20100107

माओवादीले अब बिद्रोह गरेमा उसलाई श्रीलंकाको पृथकताबादी संगठन तमिल टाईगरको अबस्थामा पुर्याइदिने प्रधानमन्त्रीको चेतावनि


प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले अब बिद्रोह गरेमा उसलाई श्रीलंकाको पृथकताबादी संगठन तमिल टाईगरको अबस्थामा पुर्याइदिने चेतावनि दिएका छन् । माओवादीले मुलुकमा पटक-पटक बिद्रोह गर्ने अभिब्यक्ति दिने गरेकोमा आक्रोशित देखिएका नेपालले अब नेपालमा बिद्रोह भए श्रीलंकाको तमिल टाईगरले शुरु गरेको १९६९ आन्दोलन जस्तै हुने बताएका छन । माओवादी भित्रकै ठूलो पंक्तिमा पार्टी प्रति गहिरो वितृष्णा फैलिएको दाबी गर्दै प्रधानमन्त्री नेपालले माओबादीको एक समुहले हिजो मात्र एमालेमा ठाउं माग गरेको खुलासा गरे । उनले निर्धारित समय भित्रै माओवादी लडाकुको समायोजन र व्यवस्थापन गरिसक्ने समेत बताए । एमाले पार्टी कार्यालय चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...........
प्रधानमन्त्री नेपालले १ सय १२ दिनको निर्धारित अवधि भित्र माओवादीका लडाकुको ब्यवस्थापन र समायोजन प्रकि्रया टुंग्याइने बताए । उनले पांच महिना भित्र संविधान निर्माण र जारी शान्ति प्रकृयालाई टुङगो लगाउने बताए । प्रधानमन्त्री नेपालले भने- 'माओवादीलाई निशस्त्रीकरण नगरीकन संविधान निर्माण हुन सक्दैन त्यसैले लडाकु व्यवस्थापन निर्धारित समयमै गरिनुपर्छ १ सय १२ दिन भित्र माओवादी शिविर खाली गरेरै छाड्छौं ।' उनले माओवादी लडाकुलाई व्यवस्थापन गर्ने कुरा दुई सेनाको एकीकरण नभई माओवादी लडाकुको अस्तित्व समाप्त गरेर सेनामा मिलाउनु नभएको भन्दै गलत अर्थ लगाउन नहुने बताए । माओवादीले आफ्नो जंगली व्यवहार परिवर्तन गर्न नसकेको आरोप लगाउंदै प्रधानमन्त्री नेपालले माओवादीको अर्धसैन्य बलकै कारण राजनीतिक सहमति हुन नसकेको समेत दावी गरेका छन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक