताले भने ।
प्रचण्डले भेटपछि सञ्चारकर्मीसँग विदेशी हस्तक्षेप, स्वाधीनताको आन्दोलन, नागरिक सर्वोच्चता, असमान सन्धिलगायत सबै विषयमा आफूहरूले चिन्ता र चासो खुला रूपमा राखेको बताए । 'विदेशी हस्तक्षेप, स्वाधीनताको आन्दोलन, नागरिक सर्वोच्चता सबै विषयमा हाम्रो चिन्ता र चासो खुला रूपमा राख्यौं, असमान सन्धि खारेजी, आर्थिक सम्बन्धका, सीमालगायत सबै समस्या नयाँ आधारमा समाधान हुनर्ुपर्छ भन्ने कुरा राख्यौं,' उनले भने ।
उनले माओवादीलाई भारतले उपेक्षा गरेको महसुस आफूहरूलाई भइरहेको बताएको पनि जानकारी दिए । प्रचण्डले यो वार्ताले भारत र माओवादीबीच रहेको समस्या समाधानमा 'आइसब्रेक' नभए पनि नयाँ उचाइमा कुराकानी भएको जनाए ।
'तर, पुरानै आधारमा सम्बन्ध कायम राख्नेभन्दा पनि बदलिएको परिस्थितिमा नयाँ आधारमा सम्बन्ध स्थापित गर्न हामी चाहन्छौं,' प्रचण्डले भने, 'हामी र्‍याडिकल चेन्ज चाहन्छौं, नयाँ आधारमा सम्बन्ध स्थापित हुनुपर्‍यो भन्ने हाम्रो मान्यता हो, नयाँ विदेश नीति हामीले चाहेका छौं ।'
'हामीले सुस्ता र कालापानीको सीमा विवादलगायत सबै पुराना सन्धि फर्ेर्नेलगायतका विषयमा कुरा राख्यौं, उहाँहरूले पनि आफ्नो चासो र चिन्ताबारे कुरा राख्नुभयो, सबै विषयमा छलफल गर्दै जाने सहमति भएको छ,' प्रचण्डले भने ।
वार्तामा कृष्णाले भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले माओवादी लडाकू नेपाली सेनामा समायोजन हुन नसक्ने भनी सञ्चारमाध्यममा आएको भनाइप्रति सत्यता नभएकाले त्यसलाई आधिकारिक रूपमा नलिन आग्रह गरेका थिए । उनले सन्धि खारेजी वा पुनरावलोकनका लागि नेपाल सरकारले औपचारिक रूपमा प्रस्ताव ल्याए छलफल गर्न भारत हरदम तयार रहेको जवाफ पनि दिएका थिए ।
कृष्णाले प्रचण्डसँगको भेटलगत्तै कांगे्रस सभापति गिरिजाप्रसाद कोइरालासँग भेट गरेका थिए । करिब पौने घन्टा भएको भेटमा भएको कुराकानी भने बाहिर आउन सकेन । कोइराला एक्लै उपस्थित भेटमा भारतीय पक्षबाट विदेश सचिव निरुपमा राव र नेपालका लागि भारतका राजदूत राकेश सुद उपस्थित थिए ।
कृष्णाले शनिबार नै राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेट गरे । भेटमा राष्ट्रपतिको ३ फागुनमा तय भारत भ्रमणलगायत नेपालको शान्ति प्रक्रिया एवं संविधान लेखनको विषयमा छलफल भएको कृष्णाले जानकारी दिए ।
कृष्णाले शनिबार पशुपतिनाथको दर्शन गरेका थिए । कृष्णा शनिबार साँझ भारतीय दूतावासले आयोजना गरेको रात्रीभोजमा सरिक भएका थिए । रात्रीभोजमा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राई पनि उपस्थित थिए ।
नेपालमा शान्ति प्रक्रिया सुरु भएयता पहिलोपटक उच्च राजनीतिक नेतृत्वको हैसियतले नेपालको औपचारिक भ्रमणमा शुक्रबार काठमाडौं आएका विदेशमन्त्री कृष्णाको भ्रमणलाई भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको नेपाल भ्रमणको प्रारम्भिक तयारी भ्रमणका रूपमा पनि लिइएको छ ।
विदेशमन्त्री कृष्णाले आइतबार सभामुख सुवास नेम्वाङलगायत संविधानसभाका समितिहरूका सभापतिहरूसँग संविधान निर्माण प्रक्रियाकाबारे छलफल गर्ने कार्यक्रम छ । उनी आइतबार अपराह्न स्वदेश र्फकनेछन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक